काठमाडौं,१४ भदौ । उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालीन रूपमा राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन्। शनिबार उखु उत्पादक महासंघ र उखु उत्पादन हुने जिल्लास्तरीय संघहरूको संयुक्त बैठकले माग सम्बोधन नभएको भन्दै सशक्त आन्दोलनमा जाने निर्णय गरेको हो।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “माग सम्बोधन गराउन थप निर्णायक आन्दोलन अपरिहार्य भएकाले सशक्त आन्दोलनका लागि सबै जिल्लाका उखु किसानहरूको सक्रिय सहभागितामा सर्लाहीको हरिवनमा २५ गते बुधबारबाट अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने सर्वसम्मत निर्णय गरिएको छ। सो क्रममा उत्पन्न हुने प्रतिकूल वातावरणको जिम्मेवारी नेपाल सरकार, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को हुनेछ।”
किसानहरूले सरकारले बाँकी अनुदान रकम बिनासर्त तत्काल भुक्तानी गर्नुपर्ने माग गरेका छन्। साथै, आगामी दिनमा उखुको मूल्य तोक्दा किसान प्रतिनिधिको सहभागिता सुनिश्चित गर्नुपर्ने, र आन्दोलनरत किसानलाई सडकबाट घर–खेत फर्किने वातावरण बनाउनुपर्ने उनीहरूको अडान छ।

२२ सय व्यक्ति फरार सूचिमा
काठमाण्डौ,१४ भदौ । चितवनको भरतपुरमा कार दुर्घटनामा एक चिकित्सकको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–१० बिशालचोक नजिक रमाइलो चोकबाट आउँदै गरेको बा १५ च ४६९३ नम्बरको कार गएराति अनियन्त्रित भई सडक किनारको रुखमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुर्घटनामा भरतपुर–२ आँपटारीका डा. विप्लब भट्ट गम्भीर घाइते भएका थिए।
उनीलाई तत्कालै पुरानो मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१४ भदौ । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको अद्यावधिक नक्सा संयुक्त राष्ट्रसंघमा पठाएको खुलेको छ।
सन् २०२५ को जनवरीमै नेपालले संयुक्त राष्ट्रसंघलाई पठाएको ‘कमन कोर डकुमेन्ट अफ नेपाल’ नामक दस्तावेजसँगै नक्सा पनि समावेश गरिएको स्रोतले जनाएको छ।
उक्त दस्तावेज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको हो। त्यतिबेला केपी शर्मा ओली प्रधानमन्त्री र आरजु राणा देउवा परराष्ट्रमन्त्री रहेका बेला परराष्ट्र मन्त्रालयमार्फत नक्सा पठाइएको हो। यसअघि नेपालले संयुक्त राष्ट्रसंघमा २०५१ साल जेठमा यस्तै दस्तावेज पठाएको थियो। करिब ३० वर्षपछि नेपालले फेरि अद्यावधिक दस्तावेज पठाएको हो।
यसपटक पठाइएको दस्तावेजमा नेपालको कुल क्षेत्रफल १ लाख ४८ हजार ७ वर्ग किलोमिटर उल्लेख गरिएको छ। यसअघि पठाइएको दस्तावेजमा भने १ लाख ३७ हजार १८१ वर्ग किलोमिटर मात्र क्षेत्रफल उल्लेख गरिएको थियो।
२०७७ जेठ ५ गते सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा मन्त्रिपरिषद्बाट पारित गरेको थियो। त्यही नक्सा जेठ ७ गते सार्वजनिक गरिएको थियो। त्यसपछि संविधान संशोधन विधेयक संसद्मा दर्ता गरी २०७७ जेठ ३१ गते सर्वसम्मतिले अनुमोदन गरिएको थियो।
भूमि व्यवस्था मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार त्यसबेलै नयाँ नक्सालाई परराष्ट्र मन्त्रालयमार्फत संयुक्त राष्ट्रसंघ तथा नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगहरूमा पठाउने निर्णय गरिएको थियो। त्यसका लागि अंग्रेजी संस्करणमा समेत नयाँ नक्सा छापिएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
बांके,१३ भदौ । बाँके जिल्लाका सात स्थानीय तहमा पशु चौपायामा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण फैलिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका योजना अधिकृत तथा सूचना अधिकारी भोजबहादुर रावलका अनुसार जिल्लाभर एक महिनादेखि नै सङ्क्रमण देखिन थालेको हो।
हाल राप्तीसोनारी, जानकी गाउँपालिका, कोहलपुर नगरपालिका, नरैनापुर गाउँपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका र डुडुवाका विभिन्न क्षेत्रमा सङ्क्रमण पुष्टि भएको छ। तर नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भने अहिलेसम्म रोग देखिएको छैन।
सूचना अधिकारी रावलले सङ्क्रमण बढ्दो अवस्थामा रहे पनि स्थानीय तहले तदारुकताका साथ उपचार गरिरहेको बताए। उनका अनुसार सबैभन्दा बढी गाई र गोरुमा समस्या देखिएको छ भने सङ्क्रमित पशुको यकिन सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ।
जानकी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख दिलबहादुर खड्काले किसानलाई अनुदानमा औषधि उपलब्ध गराइएको जानकारी दिए। “नेपालमै नपाइने कतिपय औषधि भारतको रुपैडिहाबाट ल्याएर आपूर्ति गरिएको छ,” उनले बताए।
त्यस्तै, राप्तीसोनारी गाउँपालिकाका पशु सेवा विभाग प्रमुख जयबहादुर कार्कीले वडा नम्बर १, २ र ६ मा सङ्क्रमण देखिएको उल्लेख गर्दै ‘भ्याक्सिन’का लागि विज्ञ केन्द्रसँग पत्राचार गरिएको जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
बर्दिया,१३ भदौ । कर्णाली नदीमा जलस्तर बढेपछि राजापुर नगरपालिका–४ स्थित दलैघाट क्षेत्रमा कटान भएको छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना (साबिक कर्णाली नदी व्यवस्थापन आयोजना) का अनुसार करिब २ सय मिटर क्षेत्र नदीले कटान गरिसकेको छ।
जलमापन केन्द्रका अनुसार शुक्रबार बिहान कर्णाली नदीमा ७ मिटर पानी बढेको छ। नदीको जलस्तर १० मिटरभन्दा माथि पुगेमा बाढीको खतरा मानिने बताइएको छ।
कटान रोक्न आयोजना र स्थानीयवासीले श्रमदानमार्फत अस्थायी तटबन्ध निर्माण गरेका छन्। कटानका कारण राजापुर बजार उच्च जोखिममा परेको छ। ठूलो बाढी आए यस क्षेत्र डुबानमा पर्न सक्ने इन्जिनियर नवीन जोशीले बताए।
वर्षायाम सुरु भएयता हालसम्म करिब २ सय मिटर क्षेत्र नदीले कटान गरिसकेको छ। अस्थायी रूपमा बोल्डर र बालुवा भरिएका बोराहरू राखी तटबन्ध बनाइएको छ। यसैबीच, नदी कटानका कारण राजापुर र कैलाली जोड्ने सत्तीघाट पुल समेत जोखिममा परेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१३ भदौ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी चैतमा महाधिवेशन गर्ने भएको छ। हालै बसेको शीर्ष तहको विस्तारित बैठकले २०८२ साल चैत ६ र ७ गते महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष ठाकुरले जानकारी दिए।
बैठकले तराई–मधेशका जिल्लामा खडेरीका कारण किसानहरू गम्भीर रूपमा प्रभावित भएको भन्दै संघीय र प्रदेश सरकारसँग क्षतिपूर्ति प्याकेज घोषणा गर्न माग गरेको छ।
यस्तै, मधेश प्रदेशका विभिन्न जिल्लामा सुख्खाग्रस्त स्थिति सिर्जना भई खानेपानीको अभाव बढेको बैठकले उल्लेख गरेको छ। चापाकल, इनार र पोखरी सुक्दै गएपछि आम नागरिक पीडित भएको भन्दै तीनै तहका सरकारलाई तत्काल खानेपानीको सहज व्यवस्था गर्न गम्भीर ध्यानाकर्षण गराइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
अछाम ,१३ भदौ । अछाममा छाउगोठमा सुतेका बेला भीरबाट खसेको ढुंगाले किच्दा दुईजनाको मृत्यु भएको छ । घटनामा एकजना घाइते भएकी छन्।
पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मंगलसेन नगरपालिका–६ की सात वर्षीया कविता भण्डारीको शुक्रबार (भदौ १३) बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख ओमप्रकाश खनालले जानकारी दिए।
उक्त घटनामा कविताकी आमा घाइते भएकी छन्। उनलाई उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा लगिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलतर्फ प्रहरी निरीक्षक टेकबहादुर देउवा नेतृत्वको टोली प्रस्थान गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं ,१३ भदौ । बैंकिङ कसूर मुद्दामा फरार रहेका तीन प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषा मिथिला नगरपालिका–८ घर भई भक्तपुर नगरपालिका–१ सिर्जनानगर बस्ने ४२ वर्षीया अम्बिका कुमारी रिजाल, सर्लाही बरहथवा नगरपालिका–७ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ आरूबारी बस्ने ३५ वर्षीय विक्रम कुमार दमाई र बैतडी पाटन नगरपालिका–६ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारी बस्ने ४३ वर्षीय जय सिंह भण्डारी रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले अदालतबाट पक्राउ अनुमति लिएर उनीहरूलाई फरार अबस्थामा पक्राउ गरेको हो। अम्बिकालाई भक्तपुरको सिर्जनानगर, विक्रमलाई काठमाडौं कलंकी र जय सिंहलाई काठमाडौं कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामध्ये अम्बिकालाई जिल्ला प्रहरी परिसर काठमाडौं, विक्रमलाई प्रहरी वृत्त बौद्ध र जय सिंहलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि पठाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ। शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण अनुमोदन गरेको एक मन्त्रीले जानकारी दिए।
बैठकमा भ्रमणका क्रममा उठाइने एजेन्डा र अन्य नियमित विषयमा समेत छलफल भएको बताइयो।
प्रधानमन्त्री ओली शनिबार पाँच दिने चीन भ्रमणमा प्रस्थान गर्दैछन्। परराष्ट्र मन्त्रालयका अनुसार उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग तियानजिनमा भेटवार्ता गर्ने कार्यक्रम छ। यससँगै, प्रधानमन्त्री ओलीले भदौ १६ गते तियानजिनमा हुने एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्ने तयारी पनि गरिएको छ।
चीन भ्रमणका क्रममा उनले जापानविरुद्धको युद्धमा विजयी भएको अवसरमा आयोजना हुने कार्यक्रममा समेत सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमण टोलीमा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सांसद पूर्ण बहादुर खड्का र छविलाल विश्वकर्मा, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा तथा अन्य उच्चपदस्थ सरकारी अधिकारी रहेका छन्।
प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१३ भदौ। वायु प्रदूषण विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार कायम गर्न सकिए नेपालीको औसत आयु ३ वर्ष ३ महिना बढ्न सक्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ।
अमेरिकाको सिकागो विश्वविद्यालयअन्तर्गतको इनर्जी पोलिसी इन्स्टिच्युटले बिहीबार सार्वजनिक गरेको ‘एयर क्वालिटी लाइफ इन्डेक्स–२०२५’ प्रतिवेदनले नेपालका लागि वायु प्रदूषणलाई दीर्घायुमा पर्ने सबैभन्दा ठूलो बाह्य जोखिमको रूपमा देखाएको हो।
पिएम २.५ सबैभन्दा खतरनाक: प्रतिवेदनअनुसार नेपालमा २०२३ मा वायु प्रदूषण (पिएम–२.५) को सरदर स्तर ३८.३ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ, जुन २०२२ को तुलनामा १० प्रतिशतले बढी हो। डब्लुएचओले पिएम–२.५ को वार्षिक औसत सीमा ५ माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ। त्यस आधारमा नेपालको प्रदूषण स्तर डब्लुएचओको मापदण्डभन्दा करिब ७.६६ गुणा बढी छ।
पिएम–२.५ भनेको प्रतिघनमिटर वायुमण्डलमा तैरिने अत्यन्त स–साना र विषाक्त कणलाई जनाउने सूचक हो, जसले मानव स्वास्थ्यमा गम्भीर असर पार्छ।
तराईमा अत्यधिक प्रदूषण: मध्य तथा पूर्वी तराईका रौतहट, महोत्तरी र बाराका बासिन्दा सबैभन्दा प्रदूषित हावामा श्वास फेर्ने गरेको प्रतिवेदनमा उल्लेख छ। यदि यी जिल्लामा डब्लुएचओको मापदण्डअनुसारको हावा उपलब्ध भए त्यहाँका मानिसको आयु ५.२ वर्षसम्म बढ्न सक्ने देखाइएको छ।
प्रदेशगत हिसाबमा मधेसपछि सबैभन्दा प्रदूषित प्रदेश कोसी रहेको छ। त्यहाँका बासिन्दाले स्वच्छ हावा पाए ३.६ वर्ष आयु बढाउन सक्ने अध्ययनले देखाएको छ।
नेपालको ४० प्रतिशत जनसंख्या बसोबास गर्ने मध्य तथा पूर्वी तराईमा मात्रै प्रदूषण नियन्त्रण भए, त्यहाँका मानिसको औसत आयु ४.७ वर्षले बढ्ने अनुमान गरिएको छ। राजधानी काठमाडौंमा प्रदूषणका कारण औसत आयु २.६ वर्षले घटेको छ।
धूम्रपानभन्दा बढी खतरनाक: १९९८ देखि २०२३ सम्म नेपालमा पिएम–२.५ को स्तर ७४ प्रतिशतले बढेको पाइएको छ। यसले मात्र सरदर आयुलाई थप १.६ वर्षले घटाएको छ।
प्रतिवेदनअनुसार नेपालमा वायु प्रदूषण धूम्रपान र आहारजन्य जोखिमभन्दा बढी खतरनाक छ। धूम्रपानले औसत आयु १.९ वर्ष र आहारजन्य जोखिमले १.३ वर्षले घटाउँछ भने वायु प्रदूषणले ३ वर्षभन्दा बढी घटाइदिन्छ।
विश्वकै सबैभन्दा ठूलो बाह्य स्वास्थ्य जोखिम: प्रतिवेदनले विश्वभर वायु प्रदूषणका कारण मानिसको सरदर आयु १.९ वर्षले घटेको देखाएको छ। यो प्रभाव धूम्रपानसँग लगभग बराबर भए पनि मद्यपानभन्दा चार गुणा बढी, सडक दुर्घटनाजस्ता यातायातजन्य घटनाभन्दा पाँच गुणा बढी र एचआइभी/एड्सभन्दा ६ गुणाभन्दा बढी गम्भीर देखिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस