मेयर बालेन शाहले माघ ५ गते राजीनामा दिने

   पुष २८, २०८२       admin

काठमाडौँ,२८ पुस। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले माघ ५ गते राजीनामा दिने तयारी गरेको उनका सचिवालय स्रोतले जनाएको छ । प्रतिनिधिसभा निर्वाचन लड्ने उद्देश्यले उनले राजीनामा दिने तयारी गरेको सचिवालयका एक सदस्यले बताए ।

उनका अनुसार मेयर शाहको राजीनामा दिने निर्णय निश्चित भइसकेको छ । “उहाँले राजीनामा दिने निश्चित भएको छ । माघ ५ गते राजीनामा आउँछ,” सचिवालय स्रोतले भन्यो ।

राजीनामापछि मेयर शाह निर्वाचन तयारीका लागि झापा–५ जाने तयारीमा रहेको बताइएको छ । उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग झापा–५ बाट निर्वाचन लड्ने विषयमा छलफलमा रहेको सचिवालय स्रोतको भनाइ छ ।

यस विषयमा मेयर शाहले भने औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कांग्रेस महाधिवेशनः के बन्दसत्रमा देउवा जाँदै छन् ?

   पुष २८, २०८२       admin

काठमाडौं ,२८ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र आज बिहान १० बजेदेखि सुरु हुँदैछ ।

यसैबीच सामाजिक सञ्जालमा पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना फैलाइएको भन्दै पार्टी सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सभापति देउवाका स्वकीय भानु देउवाले जारी गरेको वक्तव्यमा सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने उद्देश्यले सभापति देउवा बन्दसत्रमा सहभागी हुने भन्दै गलत सूचना प्रवाह गरिएको उल्लेख गरिएको छ । वक्तव्यमा उक्त विषयप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

वक्तव्यमा अगाडि भनिएको छ, “उक्त कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाज्यू जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौँ।”

विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र आज महत्वपूर्ण चरणमा प्रवेश गर्न लागेको छ । बन्दसत्रको सुरुवातमा विशेष महाधिवेशनको कार्यविधि पारित गरिने बताइएको छ ।

त्यसपछि सात प्रदेश, काठमाडौं उपत्यका तथा भ्रातृ, शुभेच्छुक र जनसम्पर्क समितिका प्रतिनिधि समेटिएका गरी नौ समूह बनाएर नीति, नियम, विधान तथा पछिल्ला राजनीतिक घटनाक्रमबारे गहन छलफल गरिने कार्यसूची रहेको जनाइएको छ ।

बन्दसत्रले राजनीतिक प्रतिवेदन तथा नीति पारित गर्नुका साथै हलको म्यान्डेटअनुसार नयाँ नेतृत्व चयन गर्ने निर्णयसमेत गर्ने तयारी रहेको कांग्रेस स्रोतले जनाएको छ

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

निर्वाचन प्रहरी भर्ना : दुई दिनमै २७ हजार आवेदन

   पुष २७, २०८२       admin

दाङ, २७ पुस । निर्वाचन प्रहरी बन्नका लागि आवेदन खुला भएको दुई दिनमै २७ हजार जनाले आवेदन दिएका छन् । यही पुस २४ गतेदेखि निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरिएको हो ।

प्रहरी प्रधान कार्यालयले आवेदन सुरु भएको प्रारम्भिक दुई दिनको अवधिमा देशभरबाट २७ हजार जनाले आवेदन दिएको जानकारी दिएको छ । आवेदन दिने अन्तिम मिति आउँदो माघ १ गतेसम्म तोकिएको छ ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्ने जनाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपालले पनि १५ हजार ११० जना जनशक्ति भर्ना गर्ने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

१० लाखभन्दा बढी अवैध नगदसहित एक जना पक्राउ

   पुष २७, २०८२       admin

काठमाडौं,२७ पुस । सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी नगद रकमसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय इनर्वा, सिरहाबाट खटिएको टोलीले आज करिब १ बजेको समयमा भगवानपुर गाउँपालिका–४ ठाडीस्थित दशगजा इलाकानजिक चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका एक युवकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा पर्ने व्यक्ति भगवानपुर गाउँपालिका–३ मरिकटोल निवासी २४ वर्षीय देवनाथ यादव हुन् । चेकजाँचका क्रममा यादवको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ १० लाख तीन हजार नौ सय ९० रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनको साथमा प्रयोग गरिएको एक थान मोटरसाइकल र एक थान मोबाइल फोनसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

नियन्त्रणमा लिइएका व्यक्ति तथा बरामद नगद र सामग्री आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालय बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यस विषयमा सशस्त्र प्रहरी बल सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले सीमा क्षेत्रमा अवैध रकमको ओसारपसार नियन्त्रण गर्न निगरानी र सुरक्षा जाँच थप कडाइ गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा बस दुर्घटना, आठ जना घाइते

   पुष २७, २०८२       admin

दाङ ,२७ पुस। दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन् । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००३१ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी निरीक्षक उपेन्द्र बमले बस दुर्घटनामा आठ जना यात्रु घाइते भएको जानकारी दिए ।

उनका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हालसम्म घाइतेहरूको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ ।

प्रहरी निरीक्षक बमका अनुसार बस आज आइतबार दिउँसो करिब साढे १२ बजेतिर घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१६ रावतगाउँ चोकमा दुर्घटनामा परेको हो । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रहेनन् गायक प्रशान्त तामाङ

   पुष २७, २०८२       admin

काठमाडौँ,२७ पुस । गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । उनको आइतबार निधन भएको निर्माता राजेश कौशलले तामाङकी श्रीमतीलाई उद्धृत गर्दै पुष्टि गरेका हुन् ।

उनी भारतीय मूलका नेपालीभाषी गायक रहेको बताइएको छ । तामाङ भारतीय टेलिभिजन रियालिटी शो इन्डियन आइडल को तेस्रो संस्करणका विजेता हुन् ।

तामाङले केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै स्वर पनि दिएका थिए । पछिल्लो समय उनी दिल्लीमा बस्दै आएको बताइएको छ । त्यहीँ उनको निधन भएको हो ।

उनको निधनले नेपाली तथा भारतीय संगीत क्षेत्र शोकमा डुबेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपाली कांग्रेसको विशेष महाधिवेशन आज

   पुष २७, २०८२       admin

काठमाडौं,२७ पुस। नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । पार्टीले मध्याह्न १२ बजे महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको जनाएको छ ।

महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता कार्य धमाधम भइरहेको कांग्रेसले जनाएको छ । उद्घाटनअघि नै प्रतिनिधिहरू महाधिवेशन स्थल पुगेर नाम दर्ता गरी परिचयपत्र लिइरहेका छन् भने कांग्रेस समर्थकहरू पनि कार्यक्रम स्थलमा उपस्थित भएका छन् ।

कार्यक्रम स्थलमा मञ्च व्यवस्थापनको काम भइरहेको पार्टी नेताहरूले बताएका छन् । महाधिवेशन स्थललाई कांग्रेसले आफ्ना पुराना नेताहरूको प्रतिमा लहरै राखेर सजाइएको उनीहरूको भनाइ छ ।

कार्यक्रम स्थलमा बिपी कोइराला, सुवर्णशम्शेर जबरा, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका प्रतिमा राखिएको कांग्रेसले जनाएको छ ।

सोमबारसम्म सञ्चालन हुने विशेष महाधिवेशनको उद्घाटन मध्याह्न १२ बजे गर्ने तयारी रहेको पार्टी स्रोतले जनाएको छ । उद्घाटनअघि काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने तयारी गरिएको पनि कांग्रेसले बताएको छ ।

विशेष महाधिवेशन काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन गर्ने तय भएको कांग्रेसले जनाएको छ । आज उद्घाटनपछि बन्द सत्र सुरु हुने र बन्द सत्रको सभापतित्व जेष्ठ सदस्यले गर्ने व्यवस्था गरिएको बताइएको छ ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी पार्टी विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशनको माग गरेको कांग्रेस नेताहरूले बताएका छन् । सोही आधारमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएको उनीहरूको भनाइ छ । यद्यपि संस्थापन पक्षले भने विशेष महाधिवेशनलाई अस्वीकार गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

   पुष २७, २०८२       admin

काठमाडौं,२७ पुस । आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । वि.सं. १७७९ सालमा जन्मिएका शाहको आज ३०४औँ जन्मजयन्ती परेको छ ।

उनी आधुनिक नेपालको एकीकरणका प्रमुख नायक भएको इतिहासकारहरूले बताएका छन् । शाहले नेपालको एकीकरणमा पुर्‍याएको योगदानको स्मरण गर्दै सिंहदरबार पश्चिम ढोकाअगाडि रहेको उनको सालिकमा पुष्पमाला अर्पण गरी सम्मान व्यक्त गरिने कार्यक्रम रहेको जनाइएको छ ।

पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान समारोह आयोजना गरेको छ । पार्टीका नेताहरूले पृथ्वीनारायण शाह राष्ट्रनिर्माता भएको बताए । शाहको जन्मस्थान गोरखामा हरेक वर्ष विशेष कार्यक्रम गरी यो दिवस मनाइने गरिन्छ भन्ने उनीहरूको भनाइ छ ।


नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा सैनिक मुख्यालय जङ्गीअड्डामा रहेको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको जनाएको छ ।
वि.सं. १८३१ सालमा ५२ वर्षको उमेरमा शाहको निधन भएको थियो ।

उनले आफ्नो शासनकालमा दिएका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने दिव्योपदेश आज पनि सान्दर्भिक रहेको विद्वानहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पार्किङ गरी राखिएको अटोमा आगजनी गर्ने युवक पक्राउ

   पुष २६, २०८२       admin


दाङ, २६ पुस । घर आँगनमा पार्किङ गरी राखिएको अटोमा आगजनी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। दाङको घोराही उपमहानगरपालिका–१३ प्रगतिनगर टोलमा पार्किङ गरी राखिएको अटो रिक्सामा आगजनी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रोल्पा माडी गाउँपालिका–६ स्थायी ठेगाना भई हाल दाङ घोराही उपमहानगरपालिका–१३ डुमरगाउँ बस्ने १८ वर्षीय सन्देश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।

प्रहरीका अनुसार पुस २४ गते बिहीबार राति करिब साढे १ बजे सोही स्थानका जीवन वलीले आफ्नो घरको आँगनमा पार्किङ गरी राखेको रा १ ह २७५७ नम्बरको अटो रिक्सामा आगो लगाइएको थियो ।

घटनापछि अनुसन्धान गर्ने क्रममा प्रहरीले सोही दिन बेलुका करिब ६ः०० बजे घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्क क्षेत्रबाट सन्देश नेपालीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका नेपालीलाई दाङ जिल्ला अदालत घोराहीबाट ५ दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सार्वजनिक बिदामा पनि राजस्व कार्यालय खुला रहने

   पुष २६, २०८२       admin

दाङ,२६ पुस। आन्तरिक राजस्व कार्यालय तुलसीपुरले सार्वजनिक बिदाका दिनहरूमा पनि सेवा प्रवाह गर्ने जनाएको छ ।

नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको उक्त कार्यालयले पुस महिना राजस्व संकलन तथा आय विवरण दाखिलाका दृष्टिले महत्वपूर्ण भएकाले सार्वजनिक बिदा परेका दिनहरूमा समेत कार्यालय खुला राख्ने निर्णय गरेको हो ।

कार्यालयद्वारा जारी सूचनाअनुसार आज शनिबार र पुस २७ गते आइतबार सार्वजनिक बिदा भए पनि कार्यालय नियमित रूपमा सञ्चालन हुनेछ ।

करदाताको सुविधा र सेवामा सहजता प्रदान गर्न विदाको दिनहरूमा समेत राजस्व संकलनसम्बन्धी सम्पूर्ण कार्य गरिने कर अधिकृत श्रीधर टण्डनले जानकारी दिए । उहाँका अनुसार राजस्व संकलन गर्ने बैंक काउन्टरहरू पनि खुला रहने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology