काठमाडौँ,६ असोज । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सोमबार पदभार ग्रहण गरेका छन्। शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हाले।
पदभार ग्रहण समारोहमा मन्त्री खरेलले ६ महिनाभित्र सुशासन र पारदर्शिताको आधार तयार गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “६ महिनाको लागि सञ्चारमन्त्री आएर कायापलट गर्न सम्भव छैन। तर भ्रष्टाचार नियन्त्रण गरेर सुशासनलाई देखिने र जनताले महशुस गर्ने गरी केही आधारहरू बनाउनु आवश्यक छ।”
उनले भ्रष्टाचार तत्कालै अन्त्य नहुने तर क्रमशः घटाउँदै लैजान सकिने बताउँदै, “सरकार निर्मम भएर काम गरिरहेको छ भन्ने अनुभूति जनतालाई गराउन सकिन्छ,” भने।
त्यसैगरी उनले राजनीतिक हस्तक्षेप र नेतामन्त्रीको चम्चागिरी नभए स्वतन्त्र र प्रभावकारी ढंगले अघि बढ्न सकिने पनि उल्लेख गरे।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,६ असोज । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिमण्डलमा चार नयाँ मन्त्री थप्दै विस्तार गरेकी छन्। यससँगै कार्की नेतृत्वमा मन्त्रिमण्डल ८ सदस्यीय बनेको छ।
नवनियुक्त मन्त्रीहरूले सोमबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रधानमन्त्री कार्कीले अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य, आपूर्ति, कानुन, न्याय तथा संसदीय मन्त्रालय र भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि, मदन परियारलाई कृषि, जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नियुक्त गरेकी छन्। स्वास्थ्य मन्त्रीका लागि सुरुमा संगीता कौशल मिश्रको नाम सिफारिस भए पनि पछि उनलाई हटाइएको थियो।
यसअघि गृह मन्त्रालयमा ओमप्रकाश अर्याल, अर्थ मन्त्रालयमा रामेश्वर खनाल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङ नियुक्त भइसकेका थिए।
प्रधानमन्त्री कार्कीलाई राष्ट्रपति पौडेलले भदौ २७ गते प्रधानमन्त्री नियुक्त गरेका थिए र सोही दिन प्रतिनिधिसभा विघटन गर्दै आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,६ असोज । पूर्व-पश्चिम राजमार्गमा सवारी साधन एकआपसमा ठोक्किदा ३१ जना घाइते भएका छन् ।
राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा-१९ दारिमटारमा ३ वटा सवारी साधन आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार तेल बोकेको ट्याङ्कर, मालबाहक ट्रक र यात्रुवाहक बस एक-आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।
दुर्घटनास्थलमा प्रहरीको टोली खटिएको छ भने घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,६ असोज । शिक्षा मन्त्रालयले भवन स्थानन्तरण गरि सेवा सुरु गरेको छ। जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीहरूले सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जलाइदिएपछि मन्त्रालय अन्यत्र सर्नु परेको हो ।
भवन प्रयोग गर्न अयोग्य भएपछि मन्त्रालयले अस्थायी रूपमा लैनचौरस्थित केशरमहलबाट सेवा प्रवाह थालेको छ ।
उक्त भवनमा आज हुने भनिएको नवनियुक्त शिक्षामन्त्रीको पदभार ग्रहण पनि हुने छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा वैज्ञानिक महाविर पुन सिफारिस भएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,६ असोज । दाङ जिल्लामा पाँचवटा अतिरिक्त हुलाक कार्यालय बन्द भएका छन्। हुलाक निर्देशनालय दाङका अधिकृत शोभाराम बस्नेतका अनुसार तुलसीपुर–१३ को फूलबारी, तुलसीपुर–१८ बेलझुण्डी, तुलसीपुर–४ को हलवार, बबई गाउँपालिकाको पुरन्धारा, र दङ्गीशरण गाउँपालिकाको गोल्टाकुरीमा रहेका अतिरिक्त हुलाक कार्यालयहरू अब सञ्चालनमा छैनन्।
अधिकृत बस्नेतले भने, “अतिरिक्त हुलाक कार्यालयको काम प्रायः शून्य छ। केही बैंकका चिठी बाहेक अरू चिठी आउँदैनन्।”
सधैं कम सेवाग्राही हुँदा, अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरूको अवकाशपछि पद स्वतः खारेज हुने कानुनी व्यवस्था अनुसार कार्यालय बन्द गरिएको हो। यसअघि विरोध भएता पनि अब कार्यालयहरू कर्मचारीको अवधिभर मात्र सञ्चालन हुन्छन्।
अतिरिक्त हुलाक कार्यालयहरूमा हुलाक प्रतिनिधि, वितरण, डाँक वाहक लगायतका पद थिए, जसले दैनिक कम्तीमा दुई घण्टा काम गर्नुपर्ने व्यवस्था थियो। हाल दाङमा २५ वटा अतिरिक्त हुलाक कार्यालयहरू र पाँचवटा इलाका हुलाक कार्यालयहरू सञ्चालनमा छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,६ असोज । अन्तरिम सरकारले केही मन्त्रीहरूको शपथ कार्यक्रम एक घण्टा सरेको छ। तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्री पाउने विषय भने अझै अनिश्चित छ। पूर्वअतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको विषयमा विवाद बढेपछि निर्णय ‘होल्ड’ गरिएको छ।
राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका अन्य मन्त्रीहरू भने निर्धारित समय अनुसार साँझ ३ बजे शपथ लिने कार्यक्रममा छन्।
कार्कीले आइतबार सिफारिस गरेका मन्त्रीहरूमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पूर्वअतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्र, र पत्रकार जगदिश खरेल समावेश छन्।
स्वास्थ्य मन्त्रालयको मन्त्रीमा सिफारिस भएकी मिश्राको अख्तियारमा उजुरी परेको, सचिव नबन्दा ६ महिना विदामा बसेको, र अनुभव प्रमाणपत्र असत्य भएको जस्ता विवाद सतहमा आएपछि उनको नियुक्ति ‘होल्ड’ गरिएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
मलंगवा,६ असोज । झुठा विवरण पेश गरी शंकास्पद व्यक्तिलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा सर्लाहीको पर्सा गाउँपालिका–४ का वडाध्यक्ष सुबोध राय यादवलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार चारजनाको नागरिकता बनाउन सिफारिस गरेको प्रमाणसहित वडाध्यक्ष यादवलाई असोज ५ गते नियन्त्रणमा लिइएको हो।
प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईका अनुसार जिल्ला प्रशासन कार्यालय सर्लाहीको चलानी नम्बर ११२९१ र मिति २०८१ असार ३ गतेको पत्रका आधारमा वडाध्यक्ष यादवविरुद्ध अनुसन्धान अघि बढाइएको हो।
प्रहरीले यादवलाई नागरिकतासम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत सर्लाहीबाट १५ दिनको म्याद लिई अनुसन्धान गरिरहेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,६ असोज । पर्सामा सशस्त्र प्रहरीले ठूलो परिमाणको लागूऔषध चरेस बरामद गरेको छ।
पोखरिया नगरपालिका–७ जगतपुर गाउँमा रहेको बाख्रा राख्ने छाप्रोभित्र कालो झोलामा लुकाइ राखिएको अवस्थामा १९ किलो १२६ ग्राम चरेस फेला परेको प्रहरीले जनाएको छ।
विओपी प्रसौनी भठ्ठाबाट सहायक प्रहरी निरीक्षक चेतन बाह्रकोटीको नेतृत्वमा गएको टोलीले उक्त चरेस बरामद गरेको हो। बरामद सामग्री इलाका प्रहरी कार्यालय पोखरियामा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ ,६ असोज । घटस्थापनाको दिन सार्वजनिक बिदा भए पनि विद्युतीय भुक्तानीका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालनमा रहने भएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार सोमबार पनि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म आरटीजीएस सञ्चालन हुनेछ। राष्ट्र बैंकले सूचना जारी गर्दै सार्वजनिक बिदा भए पनि ठूलो मूल्य तथा अति जरुरी भुक्तानी कारोबारका लागि आरटीजीएस प्रणाली उपलब्ध हुने जनाएको छ।
आरटीजीएस प्रणाली मुख्यतया ठूलो रकम र तात्कालिक भुक्तानीका लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली हो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,६ असोज । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि सिफारिस गरेकी डा. संगीता कौशल मिश्र अन्तिम घडीमा सूचीबाट हटेकी छन्।
कार्कीले मिश्रसहित पाँच जनाको नाम राष्ट्रपति कार्यालयमा पठाएकी थिइन्। तर मिश्रको नागरिकता विवाद र अनियमिततासम्बन्धी मुद्दा गम्भीर रूपमा उठेपछि आज बिहानै उनको नाम काटेर चार जनाको मात्र नाम पुनः राष्ट्रपति रामचन्द्र पौडेलकहाँ पठाइएको हो।
मन्त्रिपरिषद् स्रोतका अनुसार, आज उद्योगमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदन परियार र सञ्चारमन्त्री जगदीश खरेलले शपथ लिने छन्। शपथ समारोह दिउँसो २ बजे शीतल निवासमा हुनेछ।
‘अहिलेलाई स्वास्थ्य मन्त्री पद खाली राखिएको छ,’ स्रोतले भन्यो।
यौन तथा प्रजनन स्वास्थ्य विशेषज्ञका रूपमा परिचित मिश्रले प्रसूति तथा स्त्री रोग विशेषज्ञको रूपमा समेत योगदान दिएकी छन्। उनले स्वास्थ्य सेवा विभाग र थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व गरिसकेकी छिन्।
तीन वर्षदेखि अतिरिक्त सचिव रहेकी मिश्र गत वर्ष सचिव बढुवामा डा. विकास देवकोटा चयन भएपछि असन्तुष्टि जनाउँदै बिदामा बसेकी थिइन्। मन्त्री बन्ने तयारी मिलाएपछि उनले अतिरिक्त सचिव पदबाट राजीनामा समेत दिएकी थिइन्।
यसअघि रामेश्वर खनाल (अर्थ), कुलमान घिसिङ (सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार), र ओमप्रकाश अर्याल (गृह तथा कानुन, न्याय र संसदीय मामिला) मन्त्री बनिसकेका छन्।
भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि राष्ट्रपति पौडेलले भदौ २७ गते पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका थिए। त्यसपछि संसद् विघटन गरी आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन घोषणा भइसकेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस