भरुवा बन्दुकसहित पाँचजना पक्राउ

   पुष १७, २०८२       admin

जाजरकोट,१७ पुस । प्रहरीले भरुवा बन्दुकसहित पाँचजनालाई जाजरकोटबाट पक्राउ गरेको छ। अवैध सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बारेकोट गाउँपालिका–८ का ३६ वर्षीय प्रचण्डदेव सिंहसहित छ जना सिकार खेल्न जंगल गएका थिए । सोही क्रममा प्रचण्डदेव सिंहलाई भरुवा बन्दुकको गोली लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।

घटनापछि प्रहरीले सोही ठाउँका ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की र १९ वर्षीय लालबहादुर सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधिकुमार खड्काले जानकारी दिए ।

पक्राउ परेकाहरूको साथबाट तीन थान भरुवा बन्दुक, दुई थान फलामको चक्कु, १३५ दशमलव १८ ग्राम बारुद तथा भरुवा बन्दुकमा प्रयोग हुने २१ थान धातुका टुक्रा बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सशस्त्र प्रहरीको गोलीबाट युवकको मृत्यु: राजमार्ग अवरुद्ध र आगजनी

   पुष १७, २०८२       admin

काठमाडौं,१७ पुस । सुनसरीमा सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ। आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्नुका साथै सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी गरेका छन्।


सुनसरीको कोशी गाउँपालिका–१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीका अनुसार साह भारतबाट चिनी, सर्फ र सुर्तीजन्य पदार्थ ल्याएर नेपाल फर्कँदै थिए। घर नजिकै पुगेका बेला सशस्त्र प्रहरीले रोक्न खोज्दा गोली प्रहार भएको बताइएको छ। साहलाई दुई राउण्ड गोली लागेको र गम्भीर घाइते अवस्थामा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घटनापछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्गको लौकही खण्डमा शव राखेर प्रदर्शन सुरु गरेका छन्। उनीहरूले दोषी सुरक्षाकर्मीमाथि कडा कारबाही, पीडित परिवारलाई क्षतिपूर्ति तथा निष्पक्ष छानबिनको माग गर्दै नाराबाजी गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार प्रदर्शनका कारण उक्त खण्डमा ठूला सवारीसाधन पूर्ण रूपमा ठप्प भएका छन्। “मोटरसाइकल बाहेक अन्य सवारीसाधन चल्न सकेका छैनन्,” उनले भने।

प्रदर्शनका क्रममा स्थानीयले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनीसमेत गरेका छन्। घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन गरिएको छ।

बिहीबार बिहान प्रशासन र स्थानीयबीच वार्ता भए पनि सहमति जुट्न नसक्दा प्रदर्शन जारी रहेको प्रहरीले जनाएको छ। स्थानीयले सामान्य तस्करीको आरोपमा प्राणघातक गोली चलाउनु गैरकानुनी र अमानवीय भएको आरोप लगाएका छन्। “समातेर कानुनअनुसार कारबाही गर्न सकिन्थ्यो, गोली चलाउनुको कुनै औचित्य छैन,” एक प्रदर्शनकारीले बताए।

सशस्त्र प्रहरी बलले घटनाबारे आन्तरिक छानबिन सुरु गरेको जनाएको छ। तर पीडित पक्षले स्वतन्त्र र निष्पक्ष छानबिन नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्। अवस्था संवेदनशील बन्दै गएपछि प्रशासनले थप सुरक्षा सतर्कता अपनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

   पुष १७, २०८२       admin

बर्दिया ,१७ पुस । नेपाल–भारत सीमावर्ती वन क्षेत्रमा भैंसी चराउन गएकी एक महिलाको हात्तीको आक्रमणबाट ज्यान गएको छ।

बुधबार दिउँसो बर्दियाको राजापुर नगरपालिका–१० कर्मोहनीकी ४० वर्षीया बालिका पुरी भैंसी चराउने क्रममा हात्तीको आक्रमणमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। उनी तीन जनासँगै भैंसी गोठालो गएकोमा हात्ती देखिएपछि दुई जनाले भागेर ज्यान जोगाएका थिए।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा डीएसपी देवेन्द्रकुमार मल्लका अनुसार बुधबार दिउँसोदेखि खोजी गरिए पनि शव फेला परेको थिएन। बिहीबार बिहानै प्रहरी, वन कर्मचारी तथा स्थानीयको संयुक्त टोलीले पुनः खोजी गर्दा घटनास्थल नजिकै शव फेला परेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ।

शव पोस्टमार्टमका लागि अस्पताल पुर्याइएको डीएसपी मल्लले जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

महोत्सवमा आज पल शाह,सम्झना भण्डारी र प्रकाश रेग्मी आउदै

   पुष १७, २०८२       admin

दाङ ,१७ पुस । प्रथम तुलसीपुर महोत्सव–२०८२ अन्तर्गत आज नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता पल शाहको विशेष प्रस्तुति रहने भएको छ।

पुस ४ गतेदेखि सञ्चालन हुँदै आएको महोत्सवमा आज पल शाहको आगमनसँगै दर्शकको उल्लेख्य सहभागिता रहने अपेक्षा आयोजकले गरेका छन्। नेपाली चलचित्र क्षेत्रमा लोकप्रिय अभिनेता पल शाह आज साँझ मुख्य आकर्षणका रूपमा मञ्चमा उत्रिने कार्यक्रम तय भएको छ।

महोत्सव अवधिभर सञ्चालन भइरहेका सांस्कृतिक कार्यक्रम, लाइभ कन्सर्ट, लोकदोहोरी, नृत्य तथा मोडलिङ प्रस्तुतिहरूले दर्शकलाई निरन्तर मनोरञ्जन प्रदान गर्दै आएका छन्।

आजको कार्यक्रममा गायिका सम्झना भण्डारी, गायक टंक खड्का र प्रकाश रेग्मी लगायतका कलाकारहरूको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ।

यस्तै, मोडल नारायणी खत्री र आशा वि.क.को विशेष प्रस्तुति रहनेछ भने कार्यक्रम सञ्चालन दिपु मगर र सात्तराम सेन्चुरीले गर्नेछन्।


नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुर, दाङको आयोजनामा सञ्चालन भइरहेको महोत्सवमा स्थानीय उत्पादनको प्रवर्द्धन, उद्योग व्यवसायको विकास तथा सांस्कृतिक पहिचानलाई प्राथमिकता दिइएको छ।

महोत्सव पुस १९ गतेसम्म चल्नेछ। महोत्सव स्थल तुलसीपुर–६ घोराही रोडस्थित खुल्ला मैदानमा रहेको छ। आयोजकले आजको कार्यक्रम सफल बनाउन दर्शक तथा शुभेच्छुकलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भिरबाट लडेर गम्भीर घाइते भएकी महिलाको मृत्यु

   पुष १७, २०८२       admin

रोल्पा,१७ पुस । रोल्पामा भिरबाट लडेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ।

खर काट्ने क्रममा भिरबाट खस्दा गम्भीर घाइते भएकी रुन्टिगढी गाउँपालिका–१ दाङचौरकी ४८ वर्षीया पार्वती बुढा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

प्रहरीका अनुसार पुस १४ गते दिउँसो करिब १ बजे खर काट्ने क्रममा पार्वती भिरबाट लडेर घाइते भएकी थिइन्।

घटनापछि उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको थियो। उनको टाउको, अनुहार र बाँया हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पार्वतीको आइसीयुमा राखी उपचार भइरहेको थियो। तर, उपचारकै क्रममा परिवारले उनलाई आफुखुसी घर लगेका थिए।

उपचार अधुरै अवस्थामा घर लगिएकी पार्वतीको बिहीबार बिहान घरमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मोटरसाइकल दुर्घटनामा परी दुईजना घाइते

   पुष १७, २०८२       admin


रोल्पा,१७ पुस। रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

पुस १४ गते रोल्पाको त्रिवेणी गाउँपालिका–७ गाईविसौनास्थित सहिद राजमार्गमा लिवाङबाट नुवागाउँतर्फ जाँदै गरेको रा ६ प ९९९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक त्रिवेणी गाउँपालिका–२ नुवागाउँका २० वर्षीय रुपेश बुढामगरको दायाँ खुट्टामा सामान्य चोट लागेको छ।

मोटरसाइकलको पछाडि सवार सोही स्थानका २१ वर्षीय बिलगेट्स बुढामगरको टाउकोमा गहिरो चोट लागेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनी हाल बोल्न नसक्ने अवस्थामा रहेको बताइएको छ।

गम्भीर घाइते बिलगेट्स बुढामगरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय होलेरीको नियन्त्रणमा लिइएको छ भने दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरी चौकी नुवागाउँको नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पेट्रोल, डिजेल र हवाई इन्धनको मुल्य घट्यो: एलपी ग्यासको मुल्य यथावत

   पुष १६, २०८२       admin


काठमाडौँ, १६ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको हो।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँले मूल्य घटाइएको छ। तर खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोल प्रतिलिटर ४ रुपैयाँ १९ पैसा, डिजेल ५ रुपैयाँ ०६ पैसा र हवाई इन्धन प्रतिलिटर ८ रुपैयाँ १५ पैसा सस्तो भएर आएको छ। यद्यपि, एलपी ग्यास भने प्रतिसिलिण्डर १०० रुपैयाँ ३५ पैसाले महँगो परेको छ।

नयाँ मूल्यसूचीअनुसार पहिलो वर्गका क्षेत्रमा पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेल १३४ रुपैयाँ ५० पैसा कायम गरिएको छ। दोस्रो वर्गमा पेट्रोल १५८ रुपैयाँ र डिजेल/मट्टितेल १३६ रुपैयाँ तथा तेस्रो वर्गमा पेट्रोल १५९ रुपैयाँ र डिजेल/मट्टितेल १३७ रुपैयाँ कायम भएको छ।

त्यसैगरी, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १२८ रुपैयाँ निर्धारण गरिएको छ। अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँ, पोखरा र भैरहवाका लागि हवाई इन्धनको मूल्य क्रमशः अमेरिकी डलर ९७३, ७७१ र ७५९ प्रति किलो लिटर तोकिएको छ।

एलपी ग्यासमा घाटा रहेकाले उपभोक्ताको हितलाई ध्यानमा राख्दै मूल्य नबढाइएको निगमले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

महोत्सवभित्र स्थानीय हस्तकला: सीपलाई बजारसँग जोड्ने प्रयास

   पुष १६, २०८२       admin

दाङ,१६ पुस । बिजौरी–१९ पकर्याका ठाकुर चौधरी तुलसीपुरमा जारी महोत्सवको स्थलभित्र भेटिन्छन्। नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरले स्थानीय किसानहरूलाई निःशुल्क रुपमा स्टल उपलब्ध गराएपछि हस्तकलाका सामग्री बिक्री वितरणका लागि त्यहाँ पुगेका हुन्।

महोत्सवको मातृ जोनको २३ नम्बरमा उनको स्टल छ। एक सानो स्टलमा केवल सामग्री मात्र होइन, मेहनत, समय र सीपको कथा पनि सजिएको छ।

डेलवा, हटकेस, पेन होल्डर, टोकरीलगायतका विभिन्न हस्तकला सामग्रीले सजिएको चौधरीको स्टलमा सामानको मूल्य ४ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म पर्छ। सामान्य देखिने यी सामग्री बनाउन भने लामो समय, धैर्य र निरन्तर मेहनत लाग्ने गर्छ।

“हस्तकला सजिलो काम होइन,” चौधरी भन्छन्, “एक–एक सामान बनाउन धेरै समय र मेहनत जान्छ। त्यसैले मूल्य अलि महँगो हुन्छ।”

स्थानीय सीप र उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले आयोजकले निःशुल्क स्टल उपलब्ध गराउँदा त्यसको प्रत्यक्ष फाइदा उनलाइ पुगेको हो । महोत्सव मूल आयोजक समितिले महोत्सवमा स्थानीय कृषि र घरेलु उद्योग प्रवर्द्धनका लागि निःशुल्क स्टल व्यवस्था गरिएपछि चौधरीले हस्तनिर्मित सामग्री बिक्री गर्ने अवसर पाएका हुन्।

ग्रीन फाउन्डेसनमार्फत तालिम प्राप्त प्रशिक्षार्थी र प्रशिक्षकबाट बनाइएका डेलवा, हटकेस, पेन होल्डर, टोकरीलगायतका सामग्री उक्त स्थलमा राखिएका छन्।

“हस्तकलाको मूल्य बुझ्ने ग्राहक भेटिन थालेका छन्,” उनी भन्छन्, “तर अझै पनि मेहनतभन्दा सस्तो खोज्ने सोच चुनौती बनेको छ।”

निःशुल्क स्टल उपलब्ध गराउँदा साना हस्तकर्मीलाई जोखिम बिना बजार परीक्षण गर्ने अवसर मिल्ने चौधरीको अनुभव छ। चौधरी मात्र होइन अहिले महोत्सवका कयौं स्थलहरू स्थानीय कृषि प्रवर्द्धनका लागि निःशुल्क रूपमा उपलब्ध गराइएका छन्।

महोत्सव मनोरञ्जन गर्ने स्थान मात्र नभई राष्ट्रिय तथा स्थानीय कलाकारहरूको पहिचान सँगै दाङको स्थानीय उत्पादन, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने अवसर पनि भएको मूल आयोजक समितिका संयोजक लालबहादुर केसीले बताए।

महोत्सवस्थलमा निर्माण गरिएको लण्डन ब्रिजको नमूना र जलपरी आकर्षणका केन्द्र बनेका छन्। ती संरचना हेर्न युवापुस्ता र बालबालिकाको लामो लाइन देखिएको थियो। सल्यानबाट आएकी सीता साहुले यसपटकको व्यवस्थापन र आकर्षणले महोत्सव झनै रमाइलो बनेको बताइन्।

महोत्सवमा राखिएका स्टलहरूमा पनि शनिबार राम्रो चहलपहल देखिएको थियो। स्थानीय कृषि उपज, हस्तकला र होटल व्यवसायमा राम्रो कारोबार भएको व्यवसायीहरूले बताएका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा सञ्चालन भइरहेको यो महोत्सवले दाङको पर्यटन प्रवर्द्धन र स्थानीय व्यापारलाई चलायमान बनाउने विश्वास गरिएको छ। महोत्सव पुस १९ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राप्रपा र राप्रपा नेपालबीच एकता

   पुष १६, २०८२       admin

काठमाडौँ,१६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता भएको छ। बुधबार दुबै दलले ६ बुँदे एकता सम्झौतामा हस्ताक्षर गर्दै औपचारिक रूपमा एकीकरणको घोषणा गरेका हुन्।

सम्झौता पत्रमा देशमा सशक्त राष्ट्रवादी राजनीतिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित दुई पार्टीबीच एकता गर्ने निर्णयमा पुगेको उल्लेख गरिएको छ।

दुवै दलका नेताहरूले एकताले राष्ट्रिय हित, पहिचान र राजनीतिक स्थायित्वका सवालमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एक महिनापछि मधेश सरकार पूर्ण: छ मन्त्रीले लिए शपथ

   पुष १६, २०८२       admin

काठमाडौं,१६ पुस । मधेश प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा गठन भएको प्रदेश सरकारले एक महिनापछि पूर्णता पाएको छ। मन्त्रिपरिषद् विस्तार गर्दै बुधबार थप छ जना मन्त्री नियुक्त भएसँगै सरकार पूर्ण बनेको हो।

नवनियुक्त मन्त्रीहरूले जनकपुरधामस्थित मधेश भवनमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

मन्त्रिपरिषद् विस्तारअनुसार मनिषकुमार सुमनलाई श्रम तथा यातायात मन्त्रालय, राजकुमार गुप्तालाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यसैगरी शङ्करप्रसाद चौधरी वन तथा वातावरण, श्यामप्रसाद पटेल भूमि व्यवस्था, कृषि तथा सहकारी, वसन्तकुमार कुशवाहा खेलकुद तथा समाज कल्याण र फकिरा महतो गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारीमा नियुक्त भएका छन्।

सरकारले आवश्यक मन्त्री समेटेसँगै अब प्रदेशको प्रशासनिक तथा विकास गतिविधि थप गतिशील हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology