काठमाडौ,१३ कार्तिक । बिपी राजमार्गको बाढी प्रभावित भागको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता गरिएको छ।
गत असोजमा आएको बाढी र पहिरोका कारण क्षति पुगेका विभिन्न खण्डहरूको पुनर्निर्माणका लागि जापान सरकारले नेपाल सरकारलाई २ अर्ब ६० करोड रुपैयाँ बराबरको (२ अर्ब ८० करोड जापानी येन) अनुदान सहायता प्रदान गर्ने भएको हो।
महोत्तरीको बर्दिबासदेखि काभ्रेपलाञ्चोकको धुलीखेलसम्म फैलिएको १५९ किलोमिटर लामो बिपी राजमार्ग नेपालका प्रमुख राष्ट्रिय राजमार्गमध्ये एक हो। उक्त राजमार्ग पनि जापान सरकारकै अनुदान सहयोगमा निर्माण गरिएको थियो।
गत वर्षको विनाशकारी बाढी र पहिरोका कारण राजमार्गका विभिन्न भागहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका थिए, विशेष गरी रोशी नदी आसपासका क्षेत्रहरू पूर्ण रूपमा नष्ट भएका थिए।
अनुदान सहायतासम्बन्धी एक्स्चेन्ज अफ नोट्समा नेपाल सरकारका तर्फबाट अर्थसचिव घनश्याम उपाध्याय र जापानका तर्फबाट नेपालका लागि राजदूत महामहिम तोरु माएदाले हस्ताक्षर गरेका छन्।
त्यसैगरी, अनुदान सम्झौतामा नेपालको तर्फबाट अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (JICA) नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीले हस्ताक्षर गरेका छन्।
अर्थमन्त्री यादव खनालले जापान नेपालका लागि एक विश्वसनीय र भरोसायोग्य विकास साझेदार भएको उल्लेख गर्दै प्रदान गरिएको अनुदान नेपाल–जापान मित्रता र सहकार्यको महत्वपूर्ण प्रतीक भएको बताए।
त्यस्तै, जापानी राजदूत महामहिम तोरु माएदाले यो अनुदान सहयोगले बिपी राजमार्गका क्षतिग्रस्त भागहरूको पुनःस्थापना र मर्मत कार्यमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१३ कार्तिक । सरकारले सरकारले ‘जेनजी सुधार कार्यक्रम’ कार्ययोजना ल्याउने भएको छ । आज बिहिबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले ‘जेनजी सुधार कार्यक्रम’ नामक कार्ययोजना बनाउन निर्णय गरेको हो।
२०७८ साल भदौ २२ र २३ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटना र क्षतिको समग्र मूल्याङ्कन गर्दै सुधारका उपायसमेत समेटिएको कार्ययोजना तयार पार्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइएको छ। बैठकले कार्ययोजना आगामी २०८१ कात्तिक १६ गतेभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गर्नुपर्ने जनाएको छ।
बैठकपछि मुख्यसचिव अर्यालद्वारा जारी विज्ञप्तिअनुसार, आन्दोलनबाट प्रभावित क्षेत्रहरूमा राहत, पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणका कार्यलाई तीव्र पार्ने निर्णय गरिएको छ। साथै, जनधनको क्षतिको विस्तृत विवरण संकलन गरी राष्ट्रिय योजना आयोगको अनलाइन पोर्टलमा अभिलेख राख्ने व्यवस्था मिलाइने पनि उल्लेख छ।
आन्दोलनले प्रभावित पारेका विद्यालय, स्वास्थ्य संस्था, आवास र अन्य सार्वजनिक संरचनाको पुनर्निर्माण कार्य तत्काल सुरु गरिने र त्यसका लागि आवश्यक स्रोत, जनशक्ति तथा स्थानीय तहसँगको समन्वय गृह मन्त्रालयको संयोजनमा अघि बढाइने निर्णय बैठकले गरेको छ।
त्यसैगरी, सूचना तथा सञ्चार मन्त्रालयलाई सञ्चार प्रणाली, आपतकालीन सेवा र उद्धार कार्यमा अवरोध नआओस् भनेर तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। पुनर्निर्माण र सुधारका काममा स्वदेशी सामग्री र प्रविधिको प्रयोगलाई प्राथमिकता दिने निर्णय पनि बैठकले गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
बैतडी,१३ कार्तिक । बैतडीमा भिरबाट लडेर तीनजनाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका९७ पचकोराका ५५ वर्षीय भीमसिंह रावत, शिवनाथ गाउँपालिका९५ बारुलोजनीका ६१ वर्षीय इन्द्रसिंह साउद र डिलासैनी गाउँपालिका९७ ढाँणकी ५८ वर्षीया हरुली कार्कीको भिरबाट लडेर मृत्यु भएको हो ।
बुधबार शिवनाथ धाममा जात्रा हेर्न गएका भीमसिंह घर नफर्केपछि प्रहरीले खोजतलास गर्दै जाँदा आज दिउँसो भिरमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए। उनका अनुसार शिवनाथ–६ ओल्या भिरभन्दा करिब ५०० मिटर तल भीमको शव फेला परेको हो ।
इन्द्रसिंहको पनि शिवनाथ जात्राबाट फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, बुधबारदेखि हराइरहेकी कार्कीको खोजी गर्दा भिरबाट करिब एक मिटर तल लडेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक बडूले जानकारी दिए। न्यौटे भन्ने ठाउँमा खर काट्ने क्रममा उनको भिरबाट लडेर मृत्यु भएको जनाइएको छ ।
तीन वटै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१३ कार्तिक । सहकारी ठगी र संगठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ।
उनीहरू दुवैको मुद्दा उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा सुनुवाइ हुने कार्यसूची प्रकाशित भएको थियो। तर, जोशीका तर्फबाट आजको सुनुवाइ स्थगित गरिपाउने निवेदन परेकाले कार्यसूची स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।
‘अब अर्को बिहीबार साप्ताहिक पेशी पर्छ, रवि र छविलाल दुवैका तर्फबाट स्थगितको निवेदन नआए सुनुवाइ हुनेछ,’ कुँवरले भने।
यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले लामिछाने र जोशीको मुद्दा एउटै प्रकृतिको भएकाले दुवै मुद्दा एकैसाथ राख्न आदेश दिएको थियो।
लामिछानेले बिगोबमोजिमको रकम बुझाई थुनामुक्त भई मुद्दा लड्न अनुमति मागेका थिए। सो सम्बन्धमा उच्च अदालतले रविसँगै जोशीको समेत फाइल पेश गर्न आदेश दिएको थियो।
यसअघि उच्च अदालत बुटवलले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको थियो। सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागको बिगो रकम बुझाए पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि उनले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए।
जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते सुनुवाइ गर्दै लामिछानेको रिहा गर्ने माग अस्वीकार गरेको थियो।
सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीहरूविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ। लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागबराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो दाखिला गरी बैंक जमानतसहित निवेदन दिएका थिए।
जोशीले पनि सोही रकमबराबरको जमानत पेश गरेका थिए। तर दुवैजनाको भागमा कति बिगो कायम हुने भन्ने स्पष्ट नभएकाले अदालतले उनीहरूलाई रिहा गर्न नमिल्ने आदेश जारी गरेको थियो।
हाल पुर्पक्षका लागि दुवै जना कारागारमा छन्। भैरहवा कारागारमा रहेका लामिछानेलाई हालै ललितपुरको नख्खु कारागारमा सारिएको छ भने जोशी भने भैरहवा कारागारमै रहेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१३ कार्तिक । धर्ना कार्यक्रममा भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ।
नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्र अगाडि धर्ना कार्यक्रमको भाषण गर्दा गर्दै ढलेका गौतमको मृत्यु भएको हो ।
उद्योगहरूमा विद्युत कटौती गरेको विरोधमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गौतमको मृत्यु भएको हो। भाषण गर्दा गर्दै ढलेपछि उनलाई उपचारका लागि क्रिमसन अस्पताल पुर्याइएको थियो।
ट्रंक र डेडिकेटेड लाइनको विवादमा रुपन्देहीका उद्योगीहरूले आन्दोलनको घोषणा गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ, १३ कार्तिक । प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा फूलबारी गेट नजिक धारिलो हतियार देखाई लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मकवानपुर भीमफेदी गाउँपालिका–५ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ बस्ने २६ वर्षीय सूर्यबहादुर घलान र सिन्धुलीको दूधौली नगरपालिका–१० घर भई हाल बूढानीलकण्ठमै बस्ने २३ वर्षीय मनोज चौधरी रहेका छन्। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख दानबहादुर कार्कीका अनुसार उनीहरूलाई गएराति पक्राउ गरिएको हो।
प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–५ बस्ने १९ वर्षीय श्रवण तामाङ तारकेश्वर–५ गोलढुङ्गा फूलबारी गेट नजिक बा.प्र.०२–०५० प.१६०२ नम्बरको मोटरसाइकल खोलाकिनारमा रोकेर बसेका बेला बा.४२ प.४०६९ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले धारिलो हतियार देखाई कालो झोला लुटी फरार भएका थिए।
घटनापछि प्रहरी वृत्त बालाजुबाट पीडितसँग समन्वय गर्दै खोजतलास सुरु गरिएको थियो। पीडितले दिएको हुलियाका आधारमा अस्थायी प्रहरी चौकी तीनपिप्लेबाट खटिएको टोलीले लुटपाटमा संलग्न दुवै जनालाई लुटिएको झोलासहित नियन्त्रणमा लिन सफल भएको प्रहरीको भनाइ छ।
प्रहरीले उनीहरूको साथबाट लुटिएको झोलासँगै बा.प्र.०२–०५० प.१६०२ नम्बरको बिलबुक, मोबाइल चार्जर, घरको चाबी, रोलेक्स लेखिएको घडी, नगद रु ३,०००, खुकुरी, रेड्मी कम्पनीको मोबाइल, बोबो लेखिएको कालो झोला, ट्रामाडोल लेखिएको लागुऔषध ३० थान र बा.४२ प.४०६९ नम्बरको रातो–कालो मोटरसाइकल बरामद गरेको जनाएको छ।
घटनामा संलग्न व्यक्तिहरूमाथि प्रहरी वृत्त बालाजुमा राखी सोधपुछ भइरहेको र थप अनुसन्धान जारी रहेको प्रमुख कार्कीले जानकारी दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१३ कार्तिक ।नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन्। पुरुष राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भएको करिब आठ महिनामै उनले पद छोडेका हुन्।
गत फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक रसबीच एक वर्षका लागि सम्झौता भएको थियो। तर, करिब आठ महिनामै उनले पदबाट राजीनामा दिएको एन्फाका महासचिव किरण राईले जानकारी दिएका छन्। राईका अनुसार, रसले किन राजीनामा दिए भन्ने कारणबारे पछि जानकारी दिइनेछ।
रसको प्रशिक्षणमा नेपालले सात अन्तर्राष्ट्रिय खेल खेलेको थियो। तीमध्ये नेपालले एक खेलमा जित हासिल गरेको, दुई खेल बराबरी र चार खेलमा पराजित भएको थियो। रसको प्रशिक्षणमा खेलेको पहिलो खेलमै नेपालले सिङ्गापुरलाई पराजित गरेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१३ कार्तिक ।बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ चक्रवातको असर नेपालमा पनि देखिन थालेको छ। मौसम विज्ञान विभागका अनुसार बिहीबार बिहानदेखि सुरु भएको यस चक्रवातको प्रभाव शनिबार बिहानसम्म रहनेछ।
वरिष्ठ मौसमविद् बिनु महर्जनका अनुसार चक्रवातको प्रभाव विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी देखिनेछ भने बाँकी प्रदेशहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। उनका अनुसार चक्रवातसँगै कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा मध्यम हिमपात पनि हुन सक्छ।
महर्जनका अनुसार यो चक्रवातसँगै पश्चिमी वायु र अरब सागरको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव पनि नेपालमा परेको छ।
अर्का मौसमविद् उज्जवल उपाध्यायले बिहीबार बिहानदेखि सुरु भएको वर्षा शुक्रबार बिहानसम्म जारी रहने र शनिबारबाट मात्र मौसम सुधार हुने जानकारी दिए। उनका अनुसार बिहीबार बिहान काठमाडौँ उपत्यका लगायतका क्षेत्रमा भएको वर्षा पश्चिमी वायुको प्रभावका कारण भएको हो भने अपरान्हदेखि ‘मोन्था’ आँधीको प्रभाव पूर्ण रूपमा सक्रिय हुनेछ।
मौसम विभागले चक्रवातको जोखिमलाई मध्यनजर गर्दै बिहीबारदेखि अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई सावधानी अपनाउन अनुरोध गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१३ कार्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने भाग वर्षाका कारण अवरुद्ध भएको छ।
सडक मर्मतका क्रममा एकतर्फी सञ्चालनमा रहेको यो सडक आज बिहानदेखि परेको लगातार वर्षाका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले जानकारी दिए।
उनका अनुसार विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोला क्षेत्रमा बाटो हिलो र चिप्लो बनेपछि सवारी आवागमन रोकिएको हो।
सूचना अधिकारी नेपालले भने, “बिहानैदेखि परेको पानीका कारण बाटो अत्यधिक चिप्लो बनेको छ। जसका कारण सवारीसाधन पश्चिमतर्फ जान सकेका छैनन्। मालवाहक सवारी उकालो चढ्न नसकेपछि दाउन्ने खण्डमा जाम हुन नदिन प्रहरी परिचालन गरिएको छ।”
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१३ कार्तिक । पश्चिम दाङको शान्तिनगरमा बेबारिसे अबस्थामा बन्दुक फेला परेको छ । प्रहरी चौकी चिराघाटबाट गस्ती गएको टोलीले बन्दुक फेला पारेको हो ।
प्रहरी चौकी चिराघाटबाट प्रहरी सहायक निरिक्षक हिरालाल सेन्चुरीको नेतृत्वमा गएको गस्ती टोलीले शान्तिनगर ४ गब्दवाको सुन्दर सामुदायिक वनक्षेत्रमा बेवारिसे अबस्थामा रहेको बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बेबारिसे अबस्थामा फेला परेको बन्दुक ईलाका प्रहरी कार्यालय खिलतपुरमा राखिएको छ । बन्दुक फेला परेको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता प्रहरी नायब उपरिक्षक चक्रबहादुर शाहले जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस