दाङ, ३० असोज । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एकजना युवक घाइते भएका छन्।
घाइते हुनेमा तुलसीपुर–५ रानीजरुवा बस्ने २५ वर्षीय पोषण डाँगी रहेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार, बिहीबार दिउँसो करिब १ बजेतिर तुलसीपुर–८ कृष्ण मन्दिर नजिक अश्वारा निवासी करिब २४/२५ वर्षीय सन्दीप नामका व्यक्तिले डाँगीमाथि खुकुरी प्रहार गरेका हुन्।
मोटरसाइकलमा आएका सन्दीपले अचानक आक्रमण गर्दा डाँगीको दायाँ हातको चोरऔंला र माझऔंला काटिएको प्रहरीका सूचना अधिकारी सूर्य रानाले जानकारी दिए। घाइते डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि डिस्चार्ज गरिएको छ।
घटनामा संलग्न २२ वर्षीय रिजन विकलाई प्रहरीले रानीजरुवा क्षेत्रबाट पक्राउ गरेको छ भने अन्य फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,३० असोज । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन्।
प्रधानमन्त्री कार्कीले आज स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बोलाएर नर्सहरूको आन्दोलनका विषयमा जानकारी लिएपछि समस्या शीघ्र समाधान गर्न आदेश दिएकी हुन्। स्वास्थ्य मन्त्रीको जिम्मेवारी समेत सम्हालेकी कार्कीले आन्दोलनका कारण स्वास्थ्य सेवा प्रभावित हुन नदिन तत्काल कदम चाल्न र प्रगतिबारे आफूलाई जानकारी गराउन निर्देशन दिइन्।
उनले दक्ष जनशक्तिलाई न्यून पारिश्रमिकमा राख्नु अनुचित भएको भन्दै यस्तो अवस्था जारी रहँदा ठूलो संख्यामा स्वास्थ्यकर्मी विदेश पलायन हुने जोखिम बढ्ने बताइन्।
स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार पाँचौँ तह बराबरको पारिश्रमिक माग गर्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरू आन्दोलनरत छन्। मन्त्रालयले गत मङ्सिरमा सबै स्वास्थ्य संस्थाका नर्सहरूको पारिश्रमिक ३४ हजार ७३० रुपैयाँ निर्धारण गरेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
अर्घाखाँची,३० असोज । अर्घाखाँचीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
गएराति छत्रदेव गाउँपालिका–१ सौरेखोलामा लु ५८ प ७९७८ नम्बरको मोटरसाइकल र लु ३३ प ६५४४ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए।
मृत्यु हुनेमा पाणिनी गाउँपालिका–५ का २१ वर्षीय तारा बेलबासे र गुल्मी छत्रकोट गाउँपालिका–६ का ३५ वर्षीय सुमन सुनार रहेका छन्। उपचारका क्रममा राति करिब पौने ११ बजे दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलका पछाडि सवार पाणिनीकी १८ वर्षीया दीपा कोइराला र गुल्मी छत्रकोटका ४४ वर्षीय सुरज सुनार घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र लुम्बिनी सिटी अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ।
दुवै मोटरसाइकल तीव्र गतिमा रहेकाले दुर्घटना भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,३० असोज । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा केन्द्रीय समिति बैठक सुरु भएको छ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसोदेखि बैठक सुरु भएको हो।
गत असोज २८ गतेको बैठकमा सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।
त्यसपछि खड्काको अध्यक्षतामा आज पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ३०असोज । दाङ तुलसीपुरस्थित संस्कार पाठशाला दाङले नेपाल एजुकेसन अवार्ड यूके–२०२५ मा ‘प्रोग्रेसिभ स्कुल अफ दि इयर अवार्ड’ प्राप्त गरेको छ।
ग्रिनविच युनिभर्सिटी युके र कलेज रिडर्स नेपालले संयुक्त रूपमा असोज २९ गते युकेमा आयोजना गरेको नेपाल–युके एजुकेसन अवार्ड–२०२५ कार्यक्रममा संस्कार पाठशालालाई उक्त अवार्ड प्रदान गरिएको हो।
विद्यालयले हासिल गरेका शैक्षिक उपलब्धि, उत्कृष्ट नतिजा, सुदृढ भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलापमा सहभागिता र सामाजिक उत्तरदायित्वमा सक्रिय भूमिकाको आधारमा यो सम्मान प्राप्त गरेको बताइएको छ।
उक्त अवार्ड संस्कार पाठशालाका प्रबन्ध निर्देशक दीप बस्नेतले ग्रहण गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ ,३० असोज । निर्वाचन आयोगले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन तयारीका विषयमा पहिलो पटक राजनीतिक दलहरूसँग छलफल गरेको छ।
आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने र गत निर्वाचनमा कम्तीमा एक वडा सदस्य जितेका राजनीतिक दलहरूलाई छलफलका लागि पत्राचार गरेको थियो।
छलफलमा नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेकपा (एमाले) का उपाध्यक्ष गुरु बराल, नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव कविन्द्र बुर्लाकोटी, नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायत दलका प्रतिनिधिहरू सहभागी थिए।
कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन घोषणा भइसकेकाले राजनीतिक दलहरूले वातावरण निर्माणमा सक्रिय भूमिका खेल्न आग्रह गरे।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भई प्रतिनिधिसभा विघटन भएको र फागुन २१ गते निर्वाचन मिति तोकिएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३० असोज । पश्चिमी भारतको राजस्थान राज्यमा एक यात्रुबाहक बसमा भीषण आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको भारतीय अधिकारीहरूले जनाएका छन्।
राजधानी जयपुरदेखि करिब ५ सय ५० किलोमिटर टाढा जैसलमेर जिल्लाको थैयत गाउँ नजिकै गुडिरहेको बसमा अचानक आगलागी भएको थियो। बसमा ५७ जना यात्रु सवार थिए।
अधिकारीहरूका अनुसार, बसको पछाडिको भागबाट धुवाँ निस्कन थालेपछि चालकले तुरुन्तै बस रोके पनि केही मिनेटमै आगोले सम्पूर्ण बसलाई जलाएको थियो। दुर्घटनामा परेकामध्ये केहीको अवस्था गम्भीर रहेको र घाइतेहरूलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ।
आगलागीको कारण स्पष्ट नभए पनि सर्ट सर्किटका कारण आगो लागेको हुनसक्ने अनुमान गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,३० असोज । नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा सुरु भएको छ। बिहान ८ बजे सुरु गर्ने भनिए पनि बैठक केही ढिला गरी सुरु गरिएको हो।
आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमा आफ्ना धारणा राख्ने क्रम जारी रहेको एमालेले जनाएको छ।
बुधबारको पहिलो दिनको बैठकमा ५० जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए। आज बाँकी सदस्यहरूले आफ्ना विचार राख्ने क्रम जारी छ। करिब एक सय जनाले बोल्ने अनुमान गरिएकोले बैठक भोलि शुक्रबार सकिने भनिए पनि सबैले बोल्न चाहेकाले बैठक लम्बिने सम्भावना रहेको एमाले नेताहरूले बताएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ , ३० असोज । ओनेपालले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार ओमानलाई ३८ रनले पराजित गरेको छ । १ सय ५२ रनको लक्ष्य लिएर आएको घरेलु टोली ओमानले मस्कटको अल एमेरेट क्रिकेट मैदानमा ९ विकेट गुमाई १ सय १३ रनमात्र बनाउन सक्यो ।
सुपर सिक्समा नेपालको यो लगातार तेस्रो जित हो । ओमानले प्रतियोगितामा पहिलो पराजय भोगेको हो । नेपालको अब ८ अंक पुगेको छ भने ओमानको ६ अंक छ । नेपालले शुक्रबार हुने अन्तिम खेलमा सामाओलाई पराजित गरे प्रतियोगिता नै जित्नेछ ।
दिनको खेलको दुई नतिजा आफूअनुकूल आएपछि नेपाल र ओमान मैदानमा उत्रिनुअगाडि नै विश्वकपमा पुगेका थिए । नेपालको हकमा यो लगातार दोस्रो र कुल तेस्रो विश्वकप प्रवेश हो । बुधबारको पहिलो २ खेलमा कतारले जापानलाई ३ विकेटले र यूएईले ओमानलाई ७७ रनले पराजित गरेका थिए ।
सोमपाल कामीले ओमानका कप्तान जतिन्दर सिंहलाई तेस्रो ओभरमै आउट गरी नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । २ छक्का प्रहार गरेका जतिन्दरले ११ बलमा १४ रन बनाए । अर्को ओभरमा नन्दन यादवले अर्का ओपनर हमाद मिर्जालाई ४ रनमा आउट गरे ।
अमिर कलिमलाई दीपेन्द्रसिंह ऐरीले सिधा थ्रोमा १ रनमा रनआउट गरे । दीपेन्द्रले लगातार पाँचौं खेलमा सिधा थ्रोमा रनआउट गरेका हुन् । आर्यन विष्टले २४ बल खेली ११ रन बनाए । सन्दीप लामिछानेको बलमा उनी बाउन्ड्री लाइनमा वैकल्पिक फिल्डर आरिफ शेखबाट समातिए ।
त्यसपछि गुलशन झाले मोहम्मद नदिम र जितेन रामानन्दीलाई लगातार बलमा शून्यमा आउट गरे । मोहम्मद नदिमले ३१ बल खेली १ छक्का प्रहार गर्दै २५ रन बनाए । गुलशनले यसअघि नै नदिम खानलाई १ रनमा आउट गरेका थिए । विनायक शुक्लाले ओमानबाट सर्वाधिक ३२ रन बनाए । १९ बल खेली १ चौका र ३ छक्का प्रहार गरेका उनी सोमपालको बलमा आउट भए ।
सुफियान मेहबुबले ९ रन बनाए । उनलाई नन्दनले आउट गरे । सकिल अहमद ८ र साह फैजल ३ रन बनाई अविजित रहे । गुलशनले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । नन्दनले ४ ओभरमा १९ र सोमपालले ४ ओभरमा २५ रन खर्चेर २–२ विकेट लिए । सन्दीपका नाममा १ विकेट रह्यो ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ५१ रन बनाएको थियो । प्रतियोगितामा नेपालले पहिलो पटक १ सय ५० रनमाथिको स्कोर बनाएको हो ।
कुशल भूर्तेल र आसिफ शेखले सानदार सुरुआत दिलाए पनि नेपालको मध्यक्रमको ब्याटिङले पुनः निराश बनाउन पुग्यो । यी दुईले ८ ओभरभित्र ६१ रन जोडेका थिए । आसिफ २० बल खेली २ चौका र १ छक्का प्रहार गरी २४ रन बनाई नदिम खानको बलमा बोल्ड भए ।
नदिमले कप्तान रोहित पौडेललाई १ रनमा राउन्ड द लेगमा बोल्ड गरे । नदिमले उत्कृष्ट बलिङ गर्दै नेपालको माथिल्लो क्रमका चार विकेट लिने क्रममा दीपेन्द्रलाई २ र कुशल मल्ललाई ७ रनमा आउट गरे । यस प्रतियोगितामा पूर्ण असफल रहेका मल्लले आफ्नो इनिङ्सका क्रममा ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डा. बिकास लामिछानेले पदबाट राजीनामा दिएका छन । उनले प्रधानमन्त्री शुसिला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन ।
घरायसी र स्वास्थ्यको कारण देखाउदै आफूले पदबाट राजीनामा दिएको बताएका छन । साथै लामिछानेले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद पनि दिएका छन ।
लामिछानेको आउँदो फागुनमा आफ्नो ४ वर्षे कार्यकाल सकिने थियो । तर, पनि कार्यकाल सकिनु भन्दा अघि नै उनले पदबाट राजीनामा दिएका हुन । उपकुलपति लामिछानेले रजिस्ट्रार प्रा.श्याम लम्साललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएर पदबाट राजीनामा दिएका हुन ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस