एमसीसीअन्तर्गत ३१५ किमि प्रसारण लाइन निर्माण सम्झौता

   असोज १०, २०८२       admin

काठमाडौं,१० असोज । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसीए-नेपाल)ले एमसीसी कम्प्याक्टअन्तर्गत ३१५ किलोमिटर लामो प्रसारण लाइन निर्माणका सम्पूर्ण सम्झौता सम्पन्न गरेको छ।

सम्झौताअनुसार आशिश-बोज्लर संयुक्त उपक्रमले लप्सीफेदी सबस्टेसनदेखि रातमाटे हुँदै नयाँ हेटौंडा सबस्टेसनसम्म ११७ किलोमिटर ४०० केभी प्रसारण लाइन निर्माण गर्नेछ।

करिब ७६६.५० लाख अमेरिकी डलर लागतको यो ठेक्का अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक प्रक्रियामार्फत दिइएको हो। हस्ताक्षर कार्यक्रममा एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र एमसीसीकी आवासीय राष्ट्रिय निर्देशक डायन एल. फ्रान्सिस्कोसहित पदाधिकारीहरूको उपस्थिति थियो।

फ्रान्सिस्कोले सम्झौताले नेपाल कम्प्याक्टको प्रगतिलाई प्रतिबिम्बित गर्ने बताए। यसअघि नुवाकोटदेखि नयाँ दमौली, नयाँ बुटवल हुँदै भारत–नेपाल सिमानासम्मको १९८ किलोमिटर लाइन र तीनवटा सबस्टेसन (रातमाटे, नयाँ दमौली, नयाँ बुटवल) निर्माण सम्झौता भइसकेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बिमा प्राधिकरणका अध्यक्षले लिए सपथ

   असोज १०, २०८२       admin

काठमाडौँ,१० असोज । नेपाल बिमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त भएका छन् । नव नियुक्त शर्माले अर्थमन्त्री रामेश्वर खनालबाट आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिएका हुन्। मन्त्रिपरिषद्को बिहीबारको निर्णयबाट शर्मा सो पदमा नियुक्त भएका थिए। शर्माले आजै कार्यभार सम्हाल्नेछन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

फरार कैदीमध्ये ८ हजारभन्दा बढी फर्किए, अझै छ हजार बढी फरार

   असोज १०, २०८२       admin

काठमाडौ,१० असोज । जेनजी आन्दोलनका क्रममा कारागार र सुधारगृहबाट भागेका कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना फर्किएका छन्। कारागार व्यवस्थापन विभागका अनुसार फर्किएकामध्ये सात हजार ७१३ जना कारागारका र ३४१ जना सुधारगृहका कैदीबन्दी छन्।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार केही कैदी आफैं कारागारमा फर्किएका हुन् भने केहीलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याइएको हो। तर, अझै छ हजार ४९४ जना कैदी फरार रहेका छन्। फरारमध्ये पाँच हजार ८७२ जना कारागारबाट र ६२२ जना सुधारगृहबाट भागेका हुन्। उनीहरूको खोजी कार्य जारी रहेको विभागले जनाएको छ।

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा देशभरका २८ वटा कारागार र ९ वटा सुधारगृहबाट १३ हजार ५८५ कैदी र ९६४ सुधारगृहका कैदीसहित १४ हजार ५४९ जना भागेका थिए। यसबीचमा १० कैदीको मृत्यु भएको छ।

देशभर कूल ३० हजार ६४६ कैदीबन्दीमध्ये हाल २३ हजार ४४६ जना मात्र कारागार तथा सुधारगृहमा रहेका विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

चाडपर्वमा हवाई भाडा नबढाउन सरकारको आग्रह

   असोज १०, २०८२       admin

काठमाडौं,१० असोज । सरकारले दशैँ–तिहार लगायतका चाडपर्वमा हवाई भाडा नबढाउन सबै वायु सेवा प्रदायक संस्थाहरूलाई आग्रह गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले शुक्रबार चाडपर्वलाई लक्षित गरी यात्रुहरूलाई थप आर्थिक बोझ नपरोस् भनेर हवाई भाडादर नियन्त्रणमा राख्न भनिएको जानकारी दिए। उनका अनुसार, सरकारले तोकेको अधिकतम भाडाभन्दा कम दरमा टिकट उपलब्ध गराउन वायु सेवा कम्पनीहरूलाई अनुरोध गरिएको छ।

भुलका अनुसार, वायु सेवा कम्पनीहरूलाई बोलाएर अधिकतम भाडादरमा टिकट नबेच्न र कम्तीमा एक–दुई स्तर तल्लो श्रेणीको टिकट यात्रुलाई दिन आग्रह गरिएको छ। उदाहरण दिँदै उनले भने, “बुद्ध एयरले आन्तरिक उडानमा धनगढीको टिकट १२ हजार रुपैयाँभन्दा बढी नबेच्ने तयारी गरेको छ। माग बढी हुँदा तल्लो दरका टिकट चाँडै सकिन्छ तर पनि अधिकतम दरलाई नियन्त्रण गर्न निर्देशन दिएका छौं।”

प्राधिकरणले चाडपर्वमा यात्रुको भीड व्यवस्थापनका लागि अतिरिक्त उडानको व्यवस्था गरिएको पनि जनाएको छ। सामान्य अवस्थामा दैनिक १० हजार यात्रु आन्तरिक उडान गर्ने भए पनि दशैँ–तिहारमा यो सङ्ख्या बढेर १८ हजारसम्म पुग्ने भएकाले अतिरिक्त उडान आवश्यक भएको प्राधिकरणले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भारतविरुद्ध मैत्रीपूर्ण खेलका लागि नेपाली महिला टोलीको प्रारम्भिक घोषणा

   असोज १०, २०८२       admin

काठमाडौँ,१० असोज । भारतसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक टोली घोषणा गरिएको छ।

शुक्रबार नवनियुक्त मुख्य प्रशिक्षक नवीन न्यौपानेले ३५ खेलाडीको नामावली सार्वजनिक गरेका हुन्। नेपाल र भारतबीच कार्तिक ९ गते सिक्किममा मैत्रीपूर्ण खेल हुने तय भएको छ।

घोषित प्रारम्भिक टोलीमा गोलकिपरमा एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, सुशिला चौधरी र लिला जोशी परेका छन्।

डिफेन्डरतर्फ निशा थोकर, समीक्षा घिमिरे, मन माया दमाई, प्रतिक्षा चौधरी, विमला बिक, पूजा राना, अमृता जैसी, सजनी ठोकर, हिराकुमारी भुजेल र नेहा कुमारी चौधरीलाई स्थान दिइएको छ।

मिडफिल्डरमा बिमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, अनिता केसी, हिमा राउत, दीपा शाही, तुलसा बोहरा, सेनु परियार र सुक्रिया मियाँ परेका छन्।

त्यस्तै, फरवार्ड लाइनमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, मीना देउवा, पूर्णिमा राई, जेनिफर मगर र स्टार स्ट्राइकर साबित्रा भण्डारीलाई प्रारम्भिक टोलीमा समावेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न वाणिज्य महासंघको आग्रह

   असोज १०, २०८२       admin

काठमाडौं,१० असोज । नेपाल उद्योग वाणिज्य महासंघले उद्योगी–व्यवसायी तथा आम सर्वसाधारणको सम्पत्तिमा भविष्यमा आक्रमण वा क्षति नहुने सुनिश्चितता कायम गर्न सरकारसँग आग्रह गरेको छ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको टोलीले बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति तथा कानून मन्त्री अनिलकुमार सिन्हासँग भेटघाट गर्दै सो माग राखेको हो।

भेटका क्रममा महासंघले युवा पुस्ताको हालको आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति मात्र नभई उद्योग, प्रतिष्ठान, कार्यालय र निवासमा समेत तोडफोड र आगजनी भएकाले पीडितको मनोबल बढाउन सुरक्षाको ग्यारेन्टी जरुरी भएकोमा जोड दिएको थियो।

अध्यक्ष ढकालले आन्दोलनका क्रममा भएको क्षतिबाट देशभर करिब ८० अर्ब रुपैयाँ बराबरको उद्योग–व्यवसाय प्रभावित भएको जानकारी गराउँदै दोषीमाथि कडा कारबाही र सुरक्षाको वातावरण बनाउन आग्रह गरे। उनले भने, “देशको समुन्नतिका लागि अन्यौल अन्त्य र सुशासन कायम गर्न महासंघ सरकारसँग सहकार्य गर्न तयार छ। निजी क्षेत्रको योगदान अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत छ, त्यसैले निर्वाध रूपमा काम गर्न सक्ने वातावरण चाहिन्छ।”

मन्त्री सिन्हाले आन्दोलनका क्रममा भएको ठूलो क्षतिप्रति दुःख व्यक्त गर्दै पनि निजी क्षेत्रले देखाएको सहयोग र सदाशयता सकारात्मक रहेको बताए। उनले सरकार आम सर्वसाधारण तथा व्यवसायिक सुरक्षाप्रति गम्भीर रहेको र उद्योग–व्यवसायको पुनरोत्थानमा निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको धारणा राखे।

महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले प्रत्येक आन्दोलनमा निजी क्षेत्रमाथि प्रहार हुने प्रवृत्ति रोक्न दृष्टिकोणमा परिवर्तन आवश्यक भएको बताए। उनले पुनर्निर्माणमा सम्भव भएसम्म स्वदेशी उत्पादनको उपयोग गर्नुपर्ने सुझाव पनि दिए। साथै, नेपालले २०२६ नोभेम्बरमा अल्पविकसित देश (LDC) को सूचीबाट बाहिरिने तयारीमा रहेकाले अहिलेको परिस्थितिमा सरकार संयुक्त राष्ट्रसंघसमक्ष स्तरोन्नति स्थगित गर्न आग्रह गर्नुपर्नेमा जोड दिए।

त्यस्तै, उपाध्यक्ष हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ र कोषाध्यक्ष भरतराज आचार्यले कानूनी राज्यको प्रत्याभूति दिनु आजको प्राथमिकता भएको बताए। उनीहरूले युवा पुस्ताको आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त समाज र सुशासनको माग पूरा गर्ने अपेक्षा आम नागरिकको रहेको र सरकार त्यसतर्फ गम्भीर हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेताहरूको पासपोर्ट मात्र नभई पक्राउ गर्नुपर्ने हुनसक्छ: गृहमन्त्री अर्याल

   असोज १०, २०८२       admin

काठमाडौं,१० असोज। गृहमन्त्री ओमप्रकाश अर्यालले नेताहरूको पासपोर्ट रोक्कामात्र नभई पक्राउ गरी बयान लिनुपर्ने अवस्था आउन सक्ने बताएका छन्।

बिहीबार साँझ सिंहदरबारबाट बाहिरिने क्रममा पत्रकारले दलका शीर्ष नेताहरूको पासपोर्ट रोक्का सम्बन्धी प्रश्न गर्दा उनले भने, “कानुनमा सबै कुरा छ। अनुसन्धान गर्ने निकायले जे आवश्यक पर्छ गर्छ। पासपोर्ट मात्रै होइन, पक्राउ गर्नुपर्ने होला, बयान लिनुपर्ने होला।”

उनले राज्यका अनुसन्धान निकायहरू सक्रिय भइसकेको र कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढ्ने पनि स्पष्ट पारे।

यसअघि मन्त्रिपरिषद् बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले पनि शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने विषयमा अध्ययन भइरहेको बताएका थिए। उनका अनुसार, भ्रष्टाचार, अनियमितता र अपराधसँग सम्बन्धित विषयमा राज्य संयन्त्रले अनुसन्धान अगाडि बढाइरहेको छ।

यसैबीच, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणाले यही असोज ३ गते नयाँ पासपोर्ट निकालेको तथ्य सार्वजनिक भएको छ। उनीहरूको पासपोर्टमा थाइल्यान्डको भिसा समेत लागिसकेको स्रोतले जनाएको छ।

भदौ २४ मा बुढानीलकण्ठस्थित देउवा निवासमा तोडफोड र आगजनी हुँदा पुरानो पासपोर्ट जलेको वा हराएको अनुमान गरिएको थियो। उनीहरू उपचार वा अन्य कारण देखाएर विदेश जान सक्ने भन्दै सरकारले सुरक्षा संयन्त्रलाई सतर्क रहन निर्देशन दिएको बताइएको छ।

सम्पत्ति शुद्धीकरण विभाग, नेपाल प्रहरीको सिआइबी र राहदानी विभागबीच देउवा दम्पतीको पासपोर्ट रोक्का गर्नेबारे छलफल भइरहेको स्रोतले जानकारी दिएको छ। राहदानी ऐन २०७६ को दफा १२ अनुसार, भ्रष्टाचार वा सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्ने निकायले आवश्यक ठानेमा राहदानी रोक्का गर्न सक्ने प्रावधान छ।

केही दिनअघि सम्पत्ति शुद्धीकरण विभागले देउवा निवासमा मुचुल्का उठाएको थियो। त्यहाँ भेटिएको नगदसम्बन्धी भिडिओ सार्वजनिक भएपछि विभागले छानबिन सुरु गरेको हो। पूर्वऊर्जामन्त्री दीपक खड्काको घरमा पनि प्रदर्शनकारीले नगद फालेको दृश्य सार्वजनिक भएपछि विभागले त्यहाँ समेत मुचुल्का उठाएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

औषधिमा १०० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

   असोज १०, २०८२       admin

काठमाडौं,१० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो अक्टोबर १ देखि लागू हुने गरी आयातित औषधि, किचन क्याबिनेट, बाथरुम भ्यानिटी, गद्देदार फर्निचर र मालवाहक ट्रकलगायत वस्तुमा नयाँ आयात कर ९ट्यारिफ० लगाउने घोषणा गरेका छन्।

उनका अनुसार औषधिमा १०० प्रतिशत, किचन क्याबिनेट र बाथरुम भ्यानिटीमा ५० प्रतिशत, फर्निचरमा ३० प्रतिशत र ट्रकमा २५ प्रतिशत आयात कर लागू हुनेछ। ट्रम्पले बिहीबार आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसियल मार्फत यसबारे जानकारी दिएका हुन्।

ट्रम्पले औषधिमा लगाइने नयाँ कर अमेरिकामा उत्पादन प्लान्ट निर्माण गरिरहेका वा निर्माण सुरु गरिसकेका कम्पनीलाई भने लागू नहुने स्पष्ट पारेका छन्। तर, पहिले नै अमेरिकामा कारखाना सञ्चालन गरिरहेका कम्पनीलाई छुट दिने वा नदिनेबारे अझै स्पष्टता छैन।

अमेरिकी जनगणना ब्युरोका अनुसार, सन् २०२४ मा मात्रै अमेरिकाले करिब २३३ अर्ब डलरबराबरका औषधि तथा औषधीय उत्पादन आयात गरेको थियो। १०० प्रतिशत आयात कर लागू हुँदा औषधिको मूल्य दोब्बर हुने अनुमान गरिएको छ, जसले सर्वसाधारणको स्वास्थ्य खर्च बढाउने मात्र होइन, मेडिकेयर र मेडिकेड योजनामाथि समेत थप दबाब पार्ने बताइएको छ।

फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले पनि बढ्दो मूल्यवृद्धिले महँगीलाई थप चुल्याइरहेको चेतावनी दिएका थिए। ट्रम्पले भने आयात करले बजेट घाटा कम गर्ने र घरेलु उद्योगलाई प्रोत्साहन गर्ने दाबी गरेका छन्। तर, विज्ञहरूले भने यसले महँगी झन् बढाउने र आर्थिक वृद्धिमा नकारात्मक असर पार्ने चेतावनी दिएका छन्।

ट्रम्पको निर्णय विशेषगरी भारतको औषधि उद्योगमा प्रत्यक्ष असर गर्ने अनुमान गरिएको छ। अमेरिका भारतका औषधि उत्पादकका लागि सबैभन्दा ठूलो बजार हो। सन् २०२४ मा भारतले ३१ हजार ६२६ करोड भारुबराबरका औषधि अमेरिका निर्यात गरेको थियो भने सन् २०२५ को पहिलो ६ महिनामै यो आँकडा ३२ हजार ५०५ करोड भारु पुगेको छ।

यस्तो अवस्थामा १०० प्रतिशत कर लाग्दा भारतबाट निर्यात हुने सस्ता जेनेरिक औषधि समेत अमेरिकामा महँगो हुनेछन्। यसले डा। रेड्डीज, सन फार्मा, लुपिनलगायत प्रमुख कम्पनीलाई बढी असर गर्ने अनुमान गरिएको छ। ट्रम्पको नीतिले विशेषगरी ब्रान्डेड र पेटेन्ट गरिएका औषधिमा बढी प्रभाव पार्ने देखिएको छ भने जेनेरिक औषधि सम्बन्धी नीति अझै स्पष्ट छैन।

स्रोत: हिन्दुस्तान टाइम्स

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दसैंका लागि राजधानी छाड्नेको भीडः २ लाख २० हजार यात्रु बाहिरिए

   असोज १०, २०८२       admin

काठमाडौँ,१० असोज । काठमाडौं उपत्यकाबाट दसैं मनाउन घर फर्कनेको संख्या दिनानुदिन बढ्दै गएको छ। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अनुसार घटस्थापनादेखि बिहीबार साँझसम्म दुई लाख २० हजार यात्रुले विभिन्न नाकाबाट काठमाडौं छाडेका छन्।

महासचिव भरत नेपालका अनुसार हालसम्म बिपी राजमार्गबाट मात्र १० हजार सार्वजनिक गाडी उपत्यकाबाट गुडिसकेका छन्। घटस्थापनापछि बिपी राजमार्गबाट दैनिक तीन हजार पाँच सय, अरनिको राजमार्गबाट दैनिक ३५०, मुग्लिन–पोखरा खण्डबाट दैनिक १,५०० तथा टोखा रुटबाट करिब १०० गाडी बाहिरिने गरेका छन्।

मुग्लिन–नारायणघाट खण्ड अवरुद्ध हुँदा पछिल्ला तीन दिन त्यस क्षेत्रमा यात्रा गर्ने यात्रुहरू रोकिँदा वैकल्पिक तीन रुट ९त्रिभुवन राजमार्ग, कान्ति लोकपथ र दक्षिणकाली० अत्यधिक व्यस्त भएका छन्।

नयाँ बसपार्क सञ्चालन गर्ने लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरका अनुसार सामान्यतया दैनिक २५० बस बाहिरिने बसपार्कबाट अहिले दैनिक ५०० बस छुट्न थालेका छन्।

यात्रुको सहजताका लागि उपत्यका ट्राफिक प्रहरीले संघ–संस्थासँगको सहकार्यमा १५ स्थानमा सहायता कक्ष स्थापना गरेको छ।

यातायात व्यवसायीहरूका अनुसार दसैंमा लामो दूरीमा गुड्ने ठूलो बसले दैनिक २० हजार रुपैयाँसम्म र छोटो दूरीमा गुड्ने माइक्रोबसले ३ हजारदेखि ३ हजार पाँच सयसम्म आम्दानी गर्ने गरेका छन्। विद्युतीय गाडीले पेट्रोल–डिजेल गाडीभन्दा अझ बढी आम्दानी गर्ने पनि उनीहरूको भनाइ छ।

यात्रुको चापसँगै वर्षभरिको घाटा उठाउने आशामा व्यवसायीहरू खुसी देखिएका छन्। तर देशभरका मुख्य सडकहरूमा वर्षा र पहिरोका कारण अवरोध बढ्दा यात्रुहरू मर्कामा परेका छन्। मंगलबार मुग्लिन–नारायणघाट खण्डमा तुइन खोलामा ठूलो ढुंगासहितको पहिरो गएपछि सवारी साधन घण्टौँ रोकिँदा यात्रुलाई गन्तव्य पुग्न ढिलाइ भएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

निवर्तमान गृहमन्त्री लेखकलाई मातृशोक

   असोज ०, २०८२       admin

काठमाडौ,९ असोज । निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ । लेखककी आमा शारदा लेखकको उपचारको क्रममा आज निधन भएको परिवारस्रोतले जनाएको छ ।  

८९ वर्षीया आमा शारदाको ह्यम्स अस्पतालमा उपचारका क्रममा बिहीबार चार बजे निधन भएको हो ।  

स्वर्गीय लेखकको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology