बुटवल,१० साउन। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा अभिव्यक्ति दिएका राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल एक वर्षका लागि निलम्बनमा परेका छन्।
साउन ९ गते बसेको संघको पदाधिकारी बैठकले खरेललाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गर्दै एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको हो। महासचिव रमेश चौलागाईंद्वारा जारी पत्रमा खरेलले पार्टी निर्देशन अवज्ञा गर्नुका साथै अराजक र अभद्र व्यवहार गरेको उल्लेख छ।
महाधिवेशनका सन्दर्भमा सोधिएको स्पष्टीकरणमा खरेलले इमेलमार्फत तीन पृष्ठ लामो जवाफ पठाएका थिए। उनले आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै नेतृत्व परिवर्तनको कुरा उठाउनु अपराध नभएको बताएका छन्। साथै, निलम्बन निर्णय अन्यायपूर्ण भएको भन्दै आवश्यकता परे समानान्तर कमिटी बनाउन सक्ने चेतावनी पनि दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १० साउन । नक्कली जग्गाधनी पुर्जा (लालपुर्जा ) प्रकरणमा बुटवल मालपोत कार्यालयका मालपोत अधिकृत पक्राउ परेका छन् ।
सरकारी छापको दुरुपयोग गर्दै अर्कै व्यक्तिको नाममा रहेको जग्गाको नक्कली लालपुर्जा निकालेको आरोपमा बुटवल मालपोत कार्यालयका अधिकृत घनश्याम अर्याल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार नक्कली लालपुर्जा प्रकरणमा अर्यालसँगै कार्यालयका कार्यालय सहयोगी सञ्जय कुमार केवट र तिलोत्तमाकी रञ्जना थापा पनि पक्राउ परेकी छन्।
उनीहरूलाई सरकारी छापको दुरुपयोग र नक्कली लालपुर्जा बनाइदिएको अभियोगमा जिल्ला अदालतको पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक क्षेत्रीले बताए। उक्त प्रकरणमा संलग्न अन्य मालपोत कर्मचारी विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको बताइएको छ।
पक्राउ परेका र पक्राउ पुर्जी जारी भएकाहरूले घुस रकम लिएर सरकारी र कतिपय अन्य व्यक्तिको जग्गाको समेत नक्कली लालपुर्जा बनाइ बिक्री वितरण गर्ने र सोही लालपुर्जा धितो राखेर सहकारी संस्थाबाट ऋण निकालेको स्रोतको दाबी छ।
अर्यालले तिलोत्तमाको मणिग्राम चोकदेखि पश्चिम हरपुरमा रहेको कित्ता नं. १५७ को नक्कली लालपुर्जा निकालेको प्रहरीको भनाइ छ।
मणिग्राममा बस्ती बस्नुअघि २०२२ सालतिर पहाडका विभिन्न जिल्लाबाट आएर थारू समुदायका जमिनदारसँग जग्गा खरिद गरेर बस्नेहरूले उक्त बस्ती बसाएका थिए।
१५७ नम्बरको उक्त कित्तालाई २०७१ सालमा फोडेर जग्गाको जोत भोग गर्दै आएका परिवारका नाममा कायम गरी १, २, ३, ४ गर्दै क्रमशः १५ सम्म कित्ता कायम गरिएको थियो।
मालपोत कार्यालय बुटवलको अभिलेखमा १५७ नम्बरको कित्तालाई फोड गरेर १४ वटा कित्ता बनाई २०७१ सालमा राम थापाको कश्यप नमुना रोडा उद्योग, दिनकुमारी न्यौपाने, माया नेपाल, मिना नेपाल, उत्तम प्रधान, गोविन्दप्रसाद खराल, भीमबहादुर राना, कृष्णबहादुर अर्याल क्षेत्री, अम्मरकुमारी रायमाझी, कृष्णप्रसाद ज्ञवाली, फूलमाया धरेल, टेकराज अर्याल र लक्ष्मीदेवी अर्यालको नाममा कायम गरिएको थियो।
तर २०७८ साल फागुन ६ गतेको मितिमा यो पूरै १७ कट्ठा जग्गाको सिङ्गो लालपुर्जा ग्रिनल्याण्ड विल्डर्सको नाममा बनाइदिएका थिए।
कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता नं ३४००८/२०७६/०७७ रहेको ग्रिनल्याण्ड विल्डर्स तिलोत्तमा ७ भलवारिका काशी घिमिरेले दर्ता गरेका थिए। घिमिरेले नवलपरासीको बर्दघाटका भीमलाल भण्डारीलाई ५ करोड रुपैयाँमा १७ कट्ठा जग्गाको नक्कली लालपुर्जा सहित ग्रिनल्याण्ड विल्डर्स बिक्री गरे।
नक्कली लालपुर्जा बनाएर भण्डारीलाई ५ करोड रुपैयाँमा बिक्री गरेको १७ कट्ठा जग्गाको धितो राखेर घिमिरेले काठमाडौंको काँडा घारीमा रहेको सहकाली सहकारीबाट २०७८ साल फागुन २२ गते २ करोड ७० लाख ऋण समेत निकालेका थिए।
घिमिरेले सहकारीबाट ऋण लिँदा तिलोत्तमा नगरपालिका वडा नं. ६ बाट चार किल्ला प्रमाणितको कागज र मालपोत कार्यालय बुटवलबाट जग्गा रोक्काको पत्रसमेत बनाएर पेस गरेका थिए।
मालपोत कार्यालयले जग्गा रोक्का गरी दिएको पत्रमा मालपोत अधिकृतको नाम उल्लेख नगरी हस्ताक्षर र सरकारी छाप मात्र लगाइएको थियो। मालपोत कार्यालयमा जग्गा रोक्का राखिएको कुनै अभिलेख समेत राखिएको थिएन।
घिमिरे रुपन्देहीका अधिकांश जग्गाको नक्कली लालपुर्जा बनाउने र बेचबिखन गर्ने काममा सक्रिय रहेको भन्दै अनुसन्धान अघि बढाउन मालपोत कार्यालय बुटवलले प्रहरी र अख्तियार दुरुपयोग आयोगसम्मलाई पत्राचार गरेको थियो। सोही पत्राचार पछि सुरु गरिएको अनुसन्धानमा नक्कली लालपुर्जा बनाउने काममा मालपोत कार्यालयका अधिकृत अर्याल समेतको संलग्नता देखिएको भन्दै पक्राउ पुर्जी जारी गरिएको थियो। सेतोपाटीबाट
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,९ साउन । दाङको तुलसीपुरमा रक्तदान कार्यक्रम भएको छ। ज्ञानदीप कलेज तुल्सिपुरको आयोजना तथा रेडक्रस दाङको प्राविधिक सहयोगमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
५९औं रक्तसञ्चार सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा कलेजका शिक्षक र विद्यार्थीहरू गरी ५३ जनाले रक्तदान गरेका छन्।
तुल्सिपुर क्षेत्रमा रगतको माग उच्च भए पनि त्यस अनुसार रक्तदाता नपाइएकोले समाजिक उत्तरदायित्व अन्तर्गत कलेजले वार्षिक क्यालेन्डरअनुसार नियमित रक्तदान कार्यक्रम गर्दै आएको कलेजका भाइस प्रिन्सिपल मनोज कुमार केसीले जानकारी दिए।
कलेजका प्राध्यापक शरद गौतमले रगत अभावका कारण कसैले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आफू पनि नियमित रक्तदान गर्दै आएको बताए ।
कार्यक्रममा दाङ रेडक्रसले मानिसको शरीरमा खेर जाने रगतलाई मानव सेवामा प्रयोग गर्न सबैमा नियमित रक्तदान गर्न अपिल गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
कैलाली,९ साउन । कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही स्थानका २६ वर्षीय राजु चौधरी र २३ वर्षीय चन्द्रबहादुर चौधरी रहेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले उनीहरूलाई गए राति पक्राउ गरेको हो।
प्रहरीका अनुसार राजु चौधरीको घर तलासी गर्दा १ थान भरुवा बन्दुक, चित्तलको सिङ, चित्तलको खुट्टाको आधा भाग फेला परेको छ। त्यस्तै, चन्द्रबहादुरको घर तलासी गर्दा पनि १ थान भरुवा बन्दुक बरामद भएको हो।
दुवैजनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, ९ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थालाई डेंगी नियन्त्रणका लागि आफ्नो वरपरको क्षेत्र सफा गरी लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्न निर्देशन दिएको छ।
मन्त्रालयको प्रशासन विभागले बिहीबार सूचना जारी गर्दै देशभरका सबै सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रहरूलाई प्रत्येक शुक्रबार बिहान ९:३० देखि १०:३० बजेसम्म एक घण्टा लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्न आग्रह गरेको हो।
यसका लागि मन्त्रालयका सबै कर्मचारीहरूलाई तोकिएको समयमा उपस्थित भई कार्यालय परिसर सफा गर्न सूचित गरिएको छ। मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत साता नै डेंगी नियन्त्रणका लागि देशव्यापी अभियान घोषणा गरेको थियो, जसअन्तर्गत हरेक सरकारी कार्यालय, टोल र घर–घरमा प्रत्येक साताको एक घण्टा लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने कार्यक्रम सञ्चालन गरिनु पर्ने उल्लेख गरिएको छ।
महाशाखाका अनुसार यो अभियान साउनदेखि असोजसम्म नियमित रूपमा जारी राखिनुपर्नेछ। डेंगीको जोखिम कम गर्नका लागि सरकारले नागरिकस्तरमै सक्रिय सहभागिता जनाउन अपिल समेत गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
चितवन, ९ साउन । चितवनको रत्ननगरमा बोलेरोको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
रत्ननगर नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा खैरहनीबाट तरकारी लिएर टाडीतर्फ जाँदै गरेको २–०२–००१ च ०५१० नम्बरको बोलेरोले विपरीत दिशाबाट आइरहेको बा.प्र.०६–००१ प ३५०९ नम्बरको मोटरसाइकललाई गए राति साढे १२ बजे ठक्कर दिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक कालिका नगरपालिका–२ का ३५ वर्षीय मुकुन्द कँडेल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो, तर राति सवा १ बजे चिकित्सकले मृत घोषणा गरे।
सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार बोलेरो जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो। बोलेरो चालक र दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,९ साउन । सरकारले मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राजपत्रमा सूचना प्रकाशित भएको मितिदेखि लागू हुनेगरी सो निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै भने, “मौसमी संकटका कारण मधेशमा जनजीवन प्रभावित बनेको छ। खेतबारी सुक्खा भएका छन् भने करिब १५ प्रतिशत घरधुरीमा खानेपानीको अभाव देखिएको छ।”
उनका अनुसार संकट समाधानका लागि सरकारले तत्काल खानेपानी आपूर्ति तथा अन्य राहत उपाय अघि बढाउने छ।
मन्त्री गुरुङले मधेशको समृद्धि बिना नेपालको समृद्धि अपुरो रहने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा विशेष ध्यान दिनुपर्ने बताए। साथै, वातावरण संरक्षणसँगै समृद्धिको सन्तुलन आवश्यक रहेको धारणा राखे।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,९ साउन । भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ। ती महिलाहरूले आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट (NOC)’ नलिएर यात्रा गर्न खोजेकाले दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा नियन्त्रणमा लिइएको हो।
दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहितको टोलीले ती महिलाहरूलाई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देहीको सुनौली नाकामा पुर्याई स्थानीय प्रशासनको जिम्मा लगाएको हो। रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार महिलाहरूलाई अहिले प्रहरी टोलीले काठमाडौँ ल्याउँदैछ।
यस घटनापछि गृहमन्त्री रमेश लेखकले गम्भीर ध्यान दिँदै मानव बेचबिखन अनुसन्धान ब्युरोलाई कडा अनुसन्धान गर्न निर्देशन दिएका छन्। गृह मन्त्रालयका अनुसार, अवैध रूपमा वैदेशिक रोजगारीमा पठाउने गिरोहबारे गहिरो छानबिन गरी दोषीमाथि कारबाही गर्न मन्त्री लेखकले आग्रह गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
सल्यान , ८ साउन । सल्यानमा हाइस गाडी दुर्घटना भएको छ । बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी आउँदै गरेको १ ख ३९९६ नम्वरको हाईस गाडी सल्यानको कुमाख गाउँपालिका २ नेटा नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।
नेटा नजिकैको माथिल्लो मोडबाट गाडी दुर्घटना भएर तल्लो मोडमा पुगेको हो । स्थानीयका अनुसार गाडी चालक पारस आचार्य सहित करिब एक दर्जन यात्रुहरु घाईते भएका छन् । घाईते मध्य केहिको अवस्था गम्भिर रहेको छ ।
ईलाका प्रहरी कार्यालय रागेचौरका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले दुर्घटनाको खबर लगत्तै उद्धारका लागि प्रहरी घटनास्थलतर्फ गएको जान्कारी दिए ।
दुर्घटनाको पुरा विवरण आउन बाँकि रहेको छ । अहिले स्थानीयले घाईतेको उद्धार गरिरहेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ८ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको एक वर्ष पूरा भएको छ। मुख्यमन्त्री आचार्यले एक वर्ष पूरा भएको उपलक्ष्यमा विभिन्न उपलब्धिहरु सार्वजनिक गरेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक वर्षे उपलब्धिहरुको विवरण सार्वजनिक गर्दै सबै क्षेत्रमा प्रदेशलाई अग्रनी बनाएको दाबी गरे ।
राजधानी मुख्यालय राप्ती उपत्यका देउखुरी दाङमा पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले उपलब्धिहरुको विवरण सार्वजनिक गर्दै प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहका रूपमा विकास हुँदै गएको बताए ।
‘सुशासनलाई केन्द्रविन्दुमा राख्दै हामीले पाँच वर्षे रणनीतिक योजना तयार पारेका छौं, जसअनुसार राजस्व वृद्धि, पुँजीगत खर्चमा सुधार, र प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय प्रगति भएको छ,’ मुख्यमन्त्रीले भने –‘सुशासनको पाटोलाई दृढताका साथ अघि बढाइनेछ ।’
उनले चालू खर्च कटौती गर्दै पुँजीगत खर्च बढाउने रणनीति प्रभावकारी रूपमा कार्यान्वयन भएको , कर्मचारी व्यवस्थापन, मन्त्रालय र मातहतका कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कन र अनुगमनका लागि ‘मुख्यमन्त्री ड्यासबोर्ड’ स्थापना जसबाट नीतिगत तथा कार्यान्वयन पक्षमा नियमित अनुगमन हुने व्यवस्था मिलाइएको गरिएको बताए ।
सरकार गठन भएको एक बर्षको अवधिमा प्रदेश सरकारले ७६ बुदे उपलब्धि सार्वजनिक गरेको हो । संघीयताको संस्थागत अभ्यासमा लुम्बिनी प्रदेशले अग्रणी भूमिका खेलेको छ । सरकार जनताका लागि देखिने, भेटिने र सुनिने बनोस् भन्ने उद्देश्यका साथ सञ्चालन गरिएको नीति तथा कार्यक्रमहरूले प्रदेशलाई संघीय अभ्यासको ‘मोडेल’ प्रदेशको रूपमा उभ्याउने प्रयास गरेका छन् ।
प्रदेश सभाका सभामुख तुलाराम घर्तिमगरले कानुन निर्माणमा लुम्बिनी प्रदेशले उल्लेखनीय सफलता हासिल गरेको बताए । ‘जनताले मूल्यांकन गर्न सक्ने गरी पारदर्शी ढंगले काम भएको छ । अब बाँकी रहेका सामाजिक न्यायसँग सम्बन्धित ऐनहरू यसै अधिवेशनमा पेस गरेर पारित गरिने बताए ।
प्रमुख सचिव वावुराम अधिकारीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव इश्वरराज पौडेलले एक बर्षे उपलब्धिहरुको विवरण प्रस्तुत गर्नु भएको थियो भने सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा(रोज राणा)ले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण मुख्यमन्त्री कार्यालयका सचिव कविन्द्र नेपालले गरेका थिए ।
मुख्यमन्त्री ड्यासवोर्ड, किसान एप र अभौतिक सांस्कृतिक सम्पदाको विमोचन
प्रदेश सरकारले मुख्यमन्त्री ड्यासवोर्ड स्थापना गरेको छ । मन्त्रालय र सरकारकार विभिन्न निकाय तथा कार्यालयबाट सम्पादन हुने कामहरुको अनुगमन गर्न मुख्यमन्त्री ड्यासवोर्डको मुख्यमन्त्री चेतनारायण आचार्यले उदघाटन गरे । यस्तै मुख्यमन्त्री आचार्य र उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले संयुक्तरुपमा अभौतिक सांस्कृतिक सम्पदाहरुको पुस्तवक विमोचन गरेका छन । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले उक्त पुस्तक प्रकाशन गरेको हो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले कृषि एपको सुभारम्भ गरे । मुख्यमन्त्री ड्यास वोर्ड र किसान एप प्रदेश सूचना तथा संचार प्रविधि प्रतिष्ठान लुम्बिनीले तयार पारेको हो ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस