नेपाल आइडल–६ को विजेता गंगा

   भदौ १६, २०८२       admin

काठमाडौँ,१६ भदौ । नेपाल आइडल सिजन–६ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको विजेता गंगा सोन भएकी छन् । पाँच प्रतिस्र्धीलाई पपछि पार्दै गंगा नेपाल आइडल सिजन–६ को विजेता बन्न सफल भएकी हुन् । आइतबार भएको ग्रान्ड फिनालेमा पाँच प्रतिस्पर्धीलाई पछि पार्दै गंगाले नेपाल आइडलको विजेता बन्न सफल भएकी हुन्।

विजेता गंगालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले ट्रफी प्रदान गरेका थिए। त्यस्तै फस्ट रनरअप बबिता थापा मगर र सेकेन्ड रनरअप दर्शना गन्धारी भइन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राष्ट्रकवि घिमिरेको नाममा २७ लाखको अक्षयकोष स्थापना

   भदौ १५, २०८२       admin

काठमाडौं ,१५ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित पुरस्कारलाई नियमित रूपमा प्रदान गर्ने उद्देश्यले २७ लाख रूपैयाँको अक्षयकोष स्थापना गरिएको छ।

मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।

अक्षयकोषका लागि राष्ट्रकविकी धर्मपत्नी महाकाली घिमिरेले १६ लाख रूपैयाँ र परिवारका अन्य सदस्यले थप रकम सहयोग गरेका छन्। यसअघि नै कोषमा १६ लाख मौज्दात रहेको र हाल कुल २७ लाख पुगेको प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मण थापाले जानकारी दिए।

प्रतिष्ठानका अनुसार प्रत्येक वर्ष राष्ट्रकविको जन्मजयन्ती (असोज ७ गते) का अवसरमा एक साहित्यकारलाई एक लाख रुपैयाँसहित पुरस्कार प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तीनकुने घटना : दुर्गा प्रसाईँसहित ५० जनामाथि मुद्दाको अन्तिम सुनुवाइ आज

   भदौ १५, २०८२       admin

काठमाडौँ,१५ भदौ ।राजावादी आन्दोलनका क्रममा चैत १५ गते तीनकुनेमा भएको घटनामा संलग्न दुर्गा प्रसाईँसहित ५० जनाविरुद्ध दायर मुद्दामा अन्तिम सुनुवाइका लागि जिल्ला अदालत काठमाडौँमा पेसी तोकिएको छ।

न्यायाधीश उमानाथ गौतमको इजलासमा आजै सुनुवाइका लागि पहिलो नम्बरमै पेसी तोकिएको हो।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रसाईँसहितमाथि राजद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधलगायतका अभियोगमा मुद्दा दायर गरेको थियो।

यसअघि, जेठ ३० गते न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियुक्तमध्ये ७ जनालाई थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशविरुद्ध प्रसाईँसहित चार जनाले उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतले धरौटीमा छाड्ने आदेश दिएपछि प्रसाईँ रिहा भएका थिए।

तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा प्रसाईँले प्रहरीलाई किच्ने गरी गाडी चलाएको आरोप छ। उनका समर्थकहरूले सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्रमा ढुंगामुढा, आगजनी, तोडफोड र लुटपाटसमेत गरेका थिए। उक्त घटनामा एक पत्रकारसहित दुईजनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

   भदौ १५, २०८२       admin

काठमाडौं १५ भदौ। मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मकवानपुरको थाहा नगरपालिका–१० टौखेलस्थित गणेशमान सिंह सडकखण्डमा भएको सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार बिसङ्खेबाट टौखेलतर्फ आउँदै गरेको बागमती प्रदेश ६६ प २३५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तरकारी लोड गर्न रोकिराखिएको ना ७ ख ४२७६ नम्बरको ट्रकमा ठोक्किएको थियो।

दुर्घटनामा परि गम्भीर घाइते भएका स्थानीय ३२ वर्षीय अमिर गोपालीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रचण्ड आज रुपन्देहीमा

   भदौ १५, २०८२       admin

दाङ,१५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुपन्देही जाने भएका छन्।

माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सुदर्शन बरालका अनुसार प्रचण्डले आज बिहान १० बजे बुटवलस्थित शहीद स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित विशेष समारोहमा स्व. रामप्रसाद बन्जाडे ‘टङ्कमणि’को सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ।

सोही अवसरमा प्रचण्डबाट ‘टङ्कमणि : एक क्रान्तिविज’ नामक पुस्तकको विमोचनसमेत गरिनेछ। माओवादीले सुरु गरेको सशस्त्र विद्रोहको सुरुवातदेखि भूमिगत रहेर काम गरेका बन्जाडे २०७८ साल मङ्सिर ८ गते सडक दुर्घटनामा परेर ५५ वर्षको उमेरमा निधन भएका थिए। उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य मात्र नभई लामो समयदेखि रुपन्देहीका इन्चार्जका रूपमा पनि जिम्मेवारी बहन गर्दै आएका नेता थिए।

पार्टी र जनआन्दोलनमा दिएको योगदानको स्मरण स्वरूप सहिद स्मृति प्रतिष्ठान रुपन्देहीमा माओवादी केन्द्रले उनको सालिक निर्माण गरेको छ। सालिक अनावरण र पुस्तक विमोचन कार्यक्रम यही उद्देश्यका लागि आयोजना गरिएको हो।

अध्यक्ष बरालले भने, “भदौ १५ कै दिन प्रचण्डले माओवादी केन्द्रको प्रदेश कमिटी बैठकमा पनि सहभागी हुनुहुनेछ। दिनभरि प्रचण्ड रुपन्देहीमै रहने कार्यक्रम छ। बिहान सालिक अनावरण र पुस्तक विमोचनपछि पार्टीका आन्तरिक बैठक र छलफलमा उहाँ सहभागी हुनुहुनेछ।”

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

देशभर बदली, केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

   भदौ १५, २०८२       admin

काठमाडौं, १५ भदौ मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ भने अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने देखिएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिएको छ।

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी परे हल्का वर्षा, १०–५० मिलिमिटर पानी परे मध्यम वर्षा, ५०–१०० मिलिमिटर पानी परे भारी वर्षा, १००–२०० मिलिमिटर पानी परे धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी पानी परे अति भारी वर्षा मानिन्छ।

एक-दुई स्थानमा वर्षा भनेको सम्बन्धित प्रदेशको १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना हो भने थोरै ठाउँमा १०–३० प्रतिशत, केही स्थानमा ३०–५० प्रतिशत, धेरै ठाउँमा ५०–८० प्रतिशत र अधिकांश स्थानमा ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना जनाउँछ।

जनतालाई आवश्यक सतर्कता अपनाउन र वर्षा र सम्भावित बाढीका जोखिमका विषयमा सचेत रहन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेललाई

   भदौ १५, २०८२       admin

काठमाडौ,१५ भदौ । यस वर्षको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले जितेकी छिन्। शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित भव्य ग्रान्ड फिनालेमा उनलाई विजेता घोषणा गरिएको हो।

आयोजक संस्था ‘द हिडन ट्रेजर’ द्वारा आयोजना गरिएको प्रतियोगिताको अन्तिम चरणमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै लुइँटेलले प्रतिष्ठित मिस नेपालको ताज आफ्नो पोल्टामा पारेकी हुन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन

   भदौ १४, २०८२       admin

दाङ, १४ भदौ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ ।

उनको उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गत मनमोहन सेन्टरमा शनिबार निधन भएको एमाले पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काले जानकारी दिएका छन् ।

रुकुम पूर्व तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौं लगिएको थियो । अस्पतालमा उनलाई एकैपटक दुईवटा ठूलो शल्यक्रिया (मेजर अपरेशन) गरिएको थियो । पहिलो अपरेशनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेशनमार्फत उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो ।

पुन एमालेबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत लुम्बिनी प्रदेश सभामा निर्वाचित भएकी थिइन् । हाल प्रदेश सभामा ८७ सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पहिरोले राप्तीसहित १० राजमार्ग अवरुद्ध

   भदौ १४, २०८२       admin

दाङ,१४ भदौ । देशका विभिन्न भागमा बाढीपहिरोले आठवटा सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोलामा रहेको कोशी राजमार्ग, रसुवाको पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका हुन् ।

यस्तै बागलुङको कालीगण्डकी करिडोर, म्याग्दीको बेनी–दरबाङ सडक, रुकुमपश्चिमको जाजरकोट-डोल्पा भेरी करिडोर र दार्चुलाको गोकुलेश्वर–दार्चुला सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् । तेह्रथुमको मध्यपहाडी लोकमार्ग, रसुवाको उत्तरगया, पासाङल्हामु राजमार्ग र पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाटमा सडक एकतर्फी सञ्चालन भएका छन् ।

नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, तनहुँको पृथ्वी राजमार्ग, दाङको राप्ती राजमार्ग र अर्घाखाँचीको सालझण्डी ढोरपाटन सडकखण्ड एकतर्फी सञ्चालन भएका प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

उखु किसानले भदौ २५ देखि राजमार्ग अवरुद्ध गर्ने

   भदौ १४, २०८२       admin

काठमाडौं,१४ भदौ । उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालीन रूपमा राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन्। शनिबार उखु उत्पादक महासंघ र उखु उत्पादन हुने जिल्लास्तरीय संघहरूको संयुक्त बैठकले माग सम्बोधन नभएको भन्दै सशक्त आन्दोलनमा जाने निर्णय गरेको हो।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “माग सम्बोधन गराउन थप निर्णायक आन्दोलन अपरिहार्य भएकाले सशक्त आन्दोलनका लागि सबै जिल्लाका उखु किसानहरूको सक्रिय सहभागितामा सर्लाहीको हरिवनमा २५ गते बुधबारबाट अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने सर्वसम्मत निर्णय गरिएको छ। सो क्रममा उत्पन्न हुने प्रतिकूल वातावरणको जिम्मेवारी नेपाल सरकार, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को हुनेछ।”

किसानहरूले सरकारले बाँकी अनुदान रकम बिनासर्त तत्काल भुक्तानी गर्नुपर्ने माग गरेका छन्। साथै, आगामी दिनमा उखुको मूल्य तोक्दा किसान प्रतिनिधिको सहभागिता सुनिश्चित गर्नुपर्ने, र आन्दोलनरत किसानलाई सडकबाट घर–खेत फर्किने वातावरण बनाउनुपर्ने उनीहरूको अडान छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology