लुम्बिनी प्रदेशमा संविधान दिवस : युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्नेमा जोड

   असोज ०३, २०८२       admin

दाङ,३ असोज । लुम्बिनी प्रदेश सरकारले शुक्रबार संविधान दिवस मनाएको छ। प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका (देउखुरी) मा मूल समारोह गरी ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ मूल संकल्पसहित दिवस मनाइएको हो।

समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ पुस्ताको चाहना र सोचअनुरूप कार्यशैलीमा परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले भने , “युवा पुस्ताको चाहनाअनुसार हाम्रो काम पारदर्शी, जवाफदेही र जिम्मेवार ढंगले अघि बढाउनेतर्फ प्रदेश सरकार प्रतिबद्ध छ। लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधानको कार्यान्वयन नै हाम्रो साझा लक्ष्य हो।”

मुख्यमन्त्री आचार्यले सेवा प्रवाहमा ढिलासुस्ती र फाइल रोकिराख्ने प्रवृत्तिको अन्त्य गर्दै सुशासन, भ्रष्टाचार नियन्त्रण र नागरिकका गुनासो समयमै सम्बोधन गर्न सरकार केन्द्रीत रहेको बताए ।

कार्यक्रममा सभामुख तुलाराम घर्तिमगरले संविधानभित्रैबाट समस्याको समाधान खोजिनुपर्नेमा जोड दिए ।

पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानलाई अझ माटो सुहाउने गरी परिमार्जन गर्नुपर्ने धारणा राख्नुभयो भने पूर्व मुख्यमन्त्री जोखबहादुर महराले सामाजिक परिवर्तनको नेतृत्व संविधानले नै गर्नुपर्ने बताए ।

आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मुख्यमन्त्री कार्यालयका कानून सचिव लिलाधर सुवेदीले गरेका थिए।

कार्यक्रममा प्रदेश सभाका पदाधिकारी, प्रदेश सरकारका सचिव तथा कर्मचारी, स्काउट विद्यार्थी र स्थानीय समुदायको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउँछ : मुख्यमन्त्री आचार्य

   असोज ०३, २०८२       admin

दाङ,३ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउने बताएका छन्।

संविधान दिवस–२०८२ का अवसरमा शुक्रबार जारी शुभकामना सन्देशमा उनले संविधान कार्यान्वयनमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

मुख्यमन्त्री आचार्यले संविधानले संघीय बहुदलीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीलाई अंगिकार गर्दै मौलिक हक,अधिकारको रक्षा, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, कानूनी शासन र समाजवादउन्मुख अर्थतन्त्रलाई अघि सारेको स्मरण गराए।

प्रदेश सरकारले संविधान, दीगो विकास लक्ष्य, अन्तर्राष्ट्रिय प्रतिबद्धता र दोस्रो आवधिक योजनालाई आधार मानी नीतिगत, संरचनात्मक र कानूनी सुधार अघि बढाइरहेको उनको भनाइ छ। उनले सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, जवाफदेही कार्यशैली र नागरिकका गुनासा समयमै सम्बोधनलाई प्राथमिकता दिइएको स्पष्ट पारे।

भ्रष्टाचार नियन्त्रणका लागि पाँच वर्षे रणनीतिक कार्ययोजना कार्यान्वयनमा ल्याइसकेको जानकारी दिँदै आचार्यले युवा पुस्ताको चाहनाअनुरूप प्रदेश सरकार थप पारदर्शी, जवाफदेही र जिम्मेवार ढंगले अघि बढ्ने प्रतिवद्धता जनाए।

संविधान दिवसले आपसी एकता, सहकार्य र समन्वयमा जोड दिने विश्वास व्यक्त गर्दै उनले समृद्ध लुम्बिनी र खुसी नागरिकको यात्रामा सबै सरोकारवालाको सक्रिय सहभागिताको आह्वान गरे।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

संविधान दिवसमा एमालेको कार्यक्रम, अध्यक्ष ओली अनुपस्थित

   असोज ०३, २०८२       admin

काठमाडौं,३ असोज । संविधान दिवसको अवसरमा नेकपा एमालेले केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । कार्यक्रममा ओलीका लागि आसन समेत व्यवस्थापन गरिएको थिएन ।

महासचिव शंकर पोख्रेलको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्षता गरिन् भने प्रमुख वक्ताको रुपमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गरे । तर ओली कार्यक्रममा उपस्थित हुने वा नहुने भन्नेबारे एमालेले कुनै जानकारी दिएको छैन ।

जेन जेड आन्दोलनपछि सरकारको नेतृत्व छाडेका ओली पछिल्ला औपचारिक कार्यक्रममा देखिएका छैनन् । उनी गत बिहीबार मात्र सेनाको ब्यारेकबाट बाहिरिएका थिए । ब्यारेकबाट बाहिरिएपछि ओली भक्तपुरको गुड्डुस्थित भाडाको घरमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

शिक्षा, समानता र समृद्धि निर्माणमा हातेमालो गरौँ : प्याब्सन दाङ

   असोज ०३, २०८२       admin

दाङ, ३ असोज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङले शिक्षा, समानता र समृद्धि निर्माणमा सबैलाई हातेमालो गर्न आह्वान गरेको छ।

संविधान दिवस २०८२ को अवसरमा आज शुक्रबार शुभकामना सन्देश जारी गर्दै अध्यक्ष निर्मल न्यौपाने र सचिव आदिम केसीले हस्ताक्षर गरेका संयुक्त सन्देशमार्फत संविधान दिवसलाई राष्ट्रिय गौरवको दिनका रूपमा स्मरण गरिएको छ।

सन्देशमा भनिएको छ, “संविधानले हामी सबैलाई समान अधिकार, अवसर र सामाजिक न्यायको ग्यारेन्टी दिएको छ। यसको प्रभावकारी कार्यान्वयन हाम्रो साझा जिम्मेवारी हो।”

शिक्षामा गुणस्तर वृद्धि गर्दै समान पहुँच सुनिश्चित गर्न प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, विद्यार्थीलाई राष्ट्रिय एकता र सामाजिक सद्भावको अभियन्ता बनाउन शिक्षालयहरूले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ।

“हाम्रो मुलुकको समृद्ध भविष्य शिक्षामा निहित छ। संविधानले दिएको अधिकारलाई व्यवहारमा उतार्दै शिक्षा, शान्ति र विकासतर्फ एकजुट भई अघि बढ्नुपर्ने आवश्यकता अझ बढेको छ,” सन्देशमा उल्लेख छ।

संविधान दिवसलाई राष्ट्रिय एकता, सहकार्य र सकारात्मक सोचका साथ मनाउनुपर्ने भन्दै आगामी दिनमा संविधानले मार्गदर्शन गर्ने मूल्य–मान्यताहरू आत्मसात् गर्दै नेपाललाई शैक्षिक, सामाजिक र आर्थिक दृष्टिले समृद्ध बनाउन सबैलाई हातेमालो गर्न आह्वान गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

संविधान दिवसः संविधान घोषणाको दशक पुरा

   असोज ०३, २०८२       admin

काठमाण्डौ, ३ असोज। आज संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । संविधानसभाबाट नेपालको संविधान २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले घोषणा गरेका थिए। संविधान जारी भएको आज एक दशक पूरा भएको छ ।

गृहमन्त्रालयका सहसचिव ऋषिराम तिवारीका अनुसार दिवसको मूल कार्यक्रम राजधानीको सैनिक मञ्च, टुँडिखेलमा आयोजना गरिएको छ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रुपमा उपस्थित छन् भने प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ ।

विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष झाँकीलगायतका सांस्कृतिक प्रस्तुति कम गर्ने निर्णय गरिएको छ । पछिल्ला आन्दोलनका कारण जनधनको क्षति भएको र विषम अवस्था सिर्जना भएकाले बहस, छलफल र अन्तरक्रियासहितका गतिविधि आयोजना नगर्ने तयारी गरिएको छ ।

संविधान जारी भएको दशकलाई उत्सवका रुपमा मनाउन अघिल्लो सरकारले भदौ ८ गते मूल समारोह समिति गठन गरेको थियो । तर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुहुँदा राजनीतिक परिस्थितिमा परिवर्तन आएको हो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सैनिक व्यारेकबाट फर्किए ओली

   असोज ०२, २०८२       admin

काठमाडौं,२ असोज । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिरिएका छन्।

जेन–जी आन्दोलनका क्रममा सुरक्षा कारणले नेपाली सेनाले उनलाई नियन्त्रणमा राखेको थियो। गत २४ भदौ प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनी सैनिक ब्यारेकमै बस्दै आएका थिए।

सुरक्षा निकायका अनुसार ओली भक्तपुरको गुण्डु सरेका छन्। त्यहाँका लागि भाडाको घर लिइएको बताइएको छ। यसअघि बालकोटस्थित उनको घर प्रदर्शनकारीले जलाएको थियो।

ओलीलाई गुण्डु सार्ने पहल एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले गरेका हुन्। उनले ओलीलाई भव्य कार्यक्रममार्फत सार्वजनिक गरिने घोषणा पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अब अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी हुने

   असोज ०२, २०८२       admin

काठमाडौं,२ असोज । अब अन्तर्राष्ट्रिय कार्डमार्फत पनि नेपालमा राजस्व भुक्तानी गर्न सकिने भएको छ।

महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता दीपक लामिछानेका अनुसार राजस्व व्यवस्थापन सूचना प्रणालीमा आजदेखि अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली जोडिएको छ। अर्थमन्त्री रामेश्वर खनाल र मुख्यसचिव एकनारायण अर्यालले संयुक्त रुपमा यसको शुभारम्भ गरेका छन्।

यो सुविधा सुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकले अध्यागमनसम्बन्धी राजस्व कार्डमार्फत भुक्तानी गर्न सक्नेछन्। यसले भौतिक उपस्थितिबिनै २४ घण्टा सेवा पाउने व्यवस्था मिलाएको कार्यालयले जनाएको छ।

मास्टरकार्ड, भिसा, ‘अलिपे’लगायत अन्तर्राष्ट्रिय नेटवर्कमा आवद्ध कार्ड प्रयोग गरेर अध्यागमन विभागका सेवा शुल्क भुक्तानी गर्न सकिनेछ। त्रिभुवन विमानस्थल हुँदै आउने पर्यटकका लागि यो प्रणाली विशेष उपयोगी हुने बताइएको छ।

हाल यो सुविधा अध्यागमन विभाग र मातहतका निकायमा मात्र उपलब्ध भए पनि क्रमशः अन्य सरकारी निकायमा पनि विस्तार गरिने प्रवक्ता लामिछानेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रधानमन्त्री कार्कीसंग अमेरिकी राजदूतको भेटवार्ता

   असोज ०२, २०८२       admin


काठमाडौँ,२ असोज । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर टम्सनले बिहीवार शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रभधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्कीसंग टम्सनले भेटवार्ता गरेका हुन् । भटवार्तामा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राजदूत टम्सनले नेपालको विकासका लागि अमेरिकाले सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पूर्व प्रधानमन्त्री खनालकी पत्नी चित्रकारको बायाँ हात काटियो अवस्था गम्भीर

   असोज ०२, २०८२       admin

काठमाडौँ ,२ असोज । गत भदौ २४ गतेको आन्दोलनका क्रममा आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको उपचारक्रममा बायाँ हात काटिएको छ।

पूर्वप्रधानमन्त्री खनालका अनुसार ७० वर्षीया चित्रकारको शरीर करिब १७ प्रतिशत जलेको छ। कीर्तिपुरस्थित बर्न अस्पतालको आइसियुमा उनको अवस्था गम्भीर रहेको छ। ‘निमोनियासमेत देखिएको छ, चेतना भए पनि बोल्न सक्ने अवस्थामा छैनन्,’ खनालले जानकारी दिए।

चिकित्सकले हाललाई त्यहीँ उपचार गर्ने बताएका छन्। कति दिनसम्म उपचार लाग्छ भन्नेबारे अझै अनुमान गर्न नसकिएको खनालले बताए।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा खनालको काठमाडौं डल्लुस्थित घरमा आगजनी भएको थियो। त्यसक्रममा चित्रकार घाइते भएकी थिइन् र त्यतिबेलादेखि निरन्तर उपचारमा छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

महिलामाथि हतियार प्रहार

   असोज ०२, २०८२       admin

काठमाडौं, २ असोज । काठमाडौंको गोकर्णेश्वर नगरपालिका -७ स्थित शिव चोकमा एक महिलामाथि हतियार प्रहार भएको छ।

गोकर्णेश्वर नगरपालिकाको शिवचोकमा आफ्नै घरमा खाना खाइरहेको अवस्थामा सीतादेवी पन्तमाथि हतियार प्रहार भएको हो। पन्तको स्वास्थ्य अवस्था मध्यम रहेको र उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पन्तमाथि आक्रमण गरेको आरोपमा प्रहरीले सिन्धुपालञ्चोकका ३७ वर्षीय कर्णबहादुर तामाङलाई पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology