दाङ, ९ पुस । काठमाडौँको ठमेलमा एक युवकको हत्या गरेर फरार भएका एक कैदी रोल्पाबाट पक्राउ परेका छन्। मकवानपुर घर भएका २५ वर्षीय सुरज तामाङको हत्या आरोपमा फरार रहेका आकाश मगरलाई रोल्पा नगरपालिका–१० धाङ्सीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
प्रहरी निरीक्षक सुनिल थापाका अनुसार मगरलाई सोमबार दिउँसो करिब २ बजे पक्राउ गरी आवश्यक प्रक्रिया पूरा गरेर काठमाडौँ पठाइएको छ। मकवानपुर घर भई हाल मनमैजु बस्दै आएका तामाङलाई गत असोज १३ गते मगरले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए।
उपचारका लागि वीर अस्पताल पुर्याइएका तामाङलाई चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार पुरानो रिसइबीका कारण हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
मगर लुटपाट तथा डकैतीको कसुरमा कारागार चलान भएका व्यक्ति हुन्। उनी २४ भदौमा जेन–जी आन्दोलनका क्रममा कारागारमा भएको तोडफोडपछि फरार भएका थिए।
पक्राउ परेका मगरले आफ्नो ठेगाना स्पष्ट रूपमा नबताए पनि उनी रोल्पाकै बासिन्दा भएको प्रहरीको भनाइ छ। यसअघि पनि नख्खु कारागारबाट फरार भएका काभ्रे निवासी सन्तबहादुर तामाङले आफ्नै श्रीमती मनिषा तामाङको हत्या गरेको घटना सार्वजनिक भएको थियो
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,९ पुस । दाङको तुलसीपुरमा मिनिट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना व्यक्ति गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर निवासी ४४ वर्षीय नारायण शर्मा रहेको प्रहरीले जनाएको छ ।
घाइते शर्मालाई राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीले जानकारी दिए ।
डीएसपी पराजुलीका अनुसार शर्माको टाउको, अनुहार तथा शरीरका विभिन्न भागमा चोट लागेको छ ।
प्रहरीका अनुसार सल्यानबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख ९८४ नम्बरको मिनिट्रक र तुलसीपुर–७ डाँडापातु क्षेत्रमा विपरीत दिशाबाट जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१–९०३५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा संलग्न मिनिट्रक र त्यसका चालक तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निवासी ३२ वर्षीय भोजराज विकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ९ पुस । रोल्पामा खोलाको किनारमा एक जना वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको लुङग्री गाउँपालिका–६ घमरुक निवासी ८२ वर्षीय खम्बे पुन मगरको शव मंगलबार दिउँसो धारावाङ खोलाको किनारमा फेला परेको रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिए ।
उनका अनुसार पुन पुस २ गते दिउँसोदेखि सम्पर्कविहीन रहेका थिए । उनको शव घरदेखि करिब डेढ किलोमिटर उत्तर–पूर्वतर्फ पर्ने खोलामा भेटिएको हो ।
घरपरिवारलाई जानकारी नदिई घरबाट निस्किएका पुनको खोजीका लागि परिवारले प्रहरीलाई समेत गुहारेको प्रहरी निरीक्षक थापाले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघामा राखिएको प्रहरीले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ , ९ पुस । सरकारी काम गर्न प्रायः सम्बन्धित कार्यालयमै पुग्नुपर्छ। अहिलेसम्म चल्दै आएको विधि पनि यही नै हो। तर, सेवाग्राहीको सहजताका लागि सेवाग्राहीकै गाउँघरमा पुगेर कार्यालयले सेवा दिने कार्य सुरु गर्नु भने नयाँ हो। दाङको एक स्थानीय सरकार यो कार्यमा अग्रसर देखिएको छ।
सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने परम्परागत अभ्यासलाई अन्त्य गर्दै दाङको बबई गाउँपालिकाले वडास्तरमा, त्यो पनि गाउँघरमै पुगेर वडामा सञ्चालन गरिने विकास निर्माण लगायतका योजना सम्झौता गर्ने अभियान सुरु गरेको छ। उपभोक्ता समितिको सहजता, पारदर्शिता र छिटोछरितो कामका लागि यसो गरिएको पालिकाले जनाएको छ। यो कार्य दाङ जिल्लामै पहिलो र नमुना अभ्यासका रूपमा रहेको पालिकाले दाबी छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जोखिम ओलीले नागरिकले पालिकाबाट पाउने सेवा सहज रूपमा पाऊन् भन्ने उद्देश्यले गाउँमै पुगेर उपभोक्ताहरूसँग योजना सम्झौता गर्न थालेको बताए। गाउँपालिकाले ‘सेवा लिन होइन, सेवा दिन गाउँ जानुपर्छ’ भन्ने अवधारणालाई व्यवहारमा उतार्दै वडास्तरमै सम्झौता प्रक्रिया अघि बढाएको उनले बताए। ‘सेवा नागरिकको ढोकासम्म पुग्नुपर्छ भन्ने हो’, उनले भने, ‘पालिकाले त्यसैअनुसार सेवा दिने प्रयास थालेको छ।’
प्रमुख प्रशासकीय अधिकृत ओलीले नागरिकले सानासाना योजनाका लागि पालिका धाउनुपर्ने अवस्थालाई अन्त्य गर्न यो अभियान सुरु गरेको बताए। ‘सेवा नै नागरिककहाँ पुग्दा समय, खर्च र झन्झट घट््छ, साथै योजनाको काम समयमै र पारदर्शी रूपमा अघि बढ््छ, भन्ने विश्वासल राखेका छौं’, उनले भने, ‘अहिले १ नं वडाबाट यो अभियान सुरु गरेका छौं।’ दुई दिने शिविर नै सञ्चालन गरेर योजना सम्झौता गाउँबाट गर्न सुरु गरिएको उनले बताए।
गंगटेमा दुई दिने योजना सम्झौता सिविरपालिकाको अभियानअन्तर्गत बबई गाउँपालिका–१ को गंगटेमा दुई दिने योजना सम्झौता शिविर सञ्चालन गरिएको छ। शिविरमार्फत सम्बन्धित वडाका उपभोक्ता समितिहरूसँग प्रत्यक्ष रूपमा योजना सम्झौता गरिएको छ भने वित्तीय शिक्षा र योजना कार्यान्वयनबारे सीप र जानकारीसमेत गराइएको स्थानीयले बताए।
स्थानीय सेवाग्राहीले गाउँमै आएर योजना सम्झौता हुँदा आफूहरू लाभाम्वित भएको बताए। सानो कामका लागि पालिका जानुपर्ने बाध्यता र झन्झट हटेको, समय र खर्च दुवै जोगिएको उनीहरूको भनाइ छ। यो कार्यले स्थानीय नागरिक खुसी देखिएका छन््। उनीहरूले गाउँमै सेवा पाउनु सकारात्मक परिवर्तन भएको प्रतिक्रिया दिए।
स्थानीयले पालिका तथा जनप्रतिनिधिहरूलाई धन्यवाद दिँदै जनप्रतिनिधिहरू यसरी नै गाउँ–घरमै पुगेर सेवा दिनु जनमुखी र प्रशंसायोग्य कार्य भएको बताए। नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेर सेवा दिन सकिए स्थानीय शासन अझ प्रभावकारी र विश्वासिलो बन्ने, सरकारप्रतिको अपनत्व बढ््ने स्थानीय रगु बुढाले बताए।
बबई गाउँपालिकाले यो अभ्यासलाई आगामी दिनमा सबै वडामा निरन्तरता दिने तयारी गरेको जनाएको छ। स्थानीय तहबाट सेवा प्रवाहलाई सरल, छरितो र नागरिकमैत्री बनाउने दिशामा बबई गाउँपालिका रहेको पालिका अध्यक्ष कुलबहादुर खत्रीले बताए । अन्नपूर्ण पोस्टबाट
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ९ पुस । दाङको तुलसीपुरमा जारी प्रथम तुलसीपुर महोत्सव–२०८२ को छैटौँ दिन आज चर्चित गायिका समिक्षा अधिकारीको विशेष प्रस्तुति रहने भएको छ । गायिका अधिकारीको उपस्थितिसँगै आज महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहने अनुमान गरिएको छ ।
आजको सांगीतिक कार्यक्रममा समिक्षा अधिकारीसँगै गायक दीपक वली, सन्दिप सेन्चुरी तथा गायिका देवकुमारी खत्री लगायत कलाकारहरूको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।
महोत्सवमा दिनप्रतिदिन दर्शकको सहभागिता बढ्दै गएको महोत्सव मूल आयोजक समितिका संयोजक लालबहादुर केसीले बताए ।
सांगीतिक कार्यक्रमसँगै महोत्सवमा लन्डन ब्रिज र जलपरी आकर्षणका प्रमुख केन्द्र बनेका छन् । स्थानीय वस्तुको बजारीकरण तथा कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि महोत्सव सञ्चालन भइरहेको छ ।
दर्शकको भीड बढेसँगै व्यापार व्यवसाय पनि बढ्दै गएको भन्दै महोत्सवले तुलसीपुरको आर्थिक गतिविधिलाई थप चलायमान बनाएको महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्रबहादुर वलीले बताए ।
महोत्सवमा रुकुम पश्चिमको सिस्नोदेखि जुम्लाको मार्सी चामलसम्म बिक्री भइरहेको छ । साथै सल्यानी खुकुरी तथा स्थानीय हस्तकलाका सामग्रीको पनि राम्रो बजारीकरण भइरहेको आयोजकले जनाएको छ ।
‘औद्योगिक वातावरणको सुधार, दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको प्रथम तुलसीपुर महोत्सव पुस १९ गतेसम्म सञ्चालन हुनेछ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,९ पुस । आज बिहानै देखि दाङ उपत्यकासहित तराईका विभिन्न जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो अवस्था अझै केही दिन कायम रहने सम्भावना छ ।
विभागले तराई क्षेत्रमा बाक्लो हुस्सु तथा कुहिरो कम्तीमा तीन दिनसम्म रहने जनाएको छ । यसका कारण जनजीवन, स्वास्थ्य तथा सडक र हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।
मौसमविद् हरिप्रसाद दाहालका अनुसार पछिल्ला केही दिनदेखि विशेषगरी तराईका अधिकांश स्थानमा निरन्तर हुस्सु र कुहिरो लाग्दै आएको छ । यस्तो अवस्थामा न्यानो भएर बस्न र तातो तथा झोलिलो खानेकुरा सेवन गर्न सुझाव दिइएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तराई क्षेत्रमा हुस्सु र कुहिरो कायमै रहने अनुमान छ भने पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,९ पुस । नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार टुंगो लगाउन केन्द्रीय संसदीय समिति गठन गर्ने तयारी गरेको छ ।
कांग्रेस विधानको दफा ३१ (घ) अनुसार केन्द्रीय संसदीय समिति गठन गर्ने व्यवस्था छ । उक्त समितिको सभापति पार्टी सभापति नै रहने प्रावधान छ । विधानमा ‘संसदीय समिति’ भनिए पनि कांग्रेसभित्र यसलाई प्रायः ‘संसदीय बोर्ड’ भनेर चिनिने गरिएको छ ।
विधानअनुसार संसदीय समिति केन्द्रीय समितिले गठन गर्नुपर्ने भए पनि हालका लागि कार्यसम्पादन समितिमार्फत सभापति र कार्यवाहक सभापतिलाई समिति गठनको जिम्मेवारी दिने तयारी भएको बताइएको छ ।
कांग्रेसका एक पदाधिकारीका अनुसार सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सबैसँग परामर्श गरेर छिट्टै संसदीय समिति गठन गर्ने सहमति बनिसकेको छ ।
यसअघि नै कांग्रेसले उम्मेदवारको आधिकारिक पत्रमा सभापति देउवाको हस्ताक्षर हुने व्यवस्था गरेको थियो । कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई दिइए पनि महत्वपूर्ण निर्णयमा देउवाको प्रभाव कायम रहँदै आएको बताइएको छ ।
कांग्रेस विधानअनुसार सभापतिको नेतृत्वमा रहने केन्द्रीय संसदीय समितिमा सबै पदाधिकारी पदेन सदस्य रहने व्यवस्था छ । त्यसबाहेक केन्द्रीय सदस्यमध्येबाट समावेशी आधारमा बढीमा ११ जनासम्म सदस्य राख्न सकिने प्रावधान छ ।
अघिल्लो निर्वाचनमा सभापति देउवाले आफू र पदाधिकारीबाहेक तत्कालीन नेता रामचन्द्र पौडेललाई मात्र समितिमा समेटेका थिए । यसपटक भने पदाधिकारीबाहेक डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइरालालगायत नेताहरूलाई पनि संसदीय समितिमा समेट्ने तयारी भएको कांग्रेस स्रोतले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,८ पुस । दाङको तुलसीपुरमा गाई तथा भैँसीका लागि निःशुल्क कृत्रिम गर्भाधान सेवा सुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिका पशु सेवा शाखाको आयोजनामा सोमबार एक कार्यक्रमका बीच औपचारिक रूपमा उक्त सेवाको सुरु गरिएको हो ।
पशुपालक कृषकको उत्पादन वृद्धि र आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले सेवा सुरु गरिएको पशु सेवा शाखाका प्रमुख डा. मनोज ओलीले जानकारी दिए ।
उनका अनुसार तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरीस्थित किसान धनबहादुर बस्नेतको घरमा पालिएको एउटा भैँसीमा कृत्रिम गर्भाधान गरी सेवाको सुरुआत गरिएको हो ।
नगरपालिकाले किसानका लागि सकारात्मक कार्यक्रम ल्याएको भन्दै किसान धनबहादुर बस्नेतले राँगा पाल्नुपर्ने बाध्यताको अन्त्य भएकाले आफू निकै उत्साहित भएको बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय पशुपालन तथा दूध उत्पादक कृषक समाज दाङका अध्यक्ष शसिराम बुढाथोकीले नगरपालिकाले वास्तविक किसानलाई प्रत्यक्ष राहत पुग्ने किसिमको कार्यक्रम ल्याएकोमा खुशी व्यक्त गरे ।
ठूला अनुदान कार्यक्रमहरू प्रायः बिचौलियाको हातमा पर्ने गरेको उल्लेख गर्दै उनले यो सेवा वास्तविक किसान बाहेक अरूले दुरुपयोग गर्न नसक्ने भएकाले प्रभावकारी हुने बताए ।
कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले निःशुल्क कृत्रिम गर्भाधान सेवाले किसानलाई ठूलो सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे ।
गाईभैँसीलाई अन्यत्र लैजानुपर्ने जोखिम अन्त्य भई घरआँगनमै सेवा उपलब्ध हुँदा सबै किसान लाभान्वित हुने उनको भनाइ थियो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, तुलसीपुर–१२ का वडाध्यक्ष खुसीराम चौधरी, वडा नम्बर ११ का वडाध्यक्ष मानबहादुर रावत, स्थानीय जनप्रतिनिधि, पशु सेवा शाखाका कर्मचारी तथा किसानहरूको उपस्थिति रहेको थियो ।
उपमहानगरपालिकाले पशुपालन क्षेत्रको विकास, आधुनिक प्रविधिको प्रयोग र पशु नश्ल सुधारका लागि कृत्रिम गर्भाधान सेवा निःशुल्क रूपमा उपलब्ध गराएको जनाएको छ । यस सेवाबाट स्थानीय कृषक लाभान्वित भई दूध तथा मासु उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,८ पुस । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षणका लागि वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ । शुल्क पुनः साविककै दरमा कायम भएपछि वैदेशिक रोजगार व्यवसायीहरूले सरकारको निर्णयलाई स्वागतयोग्य बताएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक ३० गते स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय रुपैयाँ पुर्याएको थियो ।
यसअघि उक्त शुल्क ६ हजार ५ सय रुपैयाँ मात्र रहेको थियो । शुल्क वृद्धिको निर्णयप्रति वैदेशिक रोजगार व्यवसायीहरूले विरोध जनाउँदै आएका थिए । श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले वृद्धि गरिएको शुल्क खारेज गरिएको जानकारी दिए ।
मन्त्रालयले ३४ वटा स्वास्थ्य परीक्षण आवश्यक भएको भन्दै शुल्क वृद्धि गरेको भए पनि त्यो आवश्यक नरहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले बताउनुभयो ।
“सरकारले अनावश्यक रूपमा श्रमिकको खर्च बढाउने निर्णय गरेको थियो,” गुरुङले भने, “अहिले सो शुल्क खारेज गरी श्रमिकको हितमा निर्णय गर्नु प्रशंसनीय छ ।”
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,८ पुस । उच्च अदालत तुलसीपुरले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपकुलपति नियुक्ति गर्ने सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनालाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय दुर्गाबहादुर विश्वकर्मा र यज्ञबहादुर राना मगरको संयुक्त इजलासले स्वास्थ्य मन्त्रालयले मंसिर २५ गते उपकुलपति नियुक्तिका लागि जारी गरेको सूचना रोक्न अन्तरिम आदेश जारी गरेको हो ।
अदालतका सूचना अधिकारी कृष्णप्रसाद शर्माका अनुसार प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक जनार्दन पन्थीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उक्त अन्तरिम आदेश जारी गरिएको हो । यसअघि पनि उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले यस विषयमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले राजीनामा दिएपछि विगत तीन महिनादेखि प्रतिष्ठान उपकुलपतिविहीन अवस्थामा रहेको छ । उच्च अदालतको अन्तरिम आदेश निरन्तर रहँदा हाललाई उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस