महोत्सवको ८० प्रतिशत तयारी पूरा

   मङि्सर २, २०८२       admin

दाङ,२८ मंसिर । तुलसीपुरमा सन्चालन हुने महोत्सवको ८० प्रतिशत तयारी पूरा भएको छ। “स्थानीय उत्पादनलाई प्रवर्द्धन गरौँ, औद्योगिक वातावरणको सुधार गरौँ र दिगो अर्थतन्त्र निर्माण गरौँ” भन्ने नारासहित आयोजना हुन लागेको महोत्सवको ८० प्रतिशत तयारी पूरा भएको हो।

आइतबार पत्रकार सम्मेलन गर्दै महोत्सव सञ्चालन नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लालबहादुर केसीले सो कुरा जानकारी गराएका हुन् ।

सो अवसरमा केसीले महोत्सव सन्चालन तथा व्यवस्थापनका लागि २ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको जानकारी दिए।

महोत्सवलाई व्यवस्थित र प्रभावकारी बनाउन २७ वटा विभिन्न उपसमिति गठन गरिएको आयोजकले जनाएको छ।

कृषि तथा स्थानीय उत्पादनको प्रवर्द्धनका लागि ५० वटा स्टल निःशुल्क उपलब्ध गराइनेछ। बिक्रीवितरणको आधारमा कृषकहरुलाई प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ।

महोत्सवमा कुल ४सय ५० वटा स्टल रहनेछन्। स्थानीय व्यवसायीलाई स्टल शुल्कमा २५ प्रतिशत छुट दिइएको छ। हालसम्म १सय ५ वटा स्टल बुक भइसकेका छन्।

युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले युवा उद्यम नवप्रवर्द्धन कार्यक्रमअन्तर्गत उत्कृष्ट व्यावसायिक योजना तथा आइडियाहरू छनोट गरी छलफल गरिनेछ। सो मध्यबाट उत्कृष्ट व्यवसायीक मार्गदर्शन तथा उपाय दिने युवा उद्यमीलाइ पनि पुरस्कृत गरिने मुल आयोजक समितीले जनाएको छ।

महोत्सवस्थलमा जलपरी, फिस टनेल र लन्डन ब्रिजजस्ता आकर्षक संरचनाहरू रहनेछन्। आयोजक समितिका अनुसार महोत्सवको तयारी तीव्र रूपमा अघि बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रास्वपाको तुलसीपुर नगर सभापतिमा जीवन भण्डारी चयन

   मङि्सर २८, २०८२       admin

दाङ, २७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो तुलसीपुर नगर भेला सम्पन्न भएको छ। भेलाले जीवन भण्डारीलाई तुलसीपुर नगर सभापतिमा चयन गरेको छ।

भण्डारीको नेतृत्वमा १५ सदस्यीय पालिका तदर्थ समिति पनि गठन गरिएको छ। समितिमा उपसभापतिमा निर्मला वली (केसी), सचिवमा कमल बस्नेत, सहसचिवमा टंक नेपाली, कोषाध्यक्षमा राजन भण्डारी रहेका छन्।

सदस्यहरूमा शोभा सुवेदी, पार्वती आचार्य, पहलमान रावत, सुमन विश्वकर्मा, वसन्त खत्री, कमल बस्नेत, रामबहादुर डाँगी, अर्जुन लामिछाने, नारायण प्रसाद केसी र भेषराज आचार्य चयन भएका छन्।

रास्वपाको यो भेला पार्टीको स्थानीय संगठन सुदृढीकरण र नगर तहमा सक्रियता बढाउने उद्देश्य लिएको बताइएको छ। प्रथम नगर भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्ले, गणेश पराजुली मनिषा लगायतका केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एनपीएलको उपाधि लुम्बिनी लायन्सलाई

   मङि्सर २८, २०८२       admin

काठमाडौं, २७ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ। शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको हो।

लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४२ रन बनाए। उनले १३ बलमा यो योगदान दिएका हुन्। डार्सी सर्ट १३, कप्तान रोहित पौडेल १८ तथा सन्दीप जोरा शून्य रनमा आउट भए। निरोशन डिक्वेला ११ र दिलिप नाथ १ रनमा अविजित रहे।

बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए भने अभिनास बोहरा र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट हात पारे।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९ ओभर १ बलमा ८५ रनमै समेटिएको थियो। सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रन बनाए। विनोद भण्डारी ०, शेल्डन ज्याक्सन १, आरिफ शेख ६, कप्तान दीपेन्द्रसिंह ऐरी १३, दीपक बोहरा ०, पुनित महरा ०, अभिनास बोहरा १, हर्मित सिंह १० र स्कट कुगेइलेन १० रनमा आउट भए। हेमन्त धामी ७ रनमा अविजित रहे।

बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक पूरा गरे। उनले ११औँ ओभरको चौथो, पाँचौँ र छैटौँ बलमा विकेट लिएका थिए। शेर मल्ल र रुवेन ट्रम्पलम्यानले समान ३–३ विकेट लिए भने तिलक भण्डारीले १ विकेट हात पारे।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एमाले अजम्बरी पार्टी हो: ओली

   मङि्सर २८, २०८२       admin

काठमाडौं ,२७ मंसिर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई देशको निर्णायक शक्ति बनाउने सङ्कल्पका साथ अघि बढेको बताएका छन्।

पार्टीको ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले एमाले अजम्बरी रहेको जिकिर गरे। ओलीले पुराना पार्टी र नेताहरूको सान्दर्भिकता सकिएको भन्ने भाष्य खडा गर्न खोजिएको उल्लेख गर्दै त्यसलाई जनताको उपस्थितिले खण्डन गरेको बताए।

उनले भने, ‘पुराना पार्टीहरू सकिए, पुराना नेताहरूको दिन गए र एमालेको सान्दर्भिकता सकियो भन्ने भाष्य बनाइयो। तर प्रत्येक प्रहारलाई चिर्दै यो जनसागर उर्लिएको छ। म ढुक्कले भन्न सक्छु—लोकतन्त्र अजय छ, एमाले अजम्बरी छ।’

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एमाले महाधिवेशन: देउवा ,प्रचण्ड र नेपाल सहभागी नहुने

   मङि्सर २८, २०८२       admin

काठमाडौं,२७ मंसिर । एमालेको ११ औँ महाधिवेशनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ,नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, र सहसंयोजक माधव नेपाल र सहभागी नहुने भएका छन्।

महाधिवेशनका लागि एमालेले औपचारिक निम्तो दिए पनि यी शीर्ष नेताहरू नजाने भएका हुन्। प्रचण्ड र माधव नेपाल हाल पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्न सुर्खेत पुगेका छन्। नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट महाधिवेशनमा नेता देव गुरुङले सम्बोधन गर्ने प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले केन्द्रविन्दुलाई जानकारी दिएका छन्।

यस्तै, कांग्रेसको तर्फबाट शुभकामना दिन कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहभागी हुने देउवाको सचिवालयले जनाएको छ।

एमालेले महाधिवेशनको उद्घाटन समारोहमा नेकपा, कांग्रेस, रास्वपासहित १६ राजनीतिक दललाई आमन्त्रण गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

फरार ११ प्रतिवादी पक्राउ

   मङि्सर २७, २०८२       admin

दाङ,२६ मंसिर । दाङमा विभिन्न मुद्दामा फरार रहेका ११ जना प्रतिवादी पक्राउ परेका छन्। मंसिर २० गतेदेखि २६ गतेसम्म प्रहरीले गरेको खोजतलास अभियानमा उनीहरूलाई समातिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले जानकारी दिए।

प्रहरीका अनुसार दाङ जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीले लुकीछिपी बसेका प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि दाङ जिल्ला अदालतमा बुझाएको छ।

पक्राउ परेकाहरूमाथि फैसला कार्यान्वयनका क्रममा करिब ६६ हजार १६८ रुपैयाँ बराबरको जरिवाना असुल गरिएको छ। साथै, उनीहरूका सम्बन्धित मुद्दामा तोकिएको कुल ४ वर्ष ९ महिना १७ दिन कैद सजाय कार्यान्वयनका लागि अदालत पठाइएको प्रवक्ता शाहले बताए।

न्यायिक प्रक्रियाप्रति जनविश्वास बढाउन र अदालतका फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी आगामी दिनमा पनि खोजतलास र निगरानी अभियान निरन्तर जारी रहने बताएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गोर्खा लोटस बुट क्याम्पको उद्घाटन

   मङि्सर २७, २०८२       admin

दाङ, २६ मंसिर। घोराहीमा सञ्चालित गोर्खा लोटस बुट क्याम्पले औपचारिक कार्यक्रममार्फत आफ्नो तालिम सेवा शुभारम्भ गरेको छ। मंसिर १ गतेबाट कक्षा सञ्चालनमा ल्याइसकेको क्याम्पको उद्घाटन गरिएको हो।

क्याम्पका अध्यक्ष तथा सञ्चालक बलबहादुर बुढाले दूरदराजबाट तालिम लिन आउने युवालाई लक्षित गर्दै सुविधासम्पन्न होस्टेलको व्यवस्था गरिएको जानकारी दिए। सुरक्षित, अनुशासित र प्रेरणादायी वातावरणमा युवालाई प्रतिस्पर्धी बनाउन क्याम्प प्रतिबद्ध रहेको उनको भनाइ थियो।

उद्घाटन समारोहका प्रमुख अतिथि दाङ उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले रिबन काटेर उद्घाटन गरेका थिए। उनले क्याम्पको पहललाई प्रशंसनीय भन्दै युवालाई सही दिशामा लैजाने यस्ता तालिम केन्द्र अत्यावश्यक रहेको बताए। “शारीरिक र मानसिक रूपमा सक्षम बनाउँदै राष्ट्रसेवामा अग्रसर गराउने प्रयास महत्वपूर्ण छ,” उनले भने।

विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष प्रा. डा. सुदिप गौतमले युवालाई राष्ट्रको मेरुदण्ड भन्दै अनुशासन र मार्गदर्शनको आवश्यकता औंल्याए। “क्याम्पले युवामा आत्मविश्वास, अनुशासन र सकारात्मक सोच विकास गर्न मद्दत गर्छ,” उनले बताए।

सञ्चालक बुढाका अनुसार क्याम्पले युवालाई नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ब्रिटिश आर्मी र सिङ्गापुर पुलिस फोर्स जस्ता सुरक्षासम्बन्धी सेवामा प्रतिस्पर्धी बनाउन लक्ष्य राखेको छ। स्थानीय तथा बाहिरी जिल्लाबाट आउने प्रशिक्षार्थीका लागि सुलभ शुल्कमा होस्टेल, खाना र अन्य सुविधाको व्यवस्था गरिएको पनि उनले बताए।

क्याम्पमा अनुभवी प्रशिक्षकद्वारा वैज्ञानिक र व्यवस्थित तालिम प्रदान गरिने, युवालाई रोजगार, सेवा तथा नेतृत्व क्षमतातर्फ प्रेरित गरिने र स्थानीय संघ–संस्था तथा समुदायसँग सहकार्य गर्दै क्षेत्रीय विकासमा योगदान पुर्‍याइने जानकारी दिइयो।

कार्यक्रममा पूर्व प्रहरी नायव निरीक्षक तथा भूतपूर्व प्रहरी संगठनका कोषाध्यक्ष घनश्याम केसी, समाजसेवी रुपक थापालगायतले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन पत्रकार दीपक वलीले गरेका थिए।

घोराहीमा सुरु गरिएको गोर्खा लोटस बुट क्याम्प दाङका युवाका लागि रोजगार, कौशल विकास र सुरक्षासम्बन्धी सेवामा प्रवेशका अवसरहरू विस्तार गर्दै समुदाय निर्माणको नयाँ सुरुवातका रूपमा उदाएको आयोजकहरूले विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

धक्का लागेर घाइते भएका घर्तीको मृत्यु

   मङि्सर २७, २०८२       admin

रोल्पा, २६ मंसिर । रोल्पाको माडी गाउँपालिका–१ पेदिखोलामा एक व्यक्तिले बाटो हिँडिरहेका ६७ वर्षीय मन बहादुर घर्तीलाई धकेल्दा मृत्यु भएको छ। बिहीबार साँझ करिब ५ बजेतिर ५० वर्षीय गणबहादुर बुढाले घर्तीलाई पछाडिबाट धकेल्दा घर्ती बाटोदेखि करिब १० मिटर तल खसेका थिए।

घर्तीलाई नाक, मुख र ढाडमा चोट लागेका कारण उपचारका लागि घर्तिगाउँस्थित स्मृति अस्पताल लगिएको थियो। थप उपचारको लागि उनलाई राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो। अस्पतालमा उपचारको क्रममा घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

घटनामा संलग्न गणबहादुरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ र आवश्यक अनुसन्धान अघि बढाइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कांग्रेसका सहमहामन्त्री पाण्डे आगामी चुनावमा उम्मेदवार नहुने

   मङि्सर २७, २०८२       admin

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन्। २०७९ सालमा बाजुराबाट प्रत्यक्ष निर्वाचित पाण्डेले चुनावी प्रतिस्पर्धा नगर्ने निर्णय गरेपछि उनको नाम सिफारिस गरिएको छैन।

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका पाण्डेले नयाँ पुस्तालाई अवसर दिनका लागि चुनाव नलड्ने निर्णय गरेको बताए। उनले भने, “सांसद र मन्त्री भइसकेँ। नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने सोचेर चुनाव नलड्ने निधो गरेँ। पार्टी सुदृढीकरणको काममा आफू लाग्नेछु।”

पाण्डेका अनुसार प्रतिनिधि सभाको प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि उनको इच्छा छैन।

जेनजी आन्दोलनको बेला पाण्डे एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री थिए। उनले सरकार र आन्दोलनकारीको सम्बन्धमा आफ्नो प्रत्यक्ष भूमिका नरहे पनि मन्त्रीको नाताले नैतिक जिम्मेवारी आफूले लिने बताए।

पाण्डेले यसपटक निर्वाचन प्रतिस्पर्धामा नउत्रिने निर्णय लिनु उचित ठानेको र पार्टीलाई वैचारिक रूपमा सुदृढ बनाउने काम आफ्नो प्राथमिकता रहेको पनि स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङको राप्ती गाउँपालिकास्थित फोहर व्यवस्थापन केन्द्रमा भिषण आगलागी: करोडौँको क्षति

   मङि्सर २७, २०८२       admin

दाङ, २६ मंसिर । दाङको राप्ती गाउँपालिका–२ पुन्यपुरस्थित फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा शुक्रबार बिहानदेखि लागिरहेको आगलागी अझै पनि नियन्त्रणमा आउन सकेको छैन। आगलागीले केन्द्रभित्रको ट्रस्ट भवन, ठूला–साना मेसिन, टायल तथा इन्टरलक पूर्णरूपमा जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमानअनुसार करोडौँको क्षति भएको छ।

आगो नियन्त्रणका लागि गढवाबाट आएको दमकल, राप्ती गाउँपालिकाको मिनी दमकल, डोजर, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयवासीलाई खटाइएको छ। सबै पक्ष संयुक्त रूपमा आगो नियन्त्रणमा जुटिरहेका छन्।

आगो विद्युत् सर्टका कारण लागेको हो वा कसैले नियोजित रूपमा आगो लगाएको हो भन्नेबारे यकिन कारण भने खुलेको छैन। इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले घटनाको कारणबारे अनुसन्धान जारी रहेको बताए।

वडा नम्बर २ का अध्यक्ष पहलवान चौधरीले प्रहरीलाई खबर गरेपछि आगलागीबारे जानकारी भएको बताए। “फोहर व्यवस्थापनका लागि निर्माण गरिएको घर जलेको छ, विस्तृत कारण अनुसन्धानपछि मात्र थाहा हुन्छ,” निरीक्षक ऐरीले बताए।

उक्त केन्द्रमा राप्ती गाउँपालिकाले फोहर व्यवस्थापन गर्दै आएको थियो। तर पछिल्ला दिनमा फोहर व्यवस्थापनको तरिकाप्रति स्थानीयवासी असन्तुष्ट रहेका थिए। व्यवस्थापन व्यवस्थित नभएको भन्दै स्थानीयले अवरोध गर्दै आएपछि विवाद चुलिँदो थियो। केही दिनअघि मात्र वार्ता मार्फत समस्या समाधानतर्फ सहमतिका प्रयास सुरु भएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology