एकैदिन २० हजार ५ सयले बढ्यो सुनको मूल्य

   जेठ १७, २०८३       admin

दाङ,१७ जेठ । सरकारले सुनको भन्सार दर बढाएपछि सुनको मूल्य एकैदिन ह्वात्तै बढेको छ।

आइतबार सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि शुक्रबार सुनको मूल्य २ लाख ९० हजार ६०० रुपैयाँ थियो।

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुनको भन्सार दर १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएको छ। यही कारण सुनको मूल्य बढेको हो।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी तोलामा ५ हजार ३४५ रुपैयाँ पुगेको छ। शुक्रबार भने चाँदी ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रुकुम पश्चिममा अन्तरजिल्ला समन्वय बैठक

   जेठ १७, २०८३       admin

रुकुम पश्चिम ,१७ जेठ । रुकुम पश्चिममा तीन जिल्लाबीच अन्तरजिल्ला समन्वय बैठक बसेर आपसी सहकार्य र समन्वय बढाउने सहमति गरिएको छ।

शनिबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा भएको बैठकमा डोल्पा, जाजरकोट र रुकुम पश्चिमका प्रतिनिधि सहभागी थिए।

बैठकमा सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन र नागरिक सेवाका विषयमा सहकार्य गर्ने निर्णय गरिएको हो। बैठकमा भेरी करिडोरअन्तर्गत दामाचौर र मुलातार क्षेत्रमा वर्षायाममा खोलामा पानी बढ्दा हुने समस्याबारे पनि छलफल भएको थियो। यस समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक समन्वय गर्ने निर्णय गरिएको छ।

त्यस्तै, जाजरकोटमा रहेको भेरी करिडोर कार्यालय डोल्पाको दुनैमा सार्न पहल गर्ने सहमति भएको छ।
तीन जिल्लाबीच सडक, सुरक्षा, यातायात, विपद् जोखिम न्यूनीकरण र नागरिक सेवाका विषयमा निरन्तर सहकार्य गर्ने पनि निर्णय गरिएको छ।


बैठकमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

टिकटकर तुलसा अधिकारी पक्राउ

   जेठ १७, २०८३       admin

काठमाडौ,१७ जेठ । टिकटकर तुलसा अधिकारी (तुलसी अधिकारी) पक्राउ परेकी छन्। इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी भएपछि उनलाई थाइल्यान्डमा पक्राउ गरिएको हो।
उनीमाथि ‘तुलसा कलेक्सन’ नाममा ठगी गरेको आरोप छ। पक्राउपछि उनलाई शनिबार काठमाडौँ ल्याइएको छ।

हाल उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
उनीविरुद्ध जिल्ला अदालत ललितपुरमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी सम्बन्धी मुद्दा चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बुबाले गरे छोराको हत्या

   जेठ १७, २०८३       admin

काठमाडौ,१७ जेठ । घरायसी विवादका क्रममा नवलपुरको गैंडाकोटमा बुबाले आफ्नै छोराको हत्या गरेका छन्।

गैंडाकोट नगरपालिका–१५ चिन्तामणी टोलका ६३ वर्षीय डम्मर गिरीले ४३ वर्षीय छोरा शंकर गिरीमाथि खुर्पा प्रहार गरेका हुन्।

शनिबार राति करिब १० बजे बुबा–छोराबीच सामान्य भनाभनबाट सुरु भएको विवाद चर्किँदा डम्मर गिरीले छोराको टाउकोमा खुर्पाले प्रहार गरेका थिए। गम्भीर घाइते भएका शंकरलाई उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो।

उपचारका क्रममा राति १०:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।प्रहरीले घटनामा प्रयोग भएको खुर्पा बरामद गरेको छ। आरोपी बुबालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मुस्ताङमा लेक लागेर १३ पर्यटकको मृत्यु

   जेठ १७, २०८३       admin

काठमाण्डौ,१७ जेठ । मुस्ताङमा लेक (उचाइको असर) लागेर चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म १३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये ९ जना विदेशी र ४ जना नेपाली पर्यटक रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार उच्च उचाइका कारण अक्सिजन कम हुँदा यस्तो समस्या देखिने गर्छ। मृत्यु हुनेमा नेपालीतर्फ ३ पुरुष र १ महिला तथा विदेशीमा ७ पुरुष र २ महिला रहेका छन्।

मुक्तिनाथ दर्शन गर्न आएका पर्यटकहरू वारागुङ मुक्ति क्षेत्र र घरपझोङ गाउँपालिकामा बिरामी भई जोमसोम अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका हुन्।

मुस्ताङमा विशेष गरी भारतीय पर्यटकहरूमा लेक लाग्ने समस्या बढी देखिएको छ। समथर ठाउँबाट सिधै उच्च हिमाली क्षेत्रमा पुग्दा शरीरले अनुकूलन गर्न नसक्दा यस्तो हुन्छ।

लेक लाग्ने समस्या कम गर्न विभिन्न निकायले सचेतनामूलक कार्यक्रम, साइनबोर्ड र जानकारी दिने काम गर्दै आएका छन्। होटलहरूमा अक्सिजन सिलिन्डर र औषधिको व्यवस्था पनि गरिएको छ।

स्वास्थ्यकर्मीका अनुसार उच्च स्थानमा जाँदा बिस्तारै यात्रा गर्नु, बीचमा विश्राम लिनु र शरीरलाई अनुकूल बनाउनु आवश्यक हुन्छ। विशेषगरी वृद्ध, बिरामी र शारीरिक रूपमा कमजोर व्यक्तिलाई बढी जोखिम हुन्छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेकपा संयोजक दाहाल अस्पताल भर्ना

   जेठ १६, २०८३       admin

काठमाडौ,१६ जेठ । । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्।

ज्वरो र रुघाखोकी बढेपछि उनलाई आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनका निजी सचिव गोविन्द आचार्यले जानकारी दिएका छन्।

दाहालमा टाइफाइडको लक्षण देखिएको र केही दिन अस्पतालमै राखेर उपचार गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सगरमाथा आरोहणका क्रममा ७ जनाको मृत्यु

   जेठ १६, २०८३       admin

काठमाडौ,१६ जेठ। सन् २०२६ को वसन्त याममा सगरमाथासहित विभिन्न हिमाल आरोहणका क्रममा हालसम्म ७ जनाको मृत्यु भएको छ।

पर्यटन विभागका अनुसार मृत्यु हुनेमा २ जना भारतीय आरोही पनि रहेका छन्। सगरमाथा आरोहण सफल गरेर फर्किने क्रममा भारतीय नागरिक अरुणकुमार तिवारी र सन्दीप आरेको ज्यान गएको हो।

त्यस्तै, खुम्बु आइसफल क्षेत्रमा ३५ वर्षीय गाइड विजय घिमिरेको यसअघि नै मृत्यु भएको थियो। उनी सोलुखुम्बुका निवासी हुन्।

यसअघि आधार शिविर नजिकै गाइड लाक्पा डेन्डी शेर्पाको लडेर मृत्यु भएको थियो। त्यस्तै फुरा गेल्जेन शेर्पाको पनि निधन भएको छ।

मकालु हिमाल आरोहणका क्रममा डेभिड रोबिनेक र जोहानसेन शेलीको पनि मृत्यु भएको विभागले जनाएको छ।

मृत्यु भएकामध्ये अरुणकुमार तिवारीको शव भने हिमालमै छाडिने भएको छ। परिवारले धार्मिक विश्वास, खर्च र कठिनाइका कारण शव उतार्न नसकिने भन्दै सगरमाथा क्षेत्रमै राख्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दक्षिण सुडानमा ७२ लाख बढी नागरिकलाई खाद्य सहायता आवश्यक: संयुक्त राष्ट्रसंघ

   जेठ १६, २०८३       admin

काठमाडौ,१६ जेठ । द्वन्द्वग्रस्त दक्षिण सुडानमा ७२ लाखभन्दा बढी मानिसलाई तत्काल खाद्य सहायता आवश्यक भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

दक्षिण सुडानका लागि विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का देश निर्देशक मुटिन्ता चिमुकाका अनुसार ती नागरिकलाई तत्काल खाद्यान्न सहयोग आवश्यक छ। उनले स्थिति निकै गम्भीर रहेको र मानिसको ज्यान बचाउन तुरुन्त सहयोग आवश्यक भएको बताए।

संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख टम फ्लेचरले पनि गएको महिना दक्षिण सुडान भोकमरीको ठूलो जोखिममा रहेको चेतावनी दिएका थिए।

दक्षिण सुडानले सन् २०११ मा सुडानबाट स्वतन्त्रता पाए पनि त्यसपछि गृहयुद्धमा फसेको थियो। त्यहाँ गरिबी, भ्रष्टाचार र असुरक्षा अझै बढ्दो अवस्थामा छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा तीनदिने विज्ञान लेखन तथा पत्रकारिता तालिम सन्चालन

   जेठ १६, २०८३       admin

दाङ,१६ जेठ । दाङमा विज्ञान लेखन तथा पत्रकारिता सम्बन्धी तीनदिने तालिम आजदेखि सुरु भएको छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्द्धन मन्त्रालय र नेपाल पत्रकार महासंघ दाङ शाखाको संयुक्त आयोजनामा सुरु भएको तालिम जेठ १६, १७ र १८ गतेसम्म सञ्चालन हुनेछ। तालिममा दाङका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरू र विज्ञान विषयमा अध्ययन/अध्यापनरत शिक्षक ,विद्यार्थीहरुको सहभागिता रहेको छ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको हो।

कार्यक्रममा बोल्दै गौतमले समाज रूपान्तरणका लागि राजनीति मात्र पर्याप्त नहुने बताए। उनले पछिल्लो समय विज्ञान र प्रविधिको भूमिका झन् महत्वपूर्ण बन्दै गएको उल्लेख गरे।

त्यस्तै, प्लानेटेरियम, वेधशाला तथा विज्ञान संग्रहालयका कार्यकारी निर्देशक सनतकुमार शर्माले विज्ञान पत्रकारिताको विकासका लागि तालिम आयोजना गरिएको जानकारी दिए। उनले विज्ञानसम्बन्धी विषयलाई प्रभावकारी रूपमा समाजसम्म पुर्‍याउन पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए।

केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभाग, त्रिभुवन विश्वविद्यालयका प्रमुख प्रा. डा. कुन्दन अर्यालले पत्रकारितामा विषयगत विविधता आवश्यक रहेको बताए।

उनले राजनीति मात्र होइन, विज्ञान, प्रविधि लगायत अन्य क्षेत्रमा पनि विशिष्टीकृत रिपोर्टिङ गर्नुपर्नेमा जोड दिए। कार्यक्रमको सहजीकरण महासंघका सचिव जेएन सागरले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आज आठौं राष्ट्रिय महिला अधिकार दिवस

   जेठ १६, २०८३       admin

दाङ,१६ जेठ ।आज आठौँ राष्ट्रिय महिला अधिकार दिवस मनाइँदैछ। २०६३ साल जेठ १६ गते प्रतिनिधिसभाले महिला अधिकारसँग सम्बन्धित चार वटा महत्वपूर्ण प्रस्ताव पास गरेको सम्झनामा यो दिवस मनाउने गरिन्छ।

यस वर्ष ‘महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने नारासहित दिवस मनाइँदैछ।

दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई देश विकासको मुख्य आधार बनाउनुपर्ने बताएका छन् । उनले लैङ्गिक समानता कायम गर्न यो दिवसले थप ऊर्जा दिने विश्वास व्यक्त गरेका छन् ।

यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलालाई आफ्नो अधिकारबारे सचेत बनाउन र शिक्षा, नेतृत्व, उद्यम र सामाजिक क्षेत्रमा सहभागी गराउन आवश्यक रहेको बताएका छन् ।

उनका अनुसार आमा वा बुबाको नामबाट नागरिकता पाउने व्यवस्था, राज्यका निकायमा कम्तीमा एक तिहाइ महिला सहभागिता र विभेदकारी कानुन हटाउनेजस्ता उपलब्धि महत्वपूर्ण छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology