काठमाडौ,२६ कार्तिक । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल ले देशको समस्या राजनीतिमा नै रहेको भन्दै सुधारको आवश्यकता औंल्याएका छन्।
बुधबार काठमाडौंमा आयोजित समायोजन कार्यक्रममा उनले भने,
“राजनीतिमा अपराधीकरण, व्यापारिकरण, भ्रष्टीकरण, दलालीकरण र ठेकदारीकरणको समस्या छ। यो सुधार्नु नै राजनीतिको पहिलो कर्तव्य हो।”
उनका अनुसार देश बनाउन हावादारी कुरा गरेर होइन, इमानदार सोच, गहिरो अध्ययन र संकल्पसहित अघि बढ्नुपर्ने बेला आएको छ।
“देश बनाउने चिन्ता हामी सबैमा हुनुपर्छ। त्यसका लागि सोच, चिन्तन, धारणा र संकल्प लिएर अघि बढ्नुपर्छ,” उनले जोड दिए।
नेपालले संयोजक र सहसंयोजकबीच विभिन्न विषयमा छलफल भइसकेको बताउँदै, दल दर्ता भएपछि सबै प्रदेशमा पार्टी घोषणाको सन्देश पुर्याउने तयारी भइरहेको जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२६ कार्तिक । अभिनेत्री तथा टेलिभिजन होस्ट रीमा विश्वकर्मा कुलमान घिसिङ समर्थित ‘उज्यालो नेपाल पार्टी’ की केन्द्रीय सदस्य बनेकी छन्।
पार्टीको ५१ सदस्यीय पदाधिकारी सूचीमा बर्दियाकी रीमाको नाम समावेश छ। उनले बुधबार अपरान्ह औपचारिक रूपमा हस्ताक्षर गर्दै पार्टीमा प्रवेश गरेको पुष्टि गरेकी छन्।
‘म औपचारिक रूपमा पार्टीको केन्द्रीय सदस्य बनेकी छु,’ रीमाले भनिन्।
स्रोतका अनुसार बुधबार अपरान्ह उनले नाममा साइन गरेकी हुन्। सो पार्टीमा डकुमेन्ट्री फिल्ममेकर तथा रियालिटी शोका निर्माता श्री गुरुङ र फिल्ममेकर किरण विक पनि सदस्य छन्।
पूर्वसचिव अनुपकुमार उपाध्याय को संयोजकत्वमा गठन गरिएको उज्यालो नेपाल पार्टी केही दिनमै निर्वाचन आयोगमा दर्ता हुने तयारीमा छ।
रीमा पछिल्लो समय टेलिभिजन कार्यक्रम होस्टिङ र केही नयाँ फिल्म परियोजनाको तयारीमा व्यस्त थिइन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२६ कार्तिक । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल उद्योगले बक्यौता बुझाएपछि काटिएको बिजुली लाइन पुनःजोडिएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार उद्योगको कुल २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेकोमा पहिलो किस्ताबापत ८६ लाख ३० हजार रुपैयाँ हिजो बुझाइएको हो।
प्राधिकरणले उद्योगको बक्यौता रकमलाई २८ किस्तामा विभाजन गरेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१६ कार्तिक । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले सुदर्शन खड्कालाई कोशी प्रदेशसभाको सचिवमा नियुक्त गरेका छन्।
प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा संविधानको धारा १९५ को उपधारा (९) बमोजिम बागमती प्रदेश चाँगुनारायण नगरपालिका–४ निवासी खड्कालाई आजका मितिदेखि लागू हुने गरी उक्त पदमा नियुक्त गरिएको हो।
प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित एक समारोहमा प्रमुख खापुङ्गले खड्कालाई नियुक्तिपत्र प्रदान गरेका छन्। उक्त जानकारी कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति मार्फत दिएका हुन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२६ कार्तिक । एमालेका पूर्व उपाध्यक्ष भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएका छन्। मातृभूमि जागरण अभियान, नेपालका संयोजक रावलले बुधबार नेकपाका संयोजक पुष्पकमल दाहाल र सह–संयोजक माधवकुमार नेपालसँग सहमति गरेका हुन्।
सहमति पत्रमा रावलको जिम्मेवारी लगायतका विषय आपसी सहमतिबाट टुंगो लगाइने उल्लेख छ। त्यस्तै, पार्टी एकीकरणका लागि विभिन्न तहमा आवश्यक कार्यदल गठन गर्ने निर्णय पनि गरिएको छ।
एमालेले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि रावलले आफ्नै संयोजकत्वमा मातृभूमि जागरण अभियान सुरु गरेका थिए।
एकीकरणको औपचारिक घोषणा केही बेरमा राष्ट्रिय सभा गृहमा हुँदैछ। नयाँ पार्टीको सचिवालयमा दाहाल, नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहने सहमति भइसकेको छ। दाहाल, नेपाल र रावलबीच भएको त्रिपक्षीय वार्ताबाट रावलको वरीयता निर्धारण हुने जनाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ, २६ कार्तिक । चार दलीय समाजवादी मोर्चा २८ महिनापछि विघटन भएको छ। समाजवादी क्रान्तिको आधार तयार पार्ने, राष्ट्रिय एजेन्डामा समान धारणा बनाउने र भविष्यमा पार्टी एकता गर्ने उद्देश्यले बनेको मोर्चा अन्ततः अस्तित्वमा नरहेको घोषणा गरिएको हो।
मोर्चाका संयोजक समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले बुधबार एक विज्ञप्ति जारी गर्दै मोर्चाबाट अलग भएको घोषणा गरेका हुन्।
विप्लवले जेनजी विद्रोहपछि नेपालको राजनीतिक परिवेशमा व्यापक परिवर्तन आएको र दलहरूबीच नयाँ किसिमका एकता तथा मोर्चाबन्दी सुरु भएकाले समाजवादी मोर्चाको औचित्य समाप्त भएको निष्कर्ष निकालेका छन्।
उनले भनेका छन्, ‘जेनजी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणाहरूमा व्यापक फेरबदल भएका छन्। समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरू एकता भएर नयाँ पार्टी गठन गरिसकेका छन्, यस्तो अवस्थामा मोर्चाको औचित्य समाप्त भएको छ।’
कात्तिक १९ गते मोर्चामा आबद्ध दलहरू — नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादीबीच एकता भएको थियो।
समाजवादी मोर्चा २०८० साल असार ४ गते गठित भएको थियो। त्यतिबेला पूर्व नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर मोर्चा घोषणा गरिएको थियो।
जसपा विभाजनपछि २०८१ साल साउन १ गते मोर्चाबाट बाहिरिएको थियो, सोही दिन महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी मोर्चामा समावेश भएको थियो।
मोर्चाले गठनदेखि अहिलेसम्म ५५ जिल्लामा संगठन विस्तार गरेको, दुई सय पालिकामा पहुँच बनाएको र सातै प्रदेशमा सन्देश सभा तथा काठमाडौँमा दुई पटक ठूला विरोध प्रदर्शन गरेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२५ कार्तिक । पछिल्लो तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ वटा घटना घटेको प्रेस काउन्सिल नेपालले जनाएको छ। काउन्सिलका अनुसार गत साउन १ गतेदेखि असोज ३१ गतेसम्मको अवधिमा यी घटना भएका हुन्।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत तथा प्रवक्ता दीपक खनालका अनुसार तीमध्ये सबैभन्दा बढी आक्रमण र कुटपिटका ३४ घटना रहेका छन्। त्यसैगरी धम्की तथा दुर्व्यवहारका १०, पेसागत असुरक्षाका आठ, कब्जा र अवरोधका पाँच तथा नीतिगत बन्देजका दुई घटना दर्ता भएका छन्।
प्रदेशगत विवरणअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी ४४ घटना भएका छन्। त्यसपछि मधेस प्रदेशमा ६, लुम्बिनीमा ४, कोशीमा ३ र सुदूरपश्चिममा १ वटा घटना घटेका छन्।
लैङ्गिक आधारमा हेर्दा ४३ पुरुष र ३ महिला गरी ४६ जना पत्रकार पीडित भएका छन्। यस्तै, सो अवधिमा प्रेस स्वतन्त्रता दुरुपयोगका दुई घटना समेत दर्ता भएका छन्l एउटा बागमतीमा र अर्को मधेस प्रदेशमा।
यसैबीच, प्रेस काउन्सिल नेपालका प्रतिनिधिहरूले जेन–जी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते काठमाडौं उपत्यकामा सञ्चारमाध्यमहरूमा भएका तोडफोड र आगजनी घटनाको स्थलगत अनुगमन समेत गरेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२५ कार्तिक। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेश प्रदेशकी सांसद कञ्चन विच्छा साहलाई स्पष्टीकरण सोधेको छ।
राप्रपाको केन्द्रीय अनुशासन समितिले एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा गठन भएको सरकारमा सहभागी भएको कारण जनाउँदै सांसद विच्छालाई जवाफ मागेको हो।
समितिले उनलाई २४ घण्टाभित्र लेखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२५ कार्तिक । अब नाम, जन्ममिति, विवाह दर्ता, बसाइँसराईलगायत व्यक्तिगत विवरणमा त्रुटि भएमा एकपटकका लागि मात्र सच्याउन सकिने भएको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली, २०८२’ स्वीकृत गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आउने भएको हो।
यसअघि व्यक्तिगत घटनाका विवरण सच्याउने प्रावधान ऐनमा तोकिएको भए पनि स्पष्टता नहुँदा व्यवहारमा समस्या आइरहेको थियो। त्यही समस्या समाधान गर्न सरकारले यसपटक नियमावलीमा संशोधन गरेको हो।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक सानुबाबु अधिकारीका अनुसार अब व्यक्तिको नाम, ठेगाना, जन्ममिति, विवाह, सम्बन्ध विच्छेद वा मृत्युजस्ता व्यक्तिगत घटनामा त्रुटि परेमा एकपटकका लागि संशोधन गर्न सकिनेछ।
पहिले एक वर्षभित्र मात्र सच्याउनुपर्ने सर्तले नागरिकलाई असहज बनाएको थियो। तर, नयाँ संशोधनले त्यो समयसीमा हटाइदिएको अधिकारीले बताए।
मन्त्रिपरिषद्ले स्वीकृत गरेको यो संशोधन नियमावली राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ। अब व्यक्तिगत घटना विवरण दर्ता वा संशोधनको काम प्रत्येक वडा कार्यालयमा वडासचिवमार्फतै गर्न सकिनेछ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२५ कार्तिक । लुम्बिनी प्रदेशसभाको सातौं हिउँदे अधिवेशन आगामी मंसिर ८ गते सोमबार बस्ने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीका अनुसार संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को निर्णयपछि अधिवेशनका लागि सिफारिस पठाइनेछ।
यस अधिवेशनमा स्थानीय तहका कर्मचारीहरूको सेवा–सुविधासम्बन्धी संशोधन विधेयक र लुम्बिनी अध्ययन अनुसन्धान प्रशिक्षण प्रतिष्ठान विधेयक दर्ता भइसकेका छन्। त्यसैगरी दलित अधिकारसम्बन्धी विधेयक र बडघरसम्बन्धी विधेयक दर्ता गर्ने तयारी भइरहेको छ।
हिउँदे अधिवेशनमा विभिन्न समितिका प्रतिवेदनहरू तथा महालेखा परीक्षकको प्रतिवेदन पनि छलफलका लागि प्रस्तुत गरिनेछ। यसअघि, लुम्बिनी प्रदेशसभाको वर्षे अधिवेशन गत भदौ ३१ गते सम्पन्न भएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस