नागरिकता किर्ते अभियोगमा फरार वडाध्यक्ष ७ महिनापछि पक्राउ

   असार २, २०८२       admin

काठमाडौं,२९ असार ।नागरिकतामा किर्ते गरेको अभियोगमा फरार रहेका वडा अध्यक्ष पक्राउ परेका छन्। धादिङको धुनीवेशी नगरपालिका–४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदी सात महिनापछि पक्राउ परेका छन्।

सुवेदीलाई शनिबार काठमाडौँको कलंकीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। उनीविरुद्ध सार्वजनिक किर्ते मुद्दा दर्ता भई जिल्ला अदालत धादिङमा विचाराधीन रहेको छ।

सुवेदीमाथि उमेर नपुगेको नाबालकलाई बालिग देखाई झुटो जन्मदर्ता प्रमाणपत्र तयार पारेको र सोही प्रमाणका आधारमा नागरिकता बनाएर करोडौं मूल्यको जग्गा बिक्री गरेको आरोप छ।

यस प्रकरणमा सुवेदीसहित ७ जनाविरुद्ध गत मंसिर १२ गते अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी भएकामध्ये तत्कालीन वडा सचिव मिलन कुमार सुवेदी, वडा कार्यालयका कर्मचारी निर्मल गौतम, धादिङ थाक्रे गाउँपालिका–८ का रविन्द्र तामाङ, धुनीवेशी–४ का राजु तामाङ र मदन दमाई, तथा काठमाडौं तारकेश्वर नगरपालिका–४ की जमुना परियार रहेका छन्।

अनुसन्धानका अनुसार जमुना परियारको छोराको उमेर बढाएर दोस्रो जन्मदर्ता बनाइएको र त्यसैका आधारमा बालिग देखाई छोराको नाममा रहेको जग्गा बेचिएको खुलेको छ। यो प्रक्रियाबाट करिब एक करोड रुपैयाँभन्दा बढीको जग्गा बिक्री गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सुवेदीलाई थप अनुसन्धानका लागि धादिङ लैजाने तयारी भइरहेको प्रहरीको भनाइ छ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा सुवेदी एमालेबाट र पछिल्लो निर्वाचनमा एकीकृत समाजवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दुई क्विन्टल बढी गाँजासहित २३ वर्षीय युवक पक्राउ

   असार २, २०८२       admin

काठमाडौं, २९ असार । सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी प्रतिबन्धित लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा स्थानीय २३ वर्षीय राम उदगार मलाह रहेका छन्। उनलाई शुक्रबार राति (असार २८ गते) विशेष सूचनाका आधारमा गाँजा बोक्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

मलाहलाई प्र–२–०१–००३प २१५४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, पक्राउ गर्ने क्रममा सात वटा पोका झोलामा राखिएको २१२ किलो ९२५ ग्राम गाँजा फेला परेको हो।

प्रहरी देख्नासाथ घटनास्थलबाट गाडीसहित अन्य केही व्यक्ति फरार भएका थिए। उनीहरूको पहिचान खुलाउने र पक्राउ गर्न खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कहाँ कहाँ पर्दैछ पानी ?

   असार २, २०८२       admin

काठमाडौँ,२९ असार । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिमतर्फ सामान्य भन्दा केही उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका पहाडी भू–भागमा सामान्यतया बदली रहँदा अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आइतबार पनि देशभर सामान्यतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

सम्भावित वर्षाका कारण भू–क्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहन सक्ने भएकाले सहरी तथा तराई क्षेत्रमा डुबानको खतरा रहेको महाशाखाले जनाएको छ। साथै ठूला–साना नदी, नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

काठमाडौंबाट दाङ जादै गरेको बस कपिलवस्तुमा दुर्घटना: २६ घाइते, तीनको अवस्था गम्भीर (विवरणसहित)

   असार २, २०८२       admin

कपिलवस्तु,२९ असार । काठमाण्डौबाट दाङ जाँदै गरेको बस दुर्घटना भएको छ्। कपिलवस्तुको बुद्धभुमी नगरपालिका–९ वेलनदीमा आइतबार बिहान दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस पूर्व–पश्चिम राजमार्गमा अनियन्त्रित भई सडकको दायाँ साइडमा पल्टिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ। बिहान करिब ४ बजेतिर भएको दुर्घटनापछि प्रहरी र ट्राफिकको टोलीले तुरुन्तै घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो।

तीन गम्भीर घाइतेहरूलाई बुटवल रिफर गरिएको छ। रिफर गरिनेमा सल्यान बागचौर नगरपालिका–१० का ७७ वर्षीय देवी बुढाथोकी, सल्यान सारदा नगरपालिका–१२ का ५६ वर्षीय मोहनलाल बुढाथोकी, र दाङ तुलसीपुर उपमहानगरपालिका–११ का ३५ वर्षीय श्रीधर अधिकारी छन्।

अन्य घाइतेहरूको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका–८ का २८ वर्षीय मोतीलाल ऐरी, सोलुखुम्बु सोताङ गाउँपालिका–३ का २१ वर्षीय कोसिस गौतम, सल्यान सिद्ध कुमाख गाउँपालिका–२ की १९ वर्षीया अनिता चलाउने रहेका छन् ।

यसैगरी, दाङ घोराही उपमहानगरपालिका–१८ की ५२ वर्षीया सचिला नेपाली, अर्घाखाँची सितगंगा नगरपालिका–८ की ६० वर्षीया टुककुमारी श्रेष्ठ, सल्यान बागचौर नगरपालिका–१० का २५ वर्षीय चित्र प्रसाद धिताल र रोल्पा परिवर्तन गाउँपालिका–३ का ३१ वर्षीय ओम प्रकाश खड्का छन्।

त्यस्तै घाइते हुने अन्य यात्रुहरूमा दाङ राप्ती गाउँपालिका–४ की २८ वर्षीया रुपा चौधरी, रोल्पा गंगादेव गाउँपालिका–३ का ३९ वर्षीय हेमराज वली, पर्वत मादी गाउँपालिकाका ३९ वर्षीय खड्क बहादुर पुन, सल्यान छत्रेश्वरी गाउँपालिका–१ का ४३ वर्षीय भीम बहादुर बिक, बागचौर नगरपालिका–४ का ४० वर्षीय इन्द्र बहादुर बिक रहेका छन् ।

यस्तै , तुलसीपुर उपमहानगरपालिका–११ का २१ वर्षीय ललित शर्मा, गंगादेव गाउँपालिका–३ का ३१ वर्षीय सन्दीप वली, डडेलधुरा आलीताल गाउँपालिका–४ का २२ वर्षीय विशाल बोहरा, दाङ दंगिशरण गाउँपालिका–२ की २४ वर्षीया शर्मिला नेपाली, छत्रेश्वरी गाउँपालिका–३ की ४२ वर्षीया रश्मि बोहरा र घोराही उपमहानगरपालिका–११ का ३९ वर्षीय वेद बहादुर वली रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी डीएसपी मोहनमणि अधिकारीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। बसचालक भने सामान्य घाइते अवस्थामा उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा बलात्कार आरोपमा युवक पक्राउ

   असार २८, २०८२       admin

दाङ, २८ असार। बलात्कारको आरोपमा तुलसीपुरमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुकुम पश्चिम चौरजहारी नगरपालिका–११ का ३५ वर्षीय बीर बहादुर वली रहेका छन्। उनी हाल तुलसीपुरमा बस्दै आएका थिए।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार २०८१ साल वैशाख १४ गते राति ११ बजे एक २८ वर्षीया महिलामाथि बलात्कार गरेको अभियोगमा वलीलाई पक्राउ गरिएको हो।

महिलाले प्रहरीमा जाहेरी दिएको आधारमा वलीलाई आज बिहान नियन्त्रणमा लिइएको प्रहरी निरीक्षकको भनाइ छ।

यस विषयमा इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीले अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

“कतिपय घटनामा प्रेम सम्बन्ध, आर्थिक लेनदेन र जबर्जस्ती जस्ता विषय एकसाथ आउँछन्। हामीले पक्राउ गरेर अनुसन्धान गर्दै छौं। के सत्य हो, त्यसको टुंगो अनुसन्धानले लगाउनेछ,” उनले भने।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सरकार साझेदारीमै अघि बढ्छ : प्रधानमन्त्री ओली

   असार २८, २०८२       admin

काठमाडौँ ,२८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सत्तासाझेदारीको सहमति अनुसार नै अघि बढ्ने स्पष्ट पारेका छन्।

कनकाई नगरपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र (धनीपूर्जा) वितरण कार्यक्रममा बोल्दै उनले सरकारबारे भइरहेका विभिन्न अड्कलबाजीलाई खारेज गरे।

“सरकार ढल्छ भनेर कराउनेहरूले जे भने पनि हामी सहमतिअनुसार सत्तागठबन्ध (सत्तासाझेदारी) मा अघि बढिरहेका छौं,” प्रधानमन्त्री ओलीले भने, “म प्रधानमन्त्रीको रूपमा एक वर्ष अझै काम गर्छु र त्यसपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई जिम्मेवारी हस्तान्तरण हुनेछ। चुनावसम्म यो यात्रा निरन्तर रहन्छ।”

धनीपूर्जा वितरण कार्यक्रम भूमि समस्या समाधान आयोग, जिल्ला समितिले आयोजना गरेको हो। कार्यक्रममा दुई सय भूमिहीनलाई प्रमाणपत्र वितरण गरिएको छ। प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा पाउनु ठूलो उपलब्धि भएको उल्लेख गरे।

“अब जमिन खेर जान नदिई ठूलो चक बनाएर व्यावसायिक खेतीमा लाग्नुपर्छ,” उनले आग्रह गरे, “यसले आर्थिक समृद्धिमा योगदान पुग्नेछ।”

प्रधानमन्त्री ओलीले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सरकारले उल्लेख्य सुधार गरेको दाबी गर्दै थप परिवर्तनका लागि सरकार क्रियाशील रहेको बताए।

कार्यक्रममा आयोगका अध्यक्ष हरि रिजालले पूर्वदेखि पश्चिम महाकालीसम्म भूमिहीनलाई क्रमशः धनीपूर्जा वितरण गरिने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

डलर साट्ने बहानामा ठगी गर्ने गिरोह पक्राउ

   असार २८, २०८२       admin

काठमाडौं,२८ असार । डलर साटिदिन्छु भनेर ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ धार्पा घर भई भक्तपुर चाँगुनारायण नगरपालिका–१ बोडे बस्ने २८ वर्षीय पर्वत तामाङ उर्फ कर्म वाङ्गेल पाइन, २५ वर्षीय प्रकाश तामाङ उर्फ सूर्यबहादुर पाइन, ३६ वर्षीय सागर उर्फ सन्तबिर पाइन, र ललितपुर महानगरपालिका–१६ धापाखेल बस्ने ३५ वर्षीय विष्णु कुमार रुम्बा रहेका छन्।

उनीहरूले पीडितलाई आफूहरूसँग ६ हजार अमेरिकी डलर रहेको र त्यसबापत ७ लाख नेपाली रुपैयाँ दिनुपर्ने प्रलोभन देखाएका थिए। असार २२ गते भक्तपुरको चाँगुनारायण नगरपालिका–४ हलछापस्थित जंगलमा लगेर नक्कली पेस्तोल देखाई पीडितको साथमा रहेको मोबाइल र ७ लाख रुपैयाँ नगद लुटेर फरार भएको प्रहरीको भनाइ छ।

उक्त घटनामा संलग्न अभियुक्तहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनीहरूको साथबाट बा ७६ प ५९३१ नम्बरको स्कुटर, बागमती प्रदेश ०२–०५३ प २७८० नम्बरको मोटरसाइकल, नगद ६४ हजार ४० रुपैयाँ, एक थान चेक र १० थान मोबाइलसमेत बरामद गरिएको छ।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हुम्लाको विमानस्थलमा एकैदिन १६४ उडान-अवतरण

   असार २८, २०८२       admin

हुम्ला, २८ असार। सिमकोट विमानस्थल पुनः चलायमान बनेको छ। शुक्रबार मात्रै विमानस्थलमा १६४ उडान–अवतरण भएका छन्।

कोरोना महामारीपछि प्रायः सुनसानजस्तै देखिने यो विमानस्थलमा शुक्रवार यति ठूलो संख्यामा उडान भएका सिमकोट नागरिक उड्डयन कार्यालय हुम्लाले जनाएको छ।

नेपालगञ्जबाट ३२ फ्लाइट टेकअफ र ल्यान्डिङ गरी ६४ फ्लाइट भएका छन् भने सिमकोट विमानस्थलबाट हिल्सा नाका जोड्ने हेलिकप्टरका ५० उडान गरी कुल १६४ फ्लाइट मुभमेन्ट भएको कार्यालय प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए।

उत्तरी हिल्सा नाका खुलेसँगै भारतीय तीर्थयात्रीहरु कैलाश मानसरोवर दर्शनका लागि आउने क्रम बढेपछि विमानस्थल अत्यन्त व्यस्त बनेको प्रमुख सिंहले बताए।

शुक्रबार मात्रै सीता एयरले १० वटा, तारा एयरले ७ वटा, समिट एयरले १४ वटा र नेपाल एयरलाइन्सले १ वटा उडान सञ्चालन गरेका थिए।

सिमकोट विमानस्थलमा हाल नेपालगञ्जबाट सीता एयरका २, तारा एयरका २ र समिट एयरका ४ जहाजले नियमित उडान भर्दै आएका छन्।

भारतीय तीर्थयात्रीहरुलाई सिमकोटबाट हिल्सा नाका ओसारपसार गर्न ५ वटा हेलिकप्टर सक्रिय छन्।

कोरोना महामारीपछिको यो अहिलेसम्मकै धेरै उडान–अवतरण भएको नागरिक उड्डयन कार्यालयले जनाएको छ।

०८१ साल चैत ४ गतेदेखि हालसम्म सिमकोट हुँदै कैलाश मानसरोवर पुग्ने भारतीय तीर्थयात्रीको संख्या उल्लेख्य रूपमा बढेको छ। यसबीच ६२२ महिला र ६४९ पुरुष गरी १,२७१ जना भारतीय तीर्थयात्रीले कैलाश मानसरोवरको दर्शन गरेका छन्।

सिमकोट विमानस्थल सुरक्षा गार्डका अनुसार अन्य मुलुकबाट पनि ७० जना महिला र ७९ जना पुरुष यहाँ भित्रिएका छन्।

हाल सिमकोट विमानस्थलमै सिम्रिक एयर, प्रभु हेलिकप्टर, माउन्टेन एयर, कैलाश एयर र फिस्टेल एयरका हेलिकप्टर तैनाथ छन्। ती ५ हेलिकप्टरबाट हालसम्म एक हजार एक सय ८८ तीर्थयात्रीको आवागमन भएको छ। तीमध्ये एक हजार ६० जना भारतीय (५५५ पुरुष र ५०५ महिला) र अन्य मुलुकका एक सय २८ जना (५६ पुरुष र ७२ महिला) रहेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रोटरी क्लब र रोट्याक क्लब तुल्सीपुरमा नयाँ नेतृत्व

   असार २८, २०८२       admin

दाङ,  ।  रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्याक क्लब तुल्सीपुरमा नयाँ नेतृत्व चयन भएको छ।  वर्ष २०२५ का लागि नयाँ नेतृत्व चयन भएको हो।

तुलसीपुरका  ब्यसायी सन्दीपन रिजाल रोटरी क्लब अफ तुलसीपुर र  आकाश  सिंह रोट्रयाक्ट क्लब अफ तुलसीपुर को अध्यक्ष मा चयन भएका छ ।

बर्ष २०२५ / ०२६ का लागि अध्यक्षमा चयन गरिएका छन् ।
दुवै अध्यक्ष सर्वसम्मत रुपमा चयन भएका हुन्। यसै बिच  नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ।  आयोजित पदस्थापन कार्यक्रममा रोटरीका  अध्यक्ष बिनिल केसीले सन्दिपन  रिजाललाई पदहस्तान्तरण गरेका हुन ।

त्यस्तै रोट्रयाक्टका  अध्यक्ष किरण पुनले आकाश  सिंहलाई पद हस्तान्तरण गरेका हुन ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा दिदीबहिनी कलेक्सन सञ्चालन

   असार २८, २०८२       admin

दाङ, २८ असार। दाङको तुलसीपुरमा दिदीबहिनी कलेक्सन सञ्चालनमा आएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित रजौरामा उक्त कलेक्सन सञ्चालनमा आएको हो।

महिला अधिकारकर्मी तथा नेतृ सुष्मा लामिछाने गिरी सहित चार जनाको संयुक्त लगानीमा उक्त कलेक्सन सञ्चालनमा ल्याइएको हो ।

गिरिसहित सुष्मा आचार्य, सुनिता लामिछाने र पुष्पा कार्कीको करिब १० लाख रुपैयाँ लगानीमा पसल संचालन गरिएको सञ्चालक जानकारी दिइन्।

गोलौरा, रजेना, कपडादेवी, गौरीगाउँ, बनगाउँ, चैलाही लगायत आसपासका बस्तीका नागरिकलाई सेवा दिने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा यो पसल सञ्चालन गरिएको हो।

गाउँतिरका ग्राहकको आवश्यकता र इच्छालाई परिपूर्ति गर्दै रोजगारीका अवसर सिर्जना गर्ने र ग्राहकको चोइस तथा सन्तुष्टिलाई प्राथमिकतामा राखिने सञ्चालक गिरीले बताइन्।

पसलमा महिलाहरूका लागि आवश्यक विभिन्न डिजाइनका कपडाहरू सुलभ तथा सुपथ मूल्यमा पाइने उनले जानकारी दिइन्।

उनका अनुसार निकट भविष्यमा दिदीबहिनी कलेक्सनलाई होलसेल पसलको रूपमा विस्तार गर्ने लक्ष्य रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology