पहिरोले १२ राजमार्ग अवरुद्ध

   भदौ २१, २०८२       admin

काठमाडौं,२१ भदौ । बाढीपहिरोका कारण मुलुकभरका १२ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १६० राजमार्ग एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जनाएको छ।

विभागका अनुसार ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेंसी–रसुवागढी, जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा (कर्णाली राजमार्ग) र रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले सडकखण्ड अवरुद्ध छन्।

त्यस्तै लेघुवाघाट–तुम्लिङ्गटार–खाँदबारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) मा वरुण नदीको डाइभर्सन बगाउँदा अवरुद्ध भएको छ। चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर) र छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम (भेरी करिडोर) पनि बन्द भएका छन्।

यस्तै, कोइलाबास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तिगाउँ–थवाङ–लुकुम (शहीद मार्ग), सुर्खेत–तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडकखण्ड पनि आवागमन अवरुद्ध छ।

सडक निर्माण कार्य भइरहेकाले काठमाडाैं–धुलीखेल–दोलालघाट–खाडीचौर–कोदारी (अरनिको राजमार्ग) पनि बन्द भएको विभागले जनाएको छ।

यसैबीच, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले मुलुकभरका अवरुद्ध राजमार्ग चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउन प्रयास जारी रहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

यात्रु तानातान गर्ने ३३ जना पक्राउ

   भदौ २०, २०८२       admin

काठमाडौँ,२० भदौ । यात्रुलाई जबरजस्ती गाडीमा चढ्न बाध्य बनाउने ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाण्डौको नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने, यात्रुलाई जबरजस्ती ट्याक्सीबाट निकाली आफ्नो चिनेको गाडीमा चढ्न बाध्य पार्ने, बाटो हिँडिरहेका यात्रुलाई हैरानी दिई सामान तथा झोलाहरू जबरजस्ती तान्ने ३३ जना पक्राउ परेका हुन् ।

उनीहरूले आफूले भनेको गाडीमा चढ्न नमानेमा विभिन्न किसिमको अश्लील शब्दहरू प्रयोग गरी दुःख हैरानी दिने गरेका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुरका १०, उदयपुरका ६, बाराका ५, सर्लाहीका ३, काभ्रे र दोलखाका २/२ तथा रामेछाप, ओखलढुङ्गा, चितवन, तनहुँ र सप्तरीका १/१ जना रहेका छन् । उनीहरूमाथि जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट ५ दिनको म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको परिसरका प्रहरी उपरीक्षक एवम् प्रवक्ता अपीलराज बोहराले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आगलागी हुँदा २ करोड बराबरको क्षति

   भदौ २०, २०८२       admin


काठमाडौँ,२० भदौ । आगलागी हुँदा दुई करोड रूपैयाँ बराबरको क्षति भएको छ । पूर्वी मकवानपुरको बकैया गाउँपालिका –५ गरगरेमा शुक्रबार बिहान आगलागी भएको हो ।

अस्थायी प्रहरीपोष्ट गरगरे मकवानपुरका अनुसार बिहान ७ बजेर ४५ मिनेटको समयमा स्थानीय लिलाराम जिम्बाको किराना पसलमा आगलागी हुँदा सो क्षति भएको हो ।

आगो निभाउने क्रममा पसल सञ्चालक ४५ बर्षिय लिलाराम जिम्बाको दुबै हात र खुट्टामा पोलेर घाइते भई उपचारका लागि हेटौंडा अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । घाईतै जिम्बालार्इ आफन्तले चुरेहिल अस्पताल मकवानपुरमा ल्याई उपचार भइरहेको छ ।

घाइतेको शरीरको अगाडिको भाग ४० प्रतिशत जलेको छ । थप उपचारका लागि वर्न अस्पताल कीर्तिपुर काठमाडौं रिफर भएको प्रहरीले जनाएको छ । घर अगाडि बालेको दियोमा पसल सञ्चालकले पेट्रोलको ड्रमबाट पेट्रोल भर्नेक्रममा ड्रम पल्टन गई आगो सल्कि आगलागी भएको प्रहरीको भनाइ छ ।

आगलागीबाट दुई तल्ले पक्की घर पूर्ण रुपमा जल्दा नगद १५ लाख, ग्यास सिलिन्डर ३० थान जलेको, पेट्रोल, डिजेल, खाद्यान्न,अन्नपात, लत्ता कपडा, फर्निचरको सामानलगायत अन्य सामानहरु जलि नष्ट भएको छ । घरधनिको घरभित्र रहेको एनएस २०० बाप्र०३–००६ प १८९७ पल्सर मोटरसाइकल र सामान किनमेल गर्न आएको स्थानीय नारायणबहादुर स्याङतानको ना ४९ प १३ नं को २२० पल्सर मोटरसाइकल जलेर नष्ट भएको छ ।

आगलागी स्थानीय, प्रहरी र बागमती गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको बारूणयन्त्रको सहयोगमा १० बजेतिर नियन्त्रणमा लिइएको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

   भदौ २०, २०८२       admin

काठमाडौं , २० भदौ । सरकारले दर्ता नभएका २५ वटा सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने निर्णय गरेपछि शुक्रबार सर्वोच्च अदालतमा सो निर्णयविरुद्ध रिट दायर भएको छ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डाका अनुसार एउटै विषयमा धेरै रिट परेको भए पनि अझै दर्ता प्रक्रिया पूरा नभएको र आइतबार मात्रै प्रक्रिया अघि बढ्ने बताए।

सरकारले सर्वोच्चकै २०८१ असोज १३ गतेको बृहत् पूर्ण इजलासको फैसला उद्धृत गर्दै सूचीकरणमा नआएका प्लेटफर्महरू बन्द गर्ने निर्णय गरेको हो। दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सरकारले तोकेअनुसारका प्लेटफर्म बन्द गरेको सूचना जारी गरिसकेका छन्।

फैसलामा सामाजिक सञ्जाल सञ्चालनपूर्व अनिवार्य रूपमा दर्ता गर्नुपर्ने, अनिच्छित सामग्री नियमन गर्न कानुनी व्यवस्था आवश्यक हुने भनिए पनि सरकारले अझै कानुन नबनाएको आलोचना छ। सामाजिक सञ्जालसम्बन्धी विधेयक अहिले राष्ट्रिय सभामा छलफलको क्रममा छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एक्सले माग्यो दर्ताको विवरण

   भदौ २०, २०८२       admin


काठमाडौँ,२० भदौ । सामाजिक सञ्जाल एक्सले दर्ता गर्न आवश्यक कागजातबारे विववण मागेको छ ।

शुक्रबार एक्सले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग दर्ताका लागि चाहिने कागजातबारे विवरण माग्दै मेल पठाएको हो ।

‘दर्ताको लागि केके कागजात चाहिन्छ भन्दै एक्स सम्पर्कमा आयो । हामीले त्यसबारे बताउँदै मेल गरेका छौँ,’ प्रवक्ताले भने ।

सरकारले सामाजिक सञ्जालहरू चल्न रोक लगाएसँगै अहिले यसको पक्ष र विपक्षमा विभिन्न बहसहरू भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अफगानिस्तान भूकम्पः मृत्यु हुनेको सँख्या २२ सय बढी

   भदौ २०, २०८२       admin

काठमाडौँ,२० भदौ । अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको सँख्या २२ सय बढी पुगेको छ । गत आइतबार मध्येरातमा पाकिस्तानसँग सिमा जोडिएको नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रबिन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको थियो।

बिहीबारसम्म मृत्यु हुनेको संख्या २ हजार २०५ पुगेको तालिबानी सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। घाइतेहरूको संख्या ३ हजार ५ सय नाघेको छ। तीमध्ये धेरै जना गम्भीर घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने भनिएको छ।

६ म्याग्निच्युडको भूकम्पपछि पनि पराकम्पनहरू आइरहेका छन्। दुईपटकसम्म ५ म्याग्निच्यूडभन्दा बढी तीव्रताका भूकम्प गइसकेको छ।

बिहीबार राति ८:५६ बजे ५.६ म्याग्निच्युडको भूकम्प गएको छ। सो पराकम्पनबाट थप मानिसको मृत्यु भएको रिपोर्ट आएको छैन। यद्यपि कुनार र नांगरहर क्षेत्रका मानिसहरू सेल्टरबाट बाहिर निस्किएका थिए।

यसअघि मंगलबार पनि ५.५ म्याग्निच्युडको पराकम्प आएको थियो। उक्त पराकम्पनले राहत र उद्धार कार्य प्रभावित भएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विद्या भण्डारीको सदस्यता एमाले विधान महाधिवेशनको एजेन्डा होइन: अध्यक्ष ओली

   भदौ २०, २०८२       admin

काठमाडौं, २० भदौ। नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यताको विषय विधान महाधिवेशनको छलफलमा नपर्ने स्पष्ट पारेका छन्।

शुक्रबारदेखि गोदावरीमा सुरू भएको एमाले विधान महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले भण्डारीलाई लक्षित गर्दै विधान महाधिवेशनसँग सम्बन्धित विषय मात्रै छलफल हुने बताए। उनका अनुसार अरू विषय पार्टीका सम्बन्धित कमिटीमा मात्रै उठाइने छन्।

“ती विषय विधान महाधिवेशनसँग सम्बन्धित होइनन्। सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो वा केन्द्रीय कमिटीले छलफल गर्दै जानेछ। विधान महाधिवेशन विधानमै केन्द्रीत भएर अघि बढ्छ,” ओलीले भने।

प्रधानमन्त्री ओलीले पार्टीका कतिपय विषयहरू अनावश्यक रूपमा संवेदनशील बनाइएको आरोप लगाउँदै राजनीति, सांगठानिक र विधानसम्बन्धी प्रस्ताव प्रस्तुत भएपछि मात्रै समूहगत छलफलमार्फत अन्य विषयहरू समेट्न सकिने बताए।

यसअघि बिहीबार बसेको एमाले सचिवालय बैठकले पनि विद्या भण्डारीको पार्टी सदस्यताबारे महाधिवेशनमा छलफल नहुने निर्णय गरिसकेको थियो।

उपमहासचिव प्रदीप ज्ञवालीले पनि पूर्वराष्ट्रपति भण्डारीको सदस्यताको विषय केन्द्रीय कमिटी बैठकले नै टुंगो लगाइसकेको भन्दै महाधिवेशनमा यसलाई एजेन्डा नबनाइने बताए। “यसलाई लिएर पक्ष–विपक्षी भइराख्नुपर्ने आवश्यकता छैन,” उनले स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु, एकजना घाइते

   भदौ २०, २०८२       admin


काठमाडौं ,२० भदौ । ट्रकको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । सिन्धुलीको कमलामाई नगरपालिका ९ बेथाचौडी नजिक ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो।

शुक्रबार बिहान बागमती प्रदेश ०१–००६८ ९६४४ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ४६ वर्षका भुवन भुजेलको मृत्यु भएको हो । उनको उपचारको क्रममा बिहान सात बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

स्थानीय ६४ वर्षीय टेकप्रसाद दाहाल घाइते छन् । उनको टाउको र छातिमा चोट लागेको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

बिराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भई सडक किनारमा रहेको लोकनाथ गौतमको घरमा आड लागेर कोल्टे परेको छ । घरका मानिसहरु सुरक्षित छन् । तर घरको गारोले थिचिएर २० वटा कुखुरा मरेका छन् । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एमालेको दोस्रो महाधिवेशन सुरु

   भदौ २०, २०८२       admin

काठमाडौ,२० भदौ । । नेकपा एमाले को दोस्रो विधान महाधिवेशन सुरु भएको छ । बिहिबार देखि सुरु भएको महाधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । महाधिवेशनमा आज राजनीतिक प्रतिवेदनसहित विभिन्न दस्तावेज र विधान संसोधन प्रस्ताव प्रस्तुत हुनेछ । विधान महाधिवेशनको उद्घाटनपछि अध्यक्ष ओलीले सम्बोधन गर्दै देशको वर्तमान अवस्था, पार्टीको रणनीति बारे विस्तृत रुपमा आफ्नो कुरा राखेका छन् ।

यस विधान महाधिवेशनमा ७ वटा दस्तावेज प्रस्तुत हुने एमाले सचिवालय बैठकले निर्णय गरेको छ । जसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्दैछन् ।

त्यस्तै केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा। पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना आयोगका प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै कर्ण बहादुर थापाले केन्द्रीय कार्यालयमा दर्ता गरेको असहमतिको दस्तावेज पनि विधान महाधिवेशनमा छलफलका लागि पेश हुने भएको छ ।

विधान महाधिवेशनको पहिलो दिन शुक्रबार उद्घाटन समारोहपछि सबै दस्तावेज प्रस्तुत हुने, शनिबार १० समुहमा दस्तावेजहरुमाथि छलफल हुने र अन्तिम दिन आइतबार दस्ताबेज पारित गर्ने र केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गरेर समसामयिक प्रस्तावहरुसहित महाधिवेशन सकिने उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

   भदौ २०, २०८२       admin

काठमाडौं,२० भदौ । बर्दीबास नगरपालिका–११, खैरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका शिक्षक वसन्तप्रसाद यादवलाई छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

शिक्षक यादवमाथि शिक्षालयका चार जना छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको इलाका प्रहरी कार्यालय बर्दीबासले जनाएको छ। अभिभावकसहित छात्राले दिएको जाहेरीका आधारमा प्रहरीले अभद्र व्यवहारको मुद्दा दर्ता गरेको हो।

यादवले रातिको समयमा फोन गरेर कहिले परीक्षामा पास गराइदिने प्रलोभन देखाउने, कहिले अभद्र धाकधम्की दिने जस्ता गतिविधिबाट छात्रालाई मानसिक यातना दिएको आरोप छ। यससम्बन्धी अडियो रेकर्ड समेत फेला परेको प्रहरीले जनाएको छ।

निर्मल लामा बहुप्राविधिक शिक्षालयका प्रमुख रमण मेहताले अभिभावकसहित आएका चार छात्राले उजुरी दिएका कारण घटनाबारे थाहा पाएको बताउँदै शिक्षालय प्रशासनले तत्काल सम्बन्धित निकायलाई जानकारी गराएको जानकारी दिए। उनले घटनाबाट स्तब्ध भएको भन्दै शिक्षालयको मर्यादा कायम राख्न र पुनः दोहोरिन नदिन सजग रहने बताए।

२०७७ सालदेखि करारमा कार्यरत महोत्तरीको सोनमा गाउँपालिका स्थायी घर भएका यादवलाई यसअघि सोही शिक्षालयमा तीन छात्राले सामूहिक विष सेवन गरेको घटनासँग पनि जोडेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। २०८१ पुस १५ गते विष सेवन गरेका छात्रामध्ये एक जनाको शव माईस्थान जंगलमा फेला परेको थियो।

पक्राउ परेका यादवलाई महोत्तरी जिल्ला अदालतको आदेशमा सात दिनको म्याद थप गरी न्यायिक हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी तथा सूचना अधिकारी शैलेन्द्र भट्टले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology