दाङ,६ असार। करेन्ट लागेर दाङमा दुईजना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–१० स्थित बनगाउँमा विद्युतीय तारले छुँदा दुईजना गम्भीर घाइते भएका हुन् ।
शुक्रबार बिहान करिब साढे ५ बजे रा १ प ७७७० नम्बरको मोटरसाइकल र तुलसीपुर बजारतर्फ जाँदै गरेको एक साइकल अचानक चुडिएको विद्युतीय तार जमिनमा लत्रिएको अवस्थामा दुबै सवारीसाधन त्यसमा छोइँदा दुर्घटना भएको हो।
दुर्घटनामा तुलसीपुर–११ बेलगनार निवासी ४८ वर्षीय मोटरसाइकल चालक देसुराम चौधरी र ऐरावती गाउँपालिका–१० बनगाउँ निवासी ५२ वर्षीय साइकल यात्री चक्रपाणि अधिकारी घाइते भएका छन्।
चौधरीको हात, खुट्टा र छातीमा चोट लागेको छ भने अधिकारीका दुवै खुट्टामा चोट लागेको बताइएको छ।
दुर्घटनापछि विद्युत् प्राविधिक टोली घटनास्थलमा पुगेको छ भने प्रहरी चौकी उरहरीबाट प्रहरी नायब निरीक्षक एक बहादुर खड्काको कमान्डमा दुई जना प्रहरीको टोली परिचालन गरिएको थियो।
हाल मोटरसाइकल र साइकल दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन्।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि घाइते दुबैजनालाइ थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,६ असार । प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ। आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ।
संसद् सचिवालयका अनुसार प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ अनुसार सांसदसँग प्रश्नोत्तर हुनेछ।
प्रधानमन्त्री केपी शर्मा ओली यही असार १६ देखि ६ दिने स्पेन भ्रमणमा जाँदै छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १६ देखि २१ गतेसम्म प्रधानमन्त्री ओलीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको गठन गर्ने निर्णयसमेत गरेको छ । सोहि विषयलाई समेत संसदमा जानकारी गराउने सम्भावना रहेछ।
त्यसपश्चात विनियोजन विद्येयकका विभिन्न मन्त्रालयगत शीर्षकमाथिको छलफल जारी रहनेछ
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,५ असार । प्रतिनिधि सभाको बैठकमा बजेट पुस्तक च्यातिएको छ। नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद अम्मरबहादुर थापाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधि सभाको बैठकमै बजेट पुस्तक च्यातेका छन्।
बिहीबारको संसद् बैठकमा बोल्ने क्रममा थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटले दैलेख मात्र होइन, देशभरिका धेरै क्षेत्रका जनतालाई बेवास्ता गरेको आरोप लगाए।
उनले भने, “बजेट उल्टो बाटोमा हिँडिरहेको छ। जनताको करबाट उठेको राजस्व जनताको जीवनस्तर सुधारमा खर्च हुनुपर्ने हो, तर यो बजेट त्यस विपरीत छ।”
थापाले बजेट पुस्तक च्यात्नु अघि सभामुखसमक्ष अनुमति माग्दै जनताको पक्षमा आफू उभिएको स्पष्ट पारे।
“बजेट किताबले जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्न सकेको छैन, त्यसैले मलाई यो किताब मन परेन। च्यात्ने अनुमति लिएर च्यातेँ, धन्यवाद,” उनले भने।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, ५ असार । नेपालका ऊर्जा स्रोतहरूमा विविधता ल्याउने ठूलो सम्भावनाको संकेत दिंदै चीनको प्राविधिक टोलीले दैलेखको जलजले क्षेत्रमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक निष्कर्ष दिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका अनुसार यो मिथेन ग्याँस हो भन्ने पनि पुष्टि भएको छ, जसले नेपाललाई करिब ५० वर्षसम्म ऊर्जा आवश्यकतामा राहत दिने क्षमता राख्दछ।
२०८० सालको वैशाख २८ गतेदेखि चीनको सरकारी संस्था चाइना जिओलोजिकल सर्भे र सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले ४ हजार मिटर गहिरो ड्रिलिङ गरी दैलेखको जलजले क्षेत्रमा ग्याँसको खोजी थालेका थिए। प्रारम्भिक अध्ययनकै क्रममा जमिनमुनिबाट ग्याँसको गन्ध आएको थियो। त्यसपछि चट्टानका नमूना परीक्षणका लागि चीन लगिएको थियो।
ती परीक्षणहरूबाट मिथेन ग्याँसको उपस्थितिको पुष्टिसहित ठूलो परिमाणको ग्याँस रहेको प्रारम्भिक निष्कर्ष आएको हो। विस्तृत अध्ययन प्रतिवेदन सन् २०२४ डिसेम्बरसम्म उपलब्ध हुने अपेक्षा गरिएको छ, यद्यपि नेपालले प्रतिवेदन चाँडो दिन आग्रह गरेको छ।
पेट्रोल–डिजेलको स्वच्छ विकल्पका रूपमा मानिने मिथेन ग्याँसले यातायात, विद्युत् उत्पादन, घरायसी उपयोगदेखि मल कारखानामा समेत बहुउपयोगी साबित हुन सक्ने विज्ञहरूको भनाइ छ। खानी तथा भूगर्भ विभाग अन्तर्गत पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलका अनुसार मिथेन ग्याँसबाट हाइड्रोजन छुट्याई अमोनिया उत्पादन गर्न सकिन्छ, जसले मल उद्योगमा ठूलो सहयोग पुर्याउन सक्छ।
मन्त्री भण्डारीका अनुसार विस्तृत प्रतिवेदनपछि ७५ दिनको समयावधिमा परीक्षण उत्पादन सुरु गर्ने योजना बनाइएको छ, जसका लागि ६५ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। ग्याँस व्यावसायिक रूपमा प्रयोगमा ल्याउन सकिएमा नेपालको ऊर्जा आत्मनिर्भरता मात्र होइन, आर्थिक समृद्धिमा पनि ठूलो फड्को मार्न सकिने सरकारको धारणा छ।
ओलीको नेतृत्वमा चिनियाँ टोलीलाई नेपालका सम्भावित खानीहरूमा अन्वेषणको निम्तो दिइएको थियो। यद्यपि, तत्कालीन उद्योग मन्त्री सोमप्रसाद पाण्डेले घोषणा गरेको समयसीमा भित्र उत्खनन् प्रक्रिया सुरु हुन सकेन र झण्डै एक दशकपछि मात्र औपचारिक उत्खनन् प्रक्रिया अघि बढेको हो।
नेपाल सरकारले देशभरका सम्भावित पेट्रोलियम स्रोत क्षेत्रलाई १० वटा ब्लकमा वर्गीकृत गरेको छ। तर, हालसम्म दैलेख बाहेक अन्य ब्लकहरूमा व्यावसायिक उत्खनन् सुरु गरिएको छैन। १९७८/७९ मा विश्व बैंकको सहयोगमा गरिएको एअरबोर्न म्याग्नेटिक सर्वेक्षणले तराई र सिवालिक क्षेत्रमा उत्साहजनक संकेत दिएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानमाथि सैन्य आक्रमण गर्ने योजनामा सैद्धान्तिक सहमति जनाएका छन्। तर उनले अझै अन्तिम निर्णय भने गरेका छैनन्। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार, यदि ईरानले आफ्नो परमाणु कार्यक्रम तत्काल बन्द गर्ने प्रतिबद्धता जनायो भने सम्भावित आक्रमण रोक्न सकिने छ।
सीबीएस न्यूजले एक वरिष्ठ खुफिया स्रोतलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो। यसअघि वल स्ट्रिट जर्नलले सबैभन्दा पहिला यो समाचार प्रकाशन गरेको थियो।
बुधवार पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले हस्तक्षेपको सम्भावनाबारे अस्पष्ट प्रतिक्रिया दिएका थिए। “म गर्न सक्छु, म नगर्न पनि सक्छु,” ट्रम्पले भनेका थिए।
यसैबीच, इजरायलले जुन १३ मा ईरानका केही परमाणु केन्द्रहरूमा हमला गरेको पुष्टि भएको छ। त्यसको जवाफस्वरूप ईरानले पनि इजरायलमाथि हमला गरेको बताइएको छ। यस घटनाक्रमपछि दुवै देशबीच स्थिति अत्यन्त तनावपूर्ण बनेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,५ असार । दाङको तुलसीपुरमा ‘विजय मोबाइल स्टोर ‘ सञ्चालनमा आएको छ। तुलसीपुर उपमहानगरपालिका–५ स्थित क लाइनमा सञ्चालक विजय ओलीले झण्डै ५० लाखको लगानीमा मोबाइल तथा मोबाइल सम्बन्धित सेवा प्रदान गर्ने उद्देश्यसहित पसल सञ्चालनमा ल्याएका हुन्।
स्वदेशमै केही गर्ने दृढ संकल्पका साथ आफूले व्यवसाय सुरु गरेको बताउँदै सञ्चालक ओलीले भने, “दशौँ हजार युवाहरू रोजगारीको खोजीमा विदेश गइरहेका बेला म स्वदेशमै केही गरेर देखाउने सपना बोकेर अघि बढेको हुँ। मोबाइल क्षेत्रमा नयाँ प्रविधि र सेवाको अभाव महसुस भएर यस क्षेत्रमा पाइला राखेको हुँ।”
पसलको उद्घाटन तुलसीपुर उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष देवबहादुर केसीले गरेका थिए। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष केसीले वर्तमान अवस्थामा देशभित्रै केही गर्न चाहने युवाहरूको संख्या बढ्दै गएकोमा खुसी व्यक्त गरे। उनले भने, “देशमा युवा पलायन दिन प्रतिदिन बढ्दो छ। यस्तो अवस्थामा स्वदेशमै केही गर्ने आँट र साहस देखाउने युवा व्यवसायीहरू सबैका लागि प्रेरणाको स्रोत हुन्।”
केसीले स्थानीय सरकार, समुदाय तथा संघ–संस्थाले यस्ता पहल गर्ने युवालाई प्रोत्साहन गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिए।
पसलमा विभिन्न ब्राण्डका स्मार्टफोन, मोबाइलका एसेसोरिज, र मरम्मत सेवा उपलब्ध हुने सञ्चालक ओलीले जानकारी दिए। उनले ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखेर भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य लिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
हेटौँडा, ४ असार । हेटौडा उपमहानगरपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष माथि कार्यकक्षमै सांघातिक आक्रमण भएको छ। वडा नम्बर १ का वडा अध्यक्ष सबिन न्यौपाने माथि कार्यकक्षमै आक्रमण भएको हो।
बुधबार दिउँसो करिब ३ बजेतिर कालो पोशाकमा मोटरसाइकल चढेर आएका चारजनाको समूहले वडाध्यक्ष न्यौपानेलाई कार्यालयमै प्रवेश गरी कुटपिट गरेका हुन्। आक्रमणपछि उनी घाइते भएका छन् भने थप उपचारका लागि अस्पताल लगिएको छ।
प्रहरीका अनुसार घटनास्थलबाट हमलाकारी फरार भएका छन्। प्रारम्भिक अनुसन्धान अनुसार उपमहानगरपालिकाको सार्वजनिक जग्गा संरक्षण सम्बन्धी निर्णय र सूचना सार्वजनिक भएपछि असन्तुष्ट समूहले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,४ असार । मनसुन सक्रिय भएसँगै लुम्बिनी प्रदेशका अधिकांश ठाउँमा केही दिनभित्र भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशसँगै लुम्बिनीमा पनि ठूलो पानी पर्ने सम्भावना देखिएको भन्दै महाशाखाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ।
अहिले लुम्बिनी प्रदेशका दाङ, कपिलवस्तु, बाँके, बर्दिया, रूपन्देही, पाल्पालगायतका जिल्लामा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार अबका केही दिन यस्ता वर्षा अझ तीव्र हुने संकेत देखिएको छ।
उनले भनिन्, “मनसुन सक्रिय छ। लुम्बिनी प्रदेशका अधिकांश स्थानमा राति भारी पानी पर्ने संकेत देखिएको छ। त्यसैले बाढी, पहिरो र डुबानको जोखिम हुनसक्ने भएकाले स्थानीय तह र सर्वसाधारण सतर्क हुन जरुरी छ।”
महाशाखाका अनुसार अहिले देशका पश्चिमी भेग, विशेष गरी डडेल्धुरा, डोटी लगायत सुदूरपश्चिम क्षेत्र र लुम्बिनीका पहाडी तथा तराई भूभागमा पनि पानी परिरहेको छ।
केही दिनदेखि किसानका लागि मात्र उपयोगी हुने खालको सामान्य वर्षा भइरहे पनि अबको वर्षा भने खतरनाक हुन सक्ने भएकाले जोखिम क्षेत्र चिनेर तयारी अवस्थामा रहनुपर्ने विज्ञहरूको सुझाव छ।
सिन्धुपाल्चोकको भोटेकोशी र सुनकोशी क्षेत्रमा ‘ठूलो बाढी आउन सक्छ’ भन्ने हल्ला चले पनि हालसम्म त्यसको कुनै पुष्टि नभएको महाशाखाले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, ४ असार । काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयनमा उच्च अदालत पाटनले रोक लगाएको छ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषिराज भण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले बुधबार पाण्डेको निलम्बन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। अदालतको आदेशपछि अब उनको निलम्बन तत्काल लागु हुने छैन।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले जेठ २० गते पाण्डेलाई छ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए। उक्त निर्णयविरुद्ध पाण्डेले अदालतमा रिट निवेदन दायर गरेका थिए।
रिटमार्फत उनले काठमाडौं महानगरपालिका, मेयर बालेन शाह, उपमेयर सुनीता डंगोल, प्रमुख प्रशासकीय अधिकृत गुरागाईं, महानगरीय प्रहरी बल, हालका नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशी र नगर कार्यपालिकाको कार्यालयलाई विपक्षी बनाएका थिए।
पाण्डेले आफूविरुद्ध गरिएको निलम्बन निर्णय प्रक्रियागत त्रुटीपूर्ण रहेको दाबी गर्दै न्याय मागेका थिए। अदालतको अन्तरिम आदेशपछि अब यो मुद्दाको अन्तिम टुंगो नलागेसम्म उनलाई पदमुक्त गर्न सकिने छैन।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,४ असार । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा संरक्षणमा रहेको दुर्लभ वन्यजन्तु रेडपाण्डाको शनिबार निधन भएको छ। पछिल्लो समय पटक–पटक चोरी प्रयासको निशानामा परेको रेडपाण्डा बिरामी भएर मृत अवस्थामा फेला परेको हो।
चिडियाखानाका प्रमुख सत्यनारायण शाहका अनुसार रेडपाण्डाको शनिबार दिउँसो १२ बजे मृत्यु भएको हो। “एक सातादेखि बिरामी थियो, खानेकुरा कम खान थालेको थियो,” उनले भने, “उपचार गरिरहँदा स्वास्थ्यमा सुधार नभएपछि मृत्यु भयो। पोस्टमार्टम रिपोर्टअनुसार किड्नी फेल भएर मृत्यु भएको देखिएको छ।”
११ वर्ष उमेर पुगेको रेडपाण्डा सामान्यतया पाइने ८–१० वर्षको औसत आयुभन्दा केही समय बढी बाँचेको थियो। चिडियाखानाका अनुसार रेडपाण्डाको जोडीको मृत्यु गत वर्ष भएको थियो। त्यसपछि उक्त रेडपाण्डा एक्लो थियो। प्रमुख शाह भन्छन्, “जोड़ी नभएकाले मानसिक रूपमा कमजोर हुन पुग्यो होला। यस्तै अवस्थाले पनि उसको स्वास्थ्यमा असर पारेको हुनसक्छ।”
वैशाख ३० गते राति १० बजेतिर चिडियाखानामा रेडपाण्डा चोरी गर्ने प्रयास भएको थियो। चोरीकर्ताले त्यो रातमै दोस्रो प्रयास समेत गरेका थिए। यद्यपि, चोरी सफल भएन। ती प्रयासहरूले रेडपाण्डामा मानसिक दबाब थपेको आशंका पनि गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस