अमृत काजी शर्मा,२९ भदौ। जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएको मालपोत कार्यालय तुलसीपुरमा आजदेखि सरसफाइ सुरु गरिएको छ।
नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन इकाई समिति तुलसीपुरका कानुन व्यवसायी तथा मालपोत कार्यालयका कर्मचारीहरूले संयुक्त रूपमा सरसफाइ अभियान थालेका हुन्।
तुलसीपुर उपमहानगरपालिका–६ अमिलिया रोडस्थित भाडाको भवनमा रहेको मालपोत कार्यालयलाई आन्दोलनकारीहरूले आगो लगाइदिएपछि उपमहानगरपालिका, बबई गाउँपालिका, दंगिशरण गाउँपालिका र शान्तिनगर गाउँपालिकाका जग्गाधनीका मोठ, श्रेष्ता, तामेली लगायतका महत्त्वपूर्ण कागजात र फर्निचर पूर्ण रूपमा नष्ट भएका छन्।

मालपोत कार्यालयका सूचना अधिकारी शान्तराज गौतमका अनुसार केही आधा जलेका मोठहरू व्यवस्थापन गरिएको भए पनि कार्यालयको अधिकांश अभिलेख खरानी बनेका छन्। “कार्यालय पूर्ण रूपमा जलेको अवस्थामा भएकाले केही दिन व्यवस्थापन नहुँदासम्म सेवा बन्द रहनेछ,” गौतमले जानकारी दिए।
उता, मालपोत कार्यालयदेखि पूर्वपट्टि रहेका नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन इकाई समिति तुलसीपुरअन्तर्गतका व्यवसायीहरूको करिब २० वटा सटरमा समेत आगो लगाइदा झन्डै पचास लाख रुपैयाँभन्दा बढीको क्षति भएको अध्यक्ष विनोद न्यौपानेले बताए ।
उनका अनुसार, त्यहाँ रहेका फर्म तथा व्यक्तिगत भू–सेवामा कामको सिलसिलामा छोडिएका सेवाग्राहीका सक्कल नागरिकता, लालपुर्जा, लिखतलगायतका महत्त्वपूर्ण कागजात पनि जलेर नष्ट भएका छन्।
आन्दोलनकारीहरूले त्यही क्रममा नजिकैका उच्च अदालत तुलसीपुर, लोक सेवा आयोग कार्यालय र किराना तथा नास्ता पसलमा समेत आगजनी गरेर पूर्ण रूपमा ध्वस्त बनाएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
कञ्चनपुर ,२९ भदौ । कञ्चनपुरमा एक युवकले सामाजिक सञ्जालमा लाइभ गर्दै आत्महत्या गरेपछि घटनामा नाम समावेश गरिएको चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराका अनुसार पक्राउ पर्नेमा खेम बोहरा, अमर बोहरा, जनक धानुक र भोजराज पन्त रहेका छन्। उनीहरुविरुद्ध आत्महत्या दुरुत्साहनको आरोपमा छानबिन र मुद्दा चलाउने तयारी भइरहेको छ।
शनिबार कञ्चनपुरको वेदकोट नगरपालिका-४ बैतडा निवासी २५ वर्षीय नरेश धानुकले सामाजिक सञ्जालमा लाइभ गर्दै प्राण त्यागेका थिए। आत्महत्या गर्नुअघिका उनका भिडियो सन्देशमा उनले आफूलाई ‘जेनजी’ भन्दै नाङ्गो बनाएर कुटपिट गरिएको र केही व्यक्तिको नाम लिएर आत्महत्यामा बाध्य पारिएको दाबी गरेका छन्। भिडियोमा नरेशले, “मलाई सोसल अत्याचार भयो। म मर्दै छु। सोसल अत्याचारकै कारणले म फाँसी दिन गइरहेको छु,” भनी बोलेका छन्।
मृतककी दिदी हिरा धानुक रावलले पनि अनुसन्धानकर्तालाई दिएको बयानमा राति करिब साढे १० बजे भाईलाई रक्सी पिलाएर नाङ्गो बनाएर कुटपिट गरियो र त्यसपछिको अपमानले घर फर्किएर आत्महत्या गर्न बाध्य बनाइएको बताएकी छन्।
उनले भनिन्, “सुरुमा दारु पिलाएका रहेछन्। त्यसपछि नाङो बनाएर कुटपिट गरे। त्यसरी अपमानपछि उसलाई घरमा गएर आत्महत्या गर्न बाध्य पारियो। मर्ने थिएन, मलाई मर्न बाध्य बनायो भनेर उनीहरूको नाम लिएको छ।”
पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा चार व्यक्तिविरुद्ध किटानी जाहेरी दिएका छन्। डीएसपी बोहराले सो अपराधसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान जारी रहेको र पक्राउ परेका सबैलाई प्रहरीले नियन्त्रणमा राखेको बताए।
प्रहरीको प्रारम्भिक अनुसन्धान तथा मेडिकल प्रमाणोको आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २९ भदौ । सरकारले चाडपर्वका यात्रुहरूको यात्रा सुरक्षित र सहज बनाउन उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बसेको बैठकले यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गर्ने र यससँग सम्बन्धित छ बुँदे निर्णय गरेको सचिव केशवकुमार शर्माले जानकारी दिए।
समितिमा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा महाशाखा प्रमुख, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख तथा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्षलगायत सरोकारवाला निकायका प्रतिनिधि रहनेछन्।
यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार बैठकले चाडपर्वको समयमा उपत्यकाबाट बाहिरिने सवारीसाधनको प्राविधिक परीक्षण गर्ने, यात्रु सहायता कक्ष निर्माण गर्ने र यात्रु सहजै गन्तव्यसम्म पुग्न सक्ने वातावरण बनाउन निर्णय गरेको छ।
त्यस्तै, आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक सवारीसाधन तथा कार्यालयहरूको क्षतिपूर्ति प्रक्रियालाई अघि बढाउने, ट्राफिक प्रहरीलाई आवश्यक सामग्री उपलब्ध गराउने र आन्दोलनका क्रममा लुटपाट भएका हतियार तथा सामग्री सवारीसाधनमार्फत ओसारपसार हुन नपाउने गरी तत्काल सूचना जारी गर्ने निर्णयसमेत बैठकले गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ ,२९ भदौ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ र पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। उनले यसअघि फेसबुक लाइभमार्फत प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने स्पष्ट पारिसकेकी थिइन्।
सुमना श्रेष्ठले आफ्नो निर्णयको कारणबारे विस्तृत जानकारी भने सार्वजनिक गरेकी छैनन्। उनले भनेकी छिन्, “अब अवसर पाइसकेकाहरू अभिभावक बनेर नयाँ पुस्तालाई बाटो देखाउन तर्फ लाग्नेछु।”
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २९ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गरेकी छन्। पदबहाली लगत्तै उनले जेन-जी आन्दोलनका क्रममा मृतक भएका व्यक्तिलाई सहिद घोषणा गर्ने र प्रत्येक मृतकका परिवारलाई १०-१० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेकी छन्।
पुरानो गृह मन्त्रालय परिसरमा निर्माण भएको नयाँ भवनमा कार्कीले पदभार ग्रहण गरेकी हुन्। उनलाई स्वागत गर्न उच्च सरकारी कर्मचारीहरूलाई बिहानै बोलाइएको थियो।
कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारीसमेत गरेकी छिन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२९ भदौ । हालैको जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाटका कारण घरसमेत जलेपछि राजनीतिक तथा सामाजिक अभियन्ता डिल्लि बहादुर चौधरीले सामाजिक सञ्जालमार्फत आफ्ना पीडा र प्रतिबद्धता सार्वजनिक गरेका छन्।
चौधरीले आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। तर, आन्दोलनको नाममा भएको घुसपैठ, निजी सम्पत्ति जलाउने, लुटपाट गर्ने, चोरी–डकैतीजस्ता गतिविधि भने स्वीकार्य नहुने उनले स्पष्ट पारेका छन्।
“मेरो घर मात्र जलेको छैन, मेरो चार दशकको श्रम, पसिना र मेहन्त खरानी भएको छ,” चौधरीले लेखेका छन्। रोल्पा–रुकुममा मासिक ३०० रुपैयाँको जागिरबाट सुरु गरेर विदेशका विश्वविद्यालयमा अध्यापन र बचतमार्फत जम्मा गरेको सम्पत्ति प्रतिशोधी रूपमा जलाइएको आरोप पनि उनले लगाएका छन्।
चौधरीले आफू कुनै अनियमितताबाट नभई संघर्ष र ईमानदार श्रमबाट उभिएको व्यक्ति भएको उल्लेख गर्दै भनेका छन्, “यो मेरो परिवारको सपना थियो, तर राजनीतिक प्रतिशोधले त्यसलाई खरानी बनाइदियो।”
माओवादी द्वन्द्वकाल, मुक्तकमैया अभियानदेखि पञ्चायत कालसम्मको संघर्ष स्मरण गर्दै उनले वर्तमान पीडाले आफूलाई नअत्ताउने बताए। “अहिले त केवल घर जलेको छ, मन जलेको छैन। आँट, साहस र क्षमता अझै बाँकी छ,” उनले भनेका छन्।
चौधरीका अनुसार घरमा चोरी, लुटपाटसहित गरगहना, रकमसमेत लुटिएको छ। साथै मिथ्या प्रचार गरिएको आरोप पनि उनले लगाएका छन्। यस्ता कुकृत्य गर्नेहरूमाथि उचित कानुनी कारबाही हुनुपर्ने उनले जोड दिए।
जीवनभर सामाजिक विकास, विपन्न समुदाय, थारु, गरीब तथा पछाडि परेका वर्गको अधिकार र उत्थानका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै चौधरीले अन्त्यमा भनेका छन्, “म अझै समाज, जनता र विकासका लागि समर्पित रहनेछु।”
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार पुनः नख्खु कारागारमा फर्किएका छन्। सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका उनी दिउँसो आफैं कारागार पुगे पनि सुरक्षाको कारण देखाउँदै प्रशासनले करिब पाँच घण्टापछि मात्र भित्र प्रवेश गराएको हो।
लामिछाने भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनापछि सुरक्षाको कारण देखाउँदै कारागारबाट बाहिरिएका थिए। अदालतको आदेशबिनै बाहिरिएको भन्दै उनको चौतर्फी आलोचना भएको थियो।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले आफ्नो जन्मदिनको अवसर पारेर कारागार फर्किने घोषणा गरेका थिए। ‘आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब अन्याय हुँदैन भन्ने विश्वासका साथ म कारागार जाँदैछु,’ लामिछानेले भनेका थिए।
यसअघि उनले आफू प्रक्रिया पूरा गरेरै निस्किएको दाबी गर्दै कारागार प्रशासक सत्यराज जोशीद्वारा हस्ताक्षरित रिहाइ पत्र सार्वजनिक गरेका थिए। तर नख्खु कारागार प्रशासनले उक्त पत्रलाई फर्जी ठहर गर्दै लामिछानेसहित बाहिरिएका सबै कैदीबन्दीलाई तत्काल फर्किन निर्देशन दिएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२८ भदौ।जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी दर्ता गरिएको छ।
पूर्वप्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएका हुन्।
जाहेरीमा ओलीले नै गोली चलाउन आदेश दिएको आरोप लगाइएको छ। त्यस क्रममा १७ देखि ४५ वर्ष उमेर समूहका एक दर्जनभन्दा बढी युवाको मृत्यु भएको र धेरैजना घाइते भएको उल्लेख छ।
मृत्यु भएकामध्ये सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारु मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा र निरज पन्तलगायतको नाम समावेश गरिएको छ।
जाहेरीमा ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाबारे गहिरो अनुसन्धान गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग गरिएको छ। साथै शव परीक्षण रिपोर्ट र घटनास्थल मुचुल्का प्रमाणका रूपमा पेस गर्नुपर्ने मागसमेत गरिएको छ।
प्रमुख जिल्ला अधिकारी तामाङले जाहेरीलाई आवश्यक प्रक्रिया अनुसार सम्बन्धित निकायमा पठाइने जानकारी दिएका छन्।


२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२८ भदौ । जेनजी आन्दोलनपछिको राजनीतिक व्यवस्थापनमा नयाँ अभ्यास सुरु भएको छ। नयाँ मन्त्रिमण्डलको छनोट भोटिङ प्रक्रियामार्फत हुने भएको हो।
आन्दोलनका अगुवा सुदन गरुङले यसका लागि तयारी थालिएको जानकारी दिएका छन्। उनले मन्त्रिपरिषद् सानो आकारको हुने उल्लेख गर्दै “मन्त्रीका नाम भोटिङ प्रक्रियाबाट निश्चित गरिनेछ,” भने।
यसअघि प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गर्नुअघि पनि जेन–जी समूहले सामाजिक सञ्जाल ‘डिस्कर्ड’मा ‘भर्चुअल’ मतदान गरेर छानेका थिए। सो मतदानमा ५० प्रतिशतभन्दा बढी मत कार्कीको पक्षमा परेको थियो। डिस्कर्डको यो प्रक्रिया ‘एक्स’ वा ‘फेसबुक’मा हुने पोल जस्तै भएको बताइन्छ।
जेन–जी आन्दोलनपश्चात् कसरी अघि बढ्ने र कस्तो सरकार बनाउने भन्ने विषयमा ‘युथ अगेन्स्ट करप्सन’ नामक डिस्कर्ड समूहमार्फत छलफल गरिएको थियो। बुधबार भएको छलफलमा एकैपटक १० हजारभन्दा बढी सहभागी जोडिएका थिए। उक्त छलफल युट्युब, फेसबुक र विभिन्न सञ्चारमाध्यममार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।
डिस्कर्ड छलफलमा सहभागीले पालैपालो सुझाव दिने, कमेन्ट र प्रश्नको जवाफ लिने र पछिल्ला अपडेट सुन्ने अभ्यास गरिएको बताइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२८ भदौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेलाई नयाँ, युवा–मैत्री र जनमुखी बनाउन संरचनागत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत शुक्रबार सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले एमाले युवाहरूले नै बनाएको दल भएकाले यसको नेतृत्व पनि युवाहरूले नै गर्दै आएको स्मरण गराए। “हाम्रो पार्टीमा पुरानो पुस्ता छ, बीचको पुस्ता छ, युवा पुस्ता छ। तर, जेनजी पुस्तासँगको कडी किन कमजोर हुँदैछ भन्ने गम्भीर समीक्षा गर्छौं,” भट्टराईले भने।
उनले आगामी दिनमा पार्टीको नीति र नेतृत्वलाई युवा–मैत्री बनाउने तयारी रहेको जनाउँदै जनतासँगको सम्बन्धमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, उनले सबै युवाहरुलाई एमालेप्रति विश्वास गर्न आह्वान गरे।
भट्टराईले भदौ २३ र २४ गतेका घटनाबारे गम्भीर छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दै संसद विघटनलाई संक्रमण निधानको उचित बाटो नभएको बताए। “जेनजीका मागलाई संसदबाटै पूरा गर्न सकिन्थ्यो। राष्ट्रपतिले प्रधानमन्त्री बनाउनुभएकालाई संसदबाटै बनाउन सकिन्थ्यो तर त्यो बाटो रोजिएन। संसद विघटन गर्नु सही निकास होइन,” उनले स्पष्ट पारे।
उनका अनुसार संविधानको पालना नगर्दा यसको खारेजीको जोखिम बढ्ने भएकाले संविधान र लोकतन्त्रलाई लिकमा फर्काउन धैर्यतापूर्वक अघि बढ्नुपर्नेछ। “प्रधानमन्त्री र राष्ट्रपतिलाई भन्न चाहन्छौं, तपाईंहरूको हरेक कदम संवैधानिक होस्, हामी समर्थन गर्छौं,” भट्टराईले भने।
सचिव भट्टराईले भ्रष्टाचार, कुशासन र बेथिती समाजका नकारात्मक पाटो भएको उल्लेख गर्दै यसको अन्त्य गर्न आवश्यक रहेको बताए। भौतिक संरचना निर्माणमा एमालेले उल्लेख्य उपलब्धि हासिल गरेको स्मरण गराउँदै उनले भ्रष्टाचार नियन्त्रणमा पर्याप्त काम गर्न नसकेको स्वीकार गरे। “जनताको आवाज, युवा पुस्ताको आवाजलाई ठिक ढंगले सम्बोधन गर्न कतै चुक्यौं। त्यस कमजोरीका लागि जनतासँग माफी माग्छौं,” भट्टराईले आत्मालोचना गरे।
एमालेलाई गतिशील बनाउन युवाहरू अपरिहार्य रहेको बताउँदै उनले पार्टी संकटका बेला कारण देखाएर विचलित हुने प्रवृत्ति त्याग्न आग्रह गरे।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस