मोटरसाइकलको ठक्करबाट एक महिला घाइते

   श्रावण १८, २०८२       admin

दाङ,१७ साउन ।दाङमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छन् । तुलसीपुर उपमहानगरपालिका–१९ बासगढीस्थित कुटिचौरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिला घाइते भएकी हुन् ।

शनिबार दिउँस साढे २ बजेतिर बिजौरीतर्फ जाँदै गरेको रा.५ प २६७८ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी ६५ वर्षीया गौमती रोका लाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी रोकाको दुवै खुट्टा, टाउको र छातिमा चोट लागेको छ। उनको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागी नेपालगन्ज रिफर गरिएको छ।

मोटरसाइकल चालक तुलसीपुर–७ निवासी १६ वर्षीय लक्ष्मण भुसाल सामान्य घाइते भएका छन्। उनलाई प्रारम्भिक उपचारपछि इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ।

सवारी साधनमा पछाडि सवार १४ वर्षीय रोहित खनाललाई पनि सामान्य चोट लागेको थियो। उनलाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

दुर्घटना स्थलमा प्रहरी चौकी बिजौरीका प्रमुख नायब निरीक्षक भरत वलीको कमाण्डमा प्रहरी टोली खटिएको थियो। दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

चक्कु प्रहारबाट एकजना घाइते

   श्रावण १८, २०८२       admin


काठमाडौँ,१७ साउन । चक्कु प्रहारबाट एकजना घाइते भएका छन् । ताप्लेजुङमा मादक पदार्थ सेवन गरेका एक सवारी चालकले सहचालकलाई धारिलो हतियार चक्कु प्रहार गरेका छन् । प्रहरीका अनुसार सदरमुकाम फुङ्लिङको तमुचौकमा शुक्रबार राति २३ वर्षीय हर्कबहादुर दर्लामी मगरले १९ वर्षीय सागर मगरलाई चक्कु प्रहार गरेका हुन् ।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार आठराई त्रिबेणी गाउँपालिका–३ हाङ्पाङका दर्लामी मगरले मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका सागरमाथि चक्कु प्रहार गरेका हुन् । सवारी साधान गाडीमा बसिरहेका सागरमाथि मापसे गरेर आएको हर्कबहादुरले एक्कासी चक्कु प्रहार गरेका बताइएको छ ।

हर्कबहादुरको चक्कु प्रहारबाट सागरको टाउकोमा चोट लागेको र अवस्था भने सामान्य रहेको प्रनाउ गौतमले जानकारी दिए । उनका अनुसार घटना शुक्रबार राति ११ः२८ बजेतिर भएको र घटना भएको करिव पाँच मिनेटभित्रै प्रहरीको क्युआरटी टोली र अस्थायी प्रहरी पोष्ट भेटेरिनरीचौकबाट गएको प्रहरी टोलीले घटनामा संलग्न हर्कबहादुरलाई नियन्त्रणमा लिएको थियो ।

यता घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ भने घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हर्कबहादुर र सागर एउटै सवारी साधनका चालक र सहचालक हुन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मधेसमा भारी वर्षा

   श्रावण १८, २०८२       admin


काठमाडौँ,१७ साउन । । मधेस प्रदेशका केही जिल्लाहरुमा भारी वर्षा भएको छ । बर्खाको समयमा लामो समयदेखि सुक्खाग्रस्त मधेशका केही ठाउँमा गत २४ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लामो समय वर्षा नहुँदा मधेश सुक्खाग्रस्त बनेको थियो । सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । रोपाइँसमेत हुन नसकेको मधेशमा शुक्रबारदेखि भएको वर्षाले राहत भएको छ ।

आज बिहान गरिएको मापन अनुसार धनुषा जिल्लाको तुल्सी केन्द्रमा ६३।८ मिलिमिटर वर्षा भएको छ । धनुषाकै हर्दिनाथमा ५१ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै रौतहटको गौरमा ४४।६ र बाराको अमलेखगंजमा ४६।४ मिलिमिटर वर्षा भएको छ ।

२४ घण्टामा ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई मौसम विज्ञानमा भारी वर्षा भएको मानिन्छ भने १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम वर्षा भएको मानिन्छ ।

मधेश प्रदेशका अन्य जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । सर्लाहीमा ३७।६, महोत्तरीको गौशाला स्टेशनमा ३२।४ मिलिमिटर वर्षा भएको छ । सिरहा र सप्तरीमा भने वर्षा कम भएको छ ।

आइतबार पनि मधेशमा मध्यमदेखि भारी वर्षा हुने प्रक्षेपण गरिएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतिर ९नेपालतिर० सर्ने क्रममा रहेकाले थप वर्षा हुने सम्भावना रहेको मौसमविद्को पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अबदेखि लाइसेन्सको अवधि १० वर्ष

   श्रावण १७, २०८२       admin

दाङ,१६ साउन । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि पाँच वर्षबाट बढाएर १० वर्ष कायम गरेको छ। ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक’ राजपत्रमा प्रकाशित भएसँगै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा रहेको पाँच वर्षे अवधि संशोधन गरी दश वर्ष बनाइएको हो।

यस व्यवस्थाबाट चालकहरूले हरेक पाँच वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्। राजपत्रमा प्रकाशित सूचनाअनुसार, ऐनको दफा ५४ को उपदफा (३) मा उल्लेखित ‘पाँच वर्षसम्म’ भन्ने शब्द हटाई ‘दश वर्षसम्म’ गरिएको छ। त्यस्तै, दफा ५६ को उपदफा (३) मा रहेको नवीकरणपछिको अवधिलाई जनाउने ‘पाँच वर्षसम्मको’ भन्ने शब्दलाई पनि ‘दश वर्षसम्मको’ बनाइएको हो।

नयाँ व्यवस्थाले अब जारी हुने नयाँ लाइसेन्स र नवीकरण गरिने लाइसेन्स दुवैको अवधि १० वर्ष हुनेछ। यसले यातायात कार्यालयमा हुने भीडभाड घटाउने र सेवाग्राहीलाई सहज बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सांसद छिरिङ लामाको आरोप : ‘पूर्वयुवराजको भ्लग राजतन्त्रको अपवित्र षड्यन्त्र’ (स्ट्याटस सहित)

   श्रावण १७, २०८२       admin

काठमाडौं,१६ साउन । पूर्वयुवराज हृदयन्द्र शाहले आफ्नो २३ औँ जन्मदिनको अवसरमा सार्वजनिक गरेको जुम्ला यात्रा सम्बन्धी भ्लग ‘माई ट्रिप टु जुम्ला’ सामाजिक सञ्जालमा भाइरल बनेको छ।

भ्लगमार्फत जुम्लाको सौन्दर्य र हृदयन्द्रको सरल व्यवहारको प्रसंसा भइरहँदा जुम्लाबाट प्रतिनिधिसभा सांसद छिरिङ ल्हामु लामाले भने यसलाई ‘राजतन्त्रको अपवित्र षड्यन्त्र’को संज्ञा दिँदै कडा आपत्ति जनाएकी छन्।

सांसद लामाले सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्तिमा आफूले देखेको चिन्ता स्पष्ट पार्दै भनिन्, “जुम्लामा देखिएको पूर्वयुवराजको यात्रा गणतन्त्रको उपलव्धि हो भन्ने कुरा लुकाएर, भ्लगमार्फत राजतन्त्रकालको आकर्षण प्रस्तुत गर्ने प्रयास भइरहेको छ।” उनले हृदयन्द्रको भ्लगलाई ‘सामन्ती सोच’को निरन्तरता भन्दै यसले गणतन्त्रप्रति भ्रम सिर्जना गर्ने चेतावनी दिइन्।

उनका अनुसार, जुम्लाको अहिलेको रूपान्तरण सडक, इन्टरनेट, स्वास्थ्यजस्ता सेवाको विस्तार गणतान्त्रिक व्यवस्थाकै उपलब्धि हो, जुन राजतन्त्रको पालामा सम्भव थिएन। “हृदयन्द्रका पुर्खाहरूको समयमै जुम्लालाई उपेक्षित, दरिद्र र पाछडिएको बनाइएको थियो,” उनले लेखिन्, “आज देखिएको जुम्ला गणतन्त्रको प्रतिफल हो, कुनै राजसी परिवारको उपकार होइन।”

लामाले सामाजिक सञ्जाल र मिडियामा हृदयन्द्रजस्ता पात्रको प्रशंसा हुने तर स्थानीय सिर्जनशील युवा जस्तै भ्लगर सिर्जना सिज्जु प्रति बेवास्ता हुने प्रवृत्तिप्रति गम्भीर असन्तोष व्यक्त गरिन्। उनले भनिन् -, “यति धेरै मिडियाको हेडलाइन बन्नलाई सामन्ती राजपरिवारकै हुनुपर्ने हो भने, हामीले लडेको गणतन्त्रको सार नै खतरामा पर्छ।”

उनले केही युट्युब च्यानलहरूलाई ‘राजावादी सोचको मुखपत्र’को संज्ञा दिँदै, लोकतान्त्रिक मूल्यमान्यता र जनताको शासनप्रणालीको रक्षा गर्न सबै सजग हुनुपर्नेमा जोड दिइन्।

उनको स्टाटस:

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बजारमा नक्कली औषधि खुलेआम बिक्रीः विभागको चेतावनी

   श्रावण १७, २०८२       admin


काठमाडौँ,१६ साउन । बजारमा नक्कली औषधीको खुलेआम बिक्री हुने गरेको पाइएको छ । डिफ्यूजल(एल, कायाप्लस, पौरुष जीवन, बूजी, १०० हर्स पावर, ३० मिनेट स्टप, डायबेटिक कन्ट्रोल र जिमनेमा सिलभेस्ट्रे क्याप्सुलजस्ता नक्कली औषधिहरू खुलेआम बिक्री भइरहेको पाइएको छ।

औषधि व्यवस्था विभागले यस्ता औषधिहरू सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्ममार्फत बिना वैज्ञानिक प्रमाण रोग निको पार्ने दाबी गर्दै प्रचार गरिन थालेपछि जनस्वास्थ्यमा गम्भीर जोखिम रहेको भन्दै सचेत रहन आग्रह गरेको हो।

विभागका महानिर्देशक नारायण ढकालका अनुसार यस्ता औषधिहरू मधुमेह, मोटोपन, थाइराइड, प्रोस्टेट, यौनशक्ति वृद्धि, रक्सीको लत हटाउने र क्यान्सरसमेत निको पार्ने जस्ता भ्रामक दाबीका साथ प्रचार भइरहेको छ, जुन पूर्ण रूपमा अवैज्ञानिक र जनस्वास्थ्यका लागि खतरनाक छन्।

विभागले चिकित्सकको सिफारिसबिना औषधि नसेवन गर्न र शंकास्पद औषधि प्रयोग नगरिदिन सबैलाई आग्रह गरेको छ।
विभागका महानिर्देशक नारायण ढकालले जारी गरिएको सूचनामा ‘सामाजिक सञ्जाल फेसबुक, टिकटक लगायत अन्य प्लाटफर्ममार्फत प्रचारप्रसार गरी मधुमेह निको पार्ने, मोटोपन घटाउने प्रोस्टेट ठीक पर्ने, थाइराइड निको पार्ने, युरिक एसिड निको पार्ने, यौनशक्ति बढाउने‚ रक्सी छुटाउने र क्यान्सर जस्ता प्राणघातक रोगहरू निको पार्ने दावी गर्दै अनधिकृत रूपमा नकली औषधि विक्रीवितरण भइरहेको भन्दै विभागको गम्भीर ध्यानाकर्षण भए‌को छ।’– उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सदरमुकाम रुकुमकोट तोक्ने निर्णयविरुद्ध पुनः सर्वोच्चमा रिट

   श्रावण १७, २०८२       admin


रुकुमपूर्व,१६ साउन।रुकुमपूर्वको सदरमुकाम तोक्ने सरकारको निर्णयविरुद्द पुनः रिट दायर भएको छ । सरकारले रुकुमपूर्वको सदरमुकाम सिस्ने गाउँपालिका वडा नं. ५ र ६ स्थित रुकुमकोटमा तोकेको थियो । सोही निर्णयविरुद्ध पुनः सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

गत साउन ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रुकुमपूर्वको सदरमुकाम रुकुमकोटमा तोक्ने निर्णय गरेको थियो। सो निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रमुख राजनीतिक दलका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्।

रिट निवेदकहरूमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य कुसुमदेवी थापा, माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशसभा सदस्य सुरुल पुनमगर र दिलकुमारी बुढामगर, पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगर, भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ, तथा नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य सरिता पुनमगर छन्।

यसअघि सोमबार सर्वोच्च अदालतले सरकारलाई रुकुमकोटलाई सदरमुकाम तोक्नुको कारण स्पष्ट पार्न आदेश दिएको थियो।

२०७९ साल भदौ २७ गते सर्वोच्चको संवैधानिक इजलासले सदरमुकाम तोक्ने विषयमा विभिन्न मापदण्डको अध्ययन गरी निर्णय लिन निर्देशन दिएको थियो। तर, हालको निर्णय कुनै अध्ययन बिना गरिएको, बहुसंख्यक जिल्लावासीको भावना विपरीत रहेको भन्दै रिट दर्ता गरिएको माओवादी प्रदेश सांसद सुरुल पुनमगरले जानकारी दिए।

उनका अनुसार सरकार स्थानीय नागरिक, राजनीतिक दल र सरोकारवाला पक्षसँग छलफल नगरी जबर्जस्ती निर्णयमा पुगेकोले आफूहरू न्यायको लडाइँ लड्न बाध्य भएका हुन्।

संघीयता कार्यान्वयनपछि रुकुम र नवलपरासी दुई भागमा विभाजन भई साविकका ७५ जिल्ला बढेर ७७ भएका थिए। सदरमुकाम तोक्ने विषयमा विवाद चर्किएपछि सर्वोच्चले मापदण्ड बनाइ निर्णय लिन सरकारलाई निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

   श्रावण १७, २०८२       admin

दाङ,१६ साउन । रुपन्देहीको क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरिएको छ । कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको हो ।

निवार्चन आयोगले शुक्रबार सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो।

आयोगले यसअघि उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ। आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुनेछ। असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। कात्तिक १७ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एक रुपैयाँले घट्यो पेट्रोलको मूल्य

   श्रावण १७, २०८२       admin


दाङ, १६ साउन । शुक्रबार बिहानबाट लागू हुने गरी पेट्रोल–डिजेलको मूल्य हेरफेर भएको छ । नेपाल आयल निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ घटाएको जनाएको हो । त्यस्तै डिजेल र मट्टीतेल लिटरमा दुई रूपैयाँ बढाएको छ ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले बिहीबार पठाएको खरिद मूल्य अनुसार निगमले नयाँ भाउ तोकेको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १५६ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १४७ रूपैयाँ ५० पैसा पर्नेछ ।

त्यस्तै दोस्रो वर्गमा दाङ र सुर्खेत क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १५८ रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १४९ रूपैयाँ पर्नेछ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १५९ रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १५० रूपैयाँ पर्नेछ ।

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफै कच्चा तेल खरिद गर्दैन । आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ ।

आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ । लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

   श्रावण १७, २०८२       admin


काठमाडौँ,१६ साउन। आज कोदो दिवस मनाउन लागिएको छ । सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक शुक्रबार राष्ट्रिय कोदो दिवस मनाउन लागेको हो । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको हो ।

देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने विभागका महानिर्देशक सन्जेलले जानकारी दिए । कृषि विभागले आर्थिक वर्ष २०८१र८२ मा रु ७६ करोड ६३ लाख ८६ हजारबराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको जनाएको छ ।

दिवसका अवसरका विभिन्न स्थानमा कोदो रोपाइँ तथा कृषक, राष्ट्रिय कृषक समूह महासङ्घ, पत्रकारलगायतका विभिन्न विधामा पुरस्कार तथा कदरपत्र वितरणको कार्यक्रम छ । प्रदेश र स्थानीय तहहरूबाट पनि उक्त अवसरमा विविध कार्यक्रम सञ्चालन गरिने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology