नवनियुक्त परराष्ट्रमन्त्री शर्माले गरे पदभार ग्रहण

   पुष ११, २०८२       admin

काठमाडाैँ,११पुस। नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पदभार ग्रहण गरेका छन् ।

शुक्रबार परराष्ट्र मन्त्रालय पुगेर मन्त्री शर्माले औपचारिक रूपमा पदभार सम्हालेका हुन् ।

यसअघि आजै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका पूर्वरथीसमेत रहेका शर्मालाई परराष्ट्रमन्त्री पदमा नियुक्त गर्दै शपथ गराएका थिए ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विद्यार्थी सवार जीप दुर्घटना: एकजनाको मृत्यु,१६ जना घाइते

   पुष ११, २०८२       admin

दाङ,११ पुस । विद्यार्थी सवार जीप दुर्घटना हुंदा अर्घाखाँचीमा एकजनाको मृत्यु भएको छ। जिल्लाको भूमिकास्थान नगरपालिकामा विद्यार्थी सवार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी लिएर भूमिकास्थान–१० धनचौरबाट नुवाकोटतर्फ जाँदै गरेको लु२च ५१७९ नम्बरको जीप भूमिकास्थान–७ छिर्लिङ खोलानजिक दुर्घटनामा परेको हो ।

दुर्घटनामा जीप चालक धनचौर निवासी ४५ वर्षीय रुद्रबहादुर बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते सबैको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।

पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन गएका विद्यार्थी सवार जीप दुर्घटनामा परेको हो । दुर्घटनापछि प्रतियोगिताअन्तर्गत आज (पुस ११) का सबै खेल स्थगन गरिएको भूमिकास्थान नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर महोत्सवमा आज प्रकाश सपुत आउँदै

   पुष ११, २०८२       admin

दाङ,११ पुस। दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’को आठौँ दिन आज पनि उल्लेख्य संख्यामा दर्शक सहभागी हुने अनुमान गरिएको छ। आज चर्चित गायक प्रकाश सपुतको प्रस्तुति रहने भएकाले महोत्सवस्थलमा विशेष चहलपहल देखिने अपेक्षा आयोजकले गरेका छन्।

आजको कार्यक्रममा प्रकाश सपुतसँगै गायक सागर वली, गायिका कालिका राना, नृत्यांगना सावित्रा वलीलगायत कलाकारहरूले आकर्षक प्रस्तुति दिने आयोजकले जनाएको छ।

पुस ४ गतेदेखि सुरु भएको महोत्सवमा दैनिक रूपमा दर्शकको उपस्थिति बढ्दै गएको छ। बिहीबार अत्यधिक दर्शकको आगमन हुँदा व्यवस्थापनमा समेत चुनौती देखिएको थियो। महोत्सव मूल आयोजक समितिका संयोजक लालबहादुर केसीले दर्शकको उल्लेख्य सहभागितासँगै कारोबारसमेत बढेको जानकारी दिए।

‘स्थानीय उत्पादनलाई प्रवर्द्धन गरौँ, औद्योगिक वातावरणको सुधार गरौँ, दिगो अर्थतन्त्रको आधार बनाऔँ’ भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको महोत्सव पुस १९ गतेसम्म चल्नेछ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा भइरहेको महोत्सव तुलसीपुरको घोराहीरोडस्थित ओम शान्ति सिनेमा हलको पूर्वतर्फ रहेको खुला मैदानमा सञ्चालन भइरहेको छ। महोत्सवस्थलमा बाल उद्यान, जलपरी, लण्डन ब्रिजलगायत संरचनाहरू दर्शकका प्रमुख आकर्षण बनेका छन्।

दैनिक रूपमा दर्शक संख्या बढ्दै जाँदा महोत्सवमा सहभागी व्यवसायीहरू पनि उत्साहित देखिएका छन्। महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्रबहादुर वलीका अनुसार रुकुम पश्चिमको सिस्नोदेखि दाङको ढिग्रीसम्मका स्थानीय उत्पादनहरूको माग अत्यधिक रहेको छ। पछिल्ला दिनहरूमा दर्शकको सहभागिता अझै बढ्दै गएको र त्यसले व्यवसायिक गतिविधिलाई थप उत्साह दिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

६० केजी सुन तस्करी प्रकरणमा सर्वोच्च अदालतमा आज सुनुवाइ

   पुष ११, २०८२       admin

काठमाडौँ, ११ पुस । ६० केजी सुन तस्करी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ।

यस प्रकरणमा चिनियाँ नागरिक गेन्जा झाछी, मिङसिङ टेरेन्स सी, मनोजराज श्रेष्ठ तथा भारतीय नागरिक बैजनाथ ब्रह्मादत्त गोयलले दायर गरेका निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज ढकालको इजलासमा सुनुवाइ हुन लागेको हो।

यसअघि २०८१ असार २६ गते काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशलाई उच्च अदालत पाटनले पनि सदर गरेपछि उनीहरूले दफा ७३ अन्तर्गत सर्वोच्च अदालतमा निवेदन दायर गरेका हुन्।

चिनियाँ गिरोहले मोटरसाइकलको ब्रेक सुको स्वरूपमा भित्र्याएको ६० किलोभन्दा बढी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास भएर बाहिरिँदै गर्दा राजस्व अनुसन्धान विभागले २०८० साउन २ गते बरामद गरेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पार्टीको प्राथमिकता निर्वाचन होः सभापति देउवा

   पुष ११, २०८२       admin

काठमाडौँ, ११ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको मुख्य प्राथमिकता निर्वाचन रहेको बताएका छन्।शुक्रबार सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटका क्रममा सभापति देउवाले कांग्रेसको धारणा स्पष्ट पारेका हुन्।

देउवाले भने, “नेपाली कांग्रेसको प्राथमिकता प्रतिनिधि सभा पुनर्स्थापना भन्दा पनि निर्वाचन नै हो। तर, सरकारले निष्पक्ष र विश्वसनीय चुनावको वातावरण तयार गर्नुपर्छ।”

संसद पुनर्स्थापनाको माग गर्दै केही सांसदहरूले सर्वोच्च अदालतमा रिट दायर गरे पनि कांग्रेसको आधिकारिक निर्णय भने निर्वाचनमै केन्द्रित रहेको जानकारी देउवाले गराएका छन्।

यसैबीच, सञ्चारमन्त्री खरेलले कांग्रेस सभापति देउवापछि आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रतिदिन उकालो लाग्दै सुनको मुल्य

   पुष ११, २०८२       admin

काठमाडौँ,११ पुस। पछिल्ला दिनहरूमा स्थानीय बजारमा सुन र चाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ। आज पनि यी दुवै धातुको मूल्यमा वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला ४ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको छ। हाल कायम भएको मूल्य हालसम्मकै उच्च हो।

यसअघि बुधबार छापावाल सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँ र चाँदी ४ हजार ४२० रुपैयाँमा किनबेच भएको थियो। त्यस्तै, बिहीबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएर सुन प्रतितोला २ लाख ६७ हजार ५०० रुपैयाँ र चाँदी ४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

विश्लेषकहरूका अनुसार अमेरिकी डलरको मूल्य वृद्धि भएसँगै सुनचाँदीको मूल्य पनि बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ५०० अमेरिकी डलर र चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विदेशी नागरिकबाट कोकिन बरामदः तीन जना पक्राउ

   पुष १०, २०८२       admin


काठमाडौँ,१० पुस। हवाई मार्गबाट नेपाल प्रवेश गरेका विदेशी नागरिकको पेटमा लुकाइएको कोकिन बरामद भएको छ। अन्तर्राष्ट्रिय लागु औषध कारोबारी गिरोहको निगरानीका क्रममा प्रहरीले तीन जना विदेशी नागरिकलाई पक्राउ गरी कोकिन जस्तो देखिने सेतो पदार्थ बरामद गरेको हो।

प्रहरीका अनुसार लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी ४० वर्षीया थाई नागरिक मिस रुसेनी कामालाई विशेष सूचनाका आधारमा सिनामंगलको एक होटलबाट फेला पारिएको थियो। खानतलासी गर्दा उनको साथबाट १२ वटा प्लास्टिकले बेरिएका क्याप्सुलभित्र कोकिन जस्तो देखिने सेतो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

थप अनुसन्धानका क्रममा उनले मुखबाट निलेर पेटभित्र लुकाएको अन्य २९ वटा क्याप्सुल स्वास्थ्यकर्मीको सहयोगमा अस्पतालमा निकालेर बरामद गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, लाओसबाट सिंगापुर हुँदै काठमाडौं आएका ५५ वर्षीय भारतीय नागरिक जाभिर र उनीसँगै रहेका २१ वर्षीय भारतीय नागरिक मुर्सालेन हुसेनलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूको सुटकेसभित्र रहेको कफी प्याकेटमा लुकाइएका तीन केजी ७५० ग्राम कोकिन जस्तो देखिने पदार्थ बरामद भएको छ।

पक्राउ परेका तीनै जनामाथि लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले अन्तर्राष्ट्रिय लागु औषध कारोबारी गिरोहविरुद्ध निगरानी अझ कडा बनाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

शिक्षामा लगानी बढाउनुपर्ने प्रधानमन्त्री कार्कीको जोड

   पुष १०, २०८२       admin

काठमाडौँ, १० पुस। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु आवश्यक रहेको बताइन्।

बिहीबार त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा शिक्षामा पर्याप्त लगानी हुन नसकेको र विश्वविद्यालयमा भइरहेको दलीय राजनीतिकरण अन्त्य गर्नुपर्ने बताइन्।

प्रधानमन्त्री कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबैको प्रयास आवश्यक रहेको भनिन्। शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपका कारण नेपालको उच्च शिक्षा निरन्तर कमजोर बन्दै गएको उनले बताइन्।

उनले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थामा परिमार्जन गर्नुपर्ने आवश्यकता महसुस भएको भन्दै यस विषयमा परामर्श र गृहकार्य भइरहेको जानकारी दिइन्।

“नेपालमा शिक्षामा लगानी गर्नु पर्ने आवश्यकता छ। साथै, दलीय राजनीतिकरणको अन्त्य गरी विश्वविद्यालयलाई प्राज्ञिक बहसको केन्द्र बनाउन सबैले प्रयास गर्नुपर्छ,” उनले भनिन्।

प्रधानमन्त्री कार्कीले उच्च शिक्षाका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न पनि जरुरी रहेको बताइन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

महामन्त्री विश्वप्रकाश शर्माले गरे निर्वाचन नलड्ने घोषणा

   पुष १०, २०८२       admin

काठमाडौँ,१० पुस । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा उम्मेद्वार नबन्ने घोषणा गरेका छन्। बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बोल्दै शर्माले लगातार तीन पटक उम्मेद्वार भइसकेकाले यसपटक अरू साथीहरूलाई अघि सार्ने निर्णय गरेको बताए।

उनले राजनीतिमा सधैं उम्मेद्वार बन्ने, हार्दा पनि क्षेत्र नछाड्ने र जीवनभर पदमै बसिरहने प्रवृत्ति गलत भएको बताए। यस्तो सोच परिवर्तन गर्न आवश्यक रहेको भन्दै यसपटक आफू उम्मेद्वार नबन्ने प्रस्ताव क्षेत्रका नेता कार्यकर्तासमक्ष राखेर आएको जानकारी दिए।

झापा–१ बाट शर्माको नाम सर्वसम्मत रूपमा सिफारिस भए पनि उनले त्यसका लागि धन्यवाद दिँदै आफू उम्मेद्वार नबन्ने अडान दोहोर्‍याए। गत निर्वाचनमा आफू क्षेत्रमा सीमित रहेको र यसपटक देशभर पार्टीका उम्मेद्वारहरूको पक्षमा प्रचारमा जाने उनले बताए।

यसअघि सभापति शेरबहादुर देउवासँगको भेटमा निर्वाचनअघि महाधिवेशन हुन नसके चुनाव लड्ने बताएका शर्माले अहिले भने उम्मेद्वार नबन्ने निर्णय सार्वजनिक गरेका हुन्।

शर्माले अर्का महामन्त्री गगन थापाले प्रस्ताव गरेको पुस २६ मै केन्द्रीय महाधिवेशन गर्ने प्रस्तावलाई समर्थन गरेका छन्। उनले वडा, क्षेत्र र प्रदेश अधिवेशन गरी तीन तहको अधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गर्नुपर्ने बताए।

उनले हाल चुनावी वातावरण नबनेको भन्दै सर्वपक्षीय छलफल गरेर वैशाखमा निर्वाचन सार्न पार्टीले सरकारलाई सुझाव दिनुपर्ने बताए। फागुन २१ मा निर्वाचन सार्दा उठ्न सक्ने संवैधानिक प्रश्नलाई समाधान गर्न सातै प्रदेशका सात निर्वाचन क्षेत्रमा मात्र चुनाव गराएर बाँकी निर्वाचन वैशाखमा गर्न सकिने विकल्प पनि उनले सुझाए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कुलमान, रवि र बालेनबीच त्रिपक्षीय वार्ताको तयारी

   पुष १०, २०८२       admin

काठमाडौँ,१० पुस। ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच त्रिपक्षीय वार्ताको तयारी भएको छ।

रास्वपा नेता असिम शाहका अनुसार सम्भव भए आजै, नभए भोलि वार्ता हुने तयारी गरिएको छ।

यसअघि बिहीबार रवि लामिछाने र मेयर बालेनबीच वार्ता भएको थियो। ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार व्यञ्जनकारको घरमा उनीहरूबीच छलफल भएको थियो।

वार्तास्थलबाट निस्किँदै गर्दा सञ्चारकर्मीले लामिछानेलाई “बालेनले घण्टी बजाउने कि तपाईंले लौरो टेक्ने रु” भनेर प्रश्न गरेका थिए। त्यसको जवाफमा लामिछानेले “त्यो त समयले नै बताउनेछ,” भने।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology