सुभाष साह, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’माथि अनुशासनको कारबाही गर्न अध्यक्षमाथि दबाब बढेको छ ।पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध निरन्तर सार्वजनिक अभिव्यक्ति दिएपछि उनलाई अनुशासनको कारबाही गर्न अधिकांश स्थायी समिति सदस्य एकमतजस्तै देखिएका छन् ।
शुक्रबार -आज_ माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्दै छ । सो बैठकमा उपमहासचिव शर्मालाई अनुशासनको कारबाही गर्नुपर्ने आवाज प्रचण्डनिकट नेताले उठाउँदै छन् । गत बुधबार बसेको पदाधिकारी बैठकमा समेत यस विषयले प्रवेश पाएको थियो ।
अनुशासनको विषय पदाधिकारी बैठकमा उठेको भए पनि त्यस’दयगतमा थप छलफल र निर्णय भने स्थायी समिति बैठकबाट हुँदै छ । शर्मानिकटका नेता यो विषय केन्द्रीय समिति बैठक हुँदै महाधिवेशनसम्म लम्ब्याउने आन्तरिक रणनीतिमा छन् ।
प्रचण्डले पार्टी नेतृत्व छोड्नुपर्ने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने भन्दै शर्माले नेतृत्वमाथि निरन्तर ‘हमला’ गर्दै आएको बुझाइ पार्टी नेतृत्वको छ । यता, शर्माले नेतृत्व हस्तान्तरणको कुरा गर्दा पार्टी नै छोडेर ‘जा’ भन्दै तर्साउने गरिएको बुझाइमा शर्मा छन् ।
गत ६ साउनमा उपमहासचिव शर्माले नेपालका कम्युनिस्ट पार्टीहरू सामन्ती झुण्डमा परिणत हुन थालेका टिप्पणी गरेका थिए । साथै, मनमोहन अधिकारीबाहेकका कम्युनिस्ट प्रधानमन्त्रीहरू ‘असुली’ धन्दामा लागेको कडा टिप्पणी गरेपछि पार्टी नेतृत्व उनीबाट असन्तुष्ट बनेको हो ।
शर्माले विशेष महाधिवेशन गरी पार्टीको पुनर्निर्माण, नेतृत्व हस्तान्तरण, आन्तरिक लोकतन्त्र (जनवादी केन्द्रियता) कमजोर भएको विषय सार्वजनिक रूपमै उठाउन थालेपछि यो असन्तुष्टि प्रचण्डसहितका नेताले अनुशासनको कारबाहीको विषय अगाडि बढाउन लागेको बताइन्छ ।
माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले पार्टी नेतृत्व, नीति एवं कार्यक्रमकै विरुद्धमा अभिव्यक्ति दिनेलाई अनुशासनको कारबाहीको विषय पनि बैठकमा आउने बताए । साथै, केन्द्रीय कमिटी बैठक, योजना, पार्टी एकताबाट आएकालाई जिम्मेवारीसहित पछिल्लो राजनीतिक अवस्थाका ’दयगतमा बैठकमा छलफल हुने एजेन्डा रहेको उनले बताए ।
उपमहासचिव शर्माले पार्टी नेतृत्वकै विरुद्धमा अभिव्यक्ति दिएपछि अध्यक्ष प्रचण्डले उनलाई इंगित गर्दै पार्टीभित्र ‘सिँगौरी खेल्न दिएको’ अभिव्यक्ति दिएका थिए । शर्माले पार्टी नेतृत्व हस्तान्तरणको विषयलाई पटक–पटक उठाएपछि प्रचण्ड असन्तुष्ट छन् ।
प्रचण्ड र शर्माको सार्वजनिक रूपमै यस्तो अभिव्यक्ति आउन थालेपछि प्रचण्डनिकटका नेताहरूले शर्माका विरुद्धमा सार्वजनिक रूपमै अभिव्यक्ति दिन थाले । अब यो विषय पार्टी बैठकमै उठाउँदै अनुशासनको ‘डन्डा’ चलाउने रणनीतिमा पार्टी नेतृत्व रहेको छ । प्रचण्ड र शर्माका बीचमा टकराव बढ्दै गएपछि पार्टी नै विभाजनको डिलमा पुगेको विश्लेषण भइरहेको छ ।
पार्टी महासचिव देव गुरुङले पार्टीको आन्तरिक एकताको प्रस्ताव गर्दै अनुशासनको विषयसमेत बैठकमा प्रवेश गराउँदै छन् ।
माओवादी नेतृत्वमाथि यसअघि खुलेर कसैले असहमति राख्न सकेका थिएनन् । असन्तुष्ट बनेपछि मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरूले पार्टी नै छाडेका थिए । तर, एमालेमा जस्तो आन्तरिक असन्तुष्टिलाई लिएर कारबाहीमा भने अहिलेसम्म माओवादी उत्रिएको छैन । पछिल्ला दिन एमालेले भीम रावललगायतका नेतालाई गरेको कारबाहीकै जस्तो बाटोमा जाने संकेत माओवादी नेतृत्वले देखाउन थालेको छ ।
नेतृत्वबाटै फुटको हल्ला !
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टी विभाजनको अनावश्यक प्रचार गर्नेबाट सचेत हुन आग्रह गरेका छन् । माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने प्रचार गरिएको समेत उनले आरोप लगाएका छन् । माथिलो तह भने पनि त्यस तहमा रहेका नेताको पहिचान भने उनले खुलाएका छैनन् ।
‘विगत २ वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सचेत हुन आग्रह गर्दछु,’ सामाजिक सञ्जाल फेसबुकमा शर्माले लेखका छन् ।
यस्तै, उनले गत वर्ष सबै प्रदेशमा भएको परामर्श बैठकपछि केन्द्रीय समितिको बैठकमा भएको बहस र निर्णयअनुसार असारदेखि प्रारम्भ गरेर ६ महिनाभित्र अर्थात् मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेन्डा केन्द्रित बहस गर्नुपर्ने जनाएका छन् । यसले पार्टीको पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्ने शर्माको निष्कर्ष छ ।
पार्टी केन्द्रको निर्णयअनुसार हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग अभियानबाट आर्जित ऊर्जालाई दुईबुँदे सहमतिपश्चात गिरेको पार्टीको साखलाई पुनः माथि उठाउन गम्भीर आत्मसमीक्षा गर्दै एजेन्डा केन्द्रित बहसमा केन्द्रित हुनुपर्ने उनले जनाएका छन् ।
‘यतिबेला देश, जनता र राजनीतिक पार्टीहरू गम्भीर संकटबाट गुज्रिरहेका छन् । यसको समाधान संविधानको संशोधन, अर्थतन्त्रको पुनसंरचना र पार्टीको पुनर्गठन नै हो,’ शर्माले भनेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेश गरेलगत्तै नेता वामदेव गौतम असन्तुष्ट देखिन थालेका छन् । गत २ साउनमा उनी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । पार्टीमा गौतम तेस्रो मर्यादाक्रमका नेता भए पनि उनी असन्तुष्ट छन् । पार्टी प्रवेशको एक महिना नपुग्दै उनले असन्तुष्टि पोख्न सुरु गरिसकेका छन् ।
कहिले संगठन विभाग प्रमुख त कहिले के खोज्दै उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई समेत गुनासो पोख्न थालेका छन् । पार्टीमा जिम्मेवारी नभएको भन्दै उनले जिम्मेवारी खोजेका छन् । तर, पार्टीले उनलाई जिम्मेवारी दिनै बाँकी रहेको छ ।
पार्टीको बैठकबाट उनले तोकिएरै जिम्मेवारी पाउने भए पनि त्यसअघि नै उनले गुनासो पोख्नु कुण्ठा मात्रै रहेको एकीकृत समाजवादीकै नेताहरू बताउँछन् । ‘वामदेव जहाँ जान्छन्, जहाँ हुन्छन् त्यहाँ विवाद र झमेला आउनु नौलो होइन, यो त उहाँको नेचरजस्तै भएको छ,’ एकीकृत समाजवादीका एक नेताले भने ।
२२ सय व्यक्ति फरार सूचिमा
कपिलवस्तु, १५ साउन । नुहाउने खोलामा डुबेर कपिलवस्तुमा दुई किशोरको मृत्यु भएको छ।
बिहीबार साँझ कपिलवस्तु नगरपालिका–१० स्थित बिकुली खोलामा नुहाउने क्रममा उनीहरूको ज्यान गएको हो।
इलाका प्रहरी कार्यालय पिपराका अनुसार मृतकहरू बाणगंगा नगरपालिका–५, कोपवाका ११ वर्षीय वापस चौधरी र १० वर्षीय निशान चौधरी हुन्।
प्रहरी निरीक्षक लोकेन्द्र जिसीका अनुसार, पिरा र नगवा गाउँको बीचमा पर्ने बिकुली खोलामा साँझ करिब साढे ६ बजे ती दुई किशोर नुहाउन गएका थिए। सोही क्रममा खोलामा डुबेर उनीहरूको मृत्यु भएको हो।
घटनापछि स्थानीयवासी र प्रहरीले दुबै जनाको शव उद्धार गरेका थिए। उनीहरूको शव पोष्टमार्टमका लागि पिपरा अस्पताल पठाइएको प्रहरी निरीक्षक जिसीले जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
हुम्ला,१५ साउन।अज्ञात रोगका कारण हुम्लामा ३० बढी पशु मरेका छन् । एक सातादेखि फैलिएको अज्ञात रोगका कारण हुम्लाको चङ्खेली गाउँपालिका–६ को रामालेख खडिन्याखाडा खर्कमा राखिएका ३० बढी पशु मरेका हुन्।
अज्ञात रोगका कारण एक भैँसी, एक कुकुर, ६ दुहुना र अन्य नौवटा गाई तथा १४ भन्दा बढी गोरु मरेको स्थानीय हरिबहादुर जानकारी दिए । वस्तुभाउको पे र छाती सुन्निने, दिसा गर्न नसक्ने, घाँस नखाने,र्याल काड्ने जस्ता लक्षणहरु देखा परेको उनले बताए ।
गत साउन ८ गतेपछि फैलिएको रोगले अहिलेसम्म मासिधारालगायत क्षेत्रमा किसान ३० भन्दा बढी पशुवस्तु मरेपछि ठूलो क्षति पुगेको छ ।
अधिकांश पशुवस्तु जङ्गलतिर खर्क रहेकाले अन्य पशुवस्तबारे यकिन विवरण आउन बाँकी छ । खर्कमा समेत अझै एक भैँसी बिरामी भएपछि पालमा राखिएको छ भने अन्य गाईगोरुसमेत थला परेका छन् ।
अज्ञात रोगको महामारीका कारण पशुवस्तु मर्न थालेपछि खर्क क्षेत्रको जङ्गल गन्हाउने भएको छ । खर्कमा मात्रै नभई विभिन्न गाउँका खर्कमा १ सय भन्दा बढी पशुवस्तुहरु अझै बिरामी परेका स्थानीयले बताएका छन् ।
गाउँपालिकाको पशुशाखामा औषधिका लागि गए पनि त्यहाँ पशु स्वास्थ्यकर्मी नभएकाले थप समस्या भएको शाहीले गुनासो गरे ।
त्यहाँ हिउँदका लागि पशुवस्तुलाई घाँस सङ्कलन, बर्खेबालीको संरक्षण र गर्मीमा हुने रोग छल्नका लागि पशुवस्तु खर्कमा लिने प्रचलन छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१५ साउन। प्रतिबन्धित लागु औषध कोकिनसहित प्रहरीले चारजना विदेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी)ले विशेष सूचनाको आधारमा कोकिन कारोबारमा संलग्न चार जना विदेशी नागरिकलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट कुल १ किलो ६०६ ग्राम कोकिन बरामद गरिएको छ।
प्रहरीका अनुसार ३५ वर्षीया भारतीय नागरिक रूबिना अब्दुल्लाह शेख त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपाल प्रवेश गर्ने क्रममा पक्राउ परेकी हुन्। उनले बोकेको झोलाभित्र लुकाइराखिएको १.५७४ किलोग्राम कोकिन फेला परेको थियो। हवाईमार्ग हुँदै नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरूको शंकास्पद गतिविधि निगरानी गर्ने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
शेखसँगै सो कोकिन लिन आएका ३३ वर्षीय भारतीय नागरिक अरुण प्रतापलाई पनि प्रहरीले पक्राउ गरेको छ।
यसअघि ब्युरोको टोलीले काठमाडौंको नागार्जुन नगरपालिका–४ इचंगुनारायण क्षेत्रबाट दुई जना विदेशी नागरिकलाई कोकिनसहित पक्राउ गरेको थियो। पक्राउ पर्नेमा ३७ वर्षीय इरिट्रियन नागरिक युसुफ एटम छन्, जसको साथबाट ३२ ग्राम कोकिन बरामद भएको थियो। सोही अनुसन्धानको सिलसिलामा ४४ वर्षीय रूसी नागरिक एन्ड्रिय मलेसेभलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १५साउन । मुलुकभर परेको अविरल वर्षाका कारण सात मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल–चीन नाका जोड्ने पुल, रसुवाकै पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग, बाग्लुङ नगरपालिकास्थित कालिगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित घोराही–रुकुम सहिद राजमार्ग र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट–डोल्पा भेरी करिडोर पूर्णरूपमा अवरोध भएको प्रहरीले जनाएको छ।
त्यस्तै, काठमाडौँको टोखाबाट नुवाकोट जाने सडकखण्ड, नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकास्थित कालिगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिकास्थित बेनी–जोमसोम सडक, तनहुँको बन्दीपुर गाउँपालिकास्थित पृथ्वी राजमार्ग र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा रहेको जनाइएको छ।
प्रहरीले निरन्तर वर्षाका कारण पहिरो र बाढीको जोखिम बढेकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १५ साउन। दाङको तुलसीपुरस्थित मोतिपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरको ओरालोमा बिहीबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
प्रहरीका अनुसार बिहिवार बिहान ११ बजेतिर तुलसीपुरबाट विजौरीतर्फ जाँदै गरेको रा १ त ३४७८ नम्बरको खाली ट्याक्टर आफैं अनियन्त्रित भई पल्टिएको हो। दुर्घटनापछि गम्भीर घाइते भएका दुई जनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। अस्पताल पुर्याइएपछि चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा परेर मृत्यु हुनेहरूमा तुलसीपुर उपमहानगरपालिका–१७ निवासी अन्दाजी १५ वर्षीय सबिन भण्डारी र सोही ठाउका अन्दाजी १७ वर्षीय मनोज रोका मगर रहेका छन्। उनीहरूको शव राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ।
उक्त ट्याक्टरमा सवार अन्य व्यक्तिहरू प्रहरीको नियन्त्रणमा रहेका छन्। ट्याक्टर चालक मानपुरका २६ वर्षीय सुरेश चौधरी, ऐरावतीका १५ वर्षीय धनबहादुर चौधरी र विजौरीका २६ वर्षीय प्रकाश चौधरीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको हो।
घटनास्थलमा प्रहरी निरीक्षक सूर्यबहादुर राना मगरको कमाण्डमा १० जनाको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१५ साउन । गुन्डा नाइके सानुभाइ भनेर चिनिने युवराज गुरुङ पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौँको ठमेलस्थित नगरकोट दोहोरी साँझबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार झैझगडा गरेको आरोपमा पक्राउ गरिएको हो । बुधबार राती उनलाई पक्राउ गरिएको एसपी कुलदीप चन्दले जानकारी दिए । उनी यसअघि पनि कुटपिट आरोपमा पटक पटक पक्राउ परेका थिए ।
उनलाई हाल प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान भइरहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१५ साउन । आज साउन १५ गते, नेपाली समाजमा खीर खाएर यो दिन विशेष रूपमा मनाइँदैछ। वर्षा ऋतुमा असार १५ गते दही–च्यूरा र साउन १५ मा खीर खाने परम्परा नेपाली समाजमा प्राचीनकालदेखि चलिआएको हो।
साउने झरीमा दूध, मरमसला र अन्य सामग्री मिसाएर पकाइने खीर स्वास्थ्यका लागि लाभदायक हुने विश्वासका आधारमा यो परम्परा बस्दै आएको जानकारहरू बताउँछन्। संस्कृतमा ‘पायस’ भनिने खीरलाई सात्विक आहारमध्ये एक उत्तम भोजन मानिन्छ। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार वैदिक ग्रन्थहरूमा पितृ तथा देवकार्यमा खीरलाई महत्वपूर्ण वस्तुका रूपमा उल्लेख गरिएको छ।
उनका अनुसार साउन महिनामा गाउँघरमा खेतीपातीको काम समापनतिर पुग्ने, हरियाली प्रशस्त हुने, घाँस प्रशस्त पाइने र त्यसअनुसार गाई–भैंसीले धेरै दूध दिने भएकाले खीर पकाएर आफन्तजनलाई खुवाउने चलन बसेको हो। “स्वास्थ्यका हिसाबले पनि खीर उत्तम मानिन्छ,” गौतम भन्छन्।
साउन महिनालाई भगवान् शिवको महिना मानिन्छ। शिवलाई दूध तथा दूधबाट बनेका परिकार प्रिय हुने भएकाले खीर लगायतका मिठाईहरू विधिपूर्वक चढाइने चलन रहिआएको छ। यस कारण पनि साउन १५ मा खीर खाने परम्परा चलेको हुनसक्ने गौतमको भनाइ छ। यद्यपि, यसको कुनै स्पष्ट शास्त्रीय वचन नभएको उनले बताएका छन्।
ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा खीर अर्थात् पायस खुवाउने चलन रहिआएको छ। वैदिक सनातन धर्मअनुसार श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधबाट बनेको खीर खुवाउने परम्परा आज पनि कायमै छ।
खीर चामल, सावधाना, सेवई, मकै, गाजर आदि सामग्रीबाट बनाइने गरिन्छ। सावधाना (साबुदाना)लाई फलफूलकै वर्गमा राखिन्छ। साउनमा हरियो मकै प्रशस्त पाइने भएकाले मकैको खीर पनि विशेष रूपमा बनाइन्छ।
नेपाली बृहत् शब्दकोशअनुसार खीरलाई “दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्यपदार्थ, पायस, तस्मै” भनेर परिभाषित गरिएको छ।
नेपाली समाजमा असार १५ मा दही–च्यूरा, साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घीउ–खट्टे, र माघ १५ मा मालपुवा लगायत सामग्री बनाएर आफन्तजनलाई खुवाउने चलन छ।
यसैबीच, राष्ट्रिय दुग्ध विकास बोर्डले पनि साउन १५ लाई ‘खीर दिवस’का रूपमा मनाउँदै आएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, १४ साउन ।बलात्कारको आरोप लागेको मधेस प्रदेशसका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश पिताम्बर शर्माको इजलासले सो आदेश दिएको हो। अहिराजलाई साउन ४ गते पक्राउ गरिएको थियो। घटनासम्बन्धी प्रहरी अनुसन्धान सकिएपछि साउन १३ गते काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई विपक्षी बनाएर अदालतमा मुद्धा दायर गरेको हो।
अभियोग अनुसार, पीडित महिलाले २०८१ साल जेठ ४ गते नयाँ बानेश्वरस्थित आफ्नो डेरामा बलात्कार भएको दाबी गरेकी छन्। घटनाको अनुसन्धानपछि प्रहरीले अहिराजलाई पक्राउ गरी नौ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो।
अहिराजले आरोप अस्वीकार गर्दै आएका छन्। मुद्दा अहिले प्रारम्भिक चरणमा रहेको र थप कानुनी प्रक्रिया अगाडि बढ्ने जनाइएको छ।
अदालतको आदेशसँगै उनी हाल थुनामा रहनेछन्।
२२ सय व्यक्ति फरार सूचिमा
सिरहा, १४ साउन । सिरहाको धनगढीमाई नगरपालिका–११ आमचोकमा धारिलो हतियार प्रयोग गरी एक वृद्धको निर्मम हत्या गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० वीरेन्द्र कुमार पासवानका अनुसार ७५ वर्षीय अनिल लाल यादवलाई आज बिहान सुतिरहेको अवस्थामा टाउकोमा धारिलो हतियार प्रहार गरिएको हो।
प्रहरीले दिएको जानकारीअनुसार यादव बुधबार बिहान गम्भीर घाइते अवस्थामा ओछ्यानमै फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल, सिरहा लगिएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हत्याको कारण र दोषीको खोजीका लागि प्रहरी टोली खटिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस