हुम्ला,३० जेठ । हुम्लाको सर्केगाड गाउँपालिकामा माथिबाट खसेको ढुङ्गाले लागेर एक किशोरीको मृत्यु भएको छ।
जिल्लाको सर्केगाड गाउँपालिका–४ गैरीसाँयाकी १५ वर्षीया पवित्रा साउद शुक्रबार बिहान गाईगोरु चराउन जाँदा कर्णाली करिडोर माथिबाट खसेको ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार बिहान करिब १०ः३० बजे घटना भएको हो। घटनाको जानकारी करिब ११ः५० बजे प्रहरी चौकी सर्केगाडमा पुगेपछि प्रहरी हबल्दार गोबर्द्धन परियारको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो। थप अनुसन्धानका लागि प्रहरी निरीक्षक जङ्गबहादुर सिंहको नेतृत्वमा अर्को टोली समेत पठाइएको छ।
कर्णाली करिडोर आसपासका भिरालो क्षेत्रमा बर्सेनि ढुङ्गा खस्ने जोखिम रहँदै आएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३० जेठ । दंगीशरण गाउँपालिकामा जिल्लास्तरीय न्यायिक समितिका पदाधिकारीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहमा न्याय सम्पादनलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा न्यायिक समितिका अनुभव आदानप्रदान, चुनौती पहिचान तथा समाधानका उपायबारे छलफल गरिएको थियो।
कार्यक्रम दंगीशरण गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समिति संयोजक पिमा कुमारी वलि खड्काको अध्यक्षता तथा अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यतामा भएको हो।
कार्यक्रममा बबई गाउँपालिकाकी उपाध्यक्ष बमकुमारी खड्काले आफ्नो पालिकाको प्रगति प्रस्तुत गरिन् भने बङ्गलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जि.सी.ले वडा तहसम्म न्यायिक समिति विस्तार गर्ने तयारीबारे जानकारी दिए। उनले कार्यक्रममा स्थानीय तहहरूको न्यून सहभागिताप्रति असन्तुष्टि पनि जनाए।
वरिष्ठ पत्रकार सुशील बस्नेतले नागरिकलाई छिटो र सहज न्याय दिलाउनु नै न्यायिक समितिको मुख्य दायित्व भएको बताए। जिल्ला सरकारी वकिल कार्यालय दाङका जिल्ला न्यायाधिवक्ता रत्नप्रकाश गिरीले मेलमिलाप प्रक्रियाका चरणहरूबारे जानकारी गराउँदै समितिको भूमिकामा जोड दिए।
त्यस्तै, जिल्ला अदालत दाङका तहसिलदार अमृत पौडेलले अदालत र स्थानीय तहबीच समन्वयको आवश्यकता औँल्याए भने जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले न्यायिक समितिको अधिकार क्षेत्र र प्रक्रियागत विषयमा स्पष्ट पारे।
कार्यक्रममा दंगीशरण, बबई र बङ्गलाचुली गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३० जेठ। बैंकिङ कसुरसम्बन्धी मुद्दामा सेफ सन्तोष साह पक्राउ परेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले गएराति जनकपुरबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार काठमाडौँको गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद प्रकरणमा पूरा रकम नतिरेको आरोपमा साहविरुद्ध सकुन्तला थापा (अधिकारी)ले मुद्दा दायर गरेकी थिइन्।
जिल्ला अदालत काठमाडौँबाट अनुमति प्राप्त भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ रमानन्द चोकबाट साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३० जेठ । दाङको लमही नगरपालिका–९ अमेलियाबाट प्रहरीले ५२ लाखभन्दा बढी मूल्यको सुनसहित दुई जनालाई पक्राउ गरेको छ।
अमेलियास्थित ‘नमस्ते होटेल’को एक कोठामा अवैध रूपमा सुन कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमेलियाको टोलीले शुक्रबार बेलुका उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट २१४.५०० मिलिग्राम पहेँलो धातु (सुन) बरामद भएको छ। उक्त सुनको हालको बजार मूल्य करिब ५२ लाख ७४ हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी डा. हेमबहादुर केसीले जानकारी दिए।
पक्राउ पर्नेहरूमा दाङ राजपुर गाउँपालिका–७ सुनपतरी नाका निवासी ४० वर्षीय रुपलाल गिरी र रुकुम पश्चिम बाफिकोट गाउँपालिका–६ मग्माका २२ वर्षीय दिलिप परियार रहेका छन्।
प्रहरीका अनुसार गिरीले भारतबाट सुन ल्याएको र परियार खरिदकर्ता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३० जेठ । दाङको कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा जेसिबीले फालेको बालुवामा पुरिँदा एक मजदुरको मृत्यु भएको छ।
गढवा गाउँपालिका–२ का ४५ वर्षीय लालमणि यादव शनिबार बिहान करिब साढे ९ बजे काम गरिरहेकै क्रममा बालुवामा पुरिएका थिए। उनी बज्रगुरु कान्छाराम जेभी कन्ट्रक्सन प्रालिद्वारा सञ्चालित बिटुमिन (अलकत्रा) प्लान्टमा कार्यरत थिए।
प्रहरीका अनुसार यादव काम गरिरहेको जानकारी नपाई जेसिबी चालकले बालुवा फालेपछि उनी पुरिएका थिए। गम्भीर घाइते भएका यादवलाई उपचारका लागि लमही अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भएको हो।
घटनापछि जेसिबी र चालक अनिलकुमार थारुलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२९ जेठ । दाङको तुलसीपुरमा तीनदिने योग तथा मोटिभेशन कक्षा सन्चालन हुने भएको छ। तुलसीपुरस्थित अरनिको मैदानमा १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा उक्त योग तथा मोटिभेशन कक्षा सञ्चालन हुने भएको हो ।
पतञ्जलि योग, रोग निवारण साधना केन्द्र तुलसीपुरले शुक्रबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिएको हो। केन्द्रको आयोजनामा एवं तुलसीपुर उपमहानगरपालिकाको समन्वय तथा तुलसीपुर उद्योग वाणिज्य संघको सहकार्यमा असार १ देखि ३ गतेसम्म कार्यक्रम सञ्चालन गरिनेछ।
केन्द्रका अध्यक्ष बामदेव धितालका अनुसार पतञ्जलि योग समिति नेपालका केन्द्रीय सहप्रभारी ललितशंकर योगीले योग तथा मोटिभेशनसम्बन्धी विशेष कक्षा सञ्चालन गर्नेछन्। कक्षा तुलसीपुरस्थित अरनिको मैदानमा प्रत्येक दिन बिहान ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रमको उद्देश्य योगमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि र रोग निवारणसम्बन्धी जानकारी प्रदान गर्नु रहेको अध्यक्ष धितालले बताए। उनले योगलाई स्वस्थ जीवनशैलीको आधारका रूपमा अपनाउन सबैलाई आग्रह गरेका छन्।
तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालले स्वस्थ जीवनसँगै तुलसीपुरको विकास र समृद्धिका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए।
त्यस्तै, पतञ्जलि योग समितिका सोसल मिडिया प्रभारी डा. अरुण श्रेष्ठले सबैलाई स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
संघका महासचिव केशवराज केसीका अनुसार कार्यक्रम सफल बनाउन व्यवसायीहरूलाई सहभागी हुन पत्राचार गरिसकिएको छ। मौसम प्रतिकूल भएमा संघको सभाहल प्रयोग गरिने पनि जनाइएको छ।
कार्यक्रमको सहजीकरण पत्रकार शरद रेग्मीले गरेका थिए भने केन्द्रका आजीवन सदस्य गोकर्ण गिरीले विषय प्रवेश गराएका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२९ जेठ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली, २०८३ स्वीकृत गरेको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहीबार साँझ बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको नियमावली पारित गरेको हो।
सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेका अनुसार नयाँ नियमावली लागू भएसँगै बजेट कार्यान्वयन र वित्तीय व्यवस्थापन थप प्रभावकारी, सहज र उत्तरदायी बन्ने अपेक्षा गरिएको छ।
यसअघि आन्तरिक रकमान्तरका लागि सम्बन्धित मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था रहेकामा अब प्रक्रिया सरल बनाइएको छ।
यस्तै, योजना संशोधन गर्ने अधिकार सम्बन्धित मन्त्रालयलाई नै दिइएको छ, जसले योजना कार्यान्वयनमा हुने ढिलासुस्ती घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
बर्दिया,२९ जेठ । नक्कली सरकारी कार्यालय स्थापना गरी ठगी गरेको आरोपमा बर्दिया प्रहरीले एक दम्पत्तिलाई पक्राउ गरेको छ।
ठाकुरबाबा नगरपालिका–३ बगनाह बजारमा घर भाडामा लिएर ‘प्रगन्ना तथा बड्कापथ सिंचाइ विभाग’ नामक नक्कली कार्यालय सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती २३ वर्षीया कृपा चौधरी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डीएसपी रेशम बोहराका अनुसार दाङमा रहेको उक्त विभागको नाम प्रयोग गर्दै बर्दियामा नक्कली कार्यालय सञ्चालन गरी विभिन्न व्यक्तिलाई ठगी गरेको अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका दम्पत्तिमध्ये न्यौपानेले आफूलाई चार्टर्ड एकाउन्टेन्ट (सीए) र चौधरीले उक्त कार्यालयको अधिकृत (सातौं तह) भएको झुटो दाबी गरी सर्वसाधारणलाई भ्रममा पार्दै ठगी गरेको पाइएको छ।
उनीहरूले नक्कली कार्यालयमार्फत कर्मचारी नियुक्ति गराइदिने प्रलोभन देखाएर कामदारहरूबाट काम लगाई ज्याला नदिने, घरधनीलाई भाडा नतिर्ने तथा नक्कली सरकारी कागजात र छाप प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दम्पत्तिविरुद्ध जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। उनीहरूविरुद्ध ठगी तथा लिखत सम्बन्धी कसूरअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२९ जेठ । बजेट वक्तव्यमा आफ्ना मागहरू सम्बोधन नभएपछि विद्यालयका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।
नेपाल विद्यालय कर्मचारी परिषद्को समन्वयमा विभिन्न कर्मचारी युनियन तथा संगठनहरूको संयुक्त मोर्चाले चरणबद्ध आन्दोलनको घोषणा गरेको हो।
कार्यतालिका अनुसार उनीहरूले सरकार, अर्थमन्त्रालय, शिक्षामन्त्रालय र मानव स्रोत विकास केन्द्रलाई ध्यानाकर्षण पत्र बुझाइसकेका छन्। साथै जिल्ला तहमा शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला प्रशासन कार्यालयमार्फत पनि ध्यानाकर्षण गराइएको छ।
कर्मचारीहरूले आ–आफ्ना क्षेत्रका जनप्रतिनिधिलाई जानकारी गराउँदै संघीय संसद्मा आफ्ना माग उठाउन आग्रह गरेका छन्।
घोषित कार्यक्रमअनुसार जेठ २८ गतेदेखि असार ४ गतेसम्म कालो पट्टी बाँधेर काम गर्ने र माग पूरा नभए असार ५ गतेदेखि सम्पूर्ण कामकाज ठप्प पार्ने निर्णय गरिएको छ। असार ६ गते दोस्रो चरणको आन्दोलन घोषणा गरिने पनि जनाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२९ जेठ । विपक्षी दलका सांसदहरूले आर्थिक विधेयकमाथि भएको संशोधनबारे संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्। साथै सीमा समस्याबारे प्रधानमन्त्रीले नै स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसदहरूले संसदमा दर्ता भइसकेको विधेयकमाथि कुनै प्रकारको चलखेल स्वीकार्य नहुने बताए।
नेकपा सांसद वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि प्रस्तुत विधेयकमा देखिएका कमजोरी स्वीकार गरेर सुधार गर्नुपर्ने धारणा राखे। उनले अर्थमन्त्रीको जवाफले जनप्रतिनिधि संस्थाको सम्मान घटाएको टिप्पणी गरे।
एमालेका सांसद गुरुप्रसाद बरालले विगतका सबै विषयमा छानबिन गर्न प्रतिपक्ष तयार रहेको उल्लेख गर्दै अर्थमन्त्री केवल जवाफ दिँदै उम्कन नपाउने बताए र छानबिन समिति गठनको माग दोहोर्याए।
कांग्रेसका सांसद भरतबहादुर खड्काले राष्ट्रियता सम्बन्धी विषयमा सत्तापक्ष र प्रतिपक्ष एकजुट हुनुपर्ने बताउँदै नेपाल–भारत सीमा समस्या यथाशीघ्र समाधान गर्न आग्रह गरे।
श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले सुस्तामा भारतीय सीमा सुरक्षा बलका कारण नेपाली प्रभावित भएको सूचना आएको उल्लेख गर्दै त्यस्ता गतिविधि रोक्न माग गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले पनि सीमा विवाद छिटो समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन्
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस