काठमाडौँ,१८ भदौ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन ९एससिओ० शिखर सम्मेलनमा भाग लिन १४ भदौमा चीन गएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किन लागेका हुन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गरेका थिए । यस्तै चिनियाँ उपराष्ट्रपति हान झेङसँग मंगलबार बेइजिङमा भेटवार्ता गरेका थिए ।
उनले सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनलाई सम्बोधन गर्दै बहुपक्षतामा जोड दिएका थिए ।
शिखर सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायत विश्वका नेताहरूसँग भेटवार्ता गरेका थिए । करिब २५ मिनेट भएको यो भेटमा प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनले एकअर्कालाई भ्रमणको निम्तो दिएका थिए ।
प्रधानमन्त्री ओलीले मालदिभ्सका राष्ट्रपति तथा कम्बोडिया, लाओस, भियतनामका प्रधानमन्त्रीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री ओली नेतृत्वको २३ सदस्यीय प्रतिनिधि मण्डलमा पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपाध्यक्ष एवम् सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा, सरकारी अधिकारी, पत्रकार लगायत सहभागी थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१८ भदौ । वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ । विविध भाषा र भाकामा हजारभन्दा धेरै गीतमा आवाज दिएकी गायिका गुरुङको बुधबार बिहान २ बजे निधन भएको हो ।
ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा उनको निधन भएको जानकारी तामाङ दाजाङका अध्यक्ष, गायक तथा गीतकार फूलकुमार तामाङले दिए ।
इन्दिरा २ वर्षदेखि क्यान्सरबाट पीडित थिइन् । हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा उपचार गराएपछि उनी दुई सातादेखि अपार्टमेन्टमा बसेर उपचार र आराम गरिरहेकी थिइन् ।
कान्छी छोरीसहित उनी हात्तीवनको अपार्टमेन्टमा बस्दै आएकी थिइन् । बौद्ध संस्कारसहित उनको पार्थिव शरिरलाई अन्त्येष्टि गर्ने तयारी छ ।
तामाङ कलाकार समाजको पूर्वअध्यक्ष समेत रहेकी उनले तामाङ गीतसंगीतलाई विश्वभर फैलाउन भूमिका खेलिन् । रेडियो नेपालमा स्वर परिक्षा उत्तिर्ण भएपछि उनले चर्चित नेपाली लोकदोहोरी गीतहरू पनि गाइन् ।
उनको स्वरमा सजिएका गीतहरू चाँगुनारायण थान, जाइफूलको बासना, घर त छाउनीमा, सफा ट्याम्पुरी, होइ ताङ्बा, गाङ ग्याब्सेलालगायत गीत सदाबहार छन् । गोलेले तामाङ सेलो, लोकदोहोरी, आधुनिक गरी करिब ५ हजार बढी गीतमा स्वर दिइसकेकी छन् ।
उनको उपचारका लागि तामाङ कलाकार संघ लगायतका संघसंस्थाले आर्थिक संकलन अभियान चलाइरहेका थिए । इन्दिरा हात्तीवनको अपार्टमेन्टमा कान्छी छोरीसहित बस्दै आएकी थिइन् । उनका दुई छोरी छन् भने श्रीमानको निधन भैसकेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१७ भदौ । नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द भएको छ। टेलिकमले अर्को सूचना जारी नभएसम्मका लागि कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवा बन्द गरेको हो ।
प्राविधिक समस्या आएपछि उक्त सेवा बन्द गर्नुपरेको टेलिकमले बताएको छ ।
साथै यथाशीघ्र समस्या समाधानका लागि प्रयास भइरहेको टेलिकमले उल्लेख गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१७ भदौ । संघीय निजामती सेवा विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। मंगलबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक २०८० सर्वसम्मत रूपमा पारित गरेको हो।
त्यसअघि बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले उक्त विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री न्यौपानेले कुलिङ पिरियड, अवकाशको अवधि लगायतका विषयमा सौहार्दपूर्ण रूपमा विधायन समितिमा छलफल भएको र सर्वसम्मत रूपमा अघि बढाइएको बताइन्। उनले प्रशासकीय क्षेत्रको सुधार गर्दै संघीयतालाई बलियो बनाउन निजामती सेवा विधेयक निकै महत्त्वपूर्ण रहेको उल्लेख गरिन्।
त्यसअघि मंगलबार नै बसेको राष्ट्रियसभाको पहिलो बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले संघीय निजामती सेवा विधेयक २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरेकी थिइन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, १७ भदौ । पछिल्लो वर्ष नेपालका हिमाल आरोहण गर्नेहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। पर्यटन विभागका अनुसार विभिन्न हिमाल तथा पिक आरोहणमार्फत कुल रु ६३ करोड ८२ लाख ९४ हजार ९७९ राजस्व सङ्कलन भएको छ।
ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल ९८,५५६ मिटर० मा गत मार्च १ देखि अप्रिल २१ सम्म २६ पुरुष र १५ महिला गरी ४१ आरोहीले सफलतापूर्वक पाइला टेके। यसबाट रु एक करोड ९७ लाख ४६० राजस्व प्राप्त भएको विभागले जनाएको छ। सोही समयमा सङ्खुवासभाको मकालु हिमालमा ६६ जनाले आरोहण गरे, जसबाट रु एक करोड ६२ लाख ६९ हजार ४८० संकलन भएको छ।
विश्वकै अग्लो सगरमाथा हिमालमा भने ३०२ पुरुष र ७२ महिला गरी ३७४ जनाले शिखर चुमे। यस आरोहणबाट मात्रै रु ५५ करोड ४९ लाख ९० हजार २७८ राजस्व संकलन भएको विभागले जनाएको छ।
गत वर्ष मात्रै २३ वटा हिमाल तथा पिकमा ६७८ पुरुष र १९१ महिला गरी ८६९ आरोही ९नेपाली तथा विदेशी० ले सफल आरोहण गरेका थिए।
जलवायु परिवर्तनको असर
नेपालका हिमालहरूमा जलवायु परिवर्तनको प्रभाव दिनप्रतिदिन तीव्र बन्दै गएको तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन्। इसिमोड ९क्ष्ऋक्ष्ःइम्० को २०२१ को प्रतिवेदनअनुसार ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रमा हिमरेखा प्रत्येक वर्ष औसत ६।५ मिटरले माथि सर्दै गएको छ। त्यहाँ १५ वर्षअघि २७ हिमताल मात्रै रहेका भए पनि हाल ४९ पुगेका छन्।
यस्तै, इसिमोडको हिमालयन वाटर सिक्युरिटी ९२०२२० प्रतिवेदनले नेपालमा प्रत्येक दशकमा तापक्रम ०।३ देखि ०।५ डिग्री सेल्सियससम्म बढिरहेको देखाएको छ। यसले हिमनदी पग्लन तीव्र बनाएको, हिमरेखा माथि सर्ने गति बढाएको र हिमाली समुदायको खेतीपाती, पशुपालन तथा खानेपानीमा सीधा असर पारेको छ।
विशेषज्ञहरूका अनुसार तत्काल जलवायु अनुकूलन नीति र दीर्घकालीन रणनीति अपनाउन नसके हिमनदीहरूको ह्रास अझै तीव्र भई जलस्रोत प्रणाली, जैविक विविधता र खाद्य सुरक्षामा गम्भीर संकट उत्पन्न हुने जोखिम छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१७ भदौ । महानगरीय प्रहरी परिसर काठमाडौले गोंगबुस्थित एक घरबाट स्रोत नखुलेको ३ करोडभन्दा बढी नगद बरामद गरेको छ।
प्रहरीका अनुसार सोही घरमा ठूलो परिमाणमा स्रोत नखुलेका गरगहना रहेको आशंका रहेकाले थप अनुसन्धान भइरहेको छ।
घटनासँग सम्बन्धित एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अवैध रूपमा राखिएको रकमबारे प्राप्त सूचनाका आधारमा आज प्रहरी टोलीले छापा मार्दा नगद बरामद भएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१७ भदौ । पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग चार दिनपछि सञ्चालनमा आएको छ । जुम्ला–सुर्खेत सडक खण्डको कर्णाली राजमार्ग पूर्णरुपमा सञ्चालनमा आएको हो । कालिकोट शुभकालिका गाउँपालिका– १ अवस्थित गगनले खोलाको पहिरो पन्छाएपछि राजमार्ग खुलेको हो।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार चार दिनपछि सञ्चालनमा आएको हो। दिउँसो साढे १२ बजेदेखि सडक पुर्णरुपले खुलेको छ। देबिबक्स गुल्मबाट सह-सेनानी सानुराम कार्कीको कमाण्डमा खटिएको नेपाली सेनाको टोलीले पूर्णरूपमा सडक सुचारु गरेको हो । कार्यालयका सूचना अधिकारी इन्जिनियर प्रदीपनारायण चौधरीका अनुसार सेनाको टोलीले सोमबार तीन वटा ब्लाष्टिङ गरेको थियो ।
पहिरोसँगै आएको ठुलो ढुङ्गा तीन वटा ब्लाष्टिङ गर्दा पनि नफुटेपछि फेरी मंगलबार बिहान साढे ८ बजेदेखि सेनाको टोली गगने खोलामा पुगेको थियो । झण्डै एक सय घनमिटरको ढुङ्गा सडकमा खसेको थियो। यसअघि सडक डिभिजनले डोजरको प्रयोग गरेर पहिरो पन्छाउन सुरु गरेपछि चट्टान फोड्न सकेको थिएन। पाँच दिनदेखि कर्णाली राजमार्ग ठप्प हुँदा जुम्ला देखि पठाइएका २१ ट्रक व्यापारी खुसी भएका छन्। झण्डै १३ करोड बराबरको स्याउ थन्किएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १७ भदौ । अर्घाखाँचीमा आफ्नै श्रीमतीको हत्या गरी घरको भान्सामा गाडेको घटनामा संलग्न श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्लका अनुसार प्युठान घर भई हाल अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४, पाटालेपोखरामा बस्दै आएका ३६ वर्षीय किरण गुरुङले आफ्नी २६ वर्षीया श्रीमती सुमित्रा कुमाल गुरुङको हत्या गरेका हुन्।
भदौ १४ गतेदेखि सम्पर्कविहीन भएकी सुमित्राबारे माइती पक्षले खोजतलास थालेका थिए। छोरी नपाएपछि उनका बुबाले आइतबार जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए।
निवेदनका आधारमा अनुसन्धान अघि बढाउँदा श्रीमान् किरणले हत्याको स्वीकारोक्ति दिएका प्रहरीको भनाइ छ। उनका अनुसार भदौ १२ गते राति करिब ११ बजे पारिवारिक विवादका क्रममा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका थिए। त्यसपछि घरकै भान्सामा खाडल खनी शव गाडेको बयान दिएका छन्।
उनको स्वीकारोक्तिअनुसार प्रहरी टोलीले घरमा उत्खनन गर्दा सुमित्राको शव फेला पारेको हो। शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल, अर्घाखाँची पठाइएको छ।
प्रहरीले घटनास्थलबाट बञ्चरो, हँसिया, गैंती, बेल्चालगायतका सामग्री बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार किरण र सुमित्राबीच १० वर्षअघि प्रेम विवाह भएको र उनीहरूको ९ वर्षीया एक छोरी रहेकी छन्। घटना भएको दिन अभियुक्तले मादक पदार्थ सेवन गरेको तथ्य खुलेको छ।
प्रहरीले अभियुक्तलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१७ भदौ। जापानी इन्सेफ्लाइटिस (जेई) का कारण देशभर २३ जनाको ज्यान गइसकेको छ। यस वर्ष डेंगु जस्तै लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको मृत्युदर भने डेंगुभन्दा धेरै उच्च देखिएको छ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीदेखि अहिलेसम्म देशभर ३ हजार ५८६ जना डेंगु संक्रमित भेटिएका छन् भने २ जनाको मृत्यु भएको छ। तर सोही अवधिमा ११३ जना जेई संक्रमित भेटिँदा २३ जनाले ज्यान गुमाएका छन्।
स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार मृत्यु हुनेमध्ये १८ जना ४० वर्षमाथिका र ५ जना ३९ वर्षमुनिका छन्। प्रदेशगत हिसाबमा लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै ८ जनाको मृत्यु भएको छ। नवलपरासी पश्चिममा २ र अर्घाखाँची, रूपन्देही, प्यूठान, दाङ, बाँके र बर्दियामा एक–एक जनाको मृत्यु भएको हो।
यस्तै बाग्मती र गण्डकी प्रदेशमा ४–४ जना, कोशीमा ३, रौतहटमा २ तथा कैलालीमा १ जनाको मृत्यु भएको छ।
गत वर्ष ९२०२४० ८६ संक्रमित भेटिँदा २५ जनाको मृत्यु भएको थियो भने २०२३ मा १०७ संक्रमितमध्ये ७ जनाको ज्यान गएको थियो। पछिल्ला वर्षमा जेई संक्रमणबाट हुने मृत्यु दर उच्च हुँदै गएको देखिन्छ।
के हो जापानी इन्सेफ्लाइटिस ?
जापानी इन्सेफ्लाइटिस एन्टिभाइरल उपचार नभएकाले यसविरुद्धको खोप र लामखुट्टेको टोकाइबाट बच्ने उपाय नै सुरक्षित विकल्प हो। खोप लगाउँदा यस रोगबाट ९९ प्रतिशत जोगिन सकिने खोप शाखा प्रमुख डा। गौतमले बताए। नेपालमा पाँच वर्षमुनिका बालबालिकालाई नियमित खोप तालिकाअनुसार जेई खोप लगाइँदै आएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार जापानी इन्सेफ्लाइटिस एसियामा भाइरल इन्सेफ्लाइटिसको प्रमुख कारण हो। हरेक वर्ष करिब १ लाख जना यसबाट संक्रमित हुने र २५ हजारको मृत्यु हुने गरेको अनुमान छ।
यो भाइरस डेंगु, यलो फिभर र वेस्ट नाइलसँग सम्बन्धित फ्लेभिभाइरस हो, जसलाई मुख्यतस् क्युलेक्स प्रजातिको लामखुट्टेले फैलाउँछ। संक्रमित सुँगुर तथा पानीमा बस्ने चरालाई लामखुट्टेले टोकेर पुनः मानिसमा रोग फैलाउने गर्छ।
यद्यपि धेरैमा हल्का ज्वरो वा टाउको दुखाइ मात्र देखिए पनि गम्भीर अवस्थामा इन्सेफ्लाइटिस हुने र त्यसको मृत्युदर ३० प्रतिशतसम्म पुग्ने जनाइएको छ। बाँचेका ३० देखि ४० प्रतिशत बिरामीमा दीर्घकालीन स्नायु, संज्ञानात्मक वा व्यवहारिक समस्या देखिने डब्लुएचओले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१७ भदौ । नेपालमा मंगलबार दुई ठाउँमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा र गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
केन्द्रका अनुसार आज दिउँसो ३ बजेर १३ मिनेट जाँदा दोलखाको लापिलाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । यसको तीव्रता ४।१ म्याग्निच्युड रहेको थियो ।
त्यसैगरी, आज बिहान ६ बजेर १५ मिनेट जाँदा गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस