भोजपुरमा चार जनाको सामूहिक हत्या

   असार २२, २०८२       admin

भोजपुर ,२२ असार ।  भोजपुरमा एक युवकले आफ्नै श्रीमतीसहित चार जनाको धारिलो हतियार प्रयोग गरेर हत्या गरेका छन् । रामप्रसादराई गाउँपालिका –२, धोद्लेखानीमा  २७ वर्षीय राजेन्द्र राईले श्रीमतीसहित चार जनाको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राजेन्द्रकी १६ वर्षीया पत्नी मनिषा गिरी, उनका ससुरा बेलबहादुर गिरी, सासू मञ्जु गिरी र सालो ९ वर्षीय सपन गिरीको हत्या भएको हो। आरोपित राजेन्द्र आफैँ गम्भीर घाइते छन् ।

राजेन्द्रको पेटमा गहिरो चोट लागेको र भोजपुर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा बाघको छाला  सहित ३ जना पक्राउ

   असार २२, २०८२       admin

दाङ,  २२ असार । दाङमा बाघको छालासहित ३ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङले दाङमा बाघको छाला सहित तीन जना पक्राउ परेको सार्वजनिक गरेको छ।
दाङको गढवा गाउँपालिका–६ खवरी गाउँबाट वन्यजन्तु बाघको छाला (ओखेटोपहार) सहित तीन जना व्यक्ति पक्राउ परेका हुन । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लमहीको टोलीले विशेष अपरेशन सञ्चालन गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ।

सूचनाको आधारमा  प्रहरी निरीक्षक रोशनराज पाण्डेको कमाण्डमा खटिएको टोलीले असार २२ गते बिहान २ बजे बिक्रम बुढामगरको घरमा छापा मार्दा शंकास्पद गतिविधि देखियेको र  सो क्रममा शिरदेखि पुच्छरसम्म ९ फिट २ इञ्च लम्बाइ र ३ फिट २ इञ्च चौडाइ भएको पाटे बाघको छाला लुकाई राखिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।
बरामद गरिएको बाघको छाला रातो रंगको प्लास्टिकको झोलामा हालेर घरको माथिल्लो तलामा लुकाइएको थियो।

यस क्रममा बिक्रम बुढामगरसँगै संलग्न रहेका दुई अन्य व्यक्तिहरू पनि पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा केशव राज सेन , बिक्रम बुढामगर, र अनिल थारु, रहेका छन ।  यि तीनै जनामाथि वन्यजन्तु संरक्षण ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। बाघजस्तो संरक्षित वन्यजन्तुको अंगको अवैध कारोबार नेपालको कानुन अनुसार गम्भीर अपराध मानिन्छ र दोषी ठहर भएमा कडा सजायको व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेशनल प्याब्सनको उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई  सम्मान

   असार २१, २०८२       admin


दाङ । नेशनल प्याब्सन दाङले एसइईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।
एन प्याब्सनको जिल्ला शाखा दाङले एन प्याब्सन अन्तर्गतका विद्यालयबाट शैक्षिक सत्र २०८१ को एसइईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई प्रति विद्यार्थी २ हजार ५ सय नगदसहित प्रमाणपत्रले सम्मान गरेको हो ।

एन प्याब्सनले छात्रातर्फ ४ जिपिए ल्याउने ६ जना छात्र र छात्रतर्फ ३ दशमलव ९६ जिपिए ल्याउने २ जना गरी ८ जना विद्यार्थीलाई सम्मान गरेको छ ।   सम्मान कार्यक्रममा राप्ती गाउँपालिकाको पब्लिक एजुकेशन एकेडेमीका आशिका शर्मा, अमृत एकेडेमी बिजौरीका अन्जली घर्ती, पिपुल्स ल्याण्ड सेकेन्डरी स्कुल हापुरेका रिता पौडेललाई नगदसहित सम्मान गरिएको हो ।

यस्तै बाल सहारा मावि बनहरीका हरिकला घर्तीमगर, साधना अधिकारी र शिखा विकलाई एन प्याब्सनले सम्मान गरेको हो । यस्तै छात्रतर्फ मिड वेष्ट प्वाइन्ट एकेडेमी शान्तिनगरका नरेश चौधरी र लोकप्रिय विद्या मन्दीर शान्तिनगर–५ का भुपेश खड्कालाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको एन प्याब्सनले जनाएको छ ।

एन प्याब्सन दाङका अध्यक्ष शालिकराम कार्कीको अध्यक्षता तथा केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुवोध कुमार डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि डाँगीले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई बधाई दिँदै आगामी दिनमा शैक्षिक सफलताको शुभकामना दिए  ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा अधिकृत चित्रा बस्नेत, ज्ञानज्योति एजुकेशन फाउण्डेशनका सिइओ सुरेन्द्र जिसी, एन प्याब्सन तुलसीपुरका अध्यक्ष सुमन केसी, राप्ती गाउँपालिका संयोजक चम्पकसिं कार्की र शरद गौतमले मन्तव्य राखेका थिए ।
वरिष्ठ उपाध्यक्ष ठाकुर प्रसाद डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव छविकुमार वलीले गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियानमा सानिमा बैंकको सहयोग

   असार २१, २०८२       admin

दाङ । सानिमा बैंक तुलसीपुर शाखाले ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियानलाई सहयोग गरेको छ ।

शुक्रबार एक कार्यक्रमकाबिच सानिमा बैंक तुलसीपुरका शाखा प्रमुख प्रनिल भुसालले तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीलाई ३५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
प्रमुख भुसालले तुलसीपुरलाई प्रविधिमैत्री बनाउने अभियानमा सहकार्य गर्न पाउँदा खुशी लागेको बताए।

कार्यक्रममा अध्यक्ष केसीले तुलसीपुर उवा संघका दुई अभियानमध्ये ‘ग्रीन तुलसीपुर, क्लिन तुलसीपुर’ सफलतापूर्वक सम्पन्न भई स्थानीय सरकारलाई हस्तान्तरण गरिसकेको जानकारी दिए। अहिले सञ्चालनमा रहेको ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियान अन्तर्गत तुलसीपुरका मुख्य बजार क्षेत्रमा सीसी टिभी क्यामरा जडानको काम अगाडि बढाइएको उनले बताए।

उनका अनुसार, आगामी साउन महिनाको अन्तिमसम्ममा नगरका मुख्य बजार क्षेत्रमा ३४ वटा सीसी टिभी क्यामरा जडान गर्ने लक्ष्य लिइएको छ। यसका लागि तुलसीपुरमा रहेका २० वटा वित्तीय संस्थासँग सहकार्य भइरहेको छ।
यसैबिच, एनएमबी बैंक तुलसीपुर शाखाले पनि बिहीबार ३५ हजार रुपैयाँको चेक संघलाई हस्तान्तरण गरेको छ।
संघका अध्यक्ष बिनिल केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव केशवराज केसीले सहजीकरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

३५ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

   असार २०, २०८२       admin

दाङ, २० असार। नेपालमा कोभिड–१९ को संक्रमण फेरि बढ्न थालेको छ। पछिल्लो समय विभिन्न जिल्लामा यसको फैलावट देखिन थालेको हो।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २०७८ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म देशका ३१ जिल्लामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।

हालसम्म २४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने पछिल्लो एक सातामा मात्रै ३५ नयाँ संक्रमित फेला परेका छन्। पछिल्लो २४ घण्टामा तीन जनामा संक्रमण पुष्टि भएको छ। संक्रमणका कारण हालसम्म एक जनाको मृत्यु भइसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै देशभरका १७ सीमा नाकामा रहेका हेल्थ डेस्कमार्फत निगरानीलाई थप कडा बनाइएको जानकारी दिए। उनका अनुसार सबै हेल्थ डेस्कमा कोभिड–१९ को आरडीटी परीक्षण भइरहेको छ।

स्वास्थ्य मन्त्रालयले कोभिड–१९ लगायत श्वास–प्रश्वासका माध्यमबाट सर्ने रोगबाट बच्न मास्क लगाउन, साबुनपानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरेको छ।

त्यस्तै, प्रभावित क्षेत्रबाट आएका वा कोभिड–१९ का लक्षण देखिएका व्यक्तिलाई ‘सेल्फ क्वारेन्टिन’ वा आइसोलेसनमा बस्न पनि आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रूसले प्रहार गर्यो ११ क्रुज र ब्यालिस्टिक मिसाइलहरू

   असार २०, २०८२       admin

एजेन्सी । युक्रेनको हवाई सेनाले युक्रेनले रूसले प्रहार गरेका रेकर्ड ५३९ ड्रोनमध्ये ४७६ वटालाई रोकेको बताएको छ । रूसले ११ क्रुज र ब्यालिस्टिक मिसाइलहरू पनि प्रहार गरेको बताइएको छ ।

आक्रमणका कारण हजारौँ बासिन्दाहरूले रातभर मेट्रो स्टेसन र भूमिगत पार्किङ स्थलहरूलाई आश्रयस्थल बनाएको बताइएको छ । शुक्रबार बिहानै सहरमा विस्फोटहरू र ड्रोनहरूको आवाज सुनिएको समाचारमा उल्लेख छ ।


“किभमा पूर्णरूपमा भयानक र निद्रारहित रात बितेको छ । अहिलेसम्मकै सबैभन्दा खराबमध्ये एक रात हो यो,” युक्रेनका विदेशमन्त्री आन्द्रिय सिबिहाले भने ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो आक्रमणलाई देशले देखेको सबैभन्दा ठूलो हवाई आक्रमणहरूमध्ये एक भनेर वर्णन गरेका छन् ।

युक्रेनको आपतकालीन सेवाका अनुसार, यी आक्रमणहरूका कारण धेरै सहरका भवनहरू र संरचनाहरूमा आगलागी भएको छ । भवनहरूमा आंशिक क्षति पुगेको छ । किभको रेल मार्गको एक हिस्सा नष्ट हुनुका साथै घाइतेहरूको उद्धारमा खटिएका पाँचवटा एम्बुलेन्स पनि क्षतिग्रस्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सेवा बन्द

   असार २०, २०८२       admin

काठमाडौं,२० असार । सवारी चालक अनुमतिपत्र प्रणालीसँग सबन्धित सेवाहरू आजदेखि बन्द भएका छन् ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकोले बन्द गरेको जनाएको छ ।


सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली)हरूको सबै सेवाहरू बन्द भएको व्‍यहोरा जानकारी गराइन्छ।’ विज्ञप्तिमा भनिएको छ ।

विभागले उक्त समस्याको समाधान कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी अनुमतिपत्रसँग सम्बन्धित सबै सेवाहरू बन्द रहने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप

   असार २०, २०८२       admin

धनुषा । धनुषाको विदेह नगरपालिका–२ मा रहेको गोबराही क्षेत्रमा तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ ।  झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

गोबराही क्षेत्रमा  अबैध रूपमा ल्याउँदै गरेका सामानहरु लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको टोलीले एउटा मोटरसाइकल फेला पारेको थियो ।

नजिकै रहेको टहरोमा पनि खोजतलास गर्ने क्रममा अन्दाजी झन्डै डेढ सय जना तस्कर समूहले घरेलु हातहतियारसहित प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकरी दिए  ।

सशस्त्र प्रहरीले १३ राउण्ड ग्यास सेल र चार राउण्ड हवाई फायर समेत गरेको थियो । घाइतेमध्ये तीन जना प्रहरीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीको बजेट बहुमतले पारित

   असार १८, २०८२       admin

दाङ, १८ असार । लुम्बिनी प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷८३ का लागि प्रस्तावित ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट बहुमतको आधारमा पारित गरेको हो। बुधबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको १७औं बैठकले बजेट पारित गरेको हो।

आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट कार्यान्वयनका लागि आवश्यक विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गरेका थिए, जुन सभामुख तुलाराम घर्ती मगरले बहुमतले पारित भएको घोषणा गरे।

पारित बजेटमध्ये चालु खर्चतर्फ १२ अर्ब १ करोड ४७ लाख रुपैयाँ अर्थात कुल बजेटको ३०.८८ प्रतिशत रहेको छ । पुँजीगत खर्चतर्फ २३ अर्ब ४७ करोड १४ लाख रुपैयाँ अर्थात कुल बजेटको ६०.३२ प्रतिशत विनियोजन गरिएको छ।

तर, बजेटप्रति सत्तारूढ दलभित्रै असन्तुष्टि देखिएको छ। नेपाली कांग्रेस र नेकपा ९एमाले० का केही मन्त्रीहरूले बजेट तयारीमा समन्वयको अभाव भएको गुनासो गरेका थिए। कांग्रेस प्रदेश समितिले बजेटमा संशोधन गर्न आफ्ना सांसदहरूलाई निर्देशनसमेत दिएको थियो।

यता, माओवादी केन्द्रसहितका विपक्षी दलहरूले बजेट पुनर्लेखनको माग गर्दै आपत्ति जनाएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

१५ दिने अचार बनाउने तालिम सम्पन्न

   असार १८, २०८२       admin


दाङ,१८ असार । दाङको तुलसीपुरमा १५ दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश अन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय, तुलसीपुरको सहयोग तथा तुलसी सामाजिक विकास केन्द्रको आयोजनामा सञ्चालन भएको तालिमको बुधबार सम्पन्न गरिएको हो ।

तालिम तुलसी सामाजिक विकास केन्द्रका अध्यक्ष गणेश भण्डारीको अध्यक्षता तथा लुम्बिनी प्रदेश अन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गिरिराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

तालिममा सहभागीहरुले उद्यमशिलताका लागि आफूहरुलाई प्रेरणा मिलेको बताएका छन् । उनीहरुले एड्भान्स तालिम सञ्चालन भएमा व्यवसायीक बन्नका लागि सहज हुने अपेक्षा राखेका थिए।

प्रमुख अतिथि पाण्डेले सहभागीहरूलाई उद्यमशील बन्न प्रेरित गर्दै लगनशिल बन्न अनुरोध गरे । भने, “एउटै शिक्षकले पढाउँदा कोही विद्यार्थी पास हुन्छन् भने कोही फेल, त्यसैले अरूको सहयोगले मात्र होइन, आफै तत्पर भएर अघि बढ्नुपर्छ। यो तालिमले त्यसको बाटो देखाएको छ।”

तालिममा सहभागी यमुना नेपालीले अचार बनाउने सीपमार्फत गृहिणीहरूलाई व्यवसायतर्फ उन्मुख गराउनुका साथै आत्मविश्वास जागृत भएको बताइन्।

तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव केशवराज केसीले व्यवसायिक सोच भएका जो(कोहीलाई संघले साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

तुलसीपुर न्यायिक समिति सदस्य लालमती भण्डारीले तालिममा सहभागी महिलाहरूको समूह बनाएर व्यवसायिक अचार उत्पादन प्रारम्भ गर्न आग्रह गरिन्। साथै, त्यसका लागि तुलसीपुर उपमहानगरपालिकाले आवश्यक बजेट छुट्याउने प्रतिबद्धता पनि जनाइन्।

वडा नं ६ की सदस्य यमुना परियारले सिप सिकेका महिलाहरूलाई आयआर्जनसँग जोडेर अघि बढ्न आग्रह गर्दै तालिमको प्रभावकारी उपयोग गर्न सुझाव दिइन्।

शुशिला थापा मगरको प्रशिक्षणमा सम्पन्न उक्त तालिममा तुलसीपुरका विभिन्न वडाबाट ६२ जना महिलाहरूको सहभागिता रहेको थियो।

सहभागीहरूले साना उद्योगमार्फत आत्मनिर्भर बन्ने दिशामा तालिमले हौसला मिलेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology