जनकपुर, १० असार ।
जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की श्रीमती अँसा सदा सोमबार राति आफ्नै कोठामा मृत भेटिएकी छन्।
धनुषा जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२० नोचापुरस्थित घरमा अँसा सदा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।
प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार मृतक सदा कलाकार झाको सुटिङ सेट नजिकै रहेको कोठामा झुन्डिएको अवस्थामा भेटिएकी हुन्। घटनाको खबर प्राप्त भएपछि प्रहरीले तत्कालै टोली परिचालन गरी सूक्ष्म अनुसन्धान प्रारम्भ गरेको छ। अनुसन्धानका क्रममा सेटमा रहेका सबै उपकरणहरू प्रहरीको नियन्त्रणमा लिइएको छ।
हालसम्म मृत्युको कारण यकिन नभएको भन्दै पोष्टमार्टम रिपोर्ट नआउँदासम्म केही भन्न नसकिने प्रहरीको भनाइ छ। यद्यपि, घटनालाई शंकास्पद रुपमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।
कलाकार झा र अँसा सदाले केही महिना अघि मात्रै विधिपूर्वक गृह प्रवेश गरेका थिए। उनीहरूले केही समयअघि अन्तरजातीय विवाह गरेका थिए।
श्रीमतीको आकस्मिक र रहस्यमय मृत्युले जनकपुरको कलाक्षेत्रमा समेत स्तब्धता छाएको छ। प्रहरीले घटनाको सम्पूर्ण पाटो उजागर गर्न अनुसन्धानलाई तीव्रता दिएको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१० असार । नेपाली राजदूतावासले कतारमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई सतर्क रहन र यथास्थानमै बस्न आग्रह गरेको छ।हालको परिस्थितिलाई ध्यानमा राख्दै दोहा स्थित नेपाली दूतावासले यस्तो आग्रह गरेको हो।
दूतावासले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सूचनामा भनिएको छ, “वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गर्दछौं ।” साथै, उनीहरूलाई शान्तपूर्वक बस्न र कतार सरकारको आधिकारिक सूचना तथा निर्देशनको पालना गर्न समेत अनुरोध गरिएको छ।
दूतावासले नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै सबै नेपालीको साथमा सधैँ रहन प्रतिबद्धता व्यक्त गरेको छ। कतारमा कार्यरत लाखौँ नेपाली श्रमिकहरू रहेका छन्।
हेर्नुस् सूचना:

२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, ९ असार । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने निर्णय गरेको छ। असार ७ र ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन, संविधान संशोधन तथा आर्थिक सुधारमा पूर्णतः असफल भएको निष्कर्ष निकाल्दै समर्थन फिर्ता लिने सम्भावनाको संकेत गरेको हो।
बैठकपछि पार्टी प्रवक्ता मनीष सुमनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकारले देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधारलगायतका कार्यमा पूर्णतः असफल रहेकोले पार्टीद्वारा वर्तमान सरकारलाई विगतमा दिइएको समर्थनबारे पुनः विचार गरि निर्णय गर्न जसपा नेपाल सङ्घीय संसदीय दललाई निर्देश गर्दछ।’
त्यस्तै, जसपाले हालै विभिन्न पार्टी परित्याग गरी पार्टीमा प्रवेश गरेका केही नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। मनोनयन हुनेहरूमा शशी कपुर मियाँ (पर्सा), करिमा बेगम (पर्सा), सुधीरनाथ पाण्डे (पर्सा), कैलाश गुरुङ (रूपन्देही) र नीलम यादव (रूपन्देही) रहेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ९ असार। दाङको तुलसीपुरस्थित ज्ञान ज्योति माध्यामिक विद्यालयलाई ‘नेशनल एजुकेसन अवार्ड २०२५’ अन्तर्गत ‘स्कुल अफ दि इयर’ अवार्ड प्रदान गरिएको छ।
असार ७ गते काठमाडौंमा फोकस नेपाल संस्थाद्वारा आयोजित “शिक्षा क्षेत्रका समस्या र समाधानका उपायहरू” विषयक विचार गोष्ठी, राष्ट्रिय शिक्षा सम्मान तथा विशेष सांस्कृतिक समारोहका अवसरमा विद्यालयलाई उक्त सम्मान प्रदान गरिएको हो।
विद्यालयको उत्कृष्ट शैक्षिक नतिजा, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, स्थापनाको अवधि तथा समय-समयमा देखाएको उपलब्धिलाई मूल्यांकन गरी ‘स्कुल अफ दि इयर’ अवार्ड दिइएको आयोजक संस्थाले जनाएको छ।
अवार्ड कार्यक्रमका अवसरमा विद्यालयका एकेडेमिक कोर्डिनेटर शरद गौतमले सम्मान ग्रहण गरेका थिए। विद्यालय देशभरका विद्यालयहरूमध्ये उत्कृष्ट सातौं स्थानमा पर्न सफल भएको आयोजकले जनाएको छ।
ज्ञान ज्योति मावि पश्चिम नेपालमै उत्कृष्ट व्यवस्थापनसहित सञ्चालन भइरहेको विद्यालयमध्ये एक मानिन्छ। यस विद्यालयले विगतमा पनि विभिन्न संकाय र स्तरमा उत्कृष्ट नतिजा हासिल गर्दै विभिन्न अवार्डहरू प्राप्त गरिसकेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
मुगु ,९ असार । विद्युत् चुहावटका कारण १० वटा खच्चर मरेका छन्। मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–११ कुसा टाउमा करेन्ट लागेर खच्चर मरेका हुन् । जिल्ला सदरमुकाम गमगढीबाट सामान बोकेर मुगुम कार्मारोङ गाउँपालिका जाँदै गरेका खच्चरलाई नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रको ट्रान्समिटरबाट करेन्ट लागेको थियो।
छायानाथ–१ का कन्नबहादुर मल्लका अनुसार कम क्षमताको ट्रान्समिटर जडान गरिएको र अर्थिङ प्रणाली सुरक्षित नभएकाले आइतबार दिउँसो पानी परिरहेको बेला ट्रान्समिटरबाट करेन्ट जमिनमा बगेको थियो। त्यसकै कारण सडकछेउमा उभ्याइएका खच्चर एकाएक लडेर मरेका हुन्।
‘मलाई पनि करेन्ट लागेको थियो, चप्पल लगाएकाले सामान्य झड्का मात्र लाग्यो,’ मल्लले भने, ‘१० वटै खच्चर मरे। एउटा खच्चरको मूल्य १ लाख ५० हजारभन्दा बढी पर्छ। प्राधिकरणले क्षतिपूर्ति दिनुपर्छ।’
मरेका खच्चरमध्ये कर्णबहादुर मल्लका ४, वडा नं १० का जग्गी बढुवाल र पृथ्वीबहादुर ऐडीका ३–३ वटा रहेका छन्। केही दिनअघि मात्रै वडा नं १२ कम्फागाउँका खड्कबहादुर बुढाको भैंसी पनि करेन्ट लागेर मरेको थियो।
विद्युत् प्राधिकरणको लापरवाहीका कारण दिनहुँ जोखिम बढेको गुनासो स्थानीयले गरेका छन्। ‘बिजुलीको अर्थिङ नभएको, जताततै तार छरिएको छ,’ खच्चर धनी जग्गी बढुवालले भने, ‘हामी सधैं त्रासमा बाँच्न बाध्य छौं।’
गमगाढ वितरण केन्द्रका प्रमुख साजन ऐडीले वर्षात र हुरीका कारण समस्या आएको स्वीकार गर्दै क्षतिपूर्तिको सिफारिस प्रादेशिक तथा केन्द्रीय कार्यालयमा गरिने जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
रुकुम पश्चिम,९ असार । रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार जिल्लाको त्रिवेणी गाउँपालिका–१० बरनेटी निवासी ४८ बर्षीया गणेशा ओलीको चट्याङ लागेर मृत्यु भएको हो।
आइतबार अपरान्ह साढे ४ बजेको समयमा विद्युत मिटरमा परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
चट्याङका कारण मिटरमासमेत क्षेती पुगेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,८ असार । विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठक बसेको छ। बैठकले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले ४ सय शैयाको अस्पताल निर्माण, शैक्षिक, अनुसन्धनात्मक र व्यवस्थापकीय कामका लागि नीति, योजना, बजेट तथा कार्यक्रम पारित गरेको हो।
बैठकले प्रतिष्ठानको ‘शिक्षक तथा कर्मचारीको सेवाका शर्त र सुविधासम्बन्धी नियमावली, २०७८’ का केही प्रावधानमा संशोधनका साथै प्रतिष्ठानको लोगो परिवर्तनलगायत निर्णय गरेको छ। बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल स्वास्थ्य विज्ञानको आदि भूमि भएकाले प्रतिष्ठानलाई पूर्वाधार र जनशक्ति सबै हिसाबले सुविधासम्पन्न बनाउँदै गुणस्तरीय शिक्षा र सेवा दिन आग्रह गरे।
उनले नेपाल सरकारको निरोगी नेपालको सोचलाई आत्मसात् गर्दै आरोग्यताका लागि आमसञ्चार र समाजिक सञ्जालबाट जनचेतना फैलाउने काममा विज्ञ चिकित्सक र स्वास्थ्यकर्मी परिचालिन हुनुपर्नेमा जोड दिए।
प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललगायत सहभागी बैठकमा प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले गत पाँचौँ सिनेटबाट स्वीकृत भएबमोजिम ४ सय शैयाको शिक्षण अस्पताल निर्माणसम्बन्धी गुरुयोजना कार्यान्वयन सुरू भएको जानकारी गराए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,८ असार।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४६ सालपछि वडा स्तरदेखि केन्द्रसम्म सत्तामा पुगेकाहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्ने बताएका छन्।
नेपाल विद्यार्थी संघ दोलखा–काठमाडौं सम्पर्क समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो प्रस्ताव कांग्रेस पार्टीबाटै पारित गरिनुपर्नेमा जोड दिए।
थापाले देशले विश्वास गर्ने नेतृत्वको जिम्मेवारीमा छानबिन आयोग बनाइनुपर्ने र त्यसले जोसुकैलाई कारबाही गर्न सक्ने शक्ति पाउनुपर्ने धारणा राखे। उनले छानबिनको प्रक्रियामा जो परे पनि स्वीकार गर्ने अठोट कांग्रेसले देखाउन सके मात्र नयाँ पुस्ताले पार्टीप्रति भरोसा गर्ने बताए।
नयाँ पुस्ताको गुनासो सम्बोधन नगरेसम्म उनीहरूको समर्थन प्राप्त गर्न नसकिने भन्दै उनले कांग्रेसले आत्मसमिक्षा गर्नुपर्ने समय आएको उल्लेख गरे।
कार्यक्रमको अर्को प्रसंगमा थापाले विश्वविद्यालयहरूमा हुने तालाबन्दी, कालोमोसो र तोडफोडजस्ता गतिविधिलाई अन्त्य गर्न नेपाल विद्यार्थी संघले संकल्प गर्नुपर्ने बताए।
उनका अनुसार अबको निर्वाचनमा नयाँ पुस्ता नै निर्णायक शक्ति बन्ने भएकाले पार्टीले उनीहरूको भावना बुझ्दै अघि बढ्नुपर्नेछ। नयाँ पुस्ताले नयाँ नेतृत्व र दृष्टिकोण खोजिरहेको भन्दै उनले त्यसअनुसार कांग्रेसलाई आफूलाई पुनर्संरचना गर्न सुझाव दिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,८ असार ।मुग्लिन–मलेखु सडक खण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो ।
पृथ्वी राजमार्गको नैबिसे–मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आज र भोलि राति बन्द हुने नागढुङ्गा(मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार बरबाङ्, मोवा, खटौती र गोमती खोलाको पुलमा आरसिसी बिम राख्ने काम सम्पन्न भएको छ । उनले तीमध्ये दुईवटा पुलको ढलान असार मसान्तभित्रमा सक्नेगरी कामअघि बढाइएको बताए ।
भारतबाट ठूलो क्रेन झिकाएर बाहिर बनाइएको बिम पुलमा राख्नुपर्ने भएकाले गत जेठ ३० गतेदेखि असार ७ गतेसम्म रातको समयमा सडक आवागमन रोकेर काम गरिएको थियो ।
क्रेनले यो खण्डका चार पुलमा बिम राखेसँगै आज र भोलि सोही आयोजनाअन्तर्गत नौबिसे–मलेखु खण्डमा निर्माणाधीन गलौदी खोलामा बिम राख्न लागिएको छ । आयोजनाले एक सूचना जारी गरी राति साढे १० बजेदेखि बिहान ३ बजेसम्म दुई दिन सवारी रोकेर बिम राख्न लागिएको जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
पर्सा ,८ असार ।पर्सामा सवारी दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ। बहुदरमाई नगरपालिका–५ पटनीस्थित गण्डक नहर सडकमा शनिबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
भारतीय नम्बर प्लेट (बीआर ०१ पिए ४४९९) को टाटासुमो र नम्बर नखुलेको मोटरसाइकल ठोक्किएर सडक छेउको निर्माणाधीन नहरमा खसेका थिए।
नहरमा खसेपछि दुबै सवारीसाधनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए। उनका अनुसार आगलागीबाट दुबै सवारीसाधन जलेर नष्ट भएका छन्।
दुर्घटनामा मोटरसाइकल चालक भारतको बिहार राज्य, पूर्वी चम्पारणका ३८ वर्षीय नरेश साह बर्णवालको मृत्यु भएको हो। मोटरसाइकलमा सवार पर्सा बहुदरमाई–५ का १९ वर्षीय रोशन बर्णवाल घाइते भएका छन्। उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ।
सुमोका चालक भने घटनापछि फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा जलेको मोटरसाइकलको नम्बर प्लेट समेत खुल्न नसकेको प्रहरीले बताएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस