रोटरी क्लब र रोट्याक क्लब तुल्सीपुरमा नयाँ नेतृत्व

   असार २८, २०८२       admin

दाङ,  ।  रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्याक क्लब तुल्सीपुरमा नयाँ नेतृत्व चयन भएको छ।  वर्ष २०२५ का लागि नयाँ नेतृत्व चयन भएको हो।

तुलसीपुरका  ब्यसायी सन्दीपन रिजाल रोटरी क्लब अफ तुलसीपुर र  आकाश  सिंह रोट्रयाक्ट क्लब अफ तुलसीपुर को अध्यक्ष मा चयन भएका छ ।

बर्ष २०२५ / ०२६ का लागि अध्यक्षमा चयन गरिएका छन् ।
दुवै अध्यक्ष सर्वसम्मत रुपमा चयन भएका हुन्। यसै बिच  नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ।  आयोजित पदस्थापन कार्यक्रममा रोटरीका  अध्यक्ष बिनिल केसीले सन्दिपन  रिजाललाई पदहस्तान्तरण गरेका हुन ।

त्यस्तै रोट्रयाक्टका  अध्यक्ष किरण पुनले आकाश  सिंहलाई पद हस्तान्तरण गरेका हुन ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा दिदीबहिनी कलेक्सन सञ्चालन

   असार २८, २०८२       admin

दाङ, २८ असार। दाङको तुलसीपुरमा दिदीबहिनी कलेक्सन सञ्चालनमा आएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित रजौरामा उक्त कलेक्सन सञ्चालनमा आएको हो।

महिला अधिकारकर्मी तथा नेतृ सुष्मा लामिछाने गिरी सहित चार जनाको संयुक्त लगानीमा उक्त कलेक्सन सञ्चालनमा ल्याइएको हो ।

गिरिसहित सुष्मा आचार्य, सुनिता लामिछाने र पुष्पा कार्कीको करिब १० लाख रुपैयाँ लगानीमा पसल संचालन गरिएको सञ्चालक जानकारी दिइन्।

गोलौरा, रजेना, कपडादेवी, गौरीगाउँ, बनगाउँ, चैलाही लगायत आसपासका बस्तीका नागरिकलाई सेवा दिने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा यो पसल सञ्चालन गरिएको हो।

गाउँतिरका ग्राहकको आवश्यकता र इच्छालाई परिपूर्ति गर्दै रोजगारीका अवसर सिर्जना गर्ने र ग्राहकको चोइस तथा सन्तुष्टिलाई प्राथमिकतामा राखिने सञ्चालक गिरीले बताइन्।

पसलमा महिलाहरूका लागि आवश्यक विभिन्न डिजाइनका कपडाहरू सुलभ तथा सुपथ मूल्यमा पाइने उनले जानकारी दिइन्।

उनका अनुसार निकट भविष्यमा दिदीबहिनी कलेक्सनलाई होलसेल पसलको रूपमा विस्तार गर्ने लक्ष्य रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

इरानको मिसाइल आक्रमणले कतारस्थित अमेरिकी बेसमा क्षति

   असार २८, २०८२       admin

एजेन्सी । अमेरिकी रक्षा मन्त्रालयले इरानको हवाई आक्रमणका कारण कतारमा रहेको अमेरिकी अल उदेइद हवाई अड्डामा केही क्षति पुगेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता सीन पार्नेलका अनुसार २३ जुनमा भएको घटनामा अमेरिका र कतारको संयुक्त वायु रक्षा प्रणालीले अधिकांश इरानी क्षेप्यास्त्रहरू नष्ट गर्न सफल भए पनि एउटा ब्यालिस्टिक क्षेप्यास्त्र भने एयर बेसमा खसेको थियो।

उनले बताएअनुसार आक्रमणका कारण आधारभूत संरचना र केही उपकरणमा सानो क्षति भएको हो तर कुनै घाइतेको खबर छैन। घटनापछि पनि यो एयर बेस पूर्ण रूपमा सञ्चालनमै रहेको र कतारसँगको सहकार्यमा सुरक्षा र स्थिरता कायम राख्ने काममा सक्षम रहेको जानकारी दिइएको छ।

बीबीसी फारसीको एक तथ्य-जाँच टोलीले हमलाअघि र पछिका उपग्रह तस्बिरहरूको अध्ययन गरेको छ। तस्बिरमा एयर बेसको एन्टेना क्षेत्रमा क्षति पुगेको र केही भवनमा पनि असर परेको देखिएको छ।

यसअघि इजरायलले इरानका थुप्रै सैन्य र आणविक केन्द्रमा आक्रमण गरेको थियो। त्यसपछिका १२ दिन दुई देशबीच झडप चलेको थियो।

यो द्वन्द्वमा संयुक्त राज्य अमेरिका पनि प्रत्यक्ष संलग्न भएको र इरानका तीन आणविक स्थल—फोर्डो, नातान्ज र इस्फहानमाथि कारबाही गरेको बताइएको छ। जवाफस्वरूप इरानले अल उदेइद एयर बेसलाई निशाना बनाएको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रोटरी र रोट्र्याक्टको पदस्थान्तरण:समाजसेवा र नेतृत्व विकासमा जोड

   असार २८, २०८२       admin

दाङ, २८ असार । रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्र्याक्ट क्लब अफ तुलसीपुरको संयुक्त पदस्थान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ।

नव अध्यक्षहरू सन्दीपन रिजाल र आकाश सिंहको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सामाजिक संघ–संस्थाले नेतृत्व विकाससँगै समाजसेवामा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

उनले नयाँ कार्यकाललाई स्वर्णिम बनाउन शुभकामना दिँदै क्लबको भवन निर्माणमा सहयोग गर्ने र युवाहरूलाई प्रोत्साहन गर्न सरकार प्रतिवद्ध रहेको घोषणा गरे।

रोटरी क्लब अफ तुलसीपुर सिटीका निवर्तमान अध्यक्ष बिनिल केसीले आफ्नो कार्यकालमा स्टेसनरी वितरण, ह्विलचियर सहयोग र स्वास्थ्य शिविर सञ्चालन लगायतका कार्यहरू सम्पन्न भएको जानकारी गराए।

रोटरियन प्रेम कुमार शर्माले आगामी दिनमा १० वटा ह्विलचियर र कम्प्युटर ल्याब स्थापना गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा पूर्व अध्यक्ष बिमल रिजाल,वीर बहादुर रावत, ललित घर्ती, प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का लगायतले क्लबले समुदायमा पुर्‍याएको योगदान र सामाजिक उत्तरदायित्वको चर्चा गर्दै नयाँ नेतृत्वलाई सफलताको शुभकामना व्यक्त गरे।

पदस्थान्तरण कार्यक्रम रोटट्रयाक क्लब अफ तुलसीपुर वर्ष २०२४ का अध्यक्ष किरण पुनले वर्ष २०२५ का अध्यक्ष आकाश सिंहलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष बिनिल केसीले नव अध्यक्ष सन्दीपन रिजाललाई पद हस्तान्तरण गरे। दुवै अध्यक्षहरूले पद हस्तान्तरणपछि आफ्ना नयाँ कार्यसमितिका पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

   असार २८, २०८२       admin

बैतडी, २८ असार। बैतडीमा जीप दुर्घटना हुदा दुईजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् । बैतडीको पाटन–६ स्थित खिपालीमा शनिबार बिहान जीप दुर्घटना भएको हो।

धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४–००१ज १३७२ नम्बरको जीप बिहान साढे ५ बजे सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दुर्घटनामा डिलासैनी गाउँपालिका–१ का २४ वर्षीय चालक सन्तोषबहादुर राना र ३२ वर्षीय किरण बोहराको ज्यान गएको प्रहरी निरीक्षक एवं कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए।

घाइते हुनेमा डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री र उनकी दुई वर्षीया छोरी एलिसा, २१ वर्षीय हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीया कमला धामी रहेका छन्।

घाइतेमध्ये राजेन्द्रबहादुर खत्री र कमला धामीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले बताएको छ।

दुर्घटनाको खबर पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय पाटन र स्थानीयवासी उद्धारमा जुटेका थिए। घटनाको कारण भने हालसम्म खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

घास काट्न गएका पदमको बाघको आक्रमणबाट मृत्यु

   असार २७, २०८२       admin

चितवन,२७ असार । पूर्वी चितवनको खैरहनीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१३, गवैका ६८ वर्षीय पदमबहादुर रानामगरको शुक्रबार मृत्यु भएको हो ।

मृतकसहित तीनजना स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्नका लागि शुक्रबार बिहान गएकामध्ये मगर सम्पर्कमा नआएपछि खोजी गरिएको थियो । 

खोजी गर्ने क्रममा दिउँसो बाघको आक्रमणमा परी मृतावस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापकहरु आन्दोलित

   असार २७, २०८२       admin

सुर्खेत,२७ असार । मध्यपश्चिम विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरू आन्दोलित भएका छन्। आफूहरूको पेशागत सुनिश्चितताका लागि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । विश्वविद्यालयको केन्द्रीय भवनको गेटमा धर्नासहित आन्दोलित भएका हुन्।

विश्वविद्यालय स्थापनाकालदेखि ११ वर्षसम्म नियमित प्राध्यापनरत आंशिक प्राध्यापकहरूलाई व्यवस्थापन गर्नका लागि विश्वविद्यालयका पदाधिकारीहरूबाट कुनै ठोस पहल नभएको भन्दै उनीहरूले चरणबद्ध आन्दोलन थालेका हुन्।

आंशिक प्राध्यापक संघका अध्यक्ष छबिलाल बोहोराले लामो समयदेखि विश्वविद्यालयमा प्राध्यापन गरिरहेका आंशिक प्राध्यापकहरूको पेशागत भविष्य अन्योल भएकाले आफूहरू आन्दोलन गर्न बाध्य भएको बताए।

पटक-पटक माग सम्वोधनको आश्वासन भएको तर प्रक्रिया अगाडि नबढाइएको भन्दै आफुहरु आन्दोलनमा उत्रिएको उनले बताए।


” हाम्रो पेशागत भविष्य संकटमा पर्ने अवस्था सिर्जना भयो। त्यसैकारण यो आन्दोलन गर्न परेको हो।’ उनले भने।

मश्यपश्चिम विश्वविद्यालयमा २६ जना आंशिक प्राध्यापक कार्यरत छन्।

आन्दोलनमा अन्य प्राध्यापक तथा स्ववियूको एक्यबद्धता: विश्वविद्यालयमा आंशिक प्राध्यापकहरूले थालेको आन्दोलनमा अन्य सरोकारवालाहरूले पनि ऐक्यबद्धता जनाएका छन्।

उनीहरूको आन्दोलनमा नेपाल राष्ट्रिय प्राध्यापक संगठन, स्वतन्त्र विद्यार्थी युनियन, प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल लगायतका सरोकारवाला संघ संगठनहरूले पनि ऐक्यबद्धता जनाएका हुन्।

विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा.शोभाखर कँडेलले आंशिक प्राध्यापकहरूका मागहरू सम्बोधन गर्ने प्रयास भइरहेको बताए।

उनका अनुसार विश्वविद्यालयका २ जना सचिवालयका सदस्यहरूलाई जिम्मा दिएर आन्दोलनरत प्राध्यापकहरूसँग छलफल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मौद्रिक निति सार्वजनिक: कर्जाको विस्तार, ब्याजदरलाई ब्रेक

   असार २७, २०८२       admin

काठमाडौं,२७ असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ मौद्रिक नीति घोषणा गरेको छ।

राष्ट्र बैंकले ब्याजदर घटाउँदै कर्जाको पहुँच विस्तार गर्ने उद्देश्यसहित लचिलो मौद्रिक नीति घोषणा गरेको छ।

गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिले निजी क्षेत्रको पुँजी निर्माणलाई प्राथमिकता दिने र समग्र आर्थिक गतिविधि सशक्त बनाउने उद्देश्य राखेको छ।

नयाँ नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमा अर्थात् बैंकदर ६ दशमलव ५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा र तल्लो सीमा निक्षेप सङ्कलन दर ३ प्रतिशतबाट घटाई २ दशमलव ७५ प्रतिशतमा झारिएको छ।

नीतिगत दर पनि ५ प्रतिशतबाट घटाएर ४ दशमलव ५ प्रतिशत कायम गरिएको छ।

निजी क्षेत्रमा जाने कर्जा वृद्धि दर १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ।

साथै, कृषि, साना तथा मझौला उद्यम र आवास क्षेत्रमा कर्जा प्रवाहलाई अझै सहज बनाउन विभिन्न सहुलियत व्यवस्था गरिएको छ।

पहिलो घर किन्न वा निर्माण गर्न कर्जा सीमा दुई करोडबाट बढाएर तीन करोड पुर्याइएको छ।

कृषि व्यवसायमा पनि न्यूनतम नोक्सानी व्यवस्था गर्दै एक करोडसम्मको कर्जा सहुलियतसाथ उपलब्ध गराइने व्यवस्था गरिएको छ।

मुद्रास्फीतिलाई ५ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने र कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य लिएको राष्ट्र बैंकले जनाएको छ।

वित्तीय प्रणालीको दीगो विकासका लागि दोस्रो वित्तीय क्षेत्र रणनीति कार्यान्वयन गरिने र निष्क्रिय कर्जा व्यवस्थापन तथा समस्याग्रस्त संस्थाको सुधारका लागि शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली परिमार्जन गरिने नीति समेत लिइएको छ।

गभर्नर पौडेलले ब्याजदरको बोझ कम हुँदै कर्जाको सहजता बढ्ने आशा व्यक्त गर्दै नयाँ मौद्रिक नीति आर्थिक गतिशीलताको नयाँ आधार बन्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राप्रपा संस्थापक नेता एवं पुर्व मन्त्री घर्तीमगरको निधन

   असार २७, २०८२       admin

दाङ,२७ असार । राप्रपाका संस्थापक नेता तथा पूर्वमन्त्री बालाराम घर्ती मगरको निधन भएको छ ।

उनको शुक्रबार बिहान निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

शुक्रबार बिहान सातदोबाटोस्थित निवासमा बसिरहेको बेला एकाएक स्वास्थ्यमा समस्या भएपछि परिवारका सदस्यले बीएण्डबी अस्पताल लगेकामा केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको श्रेष्ठको भनाइ छ ।

उनको श्रीमती र ७ छोरी छन् । एउटा बाहेक अरू छोरी विदेशमा रहेकाले उनीहरू आएपछिमात्रै अन्तिम संस्कार हुने श्रेष्ठको भनाइ छ ।

उनको पार्थिव शरीर बीएण्डबी अस्पतालमै राखिएको छ । रोल्पाबाट प्रतिनिधित्व गर्ने उनी पटक पटक सांसद र मन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एक मिनेटमै सकियो काठमाडौंको कार्यपालिका बैठक

   असार २७, २०८२       admin

काठमाडौं,२७ असार । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेटमै सकिएको छ ।

शुक्रबार दिउँसो बैठक सुरु भएलगत्तै महानगरका मेयर बालेन शाहले आज २४ वटा एजेन्डा रहे पनि एउटामात्र प्रस्ताव राख्ने बताएका थिए ।

बालेनले असार २९ गते दिउँसो २ बजे नगरसभा बैठक बोलाउने प्रस्ताव राखे । उपस्थित कार्यपालिका सदस्यहरूले समर्थन जनाएपछि प्रस्ताव पारित भएको थियो ।

लगत्तै मेयर बालेनले बैठक सकिएको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology