पर्सामा हैजा नियन्त्रण बाहिर छ: प्रजिअ

   भदौ ११, २०८२       admin

काठमाडौं,११ भदौ । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रण बाहिर गएको बताएका छन्।

मंगलबार पत्रकारसँग भेटघाटमा उनले हैजा नियन्त्रणका लागि तत्काल सामूहिक र प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याए।

‘हामी अहिले निकै संवेदनशील अवस्थामा छौं,’ उनले भने, ‘हैजा नियन्त्रण बाहिर गएको छ, त्यसैले रोकथाम र नियन्त्रणका लागि सबै पक्ष एकजुट भएर जुट्न जरुरी छ।’

प्रजिअ सुवेदीका अनुसार हाल हैजाका बिरामीको उपचारसँगै सचेतनामूलक अभियान पनि सञ्चालन भइरहेका छन्। तर, सङ्क्रमित बिरामीको संख्या बढ्दो क्रममा रहेकाले थप चुनौती सिर्जना भएको उनको भनाइ छ।

उनले हैजा सङ्क्रमण रोक्न सबै निकायले हातेमालो गरेर तत्काल कदम चाल्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

घाइते भेटिएका पुरुषको मृत्यु

   भदौ ०, २०८२       admin

नवलपुर, ९ भदौ ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–८ मौलाकालिका होटल अगाडि घाइते अवस्थामा भेटिएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ।

सोमबार बिहान सडकको बीचभागमा लडिरहेको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेका थिए।

उनलाई तत्काल उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए।

मृतक नवलपुरको गैंडाकोट नगरपालिका–९ थुम्सी निवासी ७४ वर्षीय रत्नबहादुर पौडेल भएको प्रहरीले बताएको छ।उनको सनाखत भान्जा कर्णबहादुर रानाले गरेको प्रहरीले जनाएको छ।

घटनास्थलमा स–साना शिशाका टुक्रा फेला परेकाले पौडेललाई सवारी साधनले ठक्कर दिएको प्रारम्भिक आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङ–रूपन्देही समाजको सभा तथा तिजमिलन कार्यक्रम

   भदौ ०, २०८२       admin

दाङ,९ भदौ । दाङ–रूपन्देही सम्पर्क समाज, परिवार बुटवलले आफ्नो दोस्रो साधारण सभा तथा तिजमिलन कार्यक्रम सम्पन्न गरेको छ।

बुटवल उपमहानगरपालिका वार्ड न.१ का वडा अध्यक्ष नरेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा समाजका पदाधिकारी, आजिवन सदस्य, साधारण सदस्य, लगायतको सहभागिता रहेको थियो।

साथै, कार्यक्रममा समाजको अक्षय कोष स्थापना गरिएको छ। प्रमुख अतिथि बस्नेतले २५ हजार , समाजका आजिवन सदस्य तथा उद्योगपति कमल डागीले ५० हजार र समाजका वरिष्ठ सल्लाहकारले ५ हजार रुपैया कोषका सहयोग गरेका छन्। समाजले सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेको छ।

कार्यक्रममा बुटवल खानेपानी संस्थाका प्रशासन प्रमुख झग बहादुर डागी,नेपाल टेलिकम मङगलापुर शाखा प्रमुख शङ्कर बिक, समाजका सल्लाहकार माधब बस्नेत, प्रमोद अधिकारी, चक्रबहादुर बस्नेत, कानूनी सल्लाहकार बिमल गिरी , संस्थापक सल्लाहकार यमु थापा, बुटवल ईलाका कार्यरत वरिष्ठ सई खिमबहादुर खत्री लगायतको सहभागीता रहेको कार्यक्रम संयोजक रमा सुबेदीले जानकारी गराइन।

उक्त कार्यक्रम रेशम बहादुर महराको अध्यक्षतामा भएको थियो

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

युक्रेनी ड्रोन आक्रमणमा रूसका परमाणु केन्द्र र इन्धन टर्मिनल प्रभावित

   भदौ ०, २०८२       admin

काठमाडौं ,९ भदौ । युक्रेनले हालै गरेको ड्रोन आक्रमणमा रूसका विभिन्न महत्वपूर्ण संरचनामा क्षति पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

रिपोर्टअनुसार, युक्रेनले एकैपटक ९५ वटा ड्रोन खसालेको छ। तीमध्ये एक ड्रोन सीमाबाट करिब ६० किलोमिटर टाढा रहेको कुर्स्क परमाणु केन्द्रमा खसेर सहायक ट्रान्सफर्मरमा क्षति पुर्‍याएको हो। आक्रमणपछि परमाणु भट्टीको उत्पादन क्षमता ५० प्रतिशतले घटेको जनाइएको छ। प्लान्टले भने विकिरण स्तर सामान्य रहेको र मानवीय क्षति नभएको स्पष्ट पारेको छ।

यस्तै, लेनिनग्राद क्षेत्रको फिनल्याण्ड खाडी किनारस्थित उस्ट–लुगा बन्दरगाहमा पनि कम्तीमा १० वटा ड्रोन खसालिएको छ। नोभाटेक कम्पनीद्वारा सञ्चालित इन्धन टर्मिनलमा टुक्रा परेर भीषण आगलागी हुँदा आकाशमा बाक्लो कालो धुवाँ देखिएको बताइएको छ। सो टर्मिनलमार्फत चीन, सिंगापुर, ताइवान, मलेशिया लगायतका मुलुकमा नाफ्था, हवाई इन्धन तथा अन्य पेट्रोलियम पदार्थ आपूर्ति हुने गर्दछ।

त्यस्तै, दक्षिणी रूसी शहर सिजरानमा भएको अर्को आक्रमणमा एक बालक घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन्। यसअघि यही क्षेत्रमा रहेको रोसनेफ्ट तेल प्रशोधन कारखाना युक्रेनी आक्रमणपछि बन्द गर्नुपरेको थियो।

संयुक्त राष्ट्रसंघीय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले कुर्स्क परमाणु केन्द्रमा भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै युद्धबीचमा पनि परमाणु संरचनाहरू सुरक्षित हुनुपर्नेमा जोड दिएको छ।

युद्धको समाधानका लागि शान्ति वार्ता गर्ने चर्चा भइरहे पनि युक्रेन–रूसबीचको द्वन्द्व अझै तीव्र बन्दै गएको छ। अब आक्रमण मोर्चासँगै दुबै मुलुकका भित्री भागसम्म फैलिएको देखिन्छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्कामा भेटवार्ता गरी युद्ध अन्त्यका उपायबारे छलफल गरेका थिए। यद्यपि, रूसले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्ने चासो देखाएको छैन। ट्रम्पले पुटिनलाई दुई साताभित्र वार्ता टेबलमा बस्न अल्टिमेटम दिएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आज विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

   भदौ ०, २०८२       admin

काठमाडौँ, ९ भदौ। देशमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहनुका साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव कायम भएकाले मनसुन गतिविधि सक्रिय देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा र अन्य प्रदेशका तराईका केही भागमा मध्यम वर्षा हुने सम्भावना छ।

बागमती र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। साथै, मधेस, कोशी र लुम्बिनी प्रदेशका तराई भूभागमा हुरीबतास चल्ने सम्भावना पनि रहेको विभागले जनाएको छ।

आज राति मधेस र कोशीसहित देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली मात्र हुने विभागको अनुमान छ।

मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका केही तराई भूभागमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। त्यस्तै, गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

महिलालाई यौन क्रियाकलापमा संलग्न गराउने होटल संचालक पक्राउ

   भदौ ०, २०८२       admin

काठमाडौं,९ भदौ । आर्थिक प्रलोभन देखाई महिलालाई जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले जनकपुरका एक होटल सञ्चालकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जनकपुरधाम–२३ का ४५ वर्षीय अजिज राइन रहेका छन्। प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार पीडित परिवार र मानव अधिकारकर्मीले दिएको उजुरीका आधारमा राइनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

उनविरुद्ध मानव बेचविखन तथा यौनजन्य अपराधसँग सम्बन्धित गम्भीर प्रकृतिका उजुरी दर्ता भएका छन्। “हाल प्रमाण संकलनको काम भइरहेको छ,” प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए।

यस्तै, राइनविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा समेत उजुरी परेको छ। आयोगका जनकपुरधाम प्रमुख बुद्धनारायण सहनीले उक्त घटनालाई अत्यन्त संवेदनशील विषयका रूपमा लिइएको भन्दै आयोगले प्रारम्भिक तथ्य जाँच सुरु गरेको बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कृषि परियोजनामा बैंक कर्जाको ब्याजदर घट्ने

   भदौ ०८, २०८२       admin

काठमाडौँ ,८ भदौ । कृषि परियोजनामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा ब्याजदर घट्ने भएको छ।

नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको परिपत्र अनुसार नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सिफारिस गरेका जातका कृषि उपजहरूको उत्पादन बढाउने परियोजनामा कर्जा प्रवाह गर्दा आधार दरमा बढीमा १.५ प्रतिशतसम्म मात्र प्रिमियम थप गर्न पाइने व्यवस्था गरिएको छ।

यसअघि यस्तो कर्जामा २ प्रतिशतसम्म प्रिमियम थप्ने व्यवस्था थियो।

राष्ट्र बैंकले यस्ता कर्जामा ग्रेस अवधि प्रदान गरेको पहिलो वर्ष असल कर्जाका लागि कर्जा नोक्सानी व्यवस्था ०.२५ प्रतिशत र दोस्रो वर्ष ०.५ प्रतिशत कायम गर्न सकिने प्रावधान गरेको छ।

त्यस्तै, आवश्यक परे यस्ता कर्जामा ग्रेस अवधि उपलब्ध गराउन वा ब्याज पुँजीकरण गर्ने सुविधा समेत दिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा टिप्पर र स्कुटर एकआपसमा ठोक्किँदा एकजना गम्भीर घाइते

   भदौ ०८, २०८२       admin

दाङ, ८ भदौ । दाङमा टिप्परको ठक्करबाट एकजना गम्भीर घाइते भएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डीमा आज दिउँसो टिप्पर र स्कुटर एकआपसमा ठोक्किँदा एक व्यक्ति गम्भीर घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरबाट सोना सिमेन्ट फ्याक्ट्री, दुधरासतर्फ जाँदै गरेको ना १ ख ९३२० नं को खाली टिप्परले विपरीत दिशाबाट आउँदै गरेको रा ४ प ३७७९ नं को स्कुटीलाई दिउँसो करिब १ बजेर ४० बजे ठक्कर दिएको हो।

दुर्घटनामा स्कुटी चालक तुलसीपुर–११ का ५६ वर्षीय निम बहादुर पाण्डे गम्भीर घाइते भएका छन्। उनको टाउको, छाती र मुखमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइते पाण्डेलाई प्रारम्भिक उपचारपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भर्ना गरिएको थियो। पछि अवस्था गम्भीर बनेपछि उनलाई थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा लगिएको र अहिले उपचाररत रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा रहेका छन्। जिल्ला मकवानपुर मनहरी गाउँपालिका–६ का २७ वर्षीय टिप्पर चालक बिशाल सुनारलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पौडी खेल्न नदीमा पसेका युवक मृत फेला

   भदौ ०८, २०८२       admin

काठमाडौं,८ भदौ । बागमती नदीमा पौडी खेल्न पसेका एक युवक मृत अवस्थामा फेला परेका छन्।

मृत्यु हुनेमा संखुवासभा खाँदबारी नगरपालिका–११ घर भइ हाल ललितपुर बस्ने २० वर्षीय अभिषेक राई रहेका छन्। शनिबार दिउँसो करिब ५ बजे गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित निकुञ्जभित्रको बागमती नदीमा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए।

उनको खोजतलासका लागि प्रहरी प्रभाग सुन्दरीजल, नेपाली सेनाको विपद् व्यवस्थापन गण र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको थियो। तर, शनिबार फेला नपरेका राई आइतबार बिहान बागमती नदीको बोक्सी दह नजिक ढुंगाको कापमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपील राज बोहराले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जनता समाजवादी पार्टीले मन्त्री फिर्ता बोलाउने, नयाँ दुई नाम सिफारिस

   भदौ ०८, २०८२       admin

काठमाडौँ,८ भाडा । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा रहेका आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। पार्टीको यसअघि बसेको बैठकले सो निर्णय गर्दै प्रधानमन्त्री कार्यालयलाई समेत जानकारी गराइसकेको उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिएका छन्।

उनका अनुसार मन्त्री रहेका प्रदीप यादव र नवलकिशोर साहलाई फिर्ता बोलाई डा. वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्रीमा पठाउने निर्णय भएको छ। बस्नेतले भने, “सरकारमा हाम्रो पार्टीबाट रहेका दुवै मन्त्रीले भदौ ११ गतेभित्र राजीनामा दिनुहुनेछ, त्यसपछि नयाँ मन्त्रीहरूले जिम्मेवारी सम्हाल्नुहुनेछ।”

जसपाले यादव र साहलाई एक वर्षका लागि सरकारमा पठाएको थियो। उनीहरू एक वर्षभन्दा बढी समयदेखि सरकारमा जिम्मेवारी सम्हालिरहेका छन्।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भई नयाँ जसपा गठन भएपछि रञ्जु झाको नाम पनि विना विभागीय मन्त्रीमा सिफारिस भएको थियो। तर, उनले सो पद नस्वीकार्दै एक वर्ष कुर्ने निर्णय गरेकी थिइन्।

त्यस्तै, यसअघि जसपा नेपाल सरकारमा सहभागी हुँदा डा. वीरेन्द्र महतो वनमन्त्रीसमेत भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology