कास्की,२८ असोज । पोखरामा नक्कली पेस्तोल देखाएर एक महिला लुटपाट गर्ने घटना घटेको छ। पोखरा महानगरपालिका–१२ शितलादेवी बस्ने देवीकला अधिकारीलाई सोमबार राति लुटपाट गरेको आरोपमा सुजन विक नामका एक युवक पक्राउ परेका छन्।
कास्की प्रहरीले जानकारी दिएको अनुसार, विक पर्वतको मोदी गाउँपालिका–१ घर भई पोखरा–२० भलाम बस्दै आएका थिए। घटना सोमबार राति ८ः५० बजे भएको थियो।
कास्की प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार, लुटपाटको सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय रामबजारको टोली घटनास्थलमा पुगेको र विकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका विकको साथबाट नक्कली पेस्तोल एक थान र उनी प्रयोग गरेको ग १३ प ९८३२ नम्बरको मोटरसाइकल बरामद गरिएको छ।
प्रहरीले विकमाथि थप अनुसन्धान भइरहेको बताएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, २८ असोज । ‘अनुगमन’ र ‘ज्ञापनपत्र बुझाउने’ नाममा दैनिकजसो विभिन्न सरकारी कार्यालय पुग्ने जेन–जी आन्दोलनका एक समूहका सदस्य अर्जुनबहादुर शाहीमाथि ठगी र चेक बाउन्सका मुद्दा लागेको खुलेको छ।
अछाम पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाही पछिल्लो समय नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका कार्यालय पुगेर अधिकारीहरूलाई धम्क्याउने र राजीनामा माग्ने भिडियोहरू सार्वजनिक भएका छन्।
केही दिनअघि नागरिक उड्डयन प्राधिकरण पुगेका शाहीले महानिर्देशक प्रदीप अधिकारीसँग वादविवाद गर्दै राजीनामाको माग गरेका थिए। जहाज खरिद गर्ने अधिकार नभएको अधिकारीले स्पष्ट्याउँदा पनि शाहीले धम्कीपूर्ण शैलीमा कुरा अघि बढाएका थिए।
त्यसपछि उनीहरूको टोली नेपाल वायु सेवा निगम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पुगेको थियो। अख्तियारमा भेट समय नपाउँदा शाहीले कर्मचारीमाथि चर्को आवाजमा गाली गर्दै “हामी विथआउट टाइमिङ हिँड्दैछौं” भन्दै जबर्जस्ती भेट माग गरेको भिडियो सार्वजनिक भएको छ।
तर, जेन–जी आन्दोलनको नाममा सक्रिय रहेका शाहीमाथि भने वैदेशिक ठगी र बैंकिङ कसुर (चेक बाउन्स) सम्बन्धी उजुरीहरू दर्ता छन्। प्रहरी अभिलेखअनुसार, उनलाई २०८२ वैशाख २८ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको नाममा ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको थियो।

त्यसअघि पनि उनीविरुद्ध श्रीकृष्ण फुयाल, रोजिना थापा र विद्या श्रेष्ठलगायतले चेक बाउन्सको उजुरी दिएका थिए। फुयालका अनुसार शाहीले रेड स्टार प्रोडक्सन एन्ड मिडिया हाउसमार्फत क्यामेरा र कम्प्युटर लगेका थिए र त्यसको साटोमा दिएको तीनवटा चेक साटिन सकेका थिएनन्।
फुयालको उजुरीपछि रेड स्टारको बैंक खाता कालोसूचीमा परेको थियो। प्रहरी वृत्त महाराजगञ्जले पनि शाहीविरुद्ध चेक बाउन्सको जाहेरी दर्ता भएको पुष्टि गरेको छ।
यसअघि रोजिना थापाले १० लाख ३० हजार रुपैयाँको चेक बाउन्सको उजुरी दिएकी थिइन् भने विद्या श्रेष्ठले पनि १० लाख रुपैयाँ सापटी दिएर पाएको चेक असफल भएपछि प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्।
यस्ता ठगी र बैंकिङ कसुरका मुद्दा लागेका व्यक्ति अहिले ‘जनहित’का नाममा सरकारी कार्यालयमा धम्कीमूलक गतिविधि गर्दै हिँड्दा धेरैले आलोचना गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२८ असोज । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सांघातिक हमलाबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३५ दिनपछि मंगलबार सार्वजनिक भएका छन्।
देउवा आज पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय पुगेका हुन्। उनीसँगै पत्नी तथा केन्द्रीय सदस्य डा। आरजु राणा देउवा पनि बैठकमा उपस्थित थिइन्।
भदौ २४ गते बुढानीलकण्ठस्थित निजी निवासमै रहेका बेला प्रदर्शनकारीहरूले घरमा आक्रमण गरी देउवा दम्पतीमाथि सांघातिक हमला गरेका थिए। सार्वजनिक भएका भिडिओ र तस्वीरहरूमा दुवैजना रगताम्य अवस्थामा देखिएका थिए।
उपचारका क्रममा देउवाको गर्धनमा धारिलो हतियार प्रहारबाट गहिरो घाउ लागेको र त्यसमा १२ वटा टाँका लगाइएको बताइएको छ। लामो उपचारपछि उनी आज मात्र सार्वजनिक भएका हुन्।
यद्यपि उनको स्वास्थ्य पूर्ण रूपमा सुधार नआएको परिवारस्रोतले जनाएको छ। पार्टी नेताहरूका अनुसार आजको बैठक उद्घाटन गरी आफ्ना विचार राखेपछि देउवा फेरि आरामका लागि फर्किनेछन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२८ असोज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदैछन्। विश्वासको मतप्रक्रियामा तीन दल जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) तटस्थ बस्ने भएका छन्।
मुख्यमन्त्री सिंहलाई पहिले दिएको समर्थन सबै दलले फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेको हुन्। यसअघि नै विपक्षमा रहेका माओवादी केन्द्र, जसपा नेपाल र एकीकृत समाजवादीले आजको मतप्रक्रियामा नत समर्थन गर्ने नत विरोध गर्ने, बरु तटस्थ रहने निर्णय गरेका हुन्।
माओवादी केन्द्रका सांसद युवराज भट्टराईले विश्वासको मतप्रति आफ्नो दल तटस्थ रहने बताए। त्यस्तै, जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले पनि “न पक्षमा, न विपक्षमा, हामी तटस्थ बस्नेछौं,” भनेर स्पष्ट पारे।
यसअघि जसपा नेपालबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ९९० अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका थिए। त्यसैअन्तर्गत सिंह मुख्यमन्त्री बनेका हुन्।
तर अहिले सिंहले प्रतिनिधित्व गर्ने जनमत पार्टीसहित नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समर्थन फिर्ता लिएपछि उनी विश्वासको मतका लागि प्रदेशसभामा उपस्थित भएका हुन्।
विश्वासको मतका लागि दिउँसो १ बजे बैठक बोलाइएको भए पनि कार्यवाही केही ढिलो सुरु भएको छ। मुख्यमन्त्री सिंह प्रदेशसभामा आइसकेका छन् भने सांसदहरूको उपस्थित हुने क्रम जारी छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२८ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे रहेको जनाएको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार यो साइत धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तमा परेको छ।
समितिका सदस्य प्रा. देवमणि भट्टराईका अनुसार राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्ने भए पनि सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन।
यस वर्षको यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुनेछ। त्यस दिनदेखि यमदीप दान सुरु हुने र सोही दिन धन त्रयोदशी तथा धनतेरस पर्व पनि पर्ने समितिले जनाएको छ।
कात्तिक २ गते आइतबार काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक ३ गते सोमबार कुकुर तिहार र लक्ष्मीपूजा, कात्तिक ४ गते मङ्गलबार बिहान औँसी तिथिमा स्नान–दान, कात्तिक ५ गते बुधबार गाई, गोरु र आत्म (म्ह) पूजा, र कात्तिक ६ गते बिहीबार भाइटीका तथा किजापूजा मनाइनेछ।
समितिले स्वीकृति दिएका तीन पञ्चाङ्ग (पात्रो) अनुसार नेवार समुदायले आत्म (म्ह) पूजा कात्तिक ५ गते नै गर्ने उल्लेख छ। सोही दिन नेपाल संवत् ११४६ नयाँ वर्ष पनि मनाइनेछ।
शास्त्रीय विधिअनुसार भाइटीका वा भ्रातृपूजा ज्येष्ठताको क्रमअनुसार दाजुभाइलाई टीकाटाला गर्ने प्रचलन रहेको समितिले जनाएको छ।
तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म मनाइन्छ। यस अवधिमा यमदीपदान गरेर यमयातनाबाट मुक्ति पाइने धार्मिक विश्वास रहँदै आएको छ। काग र कुकुरलाई मीठा परिकार खुवाएर खुसी बनाउने वैदिक परम्परा पनि यसै अवधिमा पालना गरिन्छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं ,२८ असोज । नेपाल आइसीसी टी–२० टिम वरियतामा एक स्थान माथि उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अक्टोबर १३ मा सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १८औं स्थानबाट १७औं स्थानमा पुगेको हो।
नेपालले पछिल्ला खेलहरूमा लगातार जित हासिल गरेपछि वरियतामा सुधार भएको हो। विशेषगरी टेस्ट खेल्ने देश वेस्ट इन्डिजलाई २–१ ले पराजित गरेपछि नेपालको स्थान उक्लिएको बताइएको छ।
यसअघि १७औं स्थानमा रहेको अमेरिका एक स्थान तल झरेर १८औं स्थानमा पुगेको छ। हाल टी–२० वरियतामा भारत शीर्ष स्थानमा छ भने अस्ट्रेलिया दोस्रो स्थानमा रहेको छ। नेपालभन्दा एक स्थान माथि युएई रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, २८ असोज। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा पाँच वटा रिट दायर भएका छन्। मंगलबार बिहान सवा ११ बजेसम्म अधिवक्ता प्रेमराज सिलवाल, अधिवक्ता कृतिनाथ शर्मा पौडेल, युवराज सफल पौडेल, विपना शर्मा, आयुष बडाल र मकबुल मियासहित पाँच जनाले रिट दायर गरेका हुन्।
रिटमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको दाबी गरिएको छ। साथै असंवैधानिक रूपमा नियुक्त प्रधानमन्त्रीबाट भएका सबै निर्णयहरू बदर गर्न र ती निर्णयहरूको कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।
सर्वोच्च अदालतले आजदेखि रिटसहित नयाँ मुद्दा दर्ता गर्न सुरु गरेसँगै प्रतिनिधिसभा विघटनसम्बन्धी रिटहरू दर्ता भएका हुन्। असोज २६ गते बसेको सर्वोच्च अदालतको फुलकोर्ट बैठकले आजदेखि नयाँ मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो।
यसअघि, भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको थियो। उक्त आगलागीमा परि अदालतमा रहेका करिब ८० प्रतिशत मुद्दाका मिसिल जलेका जनाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२७ असोज । प्यालेस्टिनी सशस्त्र समूह हमासले करिब दुई वर्षदेखि आफ्नो नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ।
७३८ दिनदेखि बन्धक बनाइएका जोशीको शव हमासले आजै (सोमबार) इजरायललाई हस्तान्तरण गर्ने जनाएको छ। यसअघि उनको अवस्था अज्ञात मानिँदै आएको थियो।
संघर्षविराम सम्झौताअन्तर्गत सोमबार २० जना जीवित बन्धकलाई मुक्त गरेपछि हमासको सैन्य शाखाले जोशीसहित चार जनाको शव हस्तान्तरण गर्न लागेको हो।
हमासले सार्वजनिक गरेको सूचीमा विपिन जोशीसँगै इजरायली नागरिक गाइ इलोज, योसी शराबी र सैनिक अधिकारी क्याप्टेन डेनियल पेरेजको नाम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार, इजरायली सेनाले हस्तान्तरण गर्न लागिएका चार शवमध्ये जोशीको पनि हुन सक्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ।
बीबीसी र टाइम्स अफ इजरायलका अनुसार, रेडक्रसको टोलीले गाजाबाट शवहरू संकलन गरी इजरायली सेनालाई बुझाउने प्रक्रिया सुरु गरेको छ। इजरायली सेनाले शव बुझेपछि सैन्य सम्मानका साथ तेल अविवस्थित अबु कबिर फरेन्सिक इन्स्टिच्युटमा लैजाने र पहिचान प्रक्रिया दुई दिनभित्र सम्पन्न गर्ने जनाएको छ।

यसैबीच, सम्झौताअनुसार २८ जनाको शव फिर्ता गर्नुपर्नेमा हमासले केवल चार जनाको मात्रै शव दिन लागेको भन्दै इजरायलमा बन्धक तथा बेपत्ता परिवार मञ्चले गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले यसलाई सम्झौताको ठाडो उल्लंघन भन्दै सबै शव फिर्ता नभएसम्म इजरायलले पनि आफ्नो तर्फको सम्झौता रोक्नुपर्ने माग गरेका छन्।
हमासले भने गाजामा भएको व्यापक विनाशका कारण केही शवहरूको अवस्था र स्थानबारे आफूहरूलाई जानकारी नभएको दाबी गरेको छ।
सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान अध्ययनरत जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलको दक्षिणी क्षेत्रमा रहेको किबुज अलुमिममा कार्यरत थिए। सन् २०२३ अक्टोबर ७ मा हमासले आक्रमण गर्दा उनीसहित १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने जोशीलाई बन्धक बनाइएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २७ असोज । दाङमा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर–७ का २४ वर्षीय पियुस जिसी, तुलसीपुर–६ का २० वर्षीय एलिक्स केसी र घोराही–९ घर भई हाल घोराही–१५ बद्धिग्यारेज बस्ने ५३ वर्षीय खुम बहादुर खत्री रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी चक्र बहादुर शाहका अनुसार असोज २५ गते दिउँसो करिब ४ बजे अस्थायी प्रहरी चौकी हापुरबाट असई मान बहादुर थारुको कमाण्डमा खटिएको टोलीले घोराही–१२ हापुर खोलानजिकै सवारी चेकजाँच गर्ने क्रममा पियुस जिसीले चलाएको रा ७ प ४२८२ नम्बरको मोटरसाइकल र त्यसमा सवार एलिक्स केसीलाई संकास्पद अवस्थामा देखेपछि जाँच गरेको थियो।
जाँचका क्रममा उनीहरूबाट ४०० क्याप्सुल ट्रमाडोल फेला परेको प्रहरीले जनाएको छ। सोधपुछ गर्दा उक्त लागुऔषध खुम बहादुर खत्रीबाट खरिद गरेको स्वीकार गरेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो।
त्यस क्रममा सोही दिन साँझ करिब ५ बजे घोराही–१५ नवज्योती टोलनजिकै रा २ प ५०७८ नम्बरको मोटरसाइकलसहित खुम बहादुरलाई पनि नियन्त्रणमा लिइएको थियो।
उनको घर खानतलासी गर्दा थप लागुऔषध फेला परेपछि तिनै जनालाई पक्राउ गरी जिल्ला अदालत दाङबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेकासँगबाट दुईवटा मोटरसाइकल र जम्मा १ हजार ४४० क्याप्सुल ट्रमाडोल बरामद गरिएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२७ असोज । परराष्ट्र मन्त्रालयले हमासले कब्जामा लिएर गएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात रहेको जनाएको छ।
सोमबार जारी विज्ञप्तिमा मन्त्रालयले आज रिहा हुने बन्दीहरूको सूचीमा विपिनको नाम रहने अपेक्षा गरिएको भए पनि इजरायली सेनाले सार्वजनिक गरेको सूचीमा उनको नाम समावेश नभएको उल्लेख गरेको छ।
‘आज बिहान इजरायलको स्थानीय समय अनुसार ७ः३० बजे इजरायली सेनाले इजरायलका लागि नेपाली राजदूत, विपिन जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयका अधिकारी सहितको भर्चुअल बैठक आयोजना गरी आज रिहा हुने बन्दीहरूको सूचीमा विपिन जोशीको नाम समावेश नभएको र उनको अवस्था अज्ञात रहेको जानकारी प्राप्त भएको हो। ’विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले हमासको कब्जामा रहेका सबै जीवित बन्दीहरूको रिहाइ र मृत बन्दीहरूको शव हस्तान्तरण प्रक्रिया पूरा नभएसम्म यस विषयमा निरन्तर जानकारी अद्यावधिक गरिने जनाएको छ।
गाजा युद्धको क्रममा हमासले २०२३ अक्टोबर ७ मा आक्रमण गर्दा विपिन जोशीलाई नियन्त्रणमा लिएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस