एमाले सांसद साहले मागे संघीय मामिला मन्त्री गुप्ताको बर्खास्ती

   असार ३०, २०८२       admin

काठमाडौँ,३० असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको बर्खास्तीको माग गरिएको छ ।

नेकपा एमाले सांसद किरणकुमार साहले मन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सामान्य प्रशासनमन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।

मन्त्री गुप्ताले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ ? भन्दै प्रश्न गरे । प्रत्येक व्यक्तिसम्म पुगेको, सुनिएको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान भएको उनले बताए ।

सांसद साहले भनेका छन्,‘‘सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताजीले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ रु दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान हो । म यो सदनमार्फत माग गर्दछु, गुप्ताज्युलाई बर्खास्त गरियोस् र निष्पक्ष छानबिन होस् ।’

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रधानमन्त्रीको स्पेन भ्रमणमा गैरसरकारी सहभागीको छानबिन आदेश

   असार ३०, २०८२       admin

काठमाडौं,३० असार । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक सहभागी भएका व्यक्तिहरूको विषयमा छानबिन गर्न निर्देशन दिएका छन्।

सोमबार बिहान गृहमन्त्री लेखकले गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई यसबारे तत्काल छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको उनका सचिवालयले जनाएको छ।

“प्रधानमन्त्रीज्यूको प्रतिनिधिमण्डलबाहेक स्पेन को–को गए, कुन विधि, प्रक्रिया र कुन संस्थामार्फत गएका हुन् भन्नेबारे छानबिन गर्न निर्देशन दिएको छु,” मन्त्री लेखकको भनाइ उद्धृत गर्दै सचिवालयले जानकारी दिएको छ। “जानका लागि भिजिट भिसाको प्रबन्ध कसले गर्‍यो लगायतका विषयमा पनि अनुसन्धान हुनेछ।”

प्रधानमन्त्री ओली सहभागी कार्यक्रममा गएका केही नेपाली फर्किन नसकेको र त्यसकै आधारमा सरकारको चर्को आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भिनाजुले गरे गोली प्रहार गरी सालिको हत्या

   असार ३०, २०८२       admin

विराटनगर, ३० असार। सुनसरीको हरिनगर गाउँपालिका–६ मा गोली प्रहार गरी एक किशोरीको हत्या गरिएको छ।

आइतबार राति करिब १ बजे हरिनगर–६ घुस्कीमा १८ वर्षीया अर्सी खातुनलाई गोली हानी हत्या गरिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानअनुसार भारतको पत्राहा पञ्चायत–१६ घुर्नाका २९ वर्षीय अजात मिया जटले ती किशोरीको टाउकोमा गोली प्रहार गरेका थिए।

गोली लागेर घटनास्थलमै खातुनको मृत्यु भएको हो। घटनास्थलमा गोलीको एउटा खोका समेत बरामद भएको प्रहरीले जनाएको छ। घटना लगत्तै मिया फरार भएका छन् र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

हत्या किन गरिएको भन्ने विषय खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए। घटनास्थल भारतीय सीमा क्षेत्र नजिकै पर्छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

शाही मृत्यु प्रकरण: प्रेस चौतारी जिल्ला अध्यक्ष खत्रीविरुद्ध जाहेरी दर्ता

   असार ३०, २०८२       admin


रुकुम पश्चिम,३० असार । रुकुम पूर्व सिस्ने गाउँपालिकामा कार्यालय सहायकका रूपमा कार्यरत कोइली शाहीको मृत्यु प्रकरणमा एक जना पत्रकारमाथि आत्महत्या दुरुत्साहनको आरोप लागेको छ।

प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष परिचन्द्र खत्रीविरुद्ध शनिबार साँझ जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा किटानी जाहेरी दर्ता भएको हो। मृतक शाहीका परिवारले खत्रीले पटक–पटक फोनमार्फत मानसिक तनाव दिएको दाबी गरेका छन्।

२५ वर्षीया शाही शनिबार बिहान आफ्नै कोठामा मृत फेला परेकी थिइन्। सिस्ने गाउँपालिका–६, खोपिचारकी शाहीको अन्त्येष्टि सम्पन्न भइसकेको छ भने पोष्टमार्टम रिपोर्ट आउन अझै केही दिन लाग्ने प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमा शंकर प्रसाद यादवले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए। जाहेरी परेपछि पत्रकार खत्री फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुरक्षित तुलसीपुरका लागि माछापुच्छ्रे बैंकको सहयोग

   असार २, २०८२       admin

दाङ, २९ असार । माछापुच्छ्रे बैंक तुलसीपुर शाखाले ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियानका लागि ५० हजार रुपैयाँको चेक सहयोग गरेको छ।

आइतबार आयोजित कार्यक्रममा बैंकका तुलसीपुर शाखा प्रमुख ललित भाटले ५० हजार रुपैयाँ तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीलाई हस्तान्तरण गरेका छन् ।

शाखा प्रमुख भाटले प्रविधिमैत्री र सुरक्षित तुलसीपुर निर्माणमा सहकार्य गर्न पाउँदा खुशी लागेको बताए। उनले सुरक्षित वातावरण बैंक तथा वित्तीय संस्थाका लागि अपरिहार्य भएकाले अभियान सफल हुने विश्वास व्यक्त गरे।

संघका अध्यक्ष केसीले हाल मुख्य बजार क्षेत्रमा सीसी टिभी क्यामरा जडान तीव्र गतिमा भइरहेको बताए। उनका अनुसार आगामी साउनको अन्तिमसम्ममा नगरका मुख्य क्षेत्रहरूमा ३४ वटा क्यामरा जडान गर्ने लक्ष्य छ।

कार्यक्रममा नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष गोपाल शर्मा भट्टराईले अभियानलाई सञ्चारमाध्यमले निरन्तर साथ दिने प्रतिबद्धता जनाए। हालसम्म २१ वटा वित्तीय संस्थाले अभियानमा सहकार्य गरिरहेका छन्।

कार्यक्रम संघका अध्यक्ष केसीको अध्यक्षतामा सम्पन्न भएको थियो। उपाध्यक्ष देवबहादुर केसीले स्वागत मन्तव्य राखेका थिए भने सहजीकरण महासचिव केशवराज केसीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर क्षेत्रमा विद्युत समस्या छैन : प्रमुख महतो

   असार २, २०८२       admin

दाङ,२९ असार । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख सुरेश कुमार महतोले तुलसीपुर क्षेत्रमा सामान्य प्राविधिक समस्या बाहेक ठूलो किसिमको विद्युत समस्या नरहेको बताएका छन्।

आइतबार तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

“तुलसीपुर र आसपासका क्षेत्रमा ठूला समस्या छैनन्। उनले भने -“नाङ्गो तार रुखका हाँगामा छोएर समस्या आउने गरेको छ, समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ।”

उनका अनुसार केही प्राविधिक समस्या कालो केबल परिवर्तन गरी समाधान गरिनेछ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले विद्युतका कारण आगलागीका घटना दोहोरिने गरेको भन्दै प्रमुख महतोको ध्यानाकर्षण गराए। उनले प्राधिकरणलाई इन्सुलेटेड तारको प्रयोगबारे आम उपभोक्तालाई सचेतना दिने अभियान सञ्चालन गर्न सुझाव दिए।

“विद्युत उपभोक्ताले घरको वारिङ्ग क्षमताबारे जानकारी लिनु आवश्यक छ,” अध्यक्ष केसीले भने।

साथै उनले ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियानमा विद्युत प्राधिकरणको सहकार्यको अपेक्षा व्यक्त गरे। तुलसीपुरले जडान गरेका हाईमास्ट बत्तीहरूको पनि नियमित अनुगमन गर्न आग्रह गरे।

कार्यक्रम संघका अध्यक्ष विनिल केसीको अध्यक्षतामा सम्पन्न भयो। संघका उपाध्यक्ष देव बहादुर केसीले स्वागत मन्तव्य राखेका थिए भने महासचिव केशवराज केसीले कार्यक्रमको सहजीकरण गरेका थिए।

यद्यपि, तुलसीपुर क्षेत्रमा पछिल्लो समय उपभोक्ताले पटक–पटक विद्युत अवरुद्धको समस्या भोग्दै आएका छन्। प्राधिकरणले ठूलो समस्या नभएको बताए पनि प्रयोगकर्ताहरू दैनिक रूपमा बारम्बार विद्युत सेवा अवरुद्ध हुँदा असन्तुष्ट बनेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा सर्पले टोक्दा २२ महिने बालकको मृत्यु

   असार २, २०८२       admin

दाङ, २९ असार। दाङमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका–१३ रनियापुरमा सर्पको टोकाइबाट २२ महिनाका एक बालकको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार स्थानीय नुरज परियारका २२ महिनाका छोरा एनिस परियार रहेका छन् ।

बालक एनिसलाई आज (आइतबार) दिउँसो सवा ४ बजे आफ्नै घरभित्र खेलिरहेका बेला नाम नखुलेको सर्पले डसेको थियो। उनलाई बायाँ हातको हत्केलाको पछिल्लो भागमा सर्पले डसेको प्रहरीले बताएको छ।

सर्पले डसेर गम्भीर घाइते भएका बालकलाई करिव एक घण्टापछि उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पुर्‍याइएको थियो। प्रहरीका अनुसार बालकको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको हो।

बालकलाई घरमै छोडेर आमा अनिता परियार च्याउ टिप्न नजिकैको जंगल गएकी थिइन्।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय फुलवारीबाट प्रहरी नायब निरीक्षक रामसिंह धामीको नेतृत्वमा दुई जनाको टोली घटनास्थलमा खटिएको थियो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

२हजार ५सय ९८ एम्पुल “लागुऔषध”सहित दुई महिला पक्राउ

   असार २, २०८२       admin

तनहुँ, २९ असार । प्रहरीले २ हजार ५ सय ९८ एम्पुलसहित दुई महिलालाई पक्राउ गरेको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित पृथ्वी राजमार्ग सडकखण्डबाट ठूलो मात्रामा नियन्त्रित लागुऔषधसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सवारीसाधन र पैदल यात्रुहरूको चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा रुपन्देही जिल्ला ओमसतिया गाउँपालिका–५ बस्ने ३५ वर्षीया मालती लोध र ५० वर्षीया शिला हरिजन रहेका छन् ।


उनीहरू साथबाट कालो रङको झोलामा लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam–८६६ एम्पुल, Phenergan–८६६ एम्पुल र Buprenorphine–८६६ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद लागुऔषधको संख्या २,५९८ एम्पुल पुगेको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जुवातास खेलिरहेका छजना पक्राउ

   असार २, २०८२       admin

तनहुँ,२९ असार । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा छजनालाई पक्राउ गरेको छ । प्रहरीले तनहुँको म्याग्दे गाउँपालिका- ५ साउनेपानी बस्ने ४० वर्षीय कमल रानाको कटेजमा जुवातास खेलिरहेको अवस्थामा कमल समेत ६ जनालाई शनिबार साँझ पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार २ सय ६० रुपैयाँ र तास ४ बुक सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मजदुरी गरेर बनाएको घर काम लागेन कमलालाई, अन्ततः छाउगोठले लियो ज्यान

   असार २, २०८२       admin

कञ्चनपुर, २९ असार। भारतमा मजदुरी गरेर कमाएको पैसाले पक्की घर बनाएकी थिइन् कमला आउजीले। महिनावारीको समयमा छाउगोठमा सुत्न बाध्य भएकी उनी त्यही गोठमै सधैंका लागि ओझेल परिन्। जसोतसो गरेर बनाएको घर उनलाई काम लागेन ।

कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजी गत वैशाखमा श्रीमानसँगै भारतबाट फर्किएकी हुन्। घर फर्केर छोरालाई विद्यालय भर्ना गराएकी थिइन्। तीन छोरा—६, ८ र १२ वर्षका। कमलाको मनमा सधैं आफ्ना बच्चाहरूलाई राम्रो भविष्य दिने ठूलो सपना थियो।

शुक्रबार साँझ महिनावारी भएपछि उनी आफ्नै आँगनमा बनाएको छाउगोठमा बस्न गइन्। तर पानी परेपछि त्यो चुहिन थालेपछि छिमेकी सुके आउजीको घरको छाउगोठमा गएर सुतिन्। रातको करिब साढे १२ बजे सुतिरहेको बेला करेत सर्पले बाँया गालामा डस्यो।

सर्पको डसाइ भएपछि बोल्न सक्ने अवस्थामा रहेकी उनले छरछिमेकीलाई खबर गरिन्। तत्काल अटोरिक्सामा राखेर सेती प्रादेशिक अस्पताल पुर्याइयो। तर अस्पतालमा आईसीयू र भेन्टिलेटर खाली थिएन। झन्डै डेढ घण्टा कुर्नुपरेपछि मात्रै उपचार सुरु भयो। तर समयमै उपचार हुन नसक्दा शनिबार साँझ ८ बजे उनको निधन भयो।

महिनावारीकै कारण छाउगोठमा सुत्न बाध्य भएकी आमाको ज्यान गयो र उनका तीन छोरा टुहुरा बने। श्रीमान अन्तिम संस्कार गर्न घर फर्किरहेका छन्। मृतक कमलाको शव अस्पतालको शवगृहमा राखिएको छ।

छाउपडी प्रथाको कारण सुदूरपश्चिमका थुप्रै महिलाले यस्तै गरी अकालमै ज्यान गुमाइरहेका छन्। सरकारले छाउगोठ भत्काउने र कुरीति अन्त्य गर्न अभियान चलाए पनि अझै यो कुप्रथा समाजमा गहिरो गरी बसिरहेको छ।

कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले अन्धविश्वासकै कारण यस्तो घटना भएको बताए। “हामीले छाउगोठ भत्काउने र सचेतना कार्यक्रम चलाएका थियौं, तर अझै यो गलत परम्परा हट्न सकेको छैन,” उनले भने।

छाउपडीविरुद्धकी अभियन्ता पशुपति कुँवर भन्छिन्, “कानुनले निषेध गरेको भए पनि यो हाम्रो परम्परा हो भन्ने सोचले महिलाहरूको ज्यान जोखिममा परिरहेको छ। यस्ता घटना दोहोरिन नदिन सबै सचेत हुनुपर्छ।”

मुलुकी अपराध संहिता अनुसार छाउपडी प्रथा दण्डनीय छ। कसैले महिनावारी वा सुत्केरी महिलालाई छाउगोठमा राखेमा तीन महिना जेल वा जरिवाना हुन्छ। तर कानुन भएर मात्रै पर्याप्त नभएको कञ्चनपुरको यो घटना फेरि एक पटक प्रमाण बनेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology