विपद प्रभावितलाई घरमै स्वास्थ सेवा

   असोज २६, २०८२       admin

काठमाडौं,२६ असोज । असोज १८ मा आएको बाढीपहिरोले प्रभावित क्षेत्रका बासिन्दालाई स्वास्थ्य संस्थासम्म पुग्न कठिन भएपछि इलामको माईजोगमाई गाउँपालिकाले घरमै स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ।

पहिरोका कारण बाटो अवरुद्ध भएपछि गाउँपालिकाले माईजोगमाई–६ प्याङका स्थानीयको घर–घरमा पुगेर प्राथमिक स्वास्थ्य सेवा दिन सुरु गरेको हो।

प्राथमिक स्वास्थ्य केन्द्र प्याङका प्रमुख डा. अभिषेक देव ठकुरीका अनुसार वृद्धवृद्धा, बालबालिका र अशक्त व्यक्तिलाई घरमै पुगेर उच्च रक्तचाप, ज्वरोलगायतका समस्या भएका बिरामीलाई प्राथमिक उपचार सेवा दिइएको छ।

असोज १८ गतेको पहिरोमा परि प्याङका दुई परिवारका आठ जनाको ज्यान गएको थियो। यस्तै, माईजोगमाई–१ को मलुमझुवामा पनि विपद् प्रभावित स्थानीयका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

माईजोगमाई आधारभूत अस्पतालबाट खटिएको डा. यस्मिन शेर्पा नेतृत्वको टोलीले ४८ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको गाउँपालिकाले जनाएको छ।

शिविरका क्रममा बाढीपहिरोका कारण स्वच्छ खानेपानी अभाव झेलिरहेका स्थानीयलाई पानी शुद्धिकरण गर्ने तरिका र सुरक्षित रूपमा पानी प्रयोग गर्नेबारे सचेतना दिइएको माईजोगमाई गाउँपालिकाका कर्मचारी डम्बर निरौलाले बताए।

यसैबीच, जिल्लाका विपद् प्रभावित क्षेत्रमा आवश्यक प्राथमिक उपचारका सामग्री, पानी शुद्धिकरणका औषधि, डेङ्गु र मलेरिया परीक्षणका किटहरू सबै पालिकामा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विमल बरालले जानकारी दिए।

उनका अनुसार हालसम्म जिल्लामा महामारीको रुपमा कुनै रोग फैलिएको छैन, तर फाटफुट रूपमा झाडापखाला र रुघाखोकीका बिरामी देखिएका छन्।
‘जिल्लाको अवस्था हाल सामान्य छ,’ बरालले भने, ‘तर सबै क्षेत्रमा सडक नहुँदा औषधि पुर्‍याउन निकै कठिन भइरहेको छ।’

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बुद्ध हस्पिटलको कार्यकारी अधिकृतमा किशोर आचार्य

   असोज २६, २०८२       admin

दाङ, २६ असोज । दाङको घोराहीस्थित बुद्ध इन्टरनेशनल हस्पिटल प्रा.लि. ले स्वास्थ्य सेवा व्यवस्थापन र गुणस्तर सुधारमा नेतृत्व प्रदान गर्ने उद्देश्यसहित किशोर कुमार आचार्यलाई प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा नियुक्त गरेको छ।

जनस्वास्थ्य क्षेत्रमा लामो अनुभव रहेका आचार्यले यसअघि स्वास्थ्य कार्यालय दाङका प्रमुखका रूपमा कार्य गर्दै जिल्लाको स्वास्थ्य प्रणाली सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

पदभार ग्रहणपछि उनले भने, “बुद्ध इन्टरनेशनल हस्पिटललाई गुणस्तरीय, जनमैत्री र विश्वासिलो स्वास्थ्य संस्थाको रूपमा रूपान्तरण गर्न म पूर्ण प्रतिबद्ध छु। सेवा सुधार, व्यवस्थापकीय पारदर्शिता र जनविश्वास निर्माण मेरो प्रमुख प्राथमिकता हुनेछ।”

अस्पताल सञ्चालक समितिले आचार्यको दीर्घ अनुभव र नेतृत्व क्षमताको प्रशंसा गर्दै उनको आगमनले संस्थामा नयाँ ऊर्जा र विकासको गतिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अध्यक्ष खत्रीको आग्रह-जेनजीले बाटो देखाओस्

   असोज २६, २०८२       admin

दाङ, २६ असोज । बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्रीले हालैको जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका जेनजी युवापुस्ताप्रति श्रद्धाञ्जली अर्पण गर्दै नयाँ पुस्तालाई देश र समाज पुनर्निर्माणको बाटो देखाउन आग्रह गरेका छन्।

उनले एक सार्वजनिक सन्देशमार्फत आन्दोलनका क्रममा देशभर र गाउँपालिकामा भएको हृदयविदारक घटनाप्रति दुःख व्यक्त गर्दै भने,

“प्रिय जेनजीहरु, आउनुहोस्, बाटो देखाउनुहोस्। नकारात्मक आभासहरू पन्छाउन हातेमालो गरौं। हाम्रो समस्या हामी आफैं मिलेर समाधान गरौं।”

अध्यक्षले आफ्नो १६ वर्षको उमेरदेखि नै सामाजिक न्याय र समानताको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै गाउँपालिकाको वर्तमान अवस्थाबारे आत्ममूल्यांकन गरेका छन्। उनका अनुसार गाउँपालिकाले मितव्ययिता, पारदर्शिता, र सुशासनका प्रयासहरू जारी राखे पनि राजनीतिक दाउपेच र सीमित बजेटका कारण जनअपेक्षा अनुसारको उपलब्धि हासिल गर्न कठिनाइ भएको बताए।

गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनाप्रति गहिरो पीडा व्यक्त गर्दै उनले भने,

“हाम्रो बबई गाउँपालिका त्यो रापमा किन जल्यो? कसले जलायो? म त्यो कुरामा जान चाहन्न। तर के हाम्रो गल्तीकै कारण आगो लगाउनुपर्ने थियो? गल्ती नै भयो भने पनि सुधारको मौका दिनु पर्थ्यो।”

आफूलाई पदको मोह नभई सेवाको भावना मात्र रहेको उल्लेख गर्दै, “मलाई पदको मोह छैन। सेवा गर्ने ध्येय हो,” उनले भनेका छन्।

सामाजिक संजालको पोस्टको अन्त्यमा उनले जेनजी पुस्तालाई सहादतको सम्मान गर्दै देश, समाज र भविष्यको पुनर्निर्माणका लागि एकजुट हुन आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गाजामा जीवित रहेका नेपाली बिपिन जोशीको नाम : नयाँ सूची सार्वजनिक

   असोज २६, २०८२       admin

काठमाडौं,२६ असोज । गाजामा हमासको नियन्त्रणमा रहेका नेपाली बिपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ।

यसअघि उनको अवस्था अज्ञात रहेको समाचार सीएनएनले प्रकाशित गरेको थियो। तर अहिले टाइम्स अफ इजरायल र एपीसहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवित बन्धकहरूको सूचीमा बिपिन जोशीको नाम पनि समावेश गरिएको छ।

शुक्रबारदेखि सुरु भएको युद्धविरामले अक्टोबर ७, २०२३ मा सुरु भएको दुई वर्ष लामो विनाशकारी युद्ध अन्त्य हुने संकेत देखिएको छ। उक्त आक्रमणमा करिब १,२०० जना मारिएका थिए भने २५१ जना अपहरणमा परेका थिए।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धमा हालसम्म ६७ हजार प्यालेस्टिनीको ज्यान गइसकेको छ, जसमा आधाभन्दा बढी महिला र बालबालिका छन्। गाजाको २० लाख जनसंख्याको करिब ९० प्रतिशत विस्थापित भइसकेका छन्।

२५१ मध्ये गाजामा अहिले ४८ बन्धक छन् भने २६ जनाको मृत्यु भइसकेको छ। मृतकमध्ये सन् २०१४ मा मारिएका एक इजरायली सैनिकको शव पनि समावेश छ। शुक्रबार भएको युद्धविरामसँगै सोमबारदेखि मंगलबारसम्म बन्धक रिहा हुने अपेक्षा गरिएको छ। इजरायलले दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ। जीवित ठानिएका २२ बन्धकमध्ये बिपिन जोशी फिर्ता हुने आशा नेपालले पालेको छ।

जोशी इजरायल पुग्नुअघि एक महिना अघि मात्र नेपालबाट गएका थिए। उनी गाजामा जीवित रहेका एकमात्र गैर–इजरायली बन्धक हुन्। गाजा सीमाको किबुट्ज अलुमिममा उनी काम र कृषि अध्ययनका लागि पुगेका थिए। सो क्रममा १७ नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा मृत्यु भएको थियो।

आक्रमणको बेला बिपिनले बम आश्रयबाट ग्रेनेड फ्याँकेर धेरै साथीहरूलाई बचाएका थिए तर उनी आफैं घाइते भएर अपहरणमा परेका थिए।

हालै इजरायली सेनाले प्राप्त गरेको भिडियोमा बिपिनले आफूलाई परिचय दिँदै भनेका छन्,

“मेरो नाम बिपिन जोशी हो, म नेपालबाट आएको हुँ। म यहाँ सिक्न र कमाउन कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्दैछु।”

यो भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान गरिएको छ। यसले उनी जीवित रहेको प्रमाण दिएको परिवारले दाबी गरेको छ।

बिपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले उनको रिहाइका लागि इजरायल पुगेर अपिल गरेका थिए। उनीहरूले अमेरिकासम्म पुगेर अन्तर्राष्ट्रिय समुदायसँग पनि सहयोग मागेका थिए।

बिपिनसँगै जीवित ठानिएकामा गाली बर्मन, जिभ बर्मन, एलकाना बोहबोट, रोम ब्रास्लाभस्की, निमरोड कोहेन, एरियल क्युनियो, डेभिड क्युनियो, एभ्याटर डेभिड, गाय गिल्बोआ-दलाल, म्याक्सिम हार्किन, इटान हर्न, सेगेभ काल्फोन, बार कुपर्श्टाइन, मातान आङ्ग्रेस्ट, ओम्री मिरान, इटान मोर, तामिर निम्रोदी, योसेफ-चाइम ओहाना, एलोन ओहेल, अविनाटन ओर, र मातान जंगाउकर छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कांग्रेस पदाधिकारी बैठक आज पनि

   असोज २६, २०८२       admin

काठमाडौं,२६ असोज । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक आज पनि बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक सुरु हुने तय गरिएको छ।

गएको बिहीबारदेखि लगातार बस्दै आएको पदाधिकारी बैठकले यही असोज २६ गतेदेखि सुरु हुने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा टुंग्याउने तयारी गरेको छ।

महाधिवेशन निर्धारित समयमा गर्ने कि अर्ली अधिवेशन गर्ने भन्ने विषयमा कांग्रेस नेताहरूबीच मतभेद देखिएको छ। आजको बैठकमा यसबारे समान धारणा बनाउन प्रयास भइरहेकाले बैठक महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपालगन्जका होटलमा प्रहरीको छापा: ४५ जना नियन्त्रणमा

   असोज २५, २०८२       admin

नेपालगञ्ज,२५ असोज । नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा अनैतिक गतिविधि भइरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको छ।

बाँके प्रहरीले मिलन कटेज, भेरी कर्णाली होटल, रिभरसाइड र दङ्गाली होटलमा छापा मार्दा ३१ महिला र १४ पुरुषसहित ४५ जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकामध्ये ८ जना भारतीय नागरिक रहेका छन्।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राष्ट्रपति पौडेल अस्पताल भर्ना

   असोज २५, २०८२       admin

काठमाडौ,२५ असोज । राष्ट्रपति रामचन्द्र पौडेल जेन–जी अगुवासँगको छलफलकै क्रममा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।

शीतल निवासमा जारी छलफलका दौरान अचानक टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक अस्पताल पुर्‍याइएको हो। अस्पताल स्रोतका अनुसार हाल उनको स्वास्थ्य अवस्था स्थिर छ र थप परीक्षणका लागि भर्ना गरिएको छ।

उक्त छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसहित २२ जना जेन–जी अगुवा सहभागी थिए। केही युवाले भने वार्तामा सहभागी हुन नपाएको भन्दै असन्तुष्टि जनाएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राउटे बस्तीमा पसेर दुर्ववहार गरेको आरोपमा एक युवक पक्राउ

   असोज २५, २०८२       admin

सुर्खेत,२५ असोज । लोपोन्मुख राउटे समुदायको बस्तीमा प्रवेश गरी महिलामाथि दुर्व्यवहार गर्न खोज्ने एक युवकलाई राउटे समुदायले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ।

शुक्रबार राति साढे १२ बजेतिर लेकवेशी नगरपालिका–५ नेटाका राजु रजाली राउटे बस्तीमा प्रवेश गरेका थिए। महिला मात्रै रहेको छाप्रोमा जबरजस्ती प्रवेश गरेपछि राउटे युवाहरूले उनलाई नियन्त्रणमा लिएका हुन्। राउटे समुदाय हाल लेकवेशी नगरपालिका–९ मा बसोबास गर्दै आएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोनजंग बुढाथोकीका अनुसार बस्तीमा प्रवेश गरेका युवकलाई राउटे समुदायले नियन्त्रणमा लिएर शनिबार बिहान प्रहरीको जिम्मा लगाइएको हो। उनले पक्राउ परेका युवकबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

राउटे समुदायसँग लामो समयदेखि काम गर्दै आएका सोसेक नेपालका कर्मचारी लालबहादुर खत्रीका अनुसार उक्त युवकले मध्य राति राउटे महिलामाथि जबरजस्ती गर्न खोजेपछि युवाहरूले नियन्त्रणमा लिएका थिए।
‘पहिले उनले राउटे युवतीलाई मदिरा सेवन गर्न लगाएका रहेछन्,’ खत्रीले भने, ‘राति ती युवतीको छाप्रोमा जबरजस्ती प्रवेश गर्दा युवती भागेर दाइको छाप्रोमा गइन्, त्यसपछि अन्य राउटे युवाहरूले उनलाई समाते।’

पक्राउ परेका युवकलाई इलाका प्रहरी कार्यालय लेकवेशीको टोलीले बिहान नियन्त्रणमा लिएको र घटनाबारे थप जानकारीका लागि राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय, इन्सेक र मानव अधिकारकर्मीहरूको टोली बस्तीमा पुगेको खत्रीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

माटो खन्ने क्रममा पुरिएर एक महिलाको मृत्यु ,दुई घाइते

   असोज २५, २०८२       admin

बारा,२५ असोज । छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

बाराको सिम्रौनगढ नगरपालिका–५ निवासी ६५ वर्षीया शरदा देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

उनीसहित महिलाहरू सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा आज बिहान माटो खन्न गएका थिए। माटो खन्ने क्रममा ढिस्को भत्किँदा उनीहरू पुरिएका हुन्।

घटनामा परी दुई जना गम्भीर घाइते र अन्य १० जना सामान्य रूपमा घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि प्रदेशिक अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विवाद चर्किएपछि हत्या : टाउको बोकेर पुगे प्रहरी कार्यालय

   असोज २५, २०८२       admin

धनगढी ,२५ असोज । कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा एक युवकको घाँटी रेटेर हत्या गरिएको छ। शुक्रबार राति खाजा खाने क्रममा भएको आपसी विवाद चर्किएपछि हत्या गरिएको प्रहरीले जनाएको छ।

मृतक २८ वर्षीय केशरबहादुर बुढा हुन्। हत्या गरेको आरोपमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी रमेशदत्त अवस्थी)का अनुसार, विवादपछि दुवैले मिलेर बुढाको घाँटी रेटेर हत्या गरेका थिए। हत्यापछि उनीहरूले मृतकको टाउको बोकेर सुखडस्थित प्रतिखेत प्रहरी पोष्टमा आत्मसमर्पण गर्न जाँदै गर्दा प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, मृतकको टाउको इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ भने शरीर घटनास्थलमै रहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अवस्थीले बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology