अफगानिस्तानमा भूकम्पमा परी २४ जनाको मृत्यु

   कार्तिक १, २०८२       admin

काठमाडौ,१८ कार्तिक । उत्तरी अफगानिस्तानमा सोमबार बिहान गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । दर्जनौँ घाइते भएका छन् भने कतिपय क्षेत्रमा पहिरो खस्दा घरहरू ध्वस्त र प्रमुख सडक अवरुद्ध भएका छन् ।

भूकम्पको केन्द्र समानगन प्रान्तको खुल्म क्षेत्र, करिब २८ किलोमिटर गहिराइमा रहेको बताइएको छ । समानगन, बाल्ख, सार-ए-पोल, बागलान र कुन्दुजमा ठूलो क्षति पुगेको अधिकारीहरूले जनाएका छन् । विशेष गरी काबुल र मजार-ए-शरीफ बीच पर्ने पहाडी बस्तीहरू बढी प्रभावित भएका छन्, जहाँ माटो–इँटाका कम तल्लाका घरहरू ठूलो संख्यामा भत्किएका छन् ।

आफ्नो घर भत्किँदा बुहारी गुमाएका स्थानीय गुलाबुद्दिनले भावुक हुँदै भने, “राति १ बजेतिर भूकम्प गएपछि म त बाहिर निस्किन भ्याएँ, तर मेरी बुहारी ज्यान जोगाउन सकिनन् । उनी गर्भवती थिइन्, विवाह भएको १० महिना मात्रै भएको थियो । अब न घर बाँच्यो, न बस्ने ठाउँ नै छ ।”

चाइना मिडिया ग्रुपद्वारा कैद दृश्य अनुसार काबुल–मजार राजमार्गमा चट्टान खस्दा सडक बन्द भएको छ । केही सवारी साधन भग्नावशेषमा पुरिएपछि यात्रुहरू बीचमै अलपत्र परेका छन् ।

अफगान स्वास्थ्य मन्त्रालयका अनुसार उद्धार टोलीहरू घटनास्थलमा परिचालन भइसकेका छन् । अस्पतालहरूलाई उच्च सतर्कतामा राखिएको छ । भूकम्पमा परेर घाइते भएका नुर मोहम्मदले भने, “कम्पनका बेला म दोस्रो तलाबाट खस्न पुगें । अहिले उपचार भइरहेको छ ।”

भारतीय र युरेसियन प्लेटको सङ्घात क्षेत्र नजिक रहेको अफगानिस्तान उच्च भूकम्पीय जोखिमयुक्त मुलुक मानिन्छ । यस वर्षकै अगस्ट ३१ मा पूर्वी क्षेत्रमा गएको ६ म्याग्निच्युडको भूकम्पमा २,२०० भन्दा बढीले ज्यान गुमाएका थिए । सन् २०२३ मा पनि उत्तरपश्चिम क्षेत्रमा गएको शक्तिशाली भूकम्पले हजारौँको ज्यान लिएको इतिहास छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

क्युआर राखिएको लाइसेन्स छाप्न सुरु

   कार्तिक १, २०८२       admin

काठमाडौ,१८ कार्तिक । लामो समयदेखि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) कार्ड छपाइ प्रक्रिया पुनः सुरु भएको छ। सरकारको निर्देशनमा यातायात व्यवस्था विभागले सोमबारदेखि अति आवश्यक परेका सेवाग्राहीहरूको लागि लाइसेन्स छाप्ने कार्य अघि बढाएको हो।

विभागका निर्देशक नरहरि तिवारीका अनुसार सुरक्षण मुद्रण केन्द्रलाई करिब १ हजार सेवाग्राहीहरूको डाटा पठाइएको छ। विभागले दैनिक पाँच सयदेखि एक हजारको दरले डाटा उपलब्ध गराउने योजना बनाएको छ। केन्द्रले अर्को हप्तादेखि कार्ड छाप्न सुरु गर्ने तयारी गरेको छ।

“ अति आवश्यक परेका सेवाग्राहीहरूको लागि लाइसेन्स कार्ड छाप्ने प्रक्रिया सुरु भएको हो,” तिवारीले बताए। उनका अनुसार दुई महिनाभित्र करिब १२ लाख सेवाग्राहीहरूको डाटा मुद्रण केन्द्रमा पठाइनेछ।

विदेशमा अध्ययन गर्न, वैदेशिक रोजगारीमा जान तथा शान्ति सेनामा सहभागी हुन लागेकाहरूका लागि प्राथमिकताका साथ लाइसेन्स उपलब्ध गराइने विभागले जनाएको छ। यस्तै सेवाग्राहीहरूले विभागको कार्यालयमा गई फाराम भरेर तत्काल कार्डको लागि आवेदन दिन सक्नेछन्।

‘जेनजी आन्दोलन’का क्रममा विभागको लाइसेन्स छाप्ने मेसिन र प्रणाली जलेपछि सेवा ठप्प भएको थियो। यसले हजारौं सेवाग्राहीलाई समस्या पारेपछि विभागले सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरेको हो।

सुरक्षण मुद्रण केन्द्र सम्बन्धी ऐन–२०८१ अनुसार बैंकनोट, पासपोर्ट, नागरिकता, राष्ट्रिय परिचयपत्र र लाइसेन्स कार्डजस्ता सरकारी कागजात केन्द्रकै मार्फत छापिने व्यवस्था गरिएको छ।

विभागका अनुसार हालसम्म ३५ लाख सेवाग्राहीले लाइसेन्स कार्ड पाइसकेका छन् भने २५ लाख भन्दा बढी अझै पर्खाइमा छन्। हाल केन्द्रसँग १२ लाख कार्ड छाप्ने सम्झौता भएको छ।

यसअघिका कार्डमा रहेको चिप्स हटाएर नयाँ कार्डमा क्युआर कोड राखिएको छ। कार्डमा १८ वटा सुरक्षण फिचर हुने र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तयार गरिने निर्देशक तिवारीले बताए।

उनका अनुसार छपाइ सम्पन्न भएपछि विभागले केन्द्रलाई प्रति कार्ड २२५ रुपैयाँ प्रदान गर्नेछ। यद्यपि सेवाग्राहीबाट शुल्क उठाउने जिम्मा प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयमै रहनेछ।

विभागले निकट भविष्यमै अनलाइनबाट फाराम भर्ने, राजस्व बुझ्ने र परीक्षा प्रणाली पनि पुनः सुरु गर्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सिमेन्ट बोकेको ट्रक दुर्घटना

   कार्तिक १, २०८२       admin

दाङ, १८ कार्तिक । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत बेलझुण्डी रंगशाला गेट नजिक सिमेन्ट बोकेको ट्रक सोमबार राति दुर्घटनामा परेको छ।

ना.६ ख ४७७० नम्बरको सोना श्री सिमेन्ट बोकेको ट्रक सडकको मोडमा नियन्त्रण गुमाएर सडक छेउमा पल्टिएको स्थानीयले बताएका छन्। दुर्घटनामा मानवीय क्षति नभए पनि ट्रक र त्यसमा रहेको सिमेन्टमा क्षति पुगेको छ।

घटनापछि इलाका प्रहरी कार्यालय तुलसीपुरको टोली राति नै घटनास्थल पुगेको र ट्रक तथा मालसामानको सुरक्षा गर्दै सडकमा भएको ट्राफिक अवरोध हटाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मुसहर बस्तीमा झाडापखालाको प्रकोप :बस्ती ‘सिल’

   कार्तिक १८, २०८२       admin

सप्तरी, १७ कार्तिक । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरमस्थित मुसहर बस्तीमा झाडापखालाको प्रकोप फैलिँदा एक साताभित्र एकै परिवारका तीन जनाको ज्यान गएको छ। थप संक्रमण फैलिन नदिन सोमबारदेखि सो बस्तीलाई ‘सिल’ गरी उपचार कार्य सुरु गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीका अनुसार बस्तीका मानिसलाई बाहिर जान रोक लगाइएको छ र आवश्यक वस्तु त्यहीँमै उपलब्ध गराइने व्यवस्था गरिएको छ। उनले भने, “आइतबारदेखि स्वास्थ्यकर्मीको टोलीले स्थलगत उपचार सुरु गरिसकेको छ, अहिले अवस्था नियन्त्रणमा आइसकेको छ, आत्तिनुपर्ने स्थिति छैन।”

दिसा नमुना परीक्षणका क्रममा नौ जनामध्ये तीन जनामा हैजा (कोलेरा) पोजेटिभ देखिएको छ। ती नमुना प्रादेशिक प्रयोगशाला जनकपुरधाम पठाइएको छ। पोजेटिभ देखिएका व्यक्तिहरूमा स्थानीय सुरज सदाका तीन वर्षीय छोरा मनीष, शिवकुमार सदाका सात वर्षीय छोरा अमन र सुबोध सदाकी ३० वर्षीया श्रीमती रेखादेवी सदा रहेका छन्।

तीनै जनाको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भइरहेको छ र उनीहरूको स्वास्थ्य सुधारोन्मुख रहेको अध्यक्ष चौधरीले बताए। गाउँपालिकाले विपद् व्यवस्थापन समितिको निर्णयअनुसार २४ घण्टा उपचारका लागि चार जना स्वास्थ्यकर्मी खटाएको छ।

हैजा फैलिएको वडाका विद्यालयहरू तीन दिनका लागि बन्द गरिएका छन्। दूषित पानीको स्रोत बन्द गरी प्रशोधित पानी वितरण थालिएको छ।

झाडापखालाबाट ज्यान गुमाएका बुचन सदाको परिवारलाई राहत सामग्री र किरिया खर्चका लागि सहयोग गरिएको अध्यक्ष चौधरीले जानकारी दिए। कात्तिक ६ गते उनका एक वर्षीय छोरा सञ्जीव, ११ गते ६८ वर्षीय बुवा लक्ष्मण र १४ गते चार वर्षीया छोरी राघिनीको मृत्यु भएको थियो।

सदाय समुदाय ऐलानी जमिनमा बसोबास गर्दै आएको र अधिकांशको जीविकोपार्जन मजदुरीमा निर्भर रहेको छ। सरसफाइको कमी नै रोग फैलिनुको मुख्य कारण भएको अध्यक्ष चौधरीको भनाइ छ। उनले भने, “हामीले साबुन, स्यानिटाइजर र नेल कटर वितरण गरेर प्रयोग गर्न सिकाएका हौं, तर उनीहरूले सरसफाइलाई प्राथमिकता नदिँदा समस्या दोहोरिने गरेको छ।”

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दोलखामा हिमपहिरोः तीनजनाको मृत्यु, आठजना बेपत्ता

   कार्तिक १८, २०८२       admin

दोलखा, १७ कार्तिक । दोलखा गएको हिमपहिरोमा परेरर तीनजनाको मृत्यु भएको छ । जिल्लाको गौरीशङ्कर गाउँपालिका–९ स्थित रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविर नजिक आज बिहान गएको हिमपहिरोमा परेर तीनजनाको मृत्यु भएको छ भने आठजना बेपत्ता भएका छन्।

गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत आरोहणका लागि गएका १५ जना विदेशीसहित स्वदेशी पथप्रदर्शकको टोली बिहान करिब ९ बजे हिमपहिरोमा परेको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । मृत्यु हुनेमध्ये एक विदेशी र दुई नेपाली रहेका छन्।

घटनापछि अन्यको अवस्थाबारे यकिन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ। उद्धार कार्यका लागि स्थानीय प्रशासनले पहल गरे पनि ढिलाइ भएको वडाध्यक्ष निमगेली शेर्पाले बताए। उनका अनुसार रोल्वालिङ क्षेत्र प्रतिबन्धित क्षेत्र भएकाले हेलिकप्टर उडानका लागि अनुमति लिन ढिलाइ हुँदा उद्धार प्रभावित भएको हो।

हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको र बेपत्ताहरूको खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ। तर, प्रतिकूल मौसमका कारण हेलिकप्टर घटनास्थलमा पुग्न नसकेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एमाले महाधिवेशन: ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाइने

   कार्तिक १८, २०८२       admin

काठमाडौ,१७ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को आगामी ११औं राष्ट्रिय महाधिवेशन काठमाडौमा हुने तय भएको छ । महाधिवेशनमा ४० वर्षमुनिका युवालाई पनि प्रतिनिधिका रूपमा सहभागी गराइने भएको छ।

देशभरबाट करिब २ हजार १०० जना प्रतिनिधि सहभागी हुने महाधिवेशनमा प्रत्येक प्रतिनिधिसभा क्षेत्रबाट चार जना प्रतिनिधि चयन गरिँदैछ, जसमा एक जना अनिवार्य रूपमा ४० वर्षमुनिका युवा हुने एमालेले जनाएको छ।

एमाले केन्द्रीय सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार, चार प्रतिनिधिमध्ये दुई जना खुला, एक जना महिला र एक जना युवा हुने गरी चयन प्रक्रिया तय गरिएको हो।

पार्टीले एक प्रतिनिधिसभा क्षेत्रमा रहेका एक हजार २०० सदस्य बराबर चार जना प्रतिनिधि सहभागी हुन पाउने व्यवस्था गरेको छ। त्यस्तै, अनेरास्ववियु र युवासंघ नेपालबाट पनि पाँच–पाँच जना ४० वर्षमुनिका युवा प्रतिनिधि सहभागी हुने निश्चित गरिएको अधिकारीले बताए।

उनका अनुसार अन्य संगठन र कमिटीहरूबाट पनि प्रतिस्पर्धा गरेर महाधिवेशनमा सहभागी हुने अवसर खुला रहनेछ। साथै, महाधिवेशनमा कम्तीमा एकतिहाइ महिला प्रतिनिधि सुनिश्चित गरिएको पार्टीले जनाएको छ।

महाधिवेशनका लागि प्रतिनिधि चयन मङ्सिर १३ गते देशभर एकैदिन गरिनेछ भने ११औं राष्ट्रिय महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा स्कुटी ठक्करबाट बालक घाइते

   कार्तिक १८, २०८२       admin

दाङ,१७ कार्तिक । स्कुटरले ठक्कर दिदा तुलसीपुरमा एक बालक घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीमा स्कुटीको ठक्करबाट एक बालक घाइते भएका छन्।

नेपालगञ्जबाट तुलसीपुरतर्फ जादै गरेको रा ६ प ३१२४ नम्बरको स्कुटीले पैदल हिँडिरहेका ८ वर्षीय विमल शाहीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। घाइते शाही गंगा बहादुर शाहीका छोरा हुन्।

ठक्करबाट टाउको र शरीरमा भित्री चोट लागेका शाहीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सिटी अस्पताल लगिएको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

स्कुटी चालक तुलसीपुर–७ बस्ने २१ वर्षीय राजेश बिकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहित घोषणा गरिने

   कार्तिक १८, २०८२       admin

काठमाडौ,१७ कार्तिक। सरकारले जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहिद घोषणा गर्ने भएको छ। जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए। उनले थपका बारेमा अध्ययन भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हिमपहिरोका कारण मनास्लु पुगेका केहि पर्यटक घाइते र बेपत्ता

   कार्तिक १८, २०८२       admin

काठमाडौ, १७ कार्तिक। केही दिनअघिको अविरल वर्षा र हिमपातका कारण मनास्लु क्षेत्रमा पदयात्रा र आरोहणका लागि पुगेका पर्यटकहरू कठिनाइमा परेका छन्। हिमपहिरो र ढुंगापातका घटनामा परेर केही पर्यटक घाइते भएका छन् भने केही बेपत्ता रहेका छन्।

सामागाउँबाट फर्कंदै गर्दा गत शुक्रबार चुमनुव्री गाउँपालिका–३ न्याकफेदीमा माथिबाट खसेको लेदो पहिरोमा परेर चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा बेपत्ता भएकी छन्। स्थानीयको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजी कार्यमा खटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

यसैबीच, पाङबारी हिमाल आरोहणका क्रममा हिमपातमा फसेका दुई इटालियन नागरिक अझै सम्पर्कविहीन छन्। ६७ वर्षीय स्टेफानो फारोनाटो र ३७ वर्षीय एलेस्यान्ड्रो गपुटो सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ। उनीहरूसँगै गएका अन्य एक इटालियन र तीन नेपालीको भने उद्धार गरिएको छ।

प्रहरीका अनुसार उनीहरू यही कात्तिक १२ गतेदेखि सम्पर्कविहीन भएका हुन्। मौसम बिग्रिएपछि उनीहरूले क्याम्प बनाएर बसेका थिए तर त्यसपछि सम्पर्क टुटेको बताइन्छ। काठमाडौंबाट खटिएको पर्वतीय खोज तथा उद्धार टोली हेलिकोप्टरमार्फत साम्दो पुगेर खोजी कार्यमा जुटेको छ।

त्यस्तै, चुमनुव्री गाउँपालिका–५ बुर क्षेत्रमा माथिबाट खसेको ढुंगाले लागेर काठमाडौं टोखा नगरपालिका–६ का ४४ वर्षीय मिनुइन्द्र लम्साल गम्भीर घाइते भएका छन्। मौसम खराबीका कारण तीन दिनसम्म उद्धार हुन नसके पनि अन्ततः सिम्रिक एयरको हेलिकोप्टरमार्फत उनको उद्धार गरी काठमाडौं पुर्‍याइएको प्रहरीले जनाएको छ।

मौसम खुल्नासाथ मनास्लु क्षेत्रमा अलपत्र परेका अन्य पर्यटकहरूको उद्धार पनि धमाधम भइरहेको छ। हिजोआज हेलिकोप्टरमार्फत लगातार उद्धार उडान भइरहेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीले पनि उद्धारमा सहयोग गरिरहेको छ।

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार कात्तिक २ देखि १६ गतेसम्म २ हजार ५३४ जना पर्यटक उक्त क्षेत्रमा पुगेका थिए। तीमध्ये करिब २ हजार जनाको उद्धार भइसकेको र अरूको उद्धार कार्य जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

यसैबीच, अविरल वर्षाका कारण चुमनुब्री गाउँपालिका–३ पाङसिङमा लेदो सहितको पहिरोले चार घरमा क्षति पुर्‍याएको छ। स्थानीय जुकबहादुर गुरुङ, सर्किनी गुरुङ, धन्डुक गुरुङ र कमला गुरुङका घर पहिरोले क्षतिग्रस्त भएका हुन्। पहिरोले केही पशुचौपाया र घरायसी सामग्री बगाएको र पीडितहरू हाल आफन्तको घरमा आश्रय लिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मन्त्रीबाट राजिनामा दिने तयारीमा कुलमान

   कार्तिक १८, २०८२       admin

काठमाडौ ,१७ कार्तिक । ऊर्जामन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिने तयारी गरेका छन्। सुशीला कार्की नेतृत्वको गैरदलीय सरकारमा तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका घिसिङले राजीनामा दिएर नयाँ दल दर्ता गर्ने तयारी गरेका हुन्।

हाल घिसिङले भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। उनी काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसहित केही दिनभित्रै नयाँ दल दर्ता गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ।

कार्की नेतृत्वको सरकार गैरदलीय भएकाले नयाँ दलमा आबद्ध भएपछि नैतिक प्रश्न उठ्ने भन्दै घिसिङले दल दर्ताका लागि निवेदन दिनुअघि नै मन्त्री पदबाट राजीनामा दिने तयारी गरेको बताइएको छ।

केही दिनअघि बालुवाटारमा सम्पादकहरूसँगको भेटमा प्रधानमन्त्री कार्कीले मन्त्रीहरूलाई चुनाव लड्ने तयारीबारे सोध्दा अरू मन्त्रीले आफूहरू त्यस्तो तयारीमा नरहेको प्रतिक्रिया दिएका थिए। तर, घिसिङले कुनै प्रतिक्रिया नदिई मौन बसेका थिए।

घिसिङ नेतृत्वमा गठन हुन लागेको नयाँ दलमा रास्वपा छाडेकी सुमना श्रेष्ठ र सागर ढकाल सहभागी हुने भएका छन्। आउँदो फागुन २१ गतेका लागि तय गरिएको चुनावी प्रयोजनका लागि दल दर्ता गर्न कात्तिक ३० गतेसम्मको समय तोकिएको छ।

निकट स्रोतका अनुसार कुलमान नेतृत्वको दललाई ‘जेनजी पार्टी’ नाम दिएर अघि बढाउने योजना रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology