देउवा समूहको रिटमा आज सर्वोच्चमा पेसी

   माघ ०७, २०८२       admin

काठमाडौँ,६ माघ । नेपाली कांग्रेसभित्रको आधिकारिकतासम्बन्धी विवादमा निवर्तमान सभापति शेरबहादुर देउवा समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ।

गगन थापा समूहलाई नेपाली कांग्रेसको आधिकारिकता दिएको निर्वाचन आयोगको निर्णय चुनौती दिँदै आइतबार रिट दर्ता गरिएको थियो। रिट तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका हुन्। प्रारम्भमा आइतबारकै लागि पेसी तोक्न आग्रह गरिएको भए पनि सर्वोच्च प्रशासनले समय अभावका कारण सम्भव नहुने जानकारी दिएको थियो।

कांग्रेसभित्रको आधिकारिकताको विवाद गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गर्दै नयाँ कार्यसमिति चयन गरेपछि चर्किएको हो। सोही महाधिवेशन र त्यसबाट बनेको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयपछि देउवा समूह अदालत पुगेको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सिमेन्ट उद्योगमा काम गर्ने क्रममा पुरिएर लमहीका एक युवकको मृत्यु

   माघ ०६, २०८२       admin

दाङ,५ माघ । दाङमा सिमेन्ट उद्योगमा काम गर्ने एक श्रमिकको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।
लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगमा काम गर्ने लमही नगरपालिका–७ कमानपुर निवासी ३६ वर्षीय अरविन्द चौधरीको कामका क्रममा माटोको ढिस्को खस्दा पुरिएर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

सोही घटनामा परेर लमही नगरपालिका–७ हसनापुर निवासी शंकर चौधरी घाइते भएका छन् । घाइते चौधरीको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उद्योगको पावर प्लान्ट निर्माणसम्बन्धी काम भइरहेको बेला ठूलो खाडल खनिएको थियो । सो क्रममा अचानक माटोको ढिस्को खस्दा दुई जना श्रमिक पुरिएका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

स्पेनमा रेल दुर्घटनाः ३९ जनाको मृत्यु

   माघ ०६, २०८२       admin

काठमाडौँ,५ माघ । स्पेनमा रेल दुर्घटना हुँदा मृत्यु हुनेको सख्ँया ३९ पुगेको छ । तीव्र गतिकोा कारण भएको रेल दुर्घटना हुँदा ७३ जना गम्भीर घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको स्पेनका यातायातमन्त्री अस्कर प्वेन्टेलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

रेल्वे सञ्जाल सञ्चालक अडिफका अनुसार ३ सय जना यात्रुसहित मालागाबाट मड्रिडतर्फ गुडिरहेको उच्च गतिको रेल आफ्नो लिकबाट उछिट्टिएर अर्को ट्र्याकमा पुगेको थियो । त्यसरी उछिट्टिएको रेल मड्रिडबाट झन्डै १ सय जना यात्रु लिएर वेल्भातर्फ गुडिरहेको अर्को रेलसँग ठोक्किएको छ ।

दुर्घटनाको कारणबारे अहिलेसम्म आधिकारिक रूपमा केही सार्वजनिक भएको छैन । अनुसन्धान गर्न कम्तीमा एक महिना लाग्न सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

   माघ ०६, २०८२       admin

काठमाडौं,५ माघ । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनी पोखराबाट पक्राउ परेका हुन् ।
प्रसाईंमाथि अनुसन्धान गर्न भन्दै निर्वाचन आयोगले प्रहरीका दुई निकायलाई पत्राचार गरेपछि उनलाई पक्राउ गरिएको हो । आयोगले प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुसन्धानका लागि पत्र पठाएको थियो ।

कांग्रेसको विशेष महाधिवेशन पक्षले ५२ करोड रुपैयाँ बुझाएर निर्वाचनको नतिजा आफ्नो पक्षमा पारेको दाबी गर्दै प्रसाईंले केही समयअघि एक भिडियो सार्वजनिक गरेका थिए । उक्त भिडियोमा गरिएको आरोपलाई लिएर आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अनुसन्धान अघि बढाएको हो ।

प्रसाईंमाथि निर्वाचन कसुरसम्बन्धी ऐन तथा मुलुकी फौजदारी संहिता अन्तर्गतका कसुरमा कारबाही हुनुपर्ने मागसहित आयोगले प्रहरीलाई पत्राचार गरेको बताइएको छ । प्रहरीले हाल प्रसाईंलाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मनोनयन दर्ता कार्यक्रममा सहभागी हुन कांग्रेस क्षेत्र नं २ को आग्रह

   माघ ०६, २०८२       admin

दाङ, ५ माघ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर–२ ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भोली मंगलबार हुने उम्मेदवारी मनोनयन दर्ता कार्यक्रममा सहभागिता जनाउन सबैलाई आह्वान गरेको छ ।

क्षेत्र नम्बर–२ ले एक विज्ञप्ति जारी गर्दै कांग्रेसको तर्फबाट उम्मेदवारी मनोनयन दर्ता गरिने कार्यक्रममा सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकलाई उपस्थित हुन अनुरोध गरेको हो । क्षेत्रीय सभापति भीमप्रकाश खड्काले जारी गरेको विज्ञप्तिअनुसार दिउँसो १२ः३० बजे घोराहीस्थित पार्टी कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।

विज्ञप्तिमा नेपाली कांग्रेसले लोकतन्त्र मजबुत बनाउने, संविधानको रक्षा गर्ने तथा राष्ट्रियता र जनअधिकार सुदृढ गर्ने जिम्मेवारी बोकेको उल्लेख गरिएको छ । साथै पार्टीको आन्तरिक एकता, संगठनात्मक सुदृढीकरण र नयाँ पुस्तालाई आकर्षित गर्ने कार्यमा कांग्रेस निरन्तर सक्रिय रहेको बताइएको छ ।

मनोनयन दर्ता प्रक्रिया केवल औपचारिक कार्यक्रम मात्र नभई पार्टीको शक्ति, मतदाताको समर्थन र सामूहिक प्रतिबद्धताको प्रतीक भएको उल्लेख गर्दै कार्यक्रममा सहभागिता जनाउन आग्रह गरिएको छ ।

कांग्रेसले जिल्ला कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रतिनिधि सभा तथा प्रदेश सभा क्षेत्रीय कार्यसमिति, पालिका, वडा तथा टोल कार्यसमिति, भातृ तथा शुभेच्छुक संघ–संस्था, सम्पूर्ण नेता, कार्यकर्ता र मतदातालाई मनोनयन दर्ता कार्यक्रममा उपस्थित भई पार्टीलाई थप मजबुत बनाउन सहयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गाउँपालिका अध्यक्षद्वारा ह्विलचियर सहयोग

   माघ ०६, २०८२       admin

दाङ,५ माघ । शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले आफ्नो जन्मदिनमा ह्विलचियर सहयोग गरेका छन् । उनले अपांगताका कारण कष्टकर जीवन बिताइरहेकी एक वृद्धालाई ह्वीलचियर प्रदान गरेका हुन् ।

शान्तिनगर गाउँपालिका–७ दुवीचौर स्थायी घर भई हाल बबई गाउँपालिका–७ मथ्यौरामा छोरीको घरमा बस्दै आएकी ७२ वर्षीया गौरी थरुनीलाई अध्यक्ष बस्नेतले ह्वीलचियर उपलब्ध गराएका हुन् । लामो समयदेखि शारीरिक असहजताका कारण हिँडडुल गर्न नसकिरहेकी थरुनीले ह्वीलचियर पाएपछि दैनिक जीवन सहज हुने विश्वास गरिएको छ ।

जन्मदिनलाई औपचारिक कार्यक्रम वा भोजभतेरभन्दा सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउन पाउँदा आत्मसन्तुष्टि मिलेको अध्यक्ष बस्नेतले बताए ।
“समाजका असहाय, अपांग र पीडित वर्गका लागि सानो सहयोगले पनि ठूलो राहत दिन सक्छ, त्यसै भावनाले यो कार्य गरिएको हो,” उनले भने ।

अध्यक्ष बस्नेतको यस कदमको स्थानीयवासीहरूले प्रशंसा गरेका छन् । उनीहरूले जनप्रतिनिधिहरूले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका छन् । ह्वीलचियर प्राप्त गरेकी वृद्धा थरुनी तथा उनका परिवारजनले पनि सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आशिका तामाङलाई रास्वपाले दियो टिकट

   माघ ०६, २०८२       admin

काठमाडौं ,५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा आशिका तामाङलाई उम्मेदवार बनाएको छ ।

सोमबार रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले तामाङलाई टिकट हस्तान्तरण गरेका हुन् । रास्वपाका केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार तामाङ धादिङ–१ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्नेछिन् ।

यसअघि तामाङले काठमाडौं क्षेत्र नम्बर–९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताउँदै आएकी थिइन् । तर पछिल्लो निर्णयअनुसार उनी रास्वपाको आधिकारिक उम्मेदवारका रूपमा धादिङ–१ बाट चुनावी मैदानमा उत्रिने भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङका तीनै क्षेत्रमा नेकपाको उम्मेदवार टुंगो: चौधरी दोहोरिए, केसी असन्तुष्ट

   माघ ०६, २०८२       admin

दाङ,५ माघ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दाङका तीनवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।

पार्टी नेतृत्वले दाङ क्षेत्र नम्बर–१ मा मेटमणि चौधरी, क्षेत्र नम्बर–२ मा निर्मल आचार्य र क्षेत्र नम्बर–३ मा धनबहादुर मास्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेकपाका नेता मेटमणि चौधरीले तीनै क्षेत्रमा उम्मेदवार टुंगो लागेको जानकारी दिएका छन् । दाङ–१ बाट उम्मेदवार बनेका चौधरी लगातार निर्वाचन जित्दै आएका नेता हुन् ।

उनले २०७४ सालमा बाम गठबन्धनको समर्थनमा नेकपा एमालेबाट तथा २०७९ सालमा कांग्रेस–माओवादी केन्द्र गठबन्धनको बलमा नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।

यही क्षेत्रबाट उम्मेदवारीको दाबेदारी गरिरहेका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले टिकट नपाए बागी उम्मेदवारी दिने संकेत गर्दै आएका छन् । तर पार्टी नेतृत्वले चौधरीलाई नै उम्मेदवार बनाएको छ, जसले पार्टीभित्र असन्तुष्टि बढ्ने संकेत देखिएको छ ।

दाङ–२ बाट उम्मेदवार बनेका निर्मल आचार्य यसअघि २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा दाङ क्षेत्र नम्बर–३ बाट नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका थिए ।

त्यस्तै, दाङ–३ बाट उम्मेदवार बनेका धनबहादुर मास्की हाल लुम्बिनी प्रदेश सभा सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री हुन् ।

उनले २०७९ सालको निर्वाचनमा कांग्रेस–माओवादी केन्द्र–नेकपा एस गठबन्धनको समर्थनमा नेकपा माओवादी केन्द्रको तर्फबाट दाङ क्षेत्र नम्बर–३ (२) बाट विजय हासिल गरेका थिए ।

यता, नेकपा एमालेले दाङ क्षेत्र नम्बर–३ मा घनश्याम पाण्डेलाई उम्मेदवार बनाइसकेको छ भने क्षेत्र नम्बर–१ र २ मा अझै उम्मेदवार टुंगो लागेको छैन । नेपाली कांग्रेस दाङका कुनै पनि क्षेत्रमा उम्मेदवारी टुंग्याएका छैनन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

खेलकुद मन्त्री गुप्ताले दिए राजीनामा

   माघ ०६, २०८२       admin

काठमाडौं, ५ माघ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनले हिजो बेलुकी प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामाबारे जानकारी गराएको बताएका छन् ।

आज सार्वजनिक बिदा परेकाले भोलि मात्र राजीनामा पत्र दर्ता हुने गुप्ताले जानकारी दिए । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सिराहा क्षेत्र नम्बर–१ मा उम्मेदवार बन्ने तयारीमा रहेका छन् ।

हाल गुप्ता रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसँगै जनकपुरमा चुनावी अभियानमा सहभागी भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आज सोनाम ल्होसार

   माघ ०६, २०८२       admin

दाङ,५ माघ। तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउँदै आएको सोनाम ल्होसार आज विविध कार्यक्रमसहित हर्षोल्लासका साथ मनाइँदै छ ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८६२ औँ सोनाम ल्होसार वर्ष सुरु भएको छ ।

यस वर्ष सर्प वर्ष पूरा भई घोडा वर्ष प्रवेश गरेको हो । सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गका पशुपन्छीका आधारमा विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिने भएकाले तामाङ समुदाय प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो परम्परा मानिने सोनाम ल्होसार नेपालसँगै चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया र सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले पनि सोनाम ल्होसार मनाउने परम्परा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology