कपास उद्योगमा भीषण आगलागी

   असोज १२, २०८२       admin

सुर्खेत,१२ असोज। बिरेन्द्रनगर नगरपालिका–१० बसपार्क नजिक रहेको न्यु प्रसोधन कपास उद्योगमा आइतबार दिउँसो भीषण आगलागी भएको छ ।

प्रारम्भिक जानकारी अनुसार विद्युत् सर्टका कारण आगलागी भएको हो । घटनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो भने बिरेन्द्रनगर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उद्योग ऐरनाचोक निवासी प्रेमबहादुर खड्काको स्वामित्वमा रहेको बताइएको छ । आगलागीबाट भएको आर्थिक क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दसैँमा पनि नेपाल आयल निगमका डिपो खुला रहने

   असोज १२, २०८२       admin

काठमाडौँ,१२ असोज । दसैँको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका कार्यालय तथा डिपो खुला रहने भएका छन् ।

सार्वजनिक बिदामा पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न निगमले देशभरका १३ वटा डिपो तथा कार्यालय सञ्चालनमा राख्ने जनाएको छ ।

निगमका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा धनुषा, चारआली, नेपालगञ्ज, वीरगञ्ज, दाङ र दीपायलका इन्धन डिपो बिदाको दिन पनि सञ्चालन हुनेछन् ।

दसैँका समयमा सवारी साधनको प्रयोग बढ्ने भएकाले इन्धनको खपत पनि अत्यधिक हुने गर्दछ । यसलाई ध्यानमा राख्दै सहज बिक्री वितरणको व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अर्थमन्त्री खनाल र जापानी राजदूतबीच विकास परियोजनाबारे छलफल

   असोज १२, २०८२       admin

काठमाडौँ,१२ असोज । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच आज सिंहदरवारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ । भेटमा नेपाल–जापानबीचको ऐतिहासिक मित्रता, नेपालको आर्थिक–सामाजिक विकासमा जापानले पुर्‍याउँदै आएको सहयोग र हालको राजनीतिक परिवेशबारे चर्चा गरिएको थियो ।

अर्थमन्त्री खनालले हालको सरकार विशेष परिस्थितिमा गठन भएको उल्लेख गर्दै तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु नै सरकारको मुख्य उद्देश्य रहेको जानकारी गराए । उनले पुनर्निर्माण र आर्थिक–सामाजिक विकासका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे ।

उक्त अवसरमा निर्माणाधीन नागढुंगा सुरुङमार्ग परियोजना, तनहुँ जलविद्युत आयोजना, कोटेश्वर इंटरसेक्शन सुधार आयोजना तथा सिन्धुली सडक(बाढी प्रभावित)आपतकालीन पुनर्वास कार्यक्रमलगायतका विषयमा दुवै पक्षबीच विस्तृत छलफल भएको थियो ।

भेटमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सह–सचिव धनिराम शर्मा पनि उपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बुटवलबाट गुल्मी जाँदै गरेको गाडी दुर्घटना

   असोज १२, २०८२       admin


दाङ,१२ असोज । बुटवलबाट गुल्मीका लागि छुटेको ईभी गाडी दुर्घटना भएको छ । गुल्मीको मुसीकोटतर्फ जाँदै गरेको यात्रुवाहक ईभी गाडी पाल्पाको तानसेन नगरपालिका–१४ अर्गलीमा दुर्घटनामा परेको छ। गाडीमा १४ जना यात्रु सवार रहेका थिए।

दुर्घटनामा ३ जना यात्रु गम्भीर घाइते भएका छन् भने अन्य यात्रुहरू सामान्य घाइते भएका छन्। घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि रिडी लगिएको प्रहरीले जनाएको छ।

दुर्घटनाको विस्तृत कारण र घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ। पाल्पा प्रहरीका अनुसार सडकबाट ५० मिटर तल गाडी खसेको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मुसिकोट नगरपालिकामा अस्थायी र करार सम्झौता यथावत

   असोज १२, २०८२       admin

रुकुम पश्चिम,१२ असोज । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले पालिकामा कार्यरत अस्थायी र करार कर्मचारी नियुक्ति यथावत राख्ने भएको छ । अस्थायी नियुक्ति भएका र करार सेवामा कार्यरत कर्मचारीहरूको नियुक्ति र करार सम्झौता रद्द गर्नेगरी शुक्रबार पालिकाले सार्वजिनक सूचना जारी गरेको थियो । तर आइतबार सो निर्णयबाट पछि हट्दै पालिकाले ‘अस्थायी र करार सेवा सम्झौता यथावत’ गरिएको भनेर जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरीमार्फत जारी गरिएको सचनामा ‘गत शुक्रबार सूचना प्रकाशित गरिएकोमा हाल आएर यस विषयमा नगर कार्यपालिकाको आधिकारिक निर्णयसहित सूचना प्रकाशित गर्नुपर्ने भएकाले हाललाई अस्थायी र कारर सेवा सम्झौता यथावत रहेको’ भनिएको छ ।

गत असोज ५ गतेको मन्त्रिपरिषद्को बैठकबाट ‘नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने’ भनी भएको निर्णयअनुसार अर्थ मन्त्रालयको असोज ७ गतेको र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको असोज ८ गतेको परिपत्रमा आधारित भई मुसिकोट नगरपालिकाअन्तर्गत स्वीकृत दरबन्दीबाहेकका अस्थायी नियुक्ति भएका र करार सेवामा कार्यरत स्वास्थ्यकर्मी, शिक्षक तथा अन्य कर्माचारीको यही हिजो शनिबारदेखि लागू हुनेगरी नियुक्ति र करार सम्झौता रद्द गरिएको यसअघिको सूचनामा भनिएको थियो ।

यसपश्चात नगरपालिकाको यो निर्णयउपर विभिन्न प्रतिक्रिया आएका थिए । यस विषयमा नेकपा ९माओवादी केन्द्र० मुसिकोट नगर समितिले शनिबार प्रेस विज्ञप्तिि नै जारी गरेर करार सम्झौता रद्दसम्बन्धी निर्णयप्रति आपत्तिसमेत जनाएको थियो । त्यसको भोलिपल्टै नगरपालिका अर्को सूचना जारी गरेर शुक्रबारको निर्णयबाट पछि हटेको हो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दसैंभर मनसुनी वायुको प्रभावः अष्टमीदेखि टीकासम्म वर्षा हुने सम्भावना

   असोज १२, २०८२       admin

काठमाडौँ,१२ असोज । नेपालमा मनसुनी वायुको प्रभाव रहिरहेकाले यस वर्षको दसैं अवधिभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले जारी गरेको दसैं बुलेटिनअनुसार अष्टमी, नवमी र दसमीका दिन विभिन्न प्रदेशका पहाडी तथा तराई भू–भागमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

विभागका अनुसार असोज १४ गते अष्टमीका दिन बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागमा वर्षा हुने सम्भावना छ । असोज १५ गते महानवमीका दिन कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा पानी पर्ने देखिएको छ । असोज १६ गते टीकाको दिन बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका पहाडी क्षेत्र, कोशी प्रदेशका पहाडी र तराई भू–भाग, साथै मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

मौसमविद् विनोद पोखरेलले पनि दसैं अवधिभर वर्षा हुने र दसैंपछि समेत भीषण वर्षा हुन सक्ने औंल्याएका छन् । उनका अनुसार अक्टोबर ४ ९असोज १८० देखि अक्टोबर ७ ९असोज २१० सम्म भारी वर्षा हुने पूर्वानुमान छ ।

नेपालमा मनसुन याम सामान्यतया जेठ १८ देखि असोज १८ सम्म रहन्छ र यस अवधिमा सरदर १४७२ मिलिमिटर वर्षा हुने गरेकोमा यसवर्ष औसतभन्दा कम वर्षा भएको विभागले जनाएको छ । यद्यपि मनसुन अझै बाहिरिन बाँकी छ । गत वर्ष पनि मनसुन बहिर्गमनको समयमा भीषण वर्षा भएको थियो भने २०७८ सालमा मनसुन बाहिरिएपछि आएको भारी वर्षाले धानबालीमा ठूलो क्षति पुर्‍याएको स्मरण विभागले गराएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दसैंमा टीका नलगाइदिने पूर्वराजा ज्ञानेन्द्रको घोषणा

   असोज १२, २०८२       admin

काठमाडौँ,१२ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दसैंमा निवासमा आउनेलाई टीका नलगाइदिने भएका छन् । शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्र शोक र विध्वंशको स्थितिबाट गुज्रिरहेको कारण पर्वलाई यसपटक पारिवारिक र सांस्कृतिक रूपमा मात्र मनाउने बताएका हुन् ।

शाहले भनेका छन्, ‘हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई विगतमा झैं हामीबाट बृहत् रूपमा टीका–जमरा प्रदान नहुने जानकारी गराउँदछौँ ।’

उनले राष्ट्रको प्रगति र विकासका लागि आधुनिक प्रविधि, वैज्ञानिक दक्षता र बदलिँदो विश्व व्यवस्थालाई आत्मसात् गर्नुपर्नेमा जोड दिँदै राज्य व्यवस्थाले जनमनोभावनालाई सम्बोधन गर्दै समयानुकूल सुधार गर्नु अनिवार्य रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

छैठौँ अधिवेशनका गतिविधि सार्वजनिक

   असोज १२, २०८२       admin


काठमाडौँ, १२ असोज । संसद् सचिवालयले संघीय संसदको गतिविधि सार्वजनिक गरेको छ । सचिवालयले प्रतिनिधिसभाको छैठौं अधिवेशनका गतिविधि सावर्जनिक गरेको हो । हालै सार्वजनिक गरेको विवरणमा १२ वटा बुँदामा अधिवेशनका गतिविधि समेटिएका छन् ।

प्रतिनिधिसभाको छैटौं अधिवेशन २०८२ साल वैशाख १२ गते शुक्रबार प्रारम्भ भई २०८२ साल भदौ २७ गते शुक्रबारसम्म रह्यो । यस अवधिमा १४१ दिन अधिवेशन चालु रह्यो । जसमध्ये ५९ दिनमा ६१ पटक बैठक बसेका थिए ।

यही भदौ २३ र २४ गते जेनजीको प्रदर्शन भएको थियो । प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले राजीनामा दिए । प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने अवस्था बनेन् । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ गते प्रतिनिधिसभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकेका छन् ।

यो सन्दर्भमा संसद् सचिवालयले प्रतिनिधिसभाको कामकारबाहीको विवरण सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सात लाख ५० हजार नगदसहित एकजना पक्राउ

   असोज १२, २०८२       admin


काठमाडौँ,१२ असोज । सशस्त्र प्रहरीले स्रोत नखुलेको सात लाख ५० हजार रुपैयाँ नगदसहित एकजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलले सिराहाको भगवानपुर गाउँपालिकाबाट स्रोत नखुलेको सात लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले भगवानपुर गाउँपालिका९४ जमुवाटोलका ४५ वर्षीय ओमप्रकाश साहलाई गरेको हो ।

सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार साह लौकाहाबाट भगवानपुर चोकतर्फ पैदल जाँदै गर्दा शङ्का लागेर निजलाई जाँच गरिएको थियो । सो क्रममा निजको साथबाट उक्त नगद रकम फेला परेको हो । रकमको स्रोतबारे सोधपुछ गर्दा कुनै वैध प्रमाण प्रस्तुत गर्न नसकेपछि साहलाई पक्राउ गरिएको उनले बताए ।

सशस्त्र प्रहरीले यो रकम अवैध हुण्डी कारोबारमार्फत आएको हुनसक्ने आशङ्का गरेको छ । सीमावर्ती क्षेत्रमा हुने यस्ता अवैध वित्तीय कारोबार रोक्न सशस्त्र प्रहरी बलले निगरानी र सक्रियता बढाएको प्रहरी उपरीक्षक भण्डारीले उल्लेख गरे । पक्राउ परेका साहलाई बरामद रकमसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिराहामा बुझाइएको उनले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

चोरखोला दुर्घटना अपडेटःमृत्तकको पहिचान खुल्यो

   असोज १२, २०८२       admin


दाङ,१२ असोज । रुकुमपश्चिमबाट दाङ गइरहेको फोर्स गाडी दुर्घटनामा परी मृत्यु भएकाहरुको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा रुकुम पश्चिमको बाफीकोट गाउँपालिका ५ बस्ने २५ वर्षीय प्रकाश केसी, ६४ वर्षीया पवि केसी, २७ वर्षीय शशीधर केसी रहेका छन्।

दुर्घटनामा बाफीकोट गाउँपालिका ५ कै अन्दाजी ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीय बिना केसी घाइते छन्। उनीहरूको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ।

घाइते दुवैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचार पश्चात थप उपचारका लागि आज बिहान ६ बजेतिर बाँकेको नेपालगञ्ज रिफर गरिएको एसपी रामप्रसाद घर्ति मगरले जानकारी दिएका छन्।

गाडीमा तीन पुरुष, दुई महिला गरी जम्मा पाँच जना सवार थिए।

आइतबार बिहान रुकुमपश्चिमबाट दाङतर्फ गइरहेको फोर्स गाडी राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा गाडी दुर्घटना भएको थियो।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी आज बिहान करिब चार बजे सडकबाट करिब चार सय मिटर तल खसेर थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology