काठमाडौ,२४ भदौ । जेन जीमाथि सरकारको दमनविरूद्ध पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सडकमा उत्रिएकी छन् ।
उनीसँगै कलाकारहरूको टोली पनि उपस्थित छ । उनीहरूले राजधानीका अस्पतालमा घाइतेहरूको अवस्था बुझ्ने कलाकार मनोज गजुरेलले जानकारी दिएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२४ भदौ । झापाको विर्तामोडमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी गरिएको छ।
जेनजी आन्दोलनकारीले बिर्तामोड नगरपालिका( ४ मा रहेको पार्टी कार्यालय तोडफोड गरेर आगो लगाइदिएका हुन्।
प्रशासनले कर्फ्यु लगाएपनि त्यसको अवज्ञा गर्दै युवाहरुले प्रदर्शन गरिरहेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ ,२४ भदौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा जेन्जी प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।
ललितपुरस्थित खुमलटारमा रहेको निवासमा सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले बताए ।
जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन उग्र बनेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, २४ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दल कार्यालयमा सम्पन्न बैठकले जेनजी आन्दोलनमाथि गरिएको दमनको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने भन्दै राजीनामा माग गरेको हो ।
बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकार युवाहरूको आक्रोशलाई बुझ्न र सम्बोधन गर्न असफल भएको आरोप लगाए । उनले भने, “सरकारले युवाहरूको आवाज सुन्ने प्रयास गरेन, त्यसकै परिणाम अहिले देखिएको हो । उनीहरूको माग जायज छ, प्रतिपक्षी दलको तर्फबाट हामी संवादमार्फत समाधान खोज्न प्रतिबद्ध छौँ ।”
पुनले युवाहरूको स्वतःस्फूर्त आन्दोलनलाई कुनै पनि राजनीतिक दलले स्वार्थका लागि प्रयोग गर्नु गलत हुने स्पष्ट पारे । साथै, आन्दोलनका क्रममा सरकारबाटै ठूलो नरसंहार भएको भन्दै बैठकले घटनाबारे सत्यतथ्य छानबिन गर्न आयोग गठन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२४ भदौ । नेपाली कांग्रेसका उपसभापति एवं पाल सरकारका पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ डो¥याउन सबै कार्यकर्ता एकैसाथ अघि बढ्नुपर्ने बताएका छन् ।
धादिङको नीलकण्ठ नगरपालिकाले निर्माण गरेको बिपी पार्कको उद्घाटन समारोहमा बोल्दै उनले कांग्रेसको आदर्श र सिद्धान्तलाई व्यवहारमै उतारेर मात्र देशलाई प्रगतितर्फ लैजान सकिने उल्लेख गरे । खड्काले संस्थापक नेता बिपी कोइरालाले प्रतिपादन गरेका समाजवाद, राष्ट्रवाद र लोकतन्त्र आज पनि जनतामाझ सबैभन्दा लोकप्रिय विचार बनेर रहेको बताए ।
उनका अनुसार, “हामीले विगतका कमजोरी सच्याउनुपर्छ, मतदाताका गुनासा सुन्नुपर्छ र स्वीकार्नुपर्छ । नयाँ सङ्कल्प र निष्ठासहित जनतामाझ पुग्दा मात्र कांग्रेसप्रति भरोसा र विश्वास पुनःस्थापित हुन्छ।”
खड्काले कांग्रेसको चारतारे झण्डा र रुखको प्रतीक बोकेर घरदैलोमा पुग्दै विश्वास जित्ने लक्ष्य रहेको प्रस्ट पारे । उनले प्रत्येक सदस्यले बिपीका विचारलाई व्यवहारमा उतारेर मात्र देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउन सकिने दोहोर्याए ।
सो कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुङ्गानाले नगरपालिकाले सुशासन कायम गर्दै खानेपानी, शिक्षा र स्वास्थ्यमा नमुना काम गरिरहेको जानकारी दिए । उनले बिपी कोइरालाले देखाएको बाटो र सिद्धान्तलाई आधार बनाएर नगरको विकास निर्माण अघि बढाइएको बताए ।
ढुङ्गानाले नगरका ऐतिहासिक, सामाजिक र धार्मिक महत्त्वका स्थानको संरक्षण र विकासमा पनि विशेष ध्यान दिइएको उल्लेख गरे ।
उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, सामाजिक व्यक्तित्व तथा स्थानीय बासिन्दाको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, भदौ २४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रक्तदानमा सहभागीताको हुन अनुरोध गरेको छ । देशका विभिन्न स्थानमा सोमबार भएको जेनजी प्रदर्शनमा घाइते भएकाहरूको उपचारका लागि रगतको माग बढेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

मन्त्रालयले इच्छुक रक्तदाताहरू, स्वयंसेवी संस्था, संघरसंगठनहरूले केन्द्रीय रक्त सञ्चार केन्द्र वा नजिकको अस्पतालमा गएर रक्तदान गरि घाइतेको उपचारमा सहयोग गरिदिन अनुरोध गरेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, २४ भदौ । कर्फ्यु आदेश जारी भइरहेका बेला पनि नयाँ पुस्ताका युवा जेनजीहरूले दोस्रो दिन बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् । उनीहरू नयाँबानेश्वरस्थित संसद भवन अगाडि भेला भई नाराबाजी गरेका छन् ।
सोमबारको घटनामा १९ जनाको ज्यान गएपछि आक्रोशित बनेका उनीहरूका साथी र आफन्तले सरकारविरुद्ध विरोध जारी राखेका हुन् । संसद भवन अगाडि ठूलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।
हिजो संसद भवनभित्रै प्रवेश गरी केही युवाले तोडफोड गरेका थिए भने आज सुरक्षा निकायका जवानहरू हतियारसहित भवन परिसरमै तैनाथ छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे आठ बजेदेखि अनिश्चितकालका लागि चक्रपथभित्र सभा, जुलुस, भेला लगायत गतिविधि निषेध गर्दै कर्फ्यु आदेश जारी गरेको भए पनि प्रदर्शनकारीहरूले त्यसको अवज्ञा गरेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२३ भदौ । गृहमन्त्री रमेश लेखकले सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राजीनामा दिएका छन्।
सोमबार राजधानीमा भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि लेखक राजीनामा दिन बाध्य भएका हुन्। सो घटनामा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन्।
आजै बसेको नेपाली कांग्रेस पदाधिकारी बैठकमा लेखकले घटनाप्रति आफूले नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै राजीनामा दिने निर्णय गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२३ भदौ। सोमबार राजधानीमा भएको जेन–जीको सरकार विरोधी प्रदर्शनका क्रममा सयौँ व्यक्तिहरू घाइते भएपछि सामाजिक सञ्जालमा रगत अभाव भएको भन्दै पोस्टहरू राखिएका छन्।

विशेषगरी घाइतेहरूको उपचार भइरहेका सिभिल अस्पताल, ट्रमा सेन्टर र एभरेष्ट अस्पतालमा तत्काल रगत आवश्यक भएको भन्दै सोही क्षेत्रमा अभाव देखिएको उल्लेख गरिएको छ।
विभिन्न समूहहरूले रक्त अभाव हुनसक्ने भन्दै स्वेच्छिक रक्तदाताहरूलाई नजिकैको अस्पतालमा पुगेर सहयोग गर्न अनुरोध गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२३ भदौ । । जेनजी आन्दोनका क्रममा प्रदर्शनमा गोली लागेर मृत्यु भएकामध्ये चारजनाको सनाखत भएको छ ।राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा ७ जनाको मृत्यु भएको हो । उनीहरुमध्ये ४ जनाको सनाखत भएको छ
अस्पताल प्रशासनका अनुसार सनाखत हुनेमा कालिकोट खाडाचक्र नगरपालिका–१का २५ वर्षीय पवन शाही, बाँके घर भएका २५ वर्षीय सुलभ राज श्रेष्ठ, करिब १९ वर्षीय सिमाय चौलागाईं र कीर्तिपुर नगरपालिका–२ घर भएका ४१ वर्षीय बुद्धिबहादुर तामाङ रहेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस