प्रतिनिधि सभा विघटनविरुद्धका १६ रिटमाथि आजदेखि सुनुवाइ सुरू

   कार्तिक १३, २०८२       admin

काठमाडौ,१२ कार्तिक । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमाथि आज (बुधवार)देखि सुनुवाइ सुरु हुने भएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन बदर गर्दै पुनःस्थापनाको मागसहित दायर रिटमाथि प्रारम्भिक सुनुवाइ आजबाट हुने तय भएको हो।

उनका अनुसार संवैधानिक इजलासमा ती १६ वटा रिट निवेदनमाथि एकैपटक (एकमुष्ट) सुनुवाइ हुनेछ।

सुनुवाइ सर्वोच्च अदालतको मूल भवन नजिकै रहेको एनेक्स भवनको माथिल्लो तलामा रहेको पुरानो कोठामा सञ्चालन हुने अदालतका प्रवक्ता कोइरालाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

केन्यामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु

   कार्तिक १२, २०८२       admin

काठमाडौ, ११ कार्तिक । केन्यामा यात्रुवाहक विमान राष्ट्रिय निकुञ्जनजिक दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। विमान पर्यटकीय केन्द्र डियानीबाट मासाईमारा राष्ट्रिय निकुञ्जभित्र रहेको एक सानो निजी हवाई पट्टी किचवा टेम्बोतर्फ जाँदै गर्दा दुर्घटनाग्रस्त भएको हो।

केन्या सिभिल एभिएसन अथोरिटीद्वारा जारी विज्ञप्तिमा विमानमा १२ जना सवार रहेको पुष्टि गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “विमानमा सवार सबै १२ जनाको मृत्यु भएको छ।” दुर्घटनाको कारणबारे हालसम्म ठोस जानकारी नआए पनि अनुसन्धानका लागि सरकारी एजेन्सीहरू घटनास्थलमा पुगेका छन्।

स्थानीय समय अनुसार विमान बिहान करिब ५:३० बजे खसेको बताइएको छ। प्रारम्भिक अनुमान अनुसार मौसम र प्रविधिसम्बन्धी कारणले दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ।

‘द गार्जियन’का अनुसार, पछिल्लो १८ महिनामा केन्याका राष्ट्रिय निकुञ्ज क्षेत्रहरूमा आकाशमा ठोक्किने तथा विमान दुर्घटनाका घटना बारम्बार भइरहेका छन्। यसअघि, सन् २०२४ मार्च ५ मा नैरोबी राष्ट्रिय निकुञ्जमा सफारीलिंक एभिएसनको व्यावसायिक उडान र ९९ फ्लाइङ स्कुलको तालिम विमान आकाशमै ठोक्किँदा दुईजनाको मृत्यु भएको थियो।

त्यो दुर्घटना विल्सन एयरपोर्टबाट दुवै विमान उडेको केही समयमै भएको थियो। सो घटनामा ३९ यात्रु र पाँच चालक दलका सदस्यसहितको डे ह्याभिल्यान्ड क्यानडा ड्यास–८ विमान र ९९ फ्लाइङ स्कुलको सेसना १७२ एम विमान संलग्न थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रहरी कुटपिटमा संलग्न दुईजना पक्राउ

   कार्तिक १२, २०८२       admin

काठमाडौ,११ कार्तिक । प्रहरी कुटपिटमा संलग्न अभियोगमा दुईजना पक्राउ परेका छन् । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड तथा प्रहरीलाई कुटपिटमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ घर भई हाल काठमाडौंको सुकेधारा बस्ने २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाको उत्तरगया गाउँपालिका–४ घर भई हाल काठमाडौंको मनोमैजु बस्ने २७ वर्षीय सौरभ तामाङ रहेका उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले बताए।

पक्राउ परेकाहरुले गत भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी जवान उत्तम थापालाई कुटपिट गरेको तथा प्रहरी वृत्त महाराजगञ्जको कार्यालयमा आगजनी तथा ढुंगामुढा तोडफोड गरेको पाइएकाले दुवै जनालाई पक्राउ गरिएको हो।

पक्राउ परेकाहरुलाई प्रहरी वृत्त महाराजगञ्जमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। आन्दोलनकारीको आक्रमणबाट महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मिलन राय र प्रहरी जवान थापाको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राष्ट्रिय सभाका सचिव डा.अर्यालको राजीनामा

   कार्तिक १२, २०८२       admin

काठमाडौ,११ कार्तिक । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् ।

सचिव अर्यालले सचिवको पारिश्रमिक, सेवा शर्त र सुविधा सम्बन्धी ऐन, २०७५को दफा ६ को खण्ड (क)बमोजिम आजैदेखि लागू हुने गरी राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

‘सेवा र शर्त सुविधा सम्बन्धी ऐन, २०७५को दफा ६ को खण्ड ९क० बमोजिम मिति २०८२/०७/११ गतेदेखि लागू हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट लिखित राजीनामा दिनु भएको छ ।’ राष्ट्रपतिले जारी गरेको विज्ञेप्तीमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञेप्तीः

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सर्वोच्चले तोडफोड र आगजनीमा संलग्नहरूविरुद्ध प्रहरीमा जाहेरी दिने

   कार्तिक १२, २०८२       admin


काठमाडौं, ११ कार्तिक । सर्वोच्च अदालतले देशभरका अदालतहरूमा जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूविरुद्ध कारबाहीको माग गर्दै प्रहरीमा औपचारिक जाहेरी दिने तयारी गरेको छ।

गत आइतबार बसेको सबै न्यायाधीशहरूको पूर्ण बैठक ९फूल कोर्ट० ले अदालतमा भएको क्षतिको सम्बन्धमा कानूनी उपचार खोज्ने र प्रहरीमार्फत दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार जाहेरी लेख्ने काम भइरहेको छ। उनले भने, “जाहेरी लेख्ने क्रम चलिरहेको छ, भोलिसम्ममा जिल्ला प्रहरी परिसर काठमाडौंमा गएर जाहेरी दर्ता हुनेछ। अहिले कसैको नाम किटानी गर्न सकिएको छैन, अनुसन्धानबाट संलग्न व्यक्ति पहिचान गरी कारबाही गर्न प्रहरीलाई आग्रह गरिनेछ।”

जाहेरी दर्ता गर्ने काममा न्यायाधीशहरू प्रत्यक्ष संलग्न नहुने र सर्वोच्च अदालत प्रशासनका उच्च अधिकारीहरू—मुख्य रजिष्ट्रार वा रजिष्ट्रारहरूको नामबाट—जाहेरी पेश गरिने तयारी भएको छ।

जेन–जी आन्दोलनपछि भएको देशव्यापी तोडफोड र आगजनीका क्रममा रामशाहपथस्थित सर्वोच्च अदालत भवनमा ठूलो क्षति पुगेको थियो। करिब तीन दिनसम्म आगो निभ्न नसक्दा अदालतमा विचाराधीन करिब २० हजार मुद्दाका फाइल र फैसला भइसकेका करिब १ लाख ९७ हजार फाइल नष्ट भएका थिए।

त्यसैगरी, आगजनीका क्रममा अदालतमा रहेका ५० भन्दा बढी चारपांग्रे सवारीसाधन र डेढ सयभन्दा बढी मोटरसाइकल जलेर नष्ट भएका थिए। तीमध्ये केही सवारी साधन न्यायाधीश, कर्मचारी, सेवाग्राही र कानून व्यवसायीका रहेका थिए।

सर्वोच्च अदालत प्रशासनले जाहेरीमा केवल सर्वोच्च अदालत मात्र नभई देशभरका अदालतहरूमा भएको तोडफोड र क्षतिबारे पनि विवरण समावेश गर्ने तयारी गरेको छ। काठमाडौंमा रहेको सर्वोच्च अदालतसँगै विशेष अदालत र जिल्ला अदालत काठमाडौं पनि सोही आन्दोलनका क्रममा क्षतिग्रस्त भएका थिए।

सर्वोच्च अदालतले प्रहरीसँग तत्काल निष्पक्ष अनुसन्धान गरी संलग्नहरूलाई कानूनी दायरामा ल्याउन आग्रह गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कार दुर्घटना हुदा एकजनाको मृत्यु

   कार्तिक १२, २०८२       admin

सिन्धुली,११ कार्तिक । बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरमा मंगलबार कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ४२ फिट तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीले जानकारी दिए।

उनका अनुसार मोरङको विराटनगर उपमहानगरपालिका–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलले चलाएको कार आफैं अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा परी एउटै परिवारका तीन जना घाइते भएका थिए।

दुर्घटनापछि प्रहरीले घाइतेहरूलाई उद्धार गरी उपचारका लागि आत्मीय सामुदायिक अस्पताल, खाल्टे लगेको थियो। उपचारका क्रममा चालक अर्जेलको मृत्यु भएको डीएसपी सुवेदीले बताए।

मृतककी श्रीमती ४९ वर्षीया सुनिता अर्जेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। त्यस्तै, छोरा ३१ वर्षीय निशान्त अर्जेललाई आत्मीय सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल निर्वाचन आयोगमा निवेदन दर्ता

   कार्तिक १२, २०८२       admin

काठमाडौ, ११ कार्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ। आज दिउँसो प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा आयोग पुगेको टोलीले पार्टी दर्ता प्रक्रिया औपचारिक रूपमा सुरु गरेको हो। पार्टीले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाममा दर्ता गराउने प्रस्ताव गरेको छ। निवेदन बुझाएपछि प्रवक्ता प्रकाण्डले यो कदमले देशमा देखिएका विद्यमान समस्या समाधान र राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उनले भने, “आज हामीले निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने प्रक्रिया सुरु गरेका छौँ। यसले देशका समस्याको समाधान र नयाँ अवसरलाई वास्तविकतामा रूपान्तरण गर्ने दिशामा विशेष योगदान पुर्‍याउनेछ।”

काण्डका अनुसार निर्वाचन लोकतान्त्रिक अभ्यासको मूल आधार भएकाले पार्टी पनि यही विधि अनुसार जनताको निर्णय र सहभागितामार्फत अघि बढ्ने तयारीमा छ। उनले जनताको अधिकार, स्वनिर्णय र राजनीतिक सहभागितालाई सुनिश्चित गर्न निर्वाचनलाई सबैभन्दा प्रभावकारी माध्यमका रूपमा लिने बताएका छन्।
उनले थपे, “नेपालको राजनीतिमा जनताले अवरोधबिना प्रवेश र फैसला गर्न पाउने सबैभन्दा प्रजातान्त्रिक विधि निर्वाचन नै हो। त्यसैले हाम्रो पार्टीले पनि सोही विधि अपनाउँदै आयोगमा दर्ता गराउन लागेको हो।”
उनले हालैको जेन–जी आन्दोलनपछि बनेको सरकारले ठूला चुनौतीहरूको सामना गर्नुपर्ने भन्दै राष्ट्रिय राजनीतिमा नयाँ प्रकारको छलफल र विकल्प आवश्यक रहेको पनि उल्लेख गरे। यस क्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कम्युनिस्ट पार्टी नेपाल नाममा दर्ता हुन आएको सम्भवतः यो पहिलो पार्टी भएको बताए।

उनले भने, “कम्युनिस्ट पार्टी नेपाल भनेर दर्ता हुन आएको सायद यो पहिलो पार्टी होला।” भण्डारीका अनुसार अहिलेको अवस्थामा निर्वाचनको व्यवस्थापन र कार्यान्वयन प्रक्रिया जटिल बनेको छ, त्यसैले आयोग उच्च सतर्कताका साथ काम गरिरहेको छ।
उनले चेतावनी दिए, “सानोभन्दा सानो कुराले पनि निर्वाचन विथोलिन सक्छ। त्यसैले हामी अहिलेको अवस्थामा अत्यन्त सावधानीपूर्वक निर्वाचन तयारीमा जुटिरहेका छौँ।”

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आज देशभर बदली

   कार्तिक १२, २०८२       admin


काठमाडौ,११ कार्तिक। पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असर नेपालमा परेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ।
महाशाखाले जारी गरेको आजको मौसम बुलेटिनका अनुसार दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका केही क्षेत्रमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। साथै, तराईका केही स्थानमा पनि हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश स्थानमा साधारण बदली रहनेछ भने तराई भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार राति पनि गण्डकी प्रदेशका केही स्थान तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका केही क्षेत्रमा मध्यम वर्षा र हिमपातको सम्भावना कायम छ। बागमती र गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रहरूमा भारी हिमपात हुनसक्ने भएकाले यात्रु र स्थानीयलाई सचेत रहन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जेनजी आन्दोलनमा ध्वस्त सवारी साधन कवाडीमा बिक्री गर्ने तयारी

   कार्तिक १२, २०८२       admin


काठमाडौं, ११ कार्तिक। जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण ध्वस्त भएका सरकारी सवारी साधन नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा संकलन गरिएको छ। ती जलेका सवारी साधनहरू कवाडीमा बिक्री गर्ने तयारी भइरहेको सरकारी अधिकारीहरूले बताएका छन्।

तर, ती गाडी कसरी र कति मूल्यमा बिक्री गर्ने भन्ने विषयमा अन्तिम निर्णय हुन बाँकी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरूको भनाइ छ। स्रोतका अनुसार शहरी विकास मन्त्रालयमार्फत् बोलपत्र ९टेंडर० आह्वान गरी बिक्री प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।

हाल सडक विभागका मेकानिकल यन्त्र र जनशक्तिको सहयोगमा विभिन्न ठाउँमा रहेका जलेका वा क्षतिग्रस्त सवारीहरू संसद् भवनमा ल्याउने काम भइरहेको छ। प्रारम्भिक अनुमान अनुसार कवाड व्यवसायीहरूले ती सवारीका फलामका भाग प्रतिकिलो ४५ देखि ५० रूपैयाँसम्ममा खरिद गर्न सक्नेछन्।

यसैबीच, आन्दोलनका क्रममा क्षतिग्रस्त सवारी साधनहरूको लगत कट्टा र कर तिर्ने प्रक्रियामा समस्या देखिएको छ। यातायात व्यवस्था विभागका अनुसार कानुनमा यस्ता सवारी साधनका लागि कर छुटको व्यवस्था नभएकाले चालू आर्थिक वर्षको समेत कर तिर्नुपर्ने अवस्था छ।

प्रदेश सवारी यातायात व्यवस्था ऐन बने पनि त्यसको नियमावली र कार्यविधि नबनेकाले हालसम्म यातायात व्यवस्था निर्देशिका २०६० ९संशोधन २०७४० अनुसार नै लगत कट्टा प्रक्रिया चल्दै आएको विभागले जनाएको छ। सो निर्देशिकाअनुसार सवारी साधन पूर्णरूपमा नष्ट, हराएको वा विदेश लगेका अवस्थामा कानुनी प्रमाणसहित मात्र लगत कट्टा गर्न सकिन्छ।

विभागका अधिकारीहरूका अनुसार जलेका वा ध्वस्त सवारी साधनको कर छुट र लगत कट्टा प्रक्रियामा अस्पष्ट कानुनी व्यवस्थाका कारण जटिलता उत्पन्न भएको छ। आन्दोलनका सवारी धनीहरूले कर चुक्ता नगरी बस्दा भविष्यमा सरकारी रकम बाँकी रहेको आधारमा एकमुष्ट असुल हुन सक्ने भएकाले तत्काल विशेष निर्णय वा अन्तरिम निर्देश जारी गर्न माग गरेका छन्।

अप्रमाणित विवरणअनुसार जेन–जी आन्दोलनका क्रममा निजी र सरकारी गरी करिब १० हजारभन्दा बढी सवारी साधन क्षतिग्रस्त भएका थिए। तीमध्ये धेरै सवारी साधन अहिले पनि विभिन्न निकायका परिसरमा थन्किएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रुकुमपूर्वका उच्च भेगमा हिमपात: जनजीवन प्रभावित

   कार्तिक १२, २०८२       admin

रुकुमपूर्व, ११ कार्तिक । रुकुमपूर्वका विभिन्न उच्च पहाडी र हिमाली क्षेत्रमा सोमबार रातिदेखि वर्षासँगै हिमपात भएको छ। जिल्लाका भुमे र पुथा उत्तरगंगा गाउँपालिकाका उच्च पाटन क्षेत्रमा यस वर्षको पहिलोपटक बाक्लो हिमपात भएपछि चिसो निकै बढेको छ।

हिमपातसँगै स्थानीयवासीको दैनिक जीवन प्रभावित भएको छ। खेतबारीका काम रोकिएका छन् भने विद्यालयमा विद्यार्थीहरूको उपस्थिति घटेको स्थानीयहरूले बताएका छन्। अत्यधिक चिसोका कारण बालबालिका र वृद्धवृद्धालाई बढी कठिनाइ भएको जनाइएको छ।

हिमपातका कारण ग्रामीण सडकहरू अवरुद्ध भएपछि आवतजावतमा समस्या देखिएको छ। स्थानीय प्रशासनले अत्यावश्यक बाहेकका यात्रामा ननिस्कन आग्रह गरेको छ।

यद्यपि हिमपातपछि रुकुमपूर्व मात्र होइन, छिमेकी जिल्ला रुकुमपश्चिम, जाजरकोट, र डोल्पाका उच्च भेगहरू पनि सेताम्य बनेका छन्। हिमपातले ती क्षेत्रको प्राकृतिक दृश्य झनै आकर्षक बनेपछि पर्यटकहरू खुसी देखिएका छन्। मुक्तिनाथ, ढोरपाटन, र रोल्पाका उच्च भागमा पनि हिमपातसँगै मौसम चिसो बनेको छ।

पर्यटकहरू हिउँ खेल्दै फोटो खिच्न व्यस्त देखिन्छन् भने स्थानीयले यो वर्षको चिसो मौसम समयमै सुरु भएको बताएका छन्। मौसमविद्हरूका अनुसार अझ केही दिन उच्च भेगमा हिमपात र तल्लो भेगमा वर्षा जारी रहने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology