हुम्ला,२४ असोज । हुम्लाको चङ्खेली गाउँपालिका–४ देसीखोलामा बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
चङ्खेली–६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश०२००१च १०९१ नम्बरको बोलेरो जीप करिब तीन सय फिट तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चङ्खेली–६ का मनवीर बुढा, उनका छोरा र सिमकोट–८ की वसन्ती बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए।
घाइते सिमकोट–८ का महेन्द्र रोकाया, उनका छोरा र चङ्खेली–४ की पार्वती सिराको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ। अन्य चार घाइतेको पनि उद्धार तयारी भइरहेको स्थानीय ध्रुव शाहीले बताए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ,२४ असोज । जेन्जी आन्दोलन प्रदर्शनका क्रममा फरार भएका कैदीबन्दीमध्ये अझै केही कैदीबन्दी प्रहरीको सम्पर्कमा आएका छैनन्। गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा फरार रहनेमध्ये लुम्बिनी प्रदेशका पनि ६९० कैदीबन्दी फरार छन्।
प्रदर्शनका क्रममा प्रदेशभरका १५६९ फरार कैदीबन्दीमध्ये एक महिनाको अवधिमा ८७९ कैदीबन्दी नियन्त्रणमा लिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका एसएसपी सरदप्रसाद चौधरीले जानकारी दिए।
उनका अनुसार, एक महिनाको अवधिसम्म फरार रहेका १५६९ जनामध्ये ८७९ जनालाई नियन्त्रणमा लिइएको छ भने ६९० जना अझै फरार छन् र उनीहरूको खोजी कार्य जारी छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२४ असोज । मनास्लु पदमार्गअन्तर्गत लार्केतर्फ जाँदै गर्दा भक्तपुरको मध्यपुर नगरपालिकाका २३ वर्षीय रोहन प्रजापतिको लेक लागेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार प्रजापति आफ्ना साथीहरुसहित मनास्लु पदमार्ग हुँदै लार्के जाने क्रममा बिहीबार उत्तरी गोरखाको चुमनुब्री–१ धर्मशालामा पुगेका थिए।
“लार्के पार गर्ने क्रममा प्रजापतिको लेक लागेर ज्यान गएको हो। अन्य चार जना मनाङतर्फ सुरक्षित पुगेका छन्,” उनले जानकारी दिए।
प्रजापतिको शव सामागाउँमा ल्याइएको छ र हेलिकोप्टरमार्फत् काठमाडौँ पठाउने तयारी भइरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
उदयपुर,२४ असोज । उदयपुरमा तीन अलग–अलग स्थानमा भएको जबरजस्ती करणीको अभियोगमा जिल्ला प्रहरी कार्यालयले चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–२ चारघरेमा १६ वर्षिया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा १९ वर्षीय सञ्जय सदा मुशहरलाई इलाका प्रहरी कार्यालय बेल्टारले सोमबार पक्राउ गरेको हो।
यस्तै, कटारी नगरपालिका–६ मा २७ वर्षिया महिलामाथि भएको जबरजस्ती करणीमा २६ वर्षीय न्यजन राई र २२ वर्षीय भोजकुमार पाण्डेलाई इलाका प्रहरी कार्यालय कटारीले मंगलबार पक्राउ गरेको छ।
कटारी नगरपालिका–९ लिम्पाटारमा पनि १६ वर्षिया बालिकामाथि भएको करणीको अभियोगमा १९ वर्षीय भोजराज परियार सोमबार पक्राउ परेका छन्।
पक्राउ परेकामध्ये तीनजना कटारीको र एक जना बेल्टारको हिरासतमा राखेर आवश्यक सोधपुछ र कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२४ असोज । नेपालले आज जापानसंग प्रतिस्पर्धा गर्दैछ । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट–एशिया प्यासिफिक छनोट अन्तर्गत नेपाल आज जापानसँग प्रतिस्पर्धा गर्न लागेको । खेल ओमानमा नेपाली समयअनुसार दिउँसो सवा चार बजे सुरु हुनेछ। नेपालले एक खेल अगावै नै सुपर–६ चरणमा स्थान सुरक्षित गरिसकेको छ। हिजो जापानले कुवेतलाई पाँच विकेटले पराजित गरेसँगै नेपालले सुपर–६ मा पुग्ने बाटो सुनिश्चित भएको हो।
समूह ‘बी’ को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो। हाल नेपाल नेट रनरेटको आधारमा समूहको शीर्ष स्थानमा रहेको छ भने जापान दोस्रो स्थानमा छ। दुवै टोली सुपर–६ मा पुगेका छन्, भने लगातार दुई हार बेहोरेको कुवेत प्रतियोगिताबाट बाहिरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२४ असोज । दक्षिण अमेरिकी राष्ट्र पेरुमा फैलिएको तीव्र अपराध लहरबीच राष्ट्रपति दिना बोलुआर्तेलाई पदबाट हटाउने निर्णय गर्दै पेरु संसद्ले बिहीबार राति महाभियोगको पक्षमा मतदान गरेको छ।
सरकार अपराध नियन्त्रणमा असफल भएको आरोप लगाउँदै सांसदहरूले बोलुआर्तेलाई पदमुक्त गर्न प्रस्तुत चारवटा अलग–अलग प्रस्ताव अनुमोदन गरेका थिए। एकसदनीय १३० सदस्यीय संसद्मा प्रत्येक प्रस्तावले आवश्यक ५६ भन्दा बढी मत प्राप्त गरेपछि महाभियोग प्रक्रियाको बाटो खुलेको हो। अन्ततः १२४ सांसदले राष्ट्रपति हटाउने पक्षमा मतदान गरे।
यो निर्णय राजधानी लिमामा भएको एक लोकप्रिय कन्सर्टमा गोलीकाण्ड हुँदा पाँच जना घाइते भएपछि आएको हो। उक्त घटनापछि अपराध नियन्त्रणमा सरकारको अक्षमताप्रति जनआक्रोश तीव्र बनेको थियो। यसअघि बोलुआर्तेलाई हटाउन गरिएका आठ प्रयास असफल भएका थिए, तर यसपटक अधिकांश दलले महाभियोगको पक्षमा समर्थन जनाए।
संविधानअनुसार राष्ट्रपति हटाउन ८७ मत आवश्यक पर्छ। यही प्रावधान प्रयोग गरेर सन् २०२२ डिसेम्बरमा उनका पूर्ववर्तीलाई पनि संसद्ले पदच्युत गरेको थियो।
राष्ट्रपति बोलुआर्ते पछिल्ला महिनाहरूमा बढ्दो हत्या र जबरजस्ती असुलीका घटनाबीच नियन्त्रण कायम गर्न संघर्षरत थिइन्। बुधबार मात्रै उनले अवैध आप्रवासनलाई अपराध वृद्धिको मुख्य कारण बताएकी थिइन्।
आधिकारिक तथ्याङ्कअनुसार, जनवरीदेखि अगस्टसम्म ६ हजार ४१ जनाको मृत्यु भएको छ, जुन सन् २०१७ पछि सोही अवधिको सबैभन्दा उच्च सङ्ख्या हो। त्यस्तै, जनवरीदेखि जुलाईसम्म १५ हजार ९८९ जबरजस्ती असुलीका उजुरी दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २८ प्रतिशतले बढी हो।
प्रधानमन्त्री एडुआर्डो अरानाले संसद्मा बोलुआर्तेलाई जोगाउने प्रयास गरे पनि सफल हुन सकेनन्। उनले भने, “महाभियोग समाधान होइन, तर हामी सुरुदेखि नै तयार थियौं — हाम्रो पहिलो दिन नै अन्तिम दिन हुन सक्छ।”
विश्लेषकहरूका अनुसार बोलुआर्तेलाई सत्ताबाट हटाउने यो कदमले पेरुमा राजनीतिक अस्थिरता फेरि एकपटक गहिरो बनाएको छ। अपराध नियन्त्रण, आप्रवासन नीति र शासन क्षमताप्रतिको विवादले देशलाई नयाँ अनिश्चिततामा धकेलेको टिप्पणी गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२४ असोज । टिकटक बनाउन खोलामा हामफालेका बाराका एक युवक मृत फेला परेका छन् ।
बाराको प्रसौनी गाउँपालिका–२ का २१ वर्षीय विकी गोसाइँ आज मृत फेला परेका हुन् । उनी १९ असोजमा टिकटक बनाउनका लागि दुधौरा खोलाको पुलबाट हामफालेका थिए । छ दिन अघि खोलामा हाम फालेको उनी मृत्त फेला परेको प्रहरीले बताएको छ ।
सोही दिनदेखि बेपत्ता भएका उनी ६ दिनपछि गण्डक जाने बङ्गरी पुल नजिक मृत फेला परेको बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
उनको सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले गाताखोरको सहयोगमा खोजतलास गरेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२४ असोज ।। सरकारले अस्थायी र करारका कर्मचारी नराख्ने निर्णय गरे पनि उक्त व्यवस्था शिक्षकमा लागू नहुने भएको छ।
अर्थ मन्त्रालयले असोज ७ गते जारी गरेको अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धी विज्ञप्तिमा स्वीकृत दरबन्दी बाहेक अस्थायी तथा करारमा कर्मचारी नियुक्त गर्न नपाइने उल्लेख गरिएको थियो।
तर, स्थानीय तह र विद्यालयहरूले करार शिक्षकको स्थिति स्पष्ट पार्न शिक्षा मन्त्रालयसँग सोधपुछ गरेपछि मन्त्रालयले यो प्रावधान शिक्षकमा लागू नहुने स्पष्ट पारेको हो।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र पठाउँदै उक्त निर्णय शिक्षकको हकमा नलाग्ने जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२४ असोज । पृथ्वी राजमार्ग अन्तर्गत गल्छी गाउँपालिका–७ भल्टारमा बस र टिपर ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन्।
आज विहान करिब ९ बजेतिर नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु प्र ०१–००१ ख ०७६६ नम्बरको बस र विपरीत दिशातर्फ गइरहेको ना ८ ख २५९१ नम्बरको टिपर एक आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा घाइते यात्रुहरूको उद्धार गरी नजिकैको स्मारिका फार्मेसी अस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार घाइतेहरूको अवस्था मध्यमदेखि सामान्य रहेको छ र गम्भीर घाइते कोही पनि छैन।
बस र टिपर दुबैलाई हटाइसकेपछि अहिले सडक आवागमन सामान्य बनेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
भद्रपुर,२४ असोज । धान पाक्ने समय नजिकिएसँगै सीमावर्ती भारतीय जंगलबाट हात्तीको हुल आउँने जोखिम बढेपछि झापाको बाहुनडाँगी क्षेत्रमा डिभिजन वन कार्यालयले विशेष गस्ती टोली परिचालन गरेको छ।
डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार सशस्त्र वन रक्षकको नेतृत्वमा छ जनाको टोली असोज ८ गतेदेखि सो क्षेत्रमा खटाइएको हो। किसानले धान भित्र्याएसम्म टोलीले निरन्तर गस्ती गर्ने बताइएको छ।
विगतका वर्षहरूमा हात्तीको हुलले बाहुनडाँगी क्षेत्रमा धानबालीसहित अन्य कृषि उत्पादनमा ठूलो क्षति पुर्याउँदै आएको छ। विगत दुई दशकमा हात्तीको आक्रमणबाट झापामा ७५ जनाले ज्यान गुमाएका छन् भने विभिन्न कारणले २५ वटा हात्तीको मृत्यु भएको वन कार्यालयले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस