वडाध्यक्षमाथि दोहोरो नागरिकता लिएको उजुरीः छानबिन गर्दै प्रशासन

   श्रावण २७, २०८२       admin


काठमाडौ,२६ साउन । रौतहटको दुर्गा भगवती गाउँपालिका–४ का वडाध्यक्ष रामानन्द प्रसादमाथि दोहोरो नागरिकता लिएको आशंकामा जिल्ला प्रशासन कार्यालयले छानबिन तीव्र पारेको छ।

प्रसादविरुद्ध दुई महिना अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अनुसन्धान अघि बढाइएको हो। उनीमाथि भारत र नेपाल दुवै देशको नागरिकता लिएको आरोप लागेको छ ।

अख्तियारले नागरिकताको विषय आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै साउन ७ गते उजुरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाएको जनाएको छ। त्यसपछि प्रशासनले अनुसन्धान सुरु गरेको हो।

जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीका अनुसार रामानन्द प्रसादको अनुहार मिल्ने फोटो भएको भारतको नागरिकता फेला परेको छ। सो नागरिकता भारतमा पप्पु यादवको नाममा जारी गरिएको भए पनि फोटो भने वडाध्यक्षसँग मिल्दोजुल्दो रहेको छ।

यही फोटो भएको भारतीय मतदाता परिचयपत्रसमेत भेटिएको तिवारीले जानकारी दिए। यद्यपि दुवै देशको नागरिकतामा नाम, थर र अभिभावकको विवरण फरक९फरक रहेको पनि प्रशासनले जनाएको छ।

फोटो मिल्दो देखिएपछि झन्डै १०–१५ दिनअघि वडाध्यक्ष प्रसादलाई कार्यालयमा बोलाएर सोधपुछ गरिएको थियो। सो अवसरमा वडाध्यक्षले आफूले दोहोरो नागरिकता नलिएको दाबी गरेका थिए। “यसबारे थप प्रष्टता पाउन भारतीय दूतावासलाई पनि जानकारी गराएका छौं, तर अहिलेसम्म जवाफ आएको छैन,” तिवारीले भने।

वडाध्यक्षकै फोटो प्रयोग भएको नागरिकताको विषयलाई गम्भीर रूपमा लिँदै प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई थप अनुसन्धान गर्न निर्देशन दिएको छ।

नेपाल नागरिकता ऐन, २०६३ अनुसार झुटो विवरणका आधारमा नागरिकता लिएको पुष्टि भएमा कानुनी कारबाही हुने व्यवस्था छ। यही अनुसार प्रहरीलाई पत्राचार गरिएको प्रशासनको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी दीपककुमार राईले दुई साता अघि प्रशासनबाट पत्र आएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए। “हालसम्म ठोस अपडेट छैन, तर अनुसन्धान सक्रिय रूपमा अगाडि बढिरहेको छ,” उनले भने।

वडाध्यक्ष रामानन्द प्रसाद २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा ९माओवादी केन्द्र० बाट उम्मेदवार भई निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा दुई मोटरसाइकल ठोक्किँदा २ जना घाइते

   श्रावण २७, २०८२       admin

दाङ, साउन २६ । दाङको तुलसीपुरमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा २ जना घाइते भएका छन्।

तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको रा ३ प ५४२७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको रा ४ प ६८८१ नम्बरको मोटरसाइकलले तुलसीपुर–७ बम्नैमा पछाडिबाट ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

दुर्घटनामा रा ३ प ५४२७ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–७ बम्नैका ५७ वर्षीय शालिकराम न्यौपाने गम्भीर घाइते भएका छन्। उनको टाउको र छातिमा बढी चोट लागेकाले उपचारका लागि नेपालगञ्जस्थित संजीवनी मेडिकल कलेजमा पठाइएको हो।

त्यसैगरी रा ४ प ६८८१ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–७ बम्नैका २४ वर्षीय डिल्लीराज चौधरी घाइते भएका छन्। उनको हातखुट्टामा चोट लागेको छ भने स्वास्थ अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रविको निवेदनमाथिको सुनुवाई सकियोः के आउला त आदेश ?

   श्रावण २७, २०८२       admin

दाङ,२६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीमा दायर गरेको रिहाइसम्बन्धी निवेदनमाथिको सुनुवाइ सकिएको छ। सहकारी ठगी र संगठित अपराध मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेको निवेदनमाथि आजै आदेश आउने सम्भावना रहेको छ।

न्यायाधीश नारायण सापकोटाको इजलासमा सोमबार भएको सुनुवाइमा लामिछाने पक्ष र सरकारी वकिलको तर्फबाट बहस सकिएपछि मुद्दा आदेशको तयारीमा पुगेको हो। अब अदालतले लामिछानेलाई थुनामै राख्ने कि धरौटीमा रिहा गर्ने भन्नेबारे निर्णय सुनाउनेछ।

लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ अनुसार बैंक जमानत लिई दफा ७१ बमोजिम रिहाइको माग गर्दै साउन १९ गते निवेदन दर्ता गराएका थिए। निवेदनमा उनले बिगो बराबरको रकम बैंक ग्यारेण्टीमा राखी धरौटीमा रिहाइ पाउनुपर्ने माग गरेका छन्।

निवेदन दर्ता भएको दिन नै जिल्ला अदालत रुपन्देहीका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले पक्षहरूलाई पेशीको सूचना दिने आदेश दिएको थियो। तर, साउन २० गते न्यायाधीश प्रल्हाद कुमार योगी र साउन २१ गते न्यायाधीश दिपेन्द्र थापा मगरको इजलासमा चढेको पूरक पेशी निवेदकका कानुन व्यवसायीको मागमा स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बाढीले बगाउँदा एक व्यक्तिको मृृत्यु

   श्रावण २७, २०८२       admin


बलवा,२६ साउन । रातो खोलामा आएको बाढीले बगाउँदा व्यक्तिको मृत्यु भएको छ । महोत्तरीको बलवा नगरपालिका–२ मा रातो खोलामा आएको बाढीले बगाउँदा महोत्तरी गाउँपालिका–३ डाम्ही बस्ने वृजमोहन ठाकुरका छोरा अन्दाजी ३५ वर्षीय चन्दनकुमार ठाकुरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक नन्दकिशोरप्रसाद चौहानका अुनसार बलवा नगरपालिका–३ पडौल बजारबाट डिजल लिएर फर्कने क्रममा खोलामा आएको बाढीले उनलाई बगाएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रुकुमपश्चिमका स्थानीय तहको बेरुजु एक अर्ब २५ करोड नाघ्यो

   श्रावण २७, २०८२       admin

रुकुमपश्चिम, २६ साउन । रुकुमपश्चिम जिल्लाका स्थानीय तहहरूको बेरुजु प्रत्येक वर्ष बढ्दै गएको छ । स्थानीय तहहरुले प्रचलित कानुनी प्रक्रिया नअपनाई गरेका आर्थिक कारोबारका कारण हरेक वर्ष बेरुजु रकम बढ्दै गएको हो । महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०÷८१ सम्म जिल्लाभित्र रहेका छ वटा स्थानीय तहहरूको जम्मा बेरुजु रकम एक अर्ब २५ करोड ५८ लाख २२ हजार ५८० रुपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्ष २०७९÷८० सम्म जिल्लाको कुल बेरुजु एक अर्ब २० करोड ८४ लाख ४२ हजार रुपैयाँ थियो। सो वर्ष नौ करोड १५ लाख रुपैयाँ फस्र्योट गरिएको भए तापनि, चालु आर्थिक वर्षमा मात्रै थप १३ करोड ८९ लाख १६ हजार ८१७ रुपैयाँ बेरुजु थपिएको छ, जसले गर्दा कुल बेरुजु अझै बढेको हो।

उक्त प्रतिवेदनअनुसार चौरजहारी नगरपालिकाको बेरुजु हाल ३० करोड ६० लाख ६५ हजार ५७ रुपैयाँ पुगेको छ। अघिल्लो वर्षसम्म २९ करोड ४८ लाख ६८ हजार रुपैयाँ बेरुजु रहेको यस पालिकामा चालु वर्षमा थप १ करोड ४६ लाख २१ हजार ५५२ रुपैयाँ बेरुजु थपिएको छ, भने फस्र्योट भने ३४ लाख २४ हजार ४९५ रुपैयाँ मात्र भएको छ।
आठबिसकोट नगरपालिकाको बेरुजु पनि उच्च देखिएको छ, जहाँ अघिल्लो वर्ष २६ करोड सात लाख २६ हजार रुपैयाँ बेरुजु थियो भने चालु वर्षमा तीन करोड ६९ लाख ८३ हजार १२८ रुपैयाँ थपिएर हालको बेरुजु २७ करोड ४५ लाख ३९ हजार ६२४ रुपैयाँ पुगेको छ।

यस्तै, मुसीकोट नगरपालिकाको बेरुजु २० करोड सात लाख ८६ हजार ५८९ रुपैयाँ पुगेको छ, जहाँ चालु वर्षमा २ करोड ३९ लाख १४ हजार ६४२ रुपैयाँ बेरुजु थप भएको हो। यसले जम्मा १२ लाख ४८ हजार ५३ रुपैयाँ मात्र फस्र्योट गर्न सकेको छ।
त्रिवेणी गाउँपालिकाको बेरुजु पनि उच्च छ, जसको अद्यावधिक रकम २२ करोड १९ लाख आठ हजार ६५६ रुपैयाँ पुगेको छ। अघिल्लो वर्षसम्म २० करोड १४ लाख २२ हजार रुपैयाँ रहेको यस पालिकामा यो वर्ष दुई करोड चार लाख ८६ हजार ६५६ रुपैयाँ बेरुजु थपिएको हो।

बाँफीकोट गाउँपालिकामा अघिल्लो वर्षसम्म १६ करोड ७८ लाख ६८ हजार रुपैयाँ बेरुजु थियो, जुन चालु आवमा थप दुई करोड ६८ लाख ८३ हजार १९ रुपैयाँ पुगेको छ। यद्यपि यस पालिकाले सबैभन्दा धेरै — ६ करोड ३३ लाख ४१ हजार ४१५ रुपैयाँ फस्र्योट गर्न सफल भएको छ। त्यसैगरी, सानीभेरी गाउँपालिकामा पनि बेरुजु रकम १२ करोड ११ लाख १३ हजार ५० रुपैयाँ पुगेको छ। अघिल्लो आवसम्म १० करोड ५४ लाख ३८ हजार रुपैयाँ रहेकोमा चालु वर्षमा १ करोड ६० लाख २७ हजार ८२० रुपैयाँ बेरुजु थप भएको छ, तर फस्र्योट भने तीन लाख ५२ हजार ७७० रुपैयाँ मात्र गरिएको छ।

बेरुजुका विषयमा चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले बेरुजु देखिएको आधारमा त्यसलाई आर्थिक हिनामिनाको रूपमा बुझ्न नहुने बताउँदै समयमै फस्र्योट गरी नियमित गर्न आवश्यक रहेको बताए। उनका अनुसार कागजी प्रक्रिया र अभिलेख समायोजनमा ढिलाइ हुँदा बेरुजु देखिने गरेको छ । सुधार गरे बेरुजुको समस्या समाधान हुन सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

स्यालले टोक्दा तीनजना घाइते

   श्रावण २७, २०८२       admin


व्याँस,२६ साउन । स्यालले टोक्दा दार्चुलामा तीन जना घाइते भएका छन् । दुईजना महिला र एक पुरुषलाई स्यालले टोकेको हो ।

घाइते हुनेहरुमा जिल्लाको व्याँस गाउँपालिका–६ बसेडीका ७० वर्षीय गणेशदत्त भट्ट, ५१ वर्षीया धौली भट्ट र ७५ वर्षीया च्याउलीदेवी भण्डारी रहेका छन् ।

घाइतेको व्याँस–६ खातीगाउँस्थित ग्रामिण स्वास्थ एकाइ केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल खलंगा ल्याइएको थियो ।

जिल्ला अस्पतालमा रेबिजविरुद्धको खोप उपलब्ध नभएपछि तीनै जनालाई उपचारका लागि धनगढी ‘रेफर’ गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिए ।

आइतबार साँझ घरनजिकै घाँस काट्ने क्रममा स्यालले उनीहरूलाई टोकेको स्थानीय केशरसिंह खातीले बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बिरामी लिन हिँडेका सुनिलको घटनास्थलै मृत्यु

   श्रावण २७, २०८२       admin

जाजरकोट, २६ साउन । एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । जाजरकोटको भेरी नगरपालिका– १ कोल्चौर नजिकै कल्ले खोलामा आइतबार राति १ बजे एम्बुलेन्स दुर्घटना भएको हो । दुर्घटनामा परेर एम्बुलेन्सका चालक भेरी नगरपालिका–१ डौंरीकाँडाका २७ वर्षीय सुनिल चनाराको घटनास्थलमै मृत्यु भएको हो ।

भेरी नगरपालिका–१ का वडा अध्यक्ष दीपक रानाले खलङ्गाबाट भेरी नगरपालिका–१ कै डौँरीकाँडा बिरामी लिन जाँदै गरेको उदय युवा क्लब मुसीकोट १३ को नाममा रहेको भे १ च २२४७ नम्बरको एम्बुलेन्स दुर्घटना भएको जानकारी दिए।

अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक बीरबहादुर थापाका अनुसार उकालो जाने क्रममा भित्तामा ठोक्किँएर एम्बुलेन्स करिब दुई सय मिटर तल खसेको थियो ।

घटना रातिको भएपनि स्थानीयहरुले बिहान घाँस काट्न जाने क्रममा थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा प्रहरी पुगेर मुचुल्का लगायतको काम गरी लाश पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सवारी दुर्घटनामा तीनजनाको मृत्यु, १५ जना घाइते

   श्रावण २७, २०८२       admin

काठमाडौँ, २६ साउन । पूर्व–पश्चिम राजमार्गमा भएको सवारी र्दुघटनामा तीनजनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान दुई सवारी साधन एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किएका थिए।

प्रवक्ता खतिवडाले मृतकहरूको पहिचान खुल्न नसकेको बताए। घाइतेहरूलाई इनरुवा अस्पताल, विराटनगरको न्यूरो अस्पताल र नोबेल अस्पतालमा उपचारका लागि पठाइएको छ।

दुर्घटनापछि बस चालक गोपाल अधिकारी ९झापा, अर्जुनधारा नगरपालिका–१०लाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

उद्योग समितिको बैठक स्थगित

   श्रावण २७, २०८२       admin

काठमाडौं,२६ साउन । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक स्थगित भएको छ ।

आज बिहान साढे ११ बजे बस्ने तय भएको बैठक विशेष कारणले स्थगित भएको समिति सचिवालयले जनाएको छ ।

‘बैठक विशेष कारणले स्थगित भएको व्यहोरा माननीय सभापतिको निर्देशानुसार माननीय सदस्यहरूलाई जानकारीका लागि अनुरोध छ’ समितिका सचिव हृदयराम महर्जनलेले निकालेको सूचनामा उल्लेख छ

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा बोलेरो र मोटरसाइकल ठोक्किँदा २ जना घाइते

   श्रावण २६, २०८२       admin

दाङ, २५साउन । तुलसीपुरमा बोलेर र मोटरसाइकल एकआपसमा ठोक्किदा दुइजना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–२ भमके खोलास्थित सडकखण्डमा बोलेरो र मोटरसाइकल एकापसमा ठोक्किँदा २ जना घाइते भएका हुन् ।

आइतबार साढे ६ बजे तुलसीपुरबाट बागरतर्फ जाँदै गरेको बा ११ च ७९४७ नम्बरको बोलेरो र विपरीत दिशाबाट जांदै गरेको रा ८ प ४१२० नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका हुन्।

घाइतेहरूमा बबई गाउँपालिका–७ पंचकुलेका ५० वर्षीय मोटरसाइकल चालक कुलबहादुर बुढाथोकी र मोटरसाइकलको पछाडि सवार ५० वर्षीय शालिकराम शर्मालाई दुवै हातखुट्टामा सामान्य चोट लागेको छ।

घाइते दुवै जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घटनापछि प्रहरी निरीक्षक डिल्लीराज मल्लको कमाण्डमा खटिएको टोलीले दुवै सवारीसाधन र बोलेरो चालक दंगिशरण गाउँपालिका–१ रामपुरका ३० वर्षीय अशोक रतगौयालाई नियन्त्रणमा लिएको छ। अन्य विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology