काठमाडौं,२४ पुस। सरकारले नेपाल नागरिकता नियमावली, २०६३ को चौथो संशोधन स्वीकृत गरी राजपत्रमा प्रकाशन गरेसँगै बाबुको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता प्रदान गर्ने कानुनी व्यवस्था कार्यान्वयनमा आएको छ।
मन्त्रिपरिषद्बाट पौष ११ गते स्वीकृत गरिएको संशोधित नियमावली पौष २१ गते नेपाल राजपत्रमा प्रकाशन भएसँगै लागू भएको हो। सो व्यवस्था कार्यान्वयनका लागि गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा परिपत्र जारी गरिसकेको जनाएको छ।
यसअघि गत असोज ५ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०८२ ले आमाको नामबाट नागरिकता दिने व्यवस्था गरेको थियो। उक्त ऐनका प्रावधानलाई व्यवहारमा लागू गर्न नियमावली संशोधन गरिएको गृह मन्त्रालयले स्पष्ट पारेको छ।
सरकारको यो निर्णयले बाबुको पहिचान नखुलेका नागरिकलाई नागरिकता प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२४पुस ।दाङको लमहीमा कार दुर्घटना भएको छ। सुर्खेतबाट बुटवलतर्फ जाँदै गरेको प्रदेश ३–६१४३ नम्बरको कार लमहीमा दुर्घटना भएको हो।
कार अनियन्त्रित भई लमही बजारदेखि केही पूर्वतर्फ खोलामा खसेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।
दुर्घटनामा परेर वीरेन्द्रनगर नगरपालिका–४ निवासी ३८ वर्षीय सुरज थापा र सोही स्थानका ४३ वर्षीय कार चालक गगनबहादुर थापा घाइते भएका छन्।
घाइते दुवै जनालाई उद्धार गरी लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२४ पुस । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारविरुद्ध उजुरी दिन सकिने कार्यतालिका सार्वजनिक गरेको छ। आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारको विरोधमा उजुरी दर्ता गर्न सकिने व्यवस्था गरिएको हो।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता कार्य सम्पन्न भएको छ।
आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार पुस २५ र २६ गते मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशित गरिनेछ। त्यसपछि पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।
निर्वाचन आयोगले तोकिएको कार्यतालिका अनुसार सम्पूर्ण प्रक्रिया समयमै सम्पन्न गर्न सबै सरोकारवालालाई सहकार्य गर्न आग्रह गरेको
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका–४ स्थित जहरसिंह पौवा जाने सडकखण्डमा बस दुर्घटनामा परेको छ।
केहीबेर अघि भएको दुर्घटनामा बस सडकबाट करिब ६० देखि ७० मिटर तल खसेको स्थानीयले बताएका छन्। दुर्घटनापछि घाइतेहरूको उद्धार कार्य भइरहेको छ।
हालसम्म दुर्घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण खुल्न सकेको छैन। दुर्घटनाको कारणबारे पनि जानकारी आएको छैन। दुर्घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस- नेकपा एमालेबाट तीन जनाको उम्मेदवारी परेको छ ।
नेपाली कांग्रेस- नेकपा एमालेको राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने सहमति अनुसार कांग्रेसबाट चन्द्र केसी, बासुदेव घिमिरे ‘जंगली’ र एमालेबाट रामकुमारी झाक्रीको उम्मेदवारी परेको हो ।
आगामी माघ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दाङको लमही नगरपालिका-२ निवासी घिमिरेले अपाङ्ग, केसीले अन्य र झाक्रीले महिला कोटामा उम्मेदवारी दर्ता गराउनुभएको हो । घिमिरेको प्रस्तावमा दाङको बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्री र समर्थकमा बङ्गलाचुली गाउँपालिका उपाध्यक्ष भक्त जिसी रहनुभएको छ ।
गुल्मी रेसुङ्गा नगरपालिका-३ निवासी केसीको प्रस्तावकमा दङ्गीशरण गाउपालिका अध्यक्ष शम्भु गिरी र समर्थकमा शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, झाक्रीको प्रस्तावकमा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी र समर्थकमा घोराहीकै उपप्रमुख हुमा कुमारी डिसी रहनुभएको छ । उम्मेदवारी दर्ताका लागि कांग्रेस- एमालेका संयुक्त उम्मेदवारहरु र्यालीसहित निर्वाचन अधिकृतको कार्यलय जानुभएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ । दंगीशरण गाउँपालिकामा आठौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिता सुरु भएको छ। भानु माध्यमिक विद्यालय, पर्सडुवाको व्यवस्थापनमा तथा गाउँ पालिकाको आयोजनामा प्रतियोगिता भएको हो ।
दंगीशरण गाउँपालिकाका सामाजिक विकास समितिका सभापति तथा वडा नम्बर ६ का वडा अध्यक्ष रोशन जंग शाहको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली काङ्ग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरी र उपाध्यक्ष पीमा ओली खड्काको विशिष्ट आतिथ्यता रहेको थियो ।
उद्घाटन समारोहमा बोल्दै पूर्व मुख्यमन्त्री माननीय डिल्लीबहादुर चौधरीले राष्ट्रपति रनिङशील्डजस्ता प्रतियोगिताले स्थानीय तहलाई मात्र होइन, सिङ्गो देशलाई नै चिनाउने खेलाडी उत्पादन गर्ने आधार तयार गर्ने बताए। दङ्गीशरण गाउँपालिका खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित बन्न सक्ने उनको भनाइ थियो।
उनले खेलकुद विकासका लागि स्पष्ट योजना सहित गाउँपालिकाबाट पहल भए लुम्बिनी प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, खेलकुद पूर्वाधार निर्माणमा समेत प्रदेश सरकारबाट सहयोग उपलब्ध गराएको र थप पनि गराउने आश्वासन दिए।
पूर्व मुख्यमन्त्री चौधरीले विकासका नाममा अनावश्यक विवाद नगरी सबै मिलेर सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। “खेलकुद जीवन चिनाउने महत्वपूर्ण माध्यम हो,” उनले भने, “यहाँकै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले भोलि यो ठाउँ र देशलाई चिनाउने छन्।”
कार्यक्रममा गाउँपालिका पदाधिकारी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, अभिभावक तथा स्थानीय व्यक्तित्वहरूले खेलाडीहरूलाई शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
गाउँपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थी खेलाडीहरूको सहभागितामा सुरु भएको प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद विकास र प्रतिभा पहिचानमा टेवा पुग्ने अपेक्षा गरिएको वडा अध्यक्ष रोशन जंग शाहले बताए कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक महेन्द्र केसीले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं। निर्वाचन आयोग, नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अनुसारको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।
आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार उम्मेदवारको मनोनयनपत्र दर्ता पुस ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ। सोही दिन मनोनयन दर्ता भएका उम्मेदवारको सूची साँझ ५ बजेदेखि ७ बजेसम्म प्रकाशन गरिनेछ।
मनोनयनपत्रविरुद्ध उजुरी दिने समय पुस ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ। उजुरीमाथि छानबिन गरी पुस ७ र ८ गते मनोनयनपत्र तथा उजुरी उपर निर्णय गरिने निर्वाचन आयोगले जनाएको छ।
यसैगरी, पुस ८ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। उम्मेदवारले पुस ९ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन्। उम्मेदवारी फिर्तापछि पुस ९ गते नै अन्तिम नामावली सार्वजनिक गरिनेछ। निर्वाचन आयोगका अनुसार पुस ९ गते दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ।
निर्वाचन कार्यक्रम अनुसार मतदान पुस २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रहरूमा हुनेछ।
आयोगले मतदान सुरु हुनुभन्दा ४८ घण्टा अघि अर्थात् पुस १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचार–प्रसार निषेध अवधि लागू हुने जानकारी दिएको छ।
मतदान सम्पन्न भएपछि सबै मतदान केन्द्रबाट मतपेटिका सुरक्षित रूपमा संकलन गरी निर्वाचन अधिकृतले मतगणना प्रक्रिया सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र मतदातालाई निर्वाचनसम्बन्धी कानुनी व्यवस्था र तोकिएको कार्यतालिकाको पालना गर्न आग्रह गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं । काठमाडौं महानगरपालिकाको गैरीगाउँस्थित एक काठ गोदाममा भीषण आगलागी भएको छ। मंगलबार दिउँसो लागेको आगोका कारण गोदाम वरपर धुवाँको मुस्लो फैलिँदा स्थानीयवासी तथा नजिकैको विद्यालयमा त्रासको वातावरण सिर्जना भएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार गैरीगाउँमा रहेको काठ गोदाममा आगलागी भएको हो। आगलागीको कारणबारे हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आगलागी गोदामसँगै टाँसिएको लोयला स्कूलसम्म फैलिँदा विद्यालयभित्र रहेका विद्यार्थीबीच भागदौड मच्चिएको थियो। सुरक्षाका दृष्टिले विद्यालयका विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ।
आगो नियन्त्रणका लागि नेपाल प्रहरी, महानगर प्रहरी तथा दमकलको टोली परिचालन गरिएको छ। दमकलको सहायताबाट आगलागी नियन्त्रणमा लिने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
हालसम्म मानवीय क्षतिको आधिकारिक विवरण प्राप्त नभए पनि गोदाममा भण्डारण गरिएको काठका सामग्रीमा ठूलो क्षति पुगेको अनुमान गरिएको छ। आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएपछि क्षतिको विस्तृत विवरण र कारणबारे थप जानकारी सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२१ पुस। दाङमा लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा राप्ती गाउँपालिका–५ लठहवाका २० वर्षीय रञ्जित डाँगी र घोराही उपमहानगरपालिका–१२ सर्राका २३ वर्षीय सन्दिप पाहाडी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरूलाई पुस १९ गते राति करिब २:१५ बजे लमही नगरपालिका–५ बसपार्क क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट लागुऔषध ट्रामाडोल ४२ फाइलमा रहेको ३७३ पिस क्याप्सुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत दाङबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२१ पुस सुनसरीको इटहरीस्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयभित्रै एक ऋणीले आत्मदाह प्रयास गरेका छन्। इटहरी–९ निवासी लालबहादुर पौडेलले बैंकभित्र आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका हुन्।
प्रहरीका अनुसार पौडेल बोतलमा पेट्रोल बोकेर बैंक पुगेका थिए। उनले शरीरमा पेट्रोल छर्किन खोजेपछि बैंकका कर्मचारी र दुर्गा प्रसाईँ नेतृत्वको ‘नागरिक बचाउ अभियान’का सदस्यहरूले तत्काल हस्तक्षेप गरी उनलाई जोगाएका हुन्।
पौडेलले इटहरीस्थित आफ्नो जग्गा इटहरीकै व्यवसायी गंगाराम साह तेलीलाई धितोमा राख्न दिएको खुलेको छ।
झापामा मदिरा फ्याक्ट्री सञ्चालन गर्ने उद्देश्यका लागि साहले ब्याज दिने सहमतिमा पौडेलसँग धितो मागेका थिए। साढे २ करोड रुपैयाँमा जग्गा धितो राखेपछि साहले न ब्याज दिएको न त किस्ता नै तिरेको पौडेलको भनाइ छ।
जग्गा बैंकको लिलामी प्रक्रियामा पुगेपछि आफू अत्यन्त तनावमा परेको पौडेलले बताएका छन्। बैंकले बोलाएपछि उनी दुर्गा प्रसाईँका केही कार्यकर्ता लिएर बैंक पुगेको बुझिएको छ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले बैंकभित्र आत्मदाहको प्रयास भएको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस