महिलामाथि हतियार प्रहार

   असोज ०२, २०८२       admin

काठमाडौं, २ असोज । काठमाडौंको गोकर्णेश्वर नगरपालिका -७ स्थित शिव चोकमा एक महिलामाथि हतियार प्रहार भएको छ।

गोकर्णेश्वर नगरपालिकाको शिवचोकमा आफ्नै घरमा खाना खाइरहेको अवस्थामा सीतादेवी पन्तमाथि हतियार प्रहार भएको हो। पन्तको स्वास्थ्य अवस्था मध्यम रहेको र उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पन्तमाथि आक्रमण गरेको आरोपमा प्रहरीले सिन्धुपालञ्चोकका ३७ वर्षीय कर्णबहादुर तामाङलाई पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

फागुन २१ मै निर्वाचन हुन्छः गृहमन्त्री अर्याल

   असोज ०२, २०८२       admin


काठमाडौ,२ असोज । गृहमन्त्री ओम प्रकाश अर्यालले तोकिएको मितिमै निर्वाचन हुने बताएका छन् । आज निर्वाचन आयोगमा भएको छलफलमा बोल्दै उनले अहिलेको सरकारको मुख्य काम नै निर्वाचन गराउनु रहेको भन्दै मिति तोकिएकै समयमा निर्वाचन हुने बताए।

निर्वाचन आगोग लाई कुनै पनि सरकारले र्निदेशन दिन नमिल्ने भन्दै सरकारको तर्फबाट पनि सबैलाई समेटेर निर्वाचन गर्न पर्ने देखिएको उल्लेख गरे । उनले अहिले निर्वाचन हुन्छ कि हुँदैन भन्ने शंका नराख्न सवैलाई आग्रह गरे ।
मन्त्री अर्यालले असफलताको दाग नलागोस् भनेर तयारी गरिरहेको स्पष्ट पारे । नर्वाचनका लागी पूर्वाधारहरु तयार गर्नुपर्ने भन्दै सामाजिक सुरक्षा पहिलो सर्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

महिलामाथि हतियार प्रहार

   असोज ०२, २०८२       admin


काठमाडौँ,२ असोज । काठमाडौँमा महिलामाथि हतियार प्रहार भएको छ । गोकर्णेश्वर नगरपालिका – ७ स्थित शिव चोकमा एक महिलामाथि हतियार प्रहार भएको हो । गोकर्णेश्वर नगरपालिकाको शिवचोकमा आफ्नै घरमा खाना खाइरहेको अवस्थामा सीतादेवी पन्तमाथि हतियार प्रहार भएको हो। पन्तको स्वास्थ्य अवस्था मध्यम रहेको र उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पन्तमाथि आक्रमण गरेको आरोपमा प्रहरीले सिन्धुपालञ्चोकका ३७ वर्षीय कर्णबहादुर तामाङलाई पक्राउ गरेको छ। आफूमाथि के कारणले हतियार प्रहार गरियो भन्नेबारे अनविज्ञ रहेको उनले प्रहरीलाई बताएकी छन्।

तामाङले मदिरा सेवन गरी पन्तको कोठामा गएर हतियार प्रहार गरेको खुलेको छ। अनुसन्धानका लागि तामाङलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सिंहदरबारमा रंगरोगन सुरु

   असोज ०२, २०८२       admin


काठमाडौँ,२ असोज । आगलागीले ध्वस्त बनेको सिंहदरबारमा रंगरोगनको काम सुरु गरिएको छ। भदौ २४ गतेको जेनजीको आन्दोलनको क्रममा आगोलागीका कारण कालो भएका मन्त्रालयहरूको बाहिरी भागमा रङ लगाउन सुरु गरिएको हो।

अहिले सिंहदरबार परिसरमा रहेको ऊर्जा, अर्थसहितका विभिन्न मन्त्रालयहरूमा रङरोगनको काम भइरहेको छ।

बाहिरको भागमा रङ लगाइसकेपछि भित्रिभागको काम सुरु हुने पनि बताइएको छ।

आइतबारमात्रै मन्त्री कुलमान घिसिङले ध्वस्त सिंहदरबारको अवलोकनको क्रममा ुहाम्रा संरचना हामी आफैँ बनाऔुं भन्ने अभियानमार्फत सिंहदरबार पुनर्निर्माणको काम पनि अघि बढ्ने बताएका थिए।

यसका लागि उनले स्वदेश र विदेशमा भएका नेपालीहरूबाट सहयोग लिने पनि बताएका थिए। उनका अनुसार सहयोग रकम संकलनका लागि अर्थमन्त्रालयले छिट्टै खाता नम्बर सार्वजनिक गर्नेछ।

उनले अवलोकनको क्रममा थोत्रो कार्यालय देखाएर हुँदैन भित्र पछि गर्ने पहिले बाहिरको भाग चिटिक्क बनाउने भनेर निर्देशन दिएका थिए।

त्यस्तै आगोलागीले ध्वस्त सवारी साधनलाई सिंहदरबारबाट हटाएउन पनि उनले निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रधानमन्त्रीसँग मोदीले भने- स्थिरता पुनर्स्थापनामा भारतको समर्थन

   असोज ०२, २०८२       admin

दाङ, २ असोज । प्रधानमन्त्री सुशीला कार्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन कुराकानी गरेकी छिन्। उनीहरुबीच करिब २० मिनेट कुरा भएको थियो। 

टेलीफोन कुराकानीबारे भारतीय प्रधानमन्त्री मोदीले एक्समार्फत जानकारी दिँदै शान्ति तथा स्थिरता पुनर्स्थापना गर्न भारतको अटल समर्थन रहने कुरामा आश्वस्त पारेको उल्लेख गरेका छन्। 

‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री श्रीमती सुशीला कार्कीसँग आत्मीयतापूर्ण वार्ता गरें,’ उनले लेखेका छन्, ‘हालैको दुःखद घटनामा ज्यान गुमाएका प्रति गहिरो संवेदना व्यक्त गरें र शान्ति तथा स्थिरता पुनर्स्थापना गर्न उहाँले गर्नुभएका प्रयासप्रति भारतको अटल समर्थन रहने कुरा पुनः आश्वस्त गराएँ।’

उनले संविधान दिवसको पनि शुभामना दिएको भन्दै उल्लेख गरेका छन्,’साथै, भोलि नेपालकै राष्ट्रिय दिवसको अवसरमा उहाँलाई र सम्पूर्ण नेपाली जनतालाई हार्दिक शुभकामना पनि प्रेषण गरें।’

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत चेन सोङको भेटवार्ता

   असोज ०२, २०८२       admin

दाङ, २ असोज । प्रधानमन्त्री सुशीला कार्कीसँग चिनियाँ राजदूत चेन सोङले भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री कार्यालयमा बिहीबार दिउँसो भएको भेटमा राजदूत सोङले नेपाललाई चीनले सधै सयहोग गर्ने बताएका थिए। परराष्ट्र मन्त्रालयका अनुसार असल छिमेकीका नताले चीनले नेपालका जनताको चाहानालाई सम्मान गर्ने भन्दै सरकारलाई आवश्यक परेको सहयोग गर्न चीन तत्पर रहेको राजदूतले बताएका थिए। 

‘नेपाली जनताको चाहानालाई हामी सम्मान गर्छौं,’ राजदूत सोङले भनेका थिए, ‘आगामी दिनमा पनि सहयोग गर्छौं। सरकारलाई के आवश्यक पर्छ असल छिमेकीको नाताले हामी सहयोग गर्न तत्पर छौँ।’कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि चिनियाँ राजदूतले भेटेको यो पहिलो पटक हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रधानमन्त्री कार्की र मोदी बीच टेलिफोन वार्ता

   असोज ०२, २०८२       admin

काठमाडौं ,२ असोज ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीसँग टेलिफोनमार्फत कुराकानी गरेका छन्।

सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी दिँदै मोदीले हालै भएको दुखद घटनाप्रति समवेदना प्रकट गर्दै नेपालमा शान्ति र स्थिरता कायम गर्ने कार्कीको प्रयासप्रति भारतको दृढ समर्थन रहने बताएका छन्।

उनले भने, “नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग न्यानो कुराकानी भयो। हालै भएको दु:खद मृत्युप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनर्स्थापित गर्ने उनको प्रयासलाई भारतले पूर्ण समर्थन गर्दछ।”

मोदीले कार्कीलाई आगामी राष्ट्रिय दिवस तथा संविधान दिवसको शुभकामना पनि दिएका छन्। साथै, जेन–जी आन्दोलनका क्रममा भएको जनधनको क्षति विषयमा समेत दुवैबीच चर्चा भएको जनाइएको छ।

यसअघि मोदीले सामाजिक सञ्जाल र मणिपुरमा आयोजित कार्यक्रममा पनि कार्कीलाई बधाई दिएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सर्वोच्च अदालतमा त्रिपालमुनि मुद्दा सुनुवाइ सुरु

   असोज ०२, २०८२       admin

काठमाडौं,२ असोज । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा तोडफोड र आगजनी भएको थियो। आगजनीका कारण भवन क्षतिग्रस्त भएपछि अहिले अदालतले अस्थायी रूपमा त्रिपालमुनि नै मुद्दा सुनुवाइ सुरु गरेको छ।

देशको सर्वोच्च न्यायिक निकायका रूपमा सर्वोच्च अदालतले उच्च अदालतहरूको फैसलामाथि पुनरावेदन, रिट निवेदन र संवैधानिक व्याख्यासम्बन्धी मुद्दाहरू सुन्दै आएको छ। अदालत भवन उपयोग अयोग्य बनेपछि बाध्यतावश अस्थायी व्यवस्थाबाटै काम अगाडि बढाइएको हो।

आज पनि दुई वटा बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको सुनुवाइ त्रिपालमुनि गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सञ्चालनमा आयो सर्वोच्चको वेबसाइट

   असोज ०१, २०८२       admin

काठमाडौँ,१ असोज । सर्वोच्च अदालतको वेबसाइट सञ्चालनमा आएको छ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनी र तोडफोडले सर्वोच्च अदालत ध्वस्त भएसँगै वेबसाइट पनि बन्द भएको थियो।
बन्द भएको वेबसाइट आज बुधबारदेखि पुनः सञ्चालनमा आएको हो।

आगलागीले सर्वोच्च अदालत पूर्णरुपमा ध्वस्त भएको छ। अहिले सर्वोच्च प्रशासनले परिसरमै टेन्टमार्फत सेवा दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तालमा डुबेर दुईजनाको मृत्यु

   असोज ०१, २०८२       admin


रुपन्देही,१ असोज । रुपन्देहीमा तालमा डुबेर दुईजनाको मृत्यु भएको छ । जिल्लामा रहेको गैंडहवामा तालमा पौडी खेल्ने भन्दै पुगेका उनीहरूको बुधबार दिउँसो डुबेर मृत्यु भएको हो।

प्रहरीका अनुसार मृत्यु हुनेमा गैंडहवा गाउँपालिका वडा नं. १ असिहवाका करिब १७–१८ वर्षका दीपेश थारू र अरूण थारू छन्।

इलाका प्रहरी कार्यालय, रूद्रपुर, रूपन्देहीका प्रहरी निरीक्षक पुष्प रोकायका अनुसार बुधबार अपराह्न ४ बजे उनीहरू पौडी खेल्ने क्रममा डुबेका थिए।

उनीहरू घरका कसैलाई जानकारी नगराई घरदेखि करिब ७ किलोमिटरको दुरीमा रहेको गैंडहवा तालमा पौडी खेल्ने भन्दै पुगेका थिए।

युवाहरू डुबेको ठाउँ बस्ती रहेको किनारा भन्दा टाढा जङ्गलको छेउ पर्ने भएकोले सहजै जान नसकिएको स्थानीयले बताएका छन्।

प्रहरीका अनुसार सुरूमा दीपेश पौडी खेल्न तालमा पसेका थिए। दीपेश तालमा डुबेको देखेपछि उद्धार गर्न तालमा पसेका अरूण पनि डुबेका थिए।

युवाहरू तालमा डुबेको देखेका स्थानीय उद्धारको लागि पुग्दा उनीहरूको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक रोकायले घटनास्थल र घटनाको प्रकृतिको मुचुल्का बनाएर मृतकहरूको शवलाई पोस्टमर्टमका लागि भैरहवास्थित भीम अस्पताल लगिएको जानकारी दिए।

गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले टाढा रहेका स्थानीयले युवाहरू डुबेको देखे पनि उद्धारका लागि घुमेर जानुपर्दा बचाउन नसकिएको बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology