प्रतिष्ठानको उपकुलपति नियुक्ति प्रक्रिया रोक्न अन्तरिम आदेश

   पुष ०८, २०८२       admin

दाङ,८ पुस । उच्च अदालत तुलसीपुरले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपकुलपति नियुक्ति गर्ने सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनालाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय दुर्गाबहादुर विश्वकर्मा र यज्ञबहादुर राना मगरको संयुक्त इजलासले स्वास्थ्य मन्त्रालयले मंसिर २५ गते उपकुलपति नियुक्तिका लागि जारी गरेको सूचना रोक्न अन्तरिम आदेश जारी गरेको हो ।

अदालतका सूचना अधिकारी कृष्णप्रसाद शर्माका अनुसार प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक जनार्दन पन्थीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उक्त अन्तरिम आदेश जारी गरिएको हो । यसअघि पनि उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले यस विषयमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले राजीनामा दिएपछि विगत तीन महिनादेखि प्रतिष्ठान उपकुलपतिविहीन अवस्थामा रहेको छ । उच्च अदालतको अन्तरिम आदेश निरन्तर रहँदा हाललाई उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कक्षा १२ को परीक्षा फाराम खुल्यो

   पुष ०८, २०८२       admin

काठमाडौँ,८ पुस। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा फाराम खुलाएको छ। बोर्डले २०८३ सालमा सञ्चालन हुने वार्षिक परीक्षाका लागि परीक्षा फाराम खुला गरेको हो।

०८३ को वार्षिक परीक्षाका लागि नियमित तथा आंशिकतर्फ (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९(अन्तिमपटक) ८० र ८१ भएका परीक्षार्थीहरूका लागि मात्र फाराम खुलाइएको बोर्डले जनाएको छ।

परीक्षासम्बन्धी वार्षिक कार्यतालिकाअनुसार पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्नुपर्नेछ। सो अवधिमा फाराम भर्न छुटेका विद्यार्थीहरूले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्नेछन्।

त्यस्तै, बोर्डले परीक्षा शुल्क बुझाएको प्रमाणसहित विद्यार्थीहरूको फाराम माघ २५ गतेसम्म अनिवार्य रूपमा बुझाइसक्न विद्यालयहरूलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राजमार्ग आसपासमा अवैध रुख कटानः गाउँपालिका अध्यक्षसहित आठजना दोषी ठहर

   पुष ०८, २०८२       admin

दाङ,८ पुस। पूर्व–पश्चिम राजमार्ग आसपास बिना अनुमति रुख कटान गरिएको घटनामा राप्ती गाउँपालिकाका अध्यक्षसहित ८ जना जनप्रतिनिधि तथा संलग्न व्यक्ति दोषी ठहर भएका छन्।

दाङ देउखुरी जिल्ला अदालतले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, तीन जना वडाध्यक्ष तथा अन्य संलग्न व्यक्तिहरूले सडक क्षेत्राधिकारभित्र पर्ने रुखहरू कानुनी प्रक्रिया पूरा नगरी काटी काठ ओसारपसार गरेको ठहर गर्दै सजाय सुनाएको हो। जिल्ला न्यायाधीश राजेश्वर अर्यालको एकल इजलासले पुस २ गते उक्त मुद्दामा फैसला गरेको अदालतका सूचना अधिकारी गोकर्ण वलीले जानकारी दिए।

अदालतले वडा नम्बर ४ का वडाध्यक्ष वीरबहादुर चौधरीलाई एक महिना कैद र १ लाख ४१ हजार २ सय २६ रुपैयाँ बिगो तिर्न आदेश दिएको छ। अध्यक्ष प्रकाश विष्टसहित वडा नम्बर १ का वडाध्यक्ष गेमे खड्का, वडा नम्बर ५ का वडाध्यक्ष देवप्रसाद चौधरी तथा काठ खरिदकर्ता र अन्य संलग्न व्यक्तिहरूलाई १५–१५ दिनको कैद सजाय तोकिएको छ।

तर, घटनासँग जोडिएका तत्कालीन सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवाललाई भने प्रमाण नपुगेको भन्दै अदालतले सफाइ दिएको छ। डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत छोटेलाल चौधरीले २०८० मंसिर १० गते अध्यक्ष विष्टसहित ९ जना विरुद्ध मुद्दा दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर महोत्सव: आज पशुपति शर्मा आउँदै

   पुष ०८, २०८२       admin

दाङ,८ पुस । दाङको तुलसीपुरमा जारी प्रथम तुलसीपुर महोत्सवको पाँचौँ दिन आज चर्चित गायक पशुपति शर्माको विशेष प्रस्तुति रहने भएको छ । महोत्सवमा पशुपति शर्मासँगै गायक पिताम्बर रिजाल र गायिका शान्ता वलीलगायत कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवमा दिनप्रतिदिन दर्शकको उत्साह र रौनक बढ्दै गएको छ । चौथो दिनसम्म हजारौँ टिकट बिक्री भइसकेको आयोजकको भनाइ छ । पाँचौँ दिन आज पनि उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक लालबहादुर केसीले बताए ।

महोत्सवमार्फत स्थानीय उत्पादनको बजारीकरण, स्थानीय कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुगेको आयोजकले जनाएको छ । महोत्सवमा जुम्लाको मार्सी चामलदेखि रुकुम पश्चिमको सिस्नो अत्यधिक रूपमा बिक्री भइरहेको छ ।

स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले तुलसीपुरमा पुस ४ गतेदेखि प्रथम तुलसीपुर महोत्सव सुरु गरिएको हो । पुस १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा दैनिकजसो स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने महोत्सव मूल आयोजक समितिका सदस्य सचीव भद्रबहादुर वलीले जानकारी दिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा सञ्चालन भइरहेको महोत्सवमा कृषि, हस्तकला तथा पशुपालनसम्बन्धी स्टलहरू निःशुल्क रूपमा उपलब्ध गराइएको आयोजकले जनाएको छ । आजको कार्यक्रमले महोत्सवलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुदन गुरुङको अभद्र धम्कीमा डा. खत्रीको संलग्नता छ : युवा संघ दाङ

   पुष ०८, २०८२       admin

दाङ, ८ पुस ।राष्ट्रिय युवा संघ नेपाल जिल्ला समिति दाङले तुलसीपुर उपमहानगरपालिकाका जननिर्वाचित मेयर टीकाराम खड्कामाथि अभद्र तथा आपत्तिजनक धम्की दिइएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।


जेन–जी अभियान्ता सुदन गुरुङले मेयर खड्कामाथि अभद्र धम्की दिएको र सो कार्यमा डा. किशोर खत्रीको भूमिका रहेको भन्दै संघले उक्त गतिविधि लोकतान्त्रिक मूल्य, पेशागत मर्यादा र सामाजिक उत्तरदायित्वको गम्भीर उल्लंघन भएको ठहर गरेको छ ।


राष्ट्रिय युवा संघ नेपाल, दाङका अध्यक्ष विवेक योगीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा निर्वाचित जनप्रतिनिधिमाथि धम्की दिने, डर–त्रास सिर्जना गर्ने तथा लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गरिएको छ ।

एक जिम्मेवार चिकित्सकजस्तो सम्मानित पेशामा आबद्ध व्यक्तिबाट यस्तो कार्य हुनु झनै निन्दनीय भएको संघको भनाइ छ ।

युवा संघले यस्ता गैरजिम्मेवार, अराजक र उच्छृंखल गतिविधिको कडा भर्त्सना गर्दै दोषीमाथि कानुनअनुसार कडा कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।

साथै, सुदन गुरुङले यस विषयमा सार्वजनिक रूपमा माफी नमागेसम्म आजको मितिदेखि उनलाई दाङ जिल्लामा प्रवेश निषेध गरिएको विज्ञप्तिमा उल्लेख छ ।
संघले यदि यस्ता गतिविधि समयमै नियन्त्रण नगरिए गम्भीर सामाजिक अशान्ति र अराजकता सिर्जना हुन सक्ने चेतावनी दिँदै त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने जनाएको छ ।

साथै, सुरक्षा निकाय, स्वास्थ्य परिषद् तथा सरोकारवाला निकायलाई तुरुन्त आवश्यक कदम चाल्न आग्रह गरिएको छ ।

राष्ट्रिय युवा संघ नेपालले लोकतन्त्र, विधिको शासन र निर्वाचित जनप्रतिनिधिको सुरक्षाको पक्षमा दृढतापूर्वक उभिने स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेसंविका उपकुलपतिमाथि आक्रमण : दाङ कांग्रेसले गर्‍यो दोषीलाई कारबाहीको माग

   पुष ०७, २०८२       admin


दाङ, ७ पुस । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपाल, उनका स्वकीय सचिव चोलेन्द्र रिजाल तथा कर्मचारी संघका पूर्व अध्यक्ष खिमबहादुर केसीमाथि गरिएको आक्रमण तथा दुव्र्यवहारप्रति नेपाली कांग्रेस दाङले गम्भीर आपत्ति जनाएको छ ।

नेपाली कांग्रेस दाङले सोमबार जारी गरेको विज्ञप्तिमा पुस ६ गते आइतबार बिहान करिब ८ः३० बजे बेलझुण्डीस्थित उपकुलपतिको आवास क्षेत्रमा प्रवेश गरी अज्ञात समूहले उपकुलपतिसहित तीन जनामाथि आक्रमण र दुव्र्यवहार गरेको घटनाको घोर निन्दा गरेको छ ।

कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीद्वारा जारी विज्ञप्तिमा देशकै प्रतिष्ठित शैक्षिक संस्थाका जिम्मेवार व्यक्तिहरूमाथि भएको आक्रमणलाई अराजक, असभ्य र कानूनविपरीत कार्यका रूपमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “शैक्षिक संस्थाका सम्मानित व्यक्तिहरूमाथि गरिएको आक्रमण कानून र विधिको ठाडो उल्लंघन हो ।”

यस्ता गतिविधिले विश्वविद्यालयको पठनपाठन वातावरणमा गम्भीर असर पार्नुका साथै समाजमा नकारात्मक सन्देश जाने कांग्रेस दाङको ठहर छ ।
कांग्रेस दाङले घटनामा संलग्न व्यक्तिहरूको यथाशीघ्र पहिचान गरी कानूनबमोजिम कडा कारबाही गर्न माग गर्दै विश्वविद्यालयमा सुरक्षित र शान्तिपूर्ण शैक्षिक वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ

   पुष ०७, २०८२       admin

दाङ,७ पुस। दाङमा लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुकुम (पूर्व) पुथा उत्तरगंगा गाउँपालिका–१२ का २६ वर्षीय सुजन परियार, नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजी बस्ने ३८ वर्षीय इमरान सिद्दिकी हलवाई र नेपालगन्ज–८ ज्वलाहापुर बस्ने ३८ वर्षीय नुरुद्दिन अन्सारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार उनीहरूलाई फरक–फरक समय र स्थानबाट पक्राउ गरिएको हो ।
सुजन परियारलाई सोमबार दिउँसो करिब २ बजे लमही नगरपालिका–५ स्थित बसपार्कबाट पक्राउ गरिएको हो ।

लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा गरिएको चेकजाँचका क्रममा उनको साथबाट १३ ग्राम २९० मिलिग्राम परिमाणको दुई पुडिया ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । परियारलाई दाङ जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

त्यसैगरी इमरान सिद्दिकी हलवाई र नुरुद्दिन अन्सारीलाई आइतबार दिउँसो करिब ४ बजे राप्ती गाउँपालिका–५ अन्तर्गत पूर्व–पश्चिम राजमार्गको कालापानी सडक खण्डबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट ३१ ग्राम १६० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको डीएसपी शाहले जानकारी दिए ।

दुवै जनालाई दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भरतपुर खानेपानी अध्यक्षमा गौतम सातौँ पटक निर्विरोध निर्वाचित

   पुष ०७, २०८२       admin

दाङ, ७पुस । दाङको घोराहीस्थित भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्ष पदमा शंकर गौतम सातौँ पटक निर्विरोध निर्वाचित भएका छन् ।


संस्थाको नवौँ अधिवेशनअन्तर्गत सोमबार भएको उम्मेदवारी मनोनयन दर्ता प्रक्रियामा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष गौतमको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

२०५८ सालमा कोषाध्यक्षबाट संस्थागत यात्राको सुरुआत गर्नुभएका गौतम २०६४ सालदेखि निरन्तर अध्यक्षको जिम्मेवारीमा रहँदै आएका छन् । आठौँ कार्यकालका लागि आइतबार दिउँसो १२ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो ।

भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कानुनी सल्लाहकार तथा निर्वाचन अधिकृत निर्मल गौतमका अनुसार ५ जना पदाधिकारीसहित ११ सदस्यीय कार्यसमितिका सबै पदमा एक–एक जनाको मात्र उम्मेदवारी परेको छ ।

नयाँ नेतृत्वका लागि उपाध्यक्षमा जंगबहादुर जिसी, सचिवमा मिनराज लम्साल, सहसचिवमा शान्तराज अधिकारी र कोषाध्यक्षमा सुनिता आचार्यको एकल उम्मेदवारी परेको छ ।

यसैगरी कार्यसमिति सदस्यमा हरिप्रसाद रिजाल, शिवकुमार भण्डारी, शारदा न्यौपाने, गीता पोख्रेल, मुना पोख्रेल र रोमा जिसीको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत गौतमले जानकारी दिए ।

उम्मेदवारी दिएका मध्ये उपाध्यक्ष जिसी यसअघि पनि उपाध्यक्ष नै रहेको थिइन् । सचिवमा उम्मेदवारी दिएका लम्साल यसअघि सहसचिव रहेका थिए भने सहसचिवका उम्मेदवार शान्तराज अधिकारी र कोषाध्यक्षकी उम्मेदवार सुनिता आचार्य कार्यसमिति सदस्य थिए । कार्यसमिति सदस्यहरूमध्ये चार जना नयाँ र दुई जना पुरानै अनुहार रहेका छन् ।


उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरूले भोलि मंगलबार बेलुकी ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । त्यसपछि निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरिने निर्वाचन अधिकृत गौतमले जानकारी दिए ।


भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २३औँ साधारणसभा गत शनिबार घोराहीमा सम्पन्न भएको थियो । यदि कुनै पदमा एकभन्दा बढी उम्मेदवारी परेको खण्डमा आगामी शनिबार पुस १२ गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

निकोलससहित केहि प्रदर्शनकारी पक्राउ

   पुष ०७, २०८२       admin

काठमाडौँ,७ पुस । मिराज ढुंगानाको नेतृत्वमा माइतीघर मण्डलामा भइरहेको जेनजी समूहको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनका क्रममा निकोलस भुसालसहित केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

काठमाडौं प्रशासनले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न अनुमति नदिए पनि जेनजी समूहले सो निर्णयको अवज्ञा गर्दै प्रदर्शन गरेपछि हस्तक्षेप गर्नुपरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार अनुमति नलिइएको स्थानमा प्रदर्शन नगर्न बारम्बार माइकिङमार्फत सूचना दिइएको थियो । त्यसलाई बेवास्ता गर्दै प्रदर्शन जारी राखिएपछि बाध्य भएर हस्तक्षेप गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पूर्वानुमानमा आधारित विपद् पूर्वकार्य मजबुत बनाइने : गृहमन्त्री अर्याल

   पुष ०७, २०८२       admin

काठमाडौँ,७ पुस । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र प्रभावकारी बनाउने विषयमा सरकार पूर्ण रूपमा प्रतिवद्ध रहेको बताएका छन् ।

सोमबार पूर्वानुमानमा आधारित पूर्वकार्यसम्बन्धी चौथो राष्ट्रिय संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले नेपालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोण परिवर्तन गर्दै जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित पूर्वकार्यतर्फ अघि बढिसकेको बताए ।

उनका अनुसार पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी बनाउन तीनवटा पक्ष अत्यन्तै महत्वपूर्ण छन् । जोखिमको स्पष्ट जानकारी, विश्वसनीय पूर्वानुमान प्रणाली र प्रभावमा आधारित पूर्वसूचना प्रणाली आवश्यक रहेको उनले बताए ।

पूर्वसूचना जारी भएपछि तत्काल सक्रिय हुने स्पष्ट कार्ययोजना र पहिल्यै व्यवस्थित गरिएको स्रोत–साधन अनिवार्य रहेको उल्लेख गर्दै उनले यसले संकटको समयमा ढिलाइ नगरी काम गर्न सहयोग पुग्ने बताए ।


गृहमन्त्री अर्यालले नेपाल बहुप्रकोप जोखिमयुक्त मुलुक भएको उल्लेख गर्दै बाढी, पहिरो, खडेरी, आगलागी, चट्याङ, तातो हावाको लहर, अत्यधिक गर्मी, शीतलहर तथा महामारीजस्ता जल तथा मौसमजन्य प्रकोपहरूले नेपालमा हुने कुल विपद्को ठूलो हिस्सा ओगटेको बताए ।
जलवायु परिवर्तनका कारण यस्ता जोखिमहरू झनै अनिश्चित, तीव्र र बारम्बार देखिन थालेको भन्दै उनले विपद्जन्य घटनाका कारण नेपालले हरेक वर्ष ठूलो मात्रामा जनधनको क्षति व्यहोर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology