एसियन युथ पारा गेम्समा नेपाललाई रजत पदक

   मङि्सर २७, २०८२       admin

दाङ, २६ मंसिर । नेपालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपानेले युएईको दुबईमा जारी एसियन युथ पारा गेम्समा रजत पदक हात पारेका छन्। उनले टेबलटेनिसको यु–२३ पुरुष एकल (क्लास ७) तर्फ उपविजेता बन्न सफल भएका हुन्।

बिहीबार सम्पन्न फाइनल खेलमा न्यौपाने चाइनिज ताइपेइका खेलाडी रेन तिङ ह्वाङसँग कडा प्रतिस्पर्धामा ३–२ सेटको अन्तरले पराजित भए। उनले पहिलो सेट १३–११ र तेस्रो सेट १२–१० ले जितेका थिए। तर दोस्रो सेट ११–६, चौथो सेट ११–५ र निर्णायक सेट १२–१० ले गुमाएका हुन्।

न्यौपानेले सेमिफाइनलमा फिलिपिन्सका बार्गे काबनेरोलाई ३–१ सेटले हराउँदै फाइनल यात्रा तय गरेका थिए। उनले लिग चरणमा काजकिस्तान, कीर्गिस्तान र इराकका खेलाडीलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका थिए।

टेबलटेनिसतर्फ महिलामा निर्मला भण्डारीले सहभागिता जनाएकी छन्। युएईमै रहेका राष्ट्रिय पारा टेबलटेनिस संघका अध्यक्ष गणेश केसीका अनुसार नेपालले टेबलटेनिससहित एथलेटिक्स, तेक्वान्दो र भारत्तोलनमा समेत सहभागिता जनाएको छ। प्रतियोगिता मंसिर २८ गतेसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पाल्पामा जिप दुर्घटना: तीन जनाको मृत्यु

   मङि्सर २७, २०८२       admin

दाङ,२६ मंसिर । पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

मित्यालीस्थित अरुणखोलाबाट रामपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको जिप आज शुक्रबार दुर्घटनाग्रस्त भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार जिपमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको उनले बताए।

दुर्घटनामा घाइते आठ जनालाई उद्धारपछि उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, पूर्वी नवलपरासी पठाइएको छ। दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एनप्याब्सन दाङको बृहत खेल प्रतियोगिता सुरु

   मङि्सर २७, २०८२       admin

दाङ ,२६ मंसिर । नेशनल प्याब्सन दाङले आयोजना गरेको बृहत् खेलकुद प्रतियोगिता आजदेखि बेल्झुण्डी रंगशालामा सुरू भएको छ। प्रतियोगिता मंसिर २८ गतेसम्म सञ्चालन हुनेछ।

उद्घाटन कार्यक्रम जिल्ला अध्यक्ष शालिकराम कार्कीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

तीन दिनसम्म चल्ने यस प्रतियोगितामा नेशनल प्याब्सनमा आवद्ध २७ विद्यालय सहभागी भएका छन्। छात्र–छात्रातर्फ १००, २००, ४००, ८००, १५०० र ३००० मिटर दौड प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ।

त्यसैगरी, छात्रछात्रा दुवैका लागि सटफुट, ज्याब्लिन थ्रो, हाइजम्प, लङजम्प, त्रिपल जम्प, साथै १०० मिटर र ४०० मिटर रिले दौड पनि आयोजना हुनेछ। साथै आधारभूत तहको फुटसल प्रतियोगिता र भलिबल प्रतियोगिता समेत सञ्चालन हुनेछन्।

कार्यक्रम वरिष्ठ उपाध्यक्ष ठाकुर प्रसाद डाँगीको स्वागत मन्तव्यबाट सुरू भएको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला सचिव छवि कुमार वलीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एनपिएल: विराटनगरलाई पराजित गर्दै लुम्बिनी फाइनलमा

   मङि्सर २६, २०८२       admin

काठमाडौं,२५ मंसिर । लुम्बिनी लायन्सले विराटनगर किङ्ग्सलाई ४० रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल यात्रा तय गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको क्वालिफायर–२ मा लुम्बिनीले उत्कृष्ट प्रदर्शन गर्दै फाइनल प्रवेश सुनिश्चित गर्यो।

पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३४ रनको मध्यम स्कोर बनाएको थियो। कप्तान रोहित पौडेल र डी’आरसी शटले दोस्रो विकेटमा ६९ रनको महत्त्वपूर्ण साझेदारी गरेर टीमलाई उकासे। शटले सर्वाधिक ४५ रन बनाए भने रोहितले ३० रनको योगदान दिए।

जवाफमा उतरेको विराटनगर १७.५ ओभरमै ९४ रनमा समेटियो। विराटनगरले मात्र ६ रन जोड्दा ३ विकेट गुमाएको थियो। ट्रम्पलमनले लगातार बलमा मार्टिन गप्टिल (२) र लोकेश बम (०) लाई आउट गरे। अर्को ओभरमा शेर मल्लले फाफ डु प्लेसिसलाई ३ रनमै बोल्ड गरेपछि विराटनगर दबाबमा परेको थियो।

विराटनगरका साम हेजलेटले ३४ रन बनाए पनि अन्य ब्याट्सम्यानले साथ दिन नसकेपछि टोली १०० रन पुग्न पनि असफल भयो। नरेन भट्टले २१ रन बनाएर अन्तिमसम्म संघर्ष गरे।

लुम्बिनीका तिलकराज भण्डारी उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए। अभिशेष गौतम, रुबेन ट्रम्पलमन र जेजे स्मिटले २–२ विकेट तथा शेर मल्लले १ विकेट लिए।

विराटनगरतर्फ सुवास भण्डारी र प्रतिश जिसीले ३–३ विकेट लिए। सुवासले ४ ओभरमा मात्र १४ रन खर्चेर शुरुवाती क्षतिका लागि जिम्मेवार बनाए।

लुम्बिनी लायन्सले अब शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्दै उपाधि यात्रामा चुनौती पेश गर्नेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

वडा नं. ७ को नवनिर्मित प्रशासनिक भवन उद्घाटन

   मङि्सर २६, २०८२       admin

दाङ,२५ मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिका–७ मा निर्माण सम्पन्न प्रशासनिक भवन आज एक समारोहका बीच उद्घाटन गरिएको छ। वडा अध्यक्ष रामबहादुर जिसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा नवनिर्मित भवन उद्घाटन गरिएको हो ।

भवन उद्घाटन गर्दै उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले वडाले साँघुरो स्थानबाट सेवा दिनुपर्ने बाध्यता अन्त्य भएको बताए। उनले नयाँ भवन सञ्चालनमा आएसँगै वडाका प्रशासनिक सेवा अझ सहज र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा उपप्रमुख स्यानी चौधरीले भवनअनुसार गुणस्तरीय सेवा दिनु वडाको दायित्व भएको बताइन् । उनले सेवाग्राहीका मागलाई प्राथमिकताका साथ सम्बोधन गर्न आग्रह गरिन्। साथै, भवनको संरक्षणमा नागरिकको सक्रिय भूमिका आवश्यक रहेको उनले उल्लेख गरिन्।

तुलसीपुर उपमहानरगपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पाण्डेले वडालाई नागरिकले प्रत्यक्ष सेवा पाउने सरकारको मूल इकाइ भन्दै नीतिको इमानदार कार्यान्वयन र नागरिक,जनप्रतिनिधि कर्मचारीबीचको समन्वय सुदृढ भएमा उपमहानगरको विकास गति थप तीव्र हुने बताए।

वडा नं. ७ का निर्वतमान वडा अध्यक्ष टोप बहादुर केसीले भवन नहुँदा सेवा प्रवाहमा भएको समस्याको स्मरण गर्दै उनले अबका दिनमा सेवा प्रभाव छिटो छरितो बन्ने अपेक्षा व्यक्त गरे।

कार्यक्रममा तुलसीपुर–३ का अध्यक्ष बिजय बिक, तुलसीपुर–१४ का अध्यक्ष शंकर कुमार खड्का लगायतले वडाको आफ्नै प्रशासनिक भवन बनेपछि सेवा प्रवाहमा सहजता हुने बताएका थिए । सो अवसरमा, मावि कालाखोलाका प्रधानाध्यापक राजीब ओझा, श्री गणेश सामुदायिक वनका अध्यक्ष डिल्लीराज भण्डारी, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले भवनको संरक्षण गर्नु नागरिकको दायित्व रहेको उल्लेख गरेका थिए ।

राप्ती लाइफ केयर अस्पतालको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको थियो भने लायन्स क्लबले निशुल्क खानेपानी वितरण गरेको थियो ।

कार्यक्रममा निवर्तमान वडा अध्यक्ष, वडा सदस्यहरु, विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ब्यक्तिलाई सम्मान गरिएको हो । वडा सदस्य सोभाराम भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडाका कर्मचारी सन्तोष केसीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भिजिट भिसा प्रकरणमा सहसचिवसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा

   मङि्सर २६, २०८२       admin

काठमाडौँ, २५ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा संलग्न रहेको भन्दै सहसचिव तीर्थराज भट्टराईसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले दायर गरेको आरोपपत्रअनुसार सहसचिव भट्टराईसँगै अधिकृत यज्ञराज अर्याल, ग्रीनलाइन होलिडेज प्रालिका अध्यक्ष बालकृष्ण खड्का, फेमिली होलिडेज ट्राभल्स एण्ड टुर्सका सञ्चालक दीपक भण्डारी, राम खड्का, कविता पौडेल र जग्गा कारोबारी खेमप्रसाद सुवेदीलाई प्रतिवादी बनाइएको छ। उनीहरूलाई भिजिट भिसामा विदेश जाने नेपालीबाट अवैध रूपमा रकम असुलेको आरोप छ।

सहसचिव भट्टराईलाई गएको जेठमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको थियो। उनी त्यतिबेला अध्यागमन कार्यालयमा प्रमुखका रूपमा कार्यरत थिए। अख्तियारले भट्टराईविरुद्ध मात्रै ७९ लाख ८० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ।

यससँगै तीन जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पनि दायर गरिएको छ। शुद्धीकरण सम्बन्धी मुद्दामा सहसचिव भट्टराई, कविता पौडेल र खेमप्रसाद सुवेदीलाई प्रतिवादी बनाइएको छ, र उनीहरूमाथि १ करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँ बिगो कायम गरिएको अख्तियारले जनाएको छ।

त्यस्तै, भिजिट भिसा प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि समेत अनुसन्धान जारी रहेको अख्तियारको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भन्सार छलेर ल्याइएको कपडा बरामद

   मङि्सर २६, २०८२       admin

दाङ, २५ मंसिर । इलाका प्रहरी कार्यालय सिसहनियाको गस्ती टोलीले दाङमा ठूलो मात्रामा सामान बरामद गरेको छ। बुधबार राप्ती गाउँपालिका–५ सिसहनिया बजार नजिकै पूर्व–पश्चिम राजमार्गमा नियमित चेकजाँचका क्रममा एक यात्रुबाहक सवारी साधनबाट लुकाइ छिपाइ ल्याइएका कपडा फेला परेका हुन्।

प्रहरीका अनुसार बरामद सामानमा ५ सय पिस सेण्डो र १ हजार पिस अन्डरवेयर रहेका छन्। यी वस्तुको कुल मूल्य १ लाख ७९ हजार १ सय २० रुपैयाँ बराबर रहेको बताइएको छ।

बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कृष्णनगर, कपिलवस्तु पठाइएको प्रहरीको जानकारी छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सरकारले ग¥यो जेनजीसँगको १० बुँदे सम्झौता अनुमोदन

   मङि्सर २६, २०८२       admin

काठमाडौँ,२५मंसिर। नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले सरकार र जेनजी प्रतिनिधिबीच बुधबार सम्पन्न भएको १० बुँदे सम्झौतालाई अनुमोदन गर्दै, सम्बन्धित मन्त्रालयमार्फत उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारी प्रवक्ता जगदीश खरेलले सम्झौतालाई नेपाल राजपत्रको अतिरिक्ताङ्कमा प्रकाशित गरिने जानकारी दिए।

बैठकले भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगको कार्यक्षेत्र विस्तार गर्ने निर्णय पनि गरेको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आयोगमा बयानबारे दिएको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा मन्त्री खरेलले विस्तारित कार्यक्षेत्रसहित आयोगले कानुनअनुसार आफ्नो काम गर्ने विश्वास व्यक्त गरे।

त्यसैगरी, जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक सम्पत्ति तथा भौतिक संरचनाको पुनःमूल्याङ्कन र पुनर्निर्माणका लागि गठित समितिको प्रतिवेदन बैठकमा प्रस्तुत गरिँदै प्रधानमन्त्री सुशीला कार्कीलाई हस्तान्तरण गरिएको थियो।

बैठकले न्याय सेवाका सहसचिव पुष्कर सापकोटालाई सचिवमा बढुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको छ। साथै, समाजकल्याण परिषद्का रिक्त सदस्यसचिव पदमा पनि नयाँ नियुक्ति गरिएको मन्त्री खरेलले बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यबीच भेट

   मङि्सर २६, २०८२       admin

काठमाडौँ,२५ मंसिर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङसँग भेट गरेका छन् । शाक्यले मन्त्रीसंगको भेटमा आफ्नो पुनर्बहालीबारे जानकारी गराएका छन्। सर्वोच्च अदालतले शाक्यलाई कार्यकारी निर्देशकको रूपमा पुनः पदबहाली गर्न आदेश दिएपछि उनी बुधबार प्राधिकरणमा फर्किएका हुन्।

आज बिहीबार शाक्यले मन्त्रालयमा पुगेर मन्त्री घिसिङलाई अदालतको आदेशअनुसार पदमा फर्किएको जानकारी दिए। भेटमा मन्त्री घिसिङले शाक्यलाई विगतका द्वन्द्वभन्दा पनि ‘परिणाममुखी काम’मा ध्यान दिन निर्देशन दिएका छन्। उनले प्राधिकरणको काम प्रभावकारी बनाउन सबैसँग मिलेर अघि बढ्नुपर्ने बताए।

घिसिङले शाक्यलाई बाहिरी प्रभावभन्दा सरकार र प्राधिकरणको हितलाई प्राथमिकता दिन आग्रह गरे। साथै, आवश्यक सामग्रीको अभाव नहुने गरी व्यवस्थापन गर्न निर्देशन पनि दिए।

मन्त्रीको सुझाव सुनेपछि शाक्यले पहिलेझैँ मिलेर, अझ बढी जोसका साथ इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाए। उनले सरकारको नीति र प्राधिकरणको हितलाई प्रमुख मानेर अघि बढ्ने बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज पनि स्थगित

   मङि्सर २६, २०८२       admin

काठमाडौं,२५ मंसिर । सहकारी ठगी र संगठित अपराध आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दाको आजको सुनुवाइ फेरि स्थगित भएको छ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले मुद्दा ‘हेर्न नमिल्ने’ कारण देखाउँदै पेसी सार्ने निर्णय गरेको हो। मुद्दा न्यायाधीश तेजनारायण पौडेल र सागर विष्टको संयुक्त इजलासमा परेको थियो। तर, मिसिलमा जाहेरवालाका कानुन व्यवसायी शालिकराम पौडेलको नाम वकालतनामामा समावेश भएको देखिएकाले सुनुवाइ रोकिएको कानुनी स्रोतले जनाएको छ।

यो घटना बारम्बार दोहोरिँदै आएको छ। कात्तिक १३ गतेको पेसी पनि जोशी पक्षका कानुन व्यवसायीको निवेदनमा स्थगित भएको थियो। लगातार सुनुवाइ नहुदा प्रक्रिया लम्बिँदै गएको छ।

रवि लामिछानेले बिगो बराबरको रकम पेश गरेर बाहिरबाट मुद्दा लड्न पाउने माग गर्दै उच्च अदालतमा पुनरावेदन गरेका छन्। तर, जिल्ला अदालत रूपन्देहीले साउन २६ गते दिएको आदेशअनुसार उनी पुर्पक्षका लागि नख्खु कारागारमै छन्। जोशी भने भैरहवा कारागारमा थुनामा छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology