दाङ,२७ माघ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आदिवासी थारु समुदायको संस्कृति जगेर्ना गर्न अब नयाँ पुस्ताले सांस्कृतिक आन्दोलनको नेतृत्व लिनुपर्ने बताएका छन्।
मंगलबार दाङको चखौरामा आयोजित थारु सांस्कृतिक संरक्षण केन्द्रको सातौँ साधारणसभा तथा दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उनले थारु समुदायका शक्तिशाली इतिहास, पहिचान र संस्कृतिमाथि विभिन्न तवरबाट आक्रमण भइरहेकाले त्यसलाई रोक्न नवपुस्ताको सक्रिय भूमिका आवश्यक रहेको बताए।
उनले आदिवासीको इतिहास जोगाउन संस्कृतिको संरक्षण र संवर्द्धनसँगै स्थानीय उत्पादनको व्यावसायिकीकरण गर्दै त्यसबाटै आर्थिक जीविकोपार्जन गर्नुपर्नेमा जोड दिए।
‘अहिले सामाजिक र राजनीतिक सबै क्षेत्रमा थारु परम्परा र संस्कृतिमाथि आक्रमण गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘थारु समुदायको इतिहास, पहिचान र संस्कृतिमा विचलन ल्याउने प्रयास भइरहेको छ। अब त्यो रोक्न नवपुस्ताले व्यापक र हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ।’
थारुका संस्कार, संस्कृति र पहिचान जोगाउन अब सांस्कृतिक आन्दोलनतर्फ अघि बढ्नुपर्ने बेला आएको भन्दै त्यसको जिम्मेवारी नयाँ पुस्ताको काँधमा आइपुगेको उनले स्पष्ट पारे।
चौधरीले आदिवासी जनजातिले संस्कृतिको संरक्षण मात्र नभई त्यसलाई व्यावसायिक रूपमा उपयोग गर्दै जीविकोपार्जनका रैथाने उपायहरू खोज्नुपर्ने आवश्यकता औँल्याए।
२०७५ सालमा स्थापना भएको थारु सांस्कृतिक संरक्षण केन्द्रले दाङको चखौरामा थारु संग्राहलय सञ्चालन गर्दै आएको छ। थारु समुदायको इतिहास, संस्कृति र परम्परा झल्काउने सामग्रीहरू समेटिएको यो संग्राहलय नेपालकै पहिलो जीवन्त (लाइभ म्युजियम) का रूपमा परिचित छ।
केन्द्रअन्तर्गत थारु समुदायको रैथाने खानपान, रहनसहनको संरक्षण, संवर्द्धन तथा अध्ययन–अनुसन्धानका लागि थारु खाना घर र थारु विश्राम घरजस्ता पारम्परिक व्यवसायहरू पनि सञ्चालनमा छन्।
केन्द्रका अध्यक्ष राजेश चौधरीको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा महाधिवेशन उद्घाटन सत्रको सहजीकरण सक्रिय सदस्य श्रमलाल चौधरीले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२७ माघ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिवेणी नजिकै लिलौटी भन्ने ठाउँमा यात्रुबहाक बस दुर्घटना भएको छ ।
काठमाडौंबाट ओखलढुङ्गातर्फ जादैं गरेको १९७५ नम्बरको अरनिको यातायातको यात्रुबहाक बस केहीबेर अगाडि लिलौटी भन्ने ठाउँबाट सिधै तामाकोशीमा खसेको हो ।
दुर्घटना अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले गाडी साहुसहित पाँच जनाको शव निकालिएको पुष्टि गरेका थिए ।
दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार कार्य भइरहेको छ । प्रहरी निरीक्षक तिम्सिनाका अनुसार हालसम्म ३ जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएको छ ।
तामाकोशीमा डुबेको बसबाट अन्यलाई निकाल्ने प्रयास जारी रहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२७ माघ । सङ्घीयस्तरमा हालसम्म १ हजार १ सय ३० वटा ऐन, कानून, नियमावली तथा निर्देशिका निर्माण भएका छन् ।
राष्ट्रिय सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले ३ सय ५५ वटा ऐन, ३ सय २५ वटा नियमावली तथा नियम, ६६ वटा गठन आदेश, १ सय ३४ वटा निर्देशिका र २ सय ५० वटा कार्यविधि निर्माण भइसकेको जानकारी दिए ।
उनले विधायन ऐन २०८१ को प्रभावकारी कार्यान्वयन भइरहेको उल्लेख गर्दै प्रत्यायोजित विधायन ऐनअनुसार सम्बन्धित मन्त्रालय वा निकायबाट जारी हुने प्रत्यायोजित विधायन अनिवार्य रूपमा कानून मन्त्रालयमा दर्ता गर्ने व्यवस्था लागू गरिएको जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२७ माघ । स्वास्थ्य बीमा बोर्डले औषधि तथा स्वास्थ्यजन्य सामग्रीको न्यून दररेट मात्र दाबी गर्न सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।
सोमबार जारी निर्देशनअनुसार बोर्ड र सेवा प्रदायक संस्थाबीच तोकिएको दररेटमध्ये जुन न्यून हुन्छ, सोही दररेट मात्र दाबी गर्नुपर्ने व्यवस्था लागू गरिएको हो ।
बोर्डका अनुसार पुस २४ गतेको निर्णयअनुसार स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणालीमा न्यूनतम दररेट दाबी गर्न छुट्टै महल थप गरिएको छ । उक्त व्यवस्था फागुन १ गतेदेखि अनिवार्य रूपमा कार्यान्वयन गर्न बोर्डले सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२७ माघ । देशभर ९६.७ प्रतिशत घरपरिवारमा विद्युत सेवाको पहुँच पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ अनुसार विद्युत सेवाको पहुँच उल्लेखनीय रूपमा विस्तार भएको देखिएको हो ।
सर्वेक्षणअनुसार अधिकांश घरपरिवार राष्ट्रिय प्रसारण लाइन (ग्रिड) सँग जोडिएका छन् भने केही दुर्गम क्षेत्रका घरपरिवारले लघु जलविद्युत, सोलार लगायतका वैकल्पिक स्रोत प्रयोग गर्दै आएका छन् ।
विद्युतको पहुँच बढे पनि यसको प्रयोग मुख्यतः उज्यालोका लागि सीमित रहेको सर्वेक्षणले देखाएको छ । खाना पकाउने कार्यमा विद्युतको प्रयोग भने अझै न्यून रहेको उल्लेख गरिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २६ माघ । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले संविधानको रक्षा र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि नेपाली कांग्रेसले जित्नु अनिवार्य रहेको बताएका छन् ।
लोकतन्त्रको सुदृढीकरणका लागि सदैव अग्रसर रहेको कांग्रेसले नै विकास, सुशासन र नागरिकको अधिकार प्रत्याभूत गर्ने विश्वास व्यक्त गरे ।
लम्सालले आगामी निर्वाचनमा आचारसंहिताको पूर्ण पालन गरेर काम गर्नकाे लागि सवै सञ्चारकर्मीलाई आग्रह समेत गरे ।
नेपाल प्रेस युनियनको लुम्बिनी प्रदेश कार्यसमितिले आज भालुबाङमा आयाेजना गरेकाे निर्वाचन लक्षित ‘रणनीतिक बैठक’ लाई सम्वाेधन गर्दै लम्सालले पत्रकारले आफ्नो आचारसंहिताभित्र बसेर पनि पार्टी उमेदवारलाई सहयाेग गर्न सक्ने उल्लेख गर्दै प्रेस युनियन नेपाली काँग्रेस पार्टीको शुभेच्छुक संस्था भएकोले कांग्रेस उम्मेदवारलाई सहयाेग गर्नु दायित्व रहेकाे बताए ।
उनलेे ‘चुनावी रणनीति’ लक्षित सामाजिक सञ्चाल, मिडिया तथा सवै उपयुक्त विधि प्रयाेग गर्नकाे लागि क्षेत्र क्षेत्रमा सहयाेग गर्न प्रतिनिधि खटाउने बताए ।
प्रेेस युनियन लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष जयसिंह केसीकाे अध्यक्षतामा भएको बैठकमा वरिष्ठ उपाध्यक्ष प्रेम केसीले काँग्रेसका अन्य भ्रातृ तथा शुभेच्छुक संगठनहरु रणनीतिक रुपले नलागेकाे अवस्थामा प्रेेस युनियन शुभेच्छुक संस्थाको हैसियतले देशभर परिचालन भएको बताए ।
केन्द्रीय उपाध्यक्ष माधव अर्यालले युनियनकर्मीले निर्वाचनमा अहम् भूमिका निभाउनुपर्ने बताए । महासचिव दिलिप पाैडेलले युनियनको देशभर सबै प्रदेशमा हुने बैठकले पार्टीका उम्मेदवारलाई मिडियाबाट सहयोग गर्नका लागि युनियनका सदस्यहरुले उपयुक्त ढंगले काम गर्नुपर्ने बताए । उपमहासचिव सुलोचना गौतमले युनियन सशक्त ढंगले परिचालन हुनुपर्नेमा जोड दिइन् ।
प्रदेश महासचिव नवीन गिरीले संचालन गरेको वैठकमा स्वागत उपाध्यक्ष पहलमान घर्तीले गरेका थिए ।
वैठकमा केन्द्रीय सदस्यहरु विमल ज्ञवाली, नारायणी रजौरे, प्रेम नारायण आचार्य, रेखा भुसाल, फुलु सुनार, सनी उल्लाह धोबी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेल, लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई लगायतले बोलेका थिए ।
यसैगरी रुपन्देही अध्यक्ष कविन्द्र नेपाल, कपिलवस्तु अध्यक्ष खगप्रसाद चापागाईं, प्युठान अध्यक्ष मधुसुधन भण्डारी, राेल्पा अध्यक्ष लाेकन्द्र चन्द, दाङ अध्यक्ष नारायण खड्का, बाँके अध्यक्ष प्रियास्मृति ढकाल, बर्दिया अध्यक्ष दिपकलाल श्रेष्ठ र पाल्पा प्रतिनिधि सुनिल कार्कीले जिल्लागत रिपोर्टिङ गरेका थिए ।
प्रेस युनियन लुम्बिनी प्रदेश सचिवालय सदस्य वसन्त बन्जाडे, कार्यसमिति सदस्य सुदीप भण्डारीले पनि बोलेका थिए ।
वैठकमा केन्द्रीय सदस्यहरु चेतन रेग्मी, नारद कहार, लक्ष्मीमान चौधरी, लुम्बिनी प्रदेश पदाधिकारी, सदस्य, जिल्लाका प्रतिनिधि लगायतको उपस्थिति थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२७ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका कमजोरी लुकाउने नभई स्वीकार गरेर सुधारसहित अघि बढ्ने स्पष्ट सन्देश दिएका छन् । कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका थापाले कांग्रेस अब नयाँ सोच र कार्यदिशासहित अघि बढ्ने बताए ।
विशेष महाधिवेशनपछि पहिलोपटक विराटनगर आएका थापालाई स्वागत गर्न कांग्रेस नेता डा. शेखर कोइरालासहितका नेताहरू उपस्थित थिए । कार्यक्रमलाई सम्बोधन गर्दै थापाले कांग्रेसमा शुद्धीकरण आवश्यक रहेको बताए । “ऐना पुछेर होइन, अनुहारकै दाग मेटेपछि मात्रै कांग्रेसमा शुद्धीकरण हुन्छ,” उनले भने ।
विगतमा निर्वाचन जित्नु र सरकारमा टिकिरहनुलाई मात्र उपलब्धि ठान्ने गलत सोचले पार्टी कमजोर बनेको थापाले स्वीकार गरे । सत्ताका लागि जोसँग पनि मिल्ने प्रवृत्तिले बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूले बनाएको पार्टीको छविमा असर पुगेको उनले बताए । “अब त्यो बाटोमा कांग्रेस फेरि हिँड्दैन,” थापाले स्पष्ट पारे ।
कम्युनिस्ट दलहरूसँगको अस्वस्थ प्रतिस्पर्धाका कारण कांग्रेसले आफ्नो मौलिक पहिचान गुमाउँदै गएको थापाको भनाइ थियो । अदालत र संवैधानिक निकायहरूमा दलीय भागबन्डा खोज्ने प्रवृत्तिमा कांग्रेस पनि कतै न कतै दोषी रहेको उनले बताए ।
“कायरले कमजोरी लुकाउँछ, साहसीले गल्ती स्वीकार गर्छ,” थापाले भने, “अब गल्ती नदोहोर्याउने प्रतिबद्धतासहित नागरिकको भरोसा जित्न कांग्रेस मैदानमा उत्रिन्छ।” कांग्रेस परिवर्तन भएको कुरा भाषणमा मात्र सीमित हुन नहुने उल्लेख गर्दै उनले कार्यकर्ताहरूलाई कांग्रेस बदलिँदा नागरिकको जीवनमा के फरक पर्छ भन्ने ठोस उत्तरसहित टोल–टोलमा पुग्न आग्रह गरे ।
देशलाई पुनः कुनै पनि प्रकारको द्वन्द्वतर्फ जान नदिन वर्तमान संविधान नै मुख्य आधार भएको थापाले बताए । संविधानको रक्षा र पूर्ण कार्यान्वयनमार्फत जनताको समस्या समाधान गर्न कांग्रेस दृढ रहेको उनको भनाइ थियो । “देशभर कार्यकर्तामा देखिएको ऊर्जा कोठाभित्र थुन्नु हुँदैन,” थापाले भने, “यो ऊर्जा जनताको घरदैलोसम्म पुर्याउनु हाम्रो साझा जिम्मेवारी हो।”
कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२६ माघ । तुलसीपुर उपमहानगरपालिकामा दुई हजारभन्दा बढी किशोरीलाई एचपीभी ९ह्युमन प्यापिलोमा भाइरस० विरुद्धको खोप लगाइने भएको छ । सोमबार तुलसीपुरमा आयोजित पालिकास्तरीय विद्यालय केन्द्रित एचपीभी खोप अभियान सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य प्रवर्द्धन शाखाले उक्त जानकारी दिएको हो ।
जनस्वास्थ्य प्रवर्द्धन शाखाका जनस्वास्थ्य अधिकृत विमल केसीका अनुसार यस वर्ष उपमहानगरपालिकाभित्र कक्षा ६ मा अध्ययनरत २ हजार १ सय २४ जना र विद्यालय बाहिर रहेका ४९ जना गरी कुल २ हजार १ सय ७३ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ । गत वर्ष तुलसीपुरमा १० हजार १ सय ६१ जना किशोरीले एचपीभी खोप लगाएका थिए ।
खोप अभियान माघ २८ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुनेछ । उपमहानगरपालिकाका १९ वटै वडामा रहेका १ सय खोप केन्द्रबाट सेवा दिइने जनाइएको छ । यस वर्ष कक्षा ६ मा अध्ययनरत किशोरी, गत वर्ष छुटेका लक्षित उमेर समूहका, हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई प्राथमिकताका साथ खोप लगाइनेछ । यसअघि एचपीभी खोपको एक मात्रा लगाइसकेकाले पुनः खोप लगाउन नपर्ने जनस्वास्थ्य अधिकृत केसीले जानकारी दिए।
यस वर्ष सबैभन्दा धेरै वडा नम्बर ६ मा ५ सय ८९ जना किशोरीलाई खोप लगाइनेछ । उक्त वडामा तीन दिनसम्म खोप कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।
पालिकास्तरीय खोप समन्वय समितिका अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले एचपीभी खोपले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले अभिभावक र सरोकारवालाले अनिवार्य रूपमा खोप लगाउन प्रेरित गर्नुपर्ने बताए।
कार्यक्रममा नगर उपप्रमुख स्यानी चौधरी, शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारी, नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष ओपेन्द्र बस्नेत, पत्रकार सुनिलकुमार पोखरेल लगायतले अभियानमा ढुक्क भएर सहभागी हुन आग्रह गरे ।
स्वास्थ्य विज्ञहरूका अनुसार एचपीभी भाइरसका कारण पाठेघरको मुखको क्यान्सर, यौनाङ्गसम्बन्धी क्यान्सर तथा यौन सम्पर्कबाट सर्ने विभिन्न रोग हुने भएकाले यो खोप अत्यन्त प्रभावकारी मानिन्छ । सानै उमेरमा खोप लगाउँदा शरीरमा बलियो प्रतिरक्षा प्रणाली विकास हुने र भविष्यमा क्यान्सरको जोखिम न्यून हुने बताइएको छ ।
स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन भानुज्योति वलीको विषय प्रवेशबाट सुरु भएको कार्यक्रमको सहजीकरण जनस्वास्थ्य अधिकृत केसीले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२६ माघ । तुलसीपुर उपमहानगरपालिकाले मादक पदार्थ सेवन ९मापसे० गरी सवारी साधन चलाउने चालकको चेकजाँचलाई प्रभावकारी बनाउन प्रहरीलाई ब्रेथलाइजर मेसिन उपलब्ध गराएको छ । उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय तुलसीपुरलाई उक्त मेसिन हस्तान्तरण गरिएको हो ।
उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र बजारको शान्ति–सुरक्षालाई थप मजबुत बनाउन प्रहरीलाई सहयोग गरिएको बताए। तुलसीपुर क्षेत्रमा बढ्दै गएको सवारी दुर्घटनालाई नियन्त्रण गर्न र मापसे गरी सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्न ब्रेथलाइजर मेसिन उपयोगी हुने उनको भनाइ छ ।
यसैबीच इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी होमबहादुर पराजुलीले गत भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनका क्रममा ब्रेथलाइजर मेसिन जलेपछि उपमहानगरपालिकाले नयाँ मेसिन उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरे।
डिएसपी पराजुलीका अनुसार पछिल्लो समय तुलसीपुर क्षेत्रमा सवारी दुर्घटनाको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको हालसम्म मात्रै सवारी दुर्घटनामा १४ जनाको मृत्यु भइसकेको उनले जानकारी दिए ।
विशेषगरी मापसे गरी सवारी चलाउने चालकको संख्या बढी भएकाले ब्रेथलाइजर मेसिनले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे।
२२ सय व्यक्ति फरार सूचिमा
रोल्पा ,२६ माघ । रोल्पामा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन्। रोल्पा नगरपालिका–३ गोठमारेमा आइतबार राति करिब ९ बजेतिर अटो दुर्घटना भएको हो।
लिवाङबाट गोठमारेतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ह १७५७ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना भएको रोल्पा प्रहरीले जनाएको छ।
रोल्पा नगरपालिका–३ गोठमारे निवासी ३८ वर्षीय दुर्गा बहादुर केसीले चलाएको अटो गोठमारेस्थित महेश घर्तीमगरको घर नजिकैको सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक बिरेन्द्र वीर विश्वकर्माका अनुसार दुर्घटनामा रोल्पा नगरपालिका–३ गोठमारेकी २६ वर्षीया गायत्रा खड्का केसी, उनकी २ वर्षीया छोरी रिहाना केसी तथा सोही स्थानकी २३ वर्षीया निमकुमारी घर्तीको अवस्था गम्भीर रहेको छ।
त्यसैगरी निमकुमारी घर्तीकी ५ वर्षीया छोरी तेरिया घर्ती, सोही स्थानकी ४५ वर्षीया पम्फा थापा र ६५ वर्षीय खिमबहादुर खत्रीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। अटो चालक दुर्गा बहादुर केसीको अवस्था भने सामान्य रहेको छ।
प्रहरीका अनुसार गएराति करिब १ बजेको समयमा चालकबाहेक अन्य ६ जना घाइतेलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस