देउवाको घोषणा: “छिट्टै कांग्रेस नेतृत्वमा मधेशमा सरकार बन्छ”

   जेठ २४, २०८२       admin

काठमाडौं, २३ जेठ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै मधेश प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन्।

बिहीबार जनकपुरधामस्थित पार्टीको मधेश प्रदेश कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले आलोपालो सरकार गठनको सहमति अनुसार चाँडै सत्ता साझेदारहरूसँग छलफल हुने जानकारी दिए।

“आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ,” देउवाले भने।

उक्त अवसरमा कांग्रेसका नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महेन्द्र यादव, मधेश प्रदेश सभापति कृष्ण यादवलगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर जेसीज सप्ताह जेठ २४ गतेदेखि सुरु

   जेठ २३, २०८२       admin

दाङ, २२ जेठ । तुलसीपुर नगर जेसीज सप्ताह आगामी जेठ २४ गतेदेखि सुरु हुने भएको छ। उक्त जानकारी दाङमा आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो। पत्रकार सम्मेलनमा मुख्य कार्यक्रम संयोजक तथा कार्यकारिणी उपाध्यक्ष केशवराज न्यौपानेले जेसीज सप्ताहको रूपरेखा प्रस्तुत गर्दै कार्यक्रमको स्वागत तथा उद्देश्यबारे जानकारी गराए।

जेसीज दाङका अध्यक्ष सन्दीप भुसालले यो वर्षको सप्ताहमा राष्ट्रियस्तरका कार्यक्रमहरू समेटिएको जानकारी दिँदै भने, ‘नेतृत्व विकास मात्र होइन, सामाजिक सेवामा पनि हामी क्रियाशील छौँ। हाम्रो कार्यक्रम मानवताको सेवामा केन्द्रित रहनेछ।’

उनका अनुसार जेसीज सप्ताह-२०२५ जेठ २४ गते देखि जेठ ३१ गतेसम्म चल्ने छ।सो अवधिमा अनुभव र प्रेरणा , विद्यार्थीसंग जेसीज,शैक्षिक सामग्री वितरण ,अन्तर जेसीज वक्तृत्वकला,व्याड्मेन्टन प्रतियोगिता ,रक्तदान लगायतका कार्यक्रमहरु हुनेछन् ।

कार्यक्रममा जेसीज आस्थापाठका प्रतिनिधि शरद देवकोटाले गरेका थिए। पूर्व अध्यक्ष झरेन्द्र खरेलले पनि मन्तव्य राख्दै जेसीजलाई सिक्ने–सिकाउने विश्वविद्यालयको संज्ञा दिए। उनले दिगो विकासलाई ध्यानमा राखी कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिँदै भने, ‘समाज रुपान्तरणमा प्रत्यक्ष प्रभाव पार्ने, समाज र समयका लागि सान्दर्भिक कार्यक्रमहरू ल्याउन अनुरोध गर्छु।’

कार्यक्रममा नारायणी रजौरे र शरद रेग्मीले पनि आ–आफ्ना धारणा राखेका थिए।

जेसीज सप्ताहको क्रममा नेतृत्व विकास, सामाजिक सेवा, मानवता र दिगो विकास लक्ष्य लाई समेट्ने खालका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

आयोजकका अनुसार विभिन्न वर्ग, समुदाय र पेशालाई लक्षित गरी कार्यक्रम सञ्चालन हुनेछन्। कार्यक्रमको सहजीकरण जेसीजका महासचिव बुद्धिराज साप्कोटाले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नारामा होइन कार्यदिशा बनाएर काम गर्नुपर्छः पूर्व मुख्यमन्त्री चौधरी

   जेठ २३, २०८२       admin

उमा भण्डारी ,दाङ, २२ जेठ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले अब वातावरण संरक्षणका लागि नारा भन्दा व्यवहारिक कार्यदिशा आवश्यक भएको बताएका छन् ।

डिभिजन वन कार्यालय दाङले दंगीशरण गाउँपालिका–३, चखौरामा विश्व वातावरण दिवसको अवसरमा आयो
जना गरेको वृक्षरोपण तथा छलफल कार्यक्रममा सम्बोधन गर्दै चौधरीले वडा तहबाटै प्लाष्टिकमुक्त अभियान सुरु गर्नुपर्ने र यसका लागि कार्यदिशा बनाउनुपर्नेमा  जोड दिएका हुन् ।

‘हिमालहरू नाङ्गिँदै गएका छन्, जताततै प्लाष्टिक फोहोर देखिन्छ। वातावरण विनाश मानिसकै कारण भएको हो।  उनले भने–‘ अब दिवस मनाउने मात्रै होइन, प्रत्यक्ष रूपमा अभियान सुरु गर्नुपर्छ।’

तुलसीपुर बजारको प्लाष्टिक फोहोर बगेर खेतबारीमा पुग्ने अवस्थालाई उदाहरण दिँदै उनले स्थानीय सरकार र वडाहरूले तत्काल प्लाष्टिक र विषादीमुक्त अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

‘मेरो क्षेत्रमा प्लाष्टिकजन्य फोहोर र विषादीमुक्त छ भनेर भन्न सक्ने गरी आजैदेखि अभियान थाल्नुपर्छ, उनले भने–‘ साथै रुख बिरुवा रोपेर हरियाली बढाउनु पनि वातावरण जोगाउने महत्वपूर्ण कदम हो।’

उनले साल, मालुका पातजस्ता परम्परागत सामग्रीको प्रयोगबाट प्लाष्टिकको विकल्प सम्भव हुने बताएका छन्। जंगल केवल रुखको समूह मात्र  नभई मानिससहित सम्पूर्ण जीवजन्तुको आहार स्रोत  समेत भएको बताए ।

कार्यक्रममा  दंगीशरण गाउँपालिकाकी उपाध्यक्ष पीमा वली खड्काले हरियाली प्रवर्द्धनका लागि सडक किनारमा रुख रोपिएको र पालिकाले ९ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएकी छन्।

इलाका प्रशासन कार्यालयका प्रमुख महेश गुरुङले प्लाष्टिक प्रदूषणले मानव स्वास्थ्यसँगै सम्पूर्ण वातावरण, जलचर र पारिस्थितिक प्रणालीमा विनाशकारी असर पारिरहेको बताएका छन्। उनले जलचक्रमै प्लाष्टिक मिसिएर पानी, माटो र जीवजन्तुमा असर परेको बताएका छन्।

दंगीशरण–३ का वडाध्यक्ष शुकलाल चौधरीले प्लाष्टिकजन्य वस्तुको अन्धाधुन्ध प्रयोगले डर लाग्दो अवस्था सिर्जना गरिरहेको भन्दै प्लाष्टिकको उपयोग र जंक फूडमा नियन्त्रण गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

डिभिजन वन कार्यालय दाङका वरिष्ठ वन अधिकृत ओमबहादुर वलीले पृथ्वी तातिनु, मौसम प्रणाली अस्थिर हुनु र वातावरण प्रदूषणजस्ता समस्या मानव गतिविधि र प्लाष्टिकजन्य वस्तुको अत्यधिक प्रयोगकै परिणाम भएको बताएका छन्।

कार्यक्रमको अध्यक्षता डिभिजन वन कार्यालय दाङका प्रमुख विसेन्द्र सुबेदीले गरेका थिए भने कार्यक्रमको सहजीकरण सूचना अधिकारी टेकन आचार्यले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पुर्वप्रधानमन्त्री नेपालको सांसद पद स्वत: निलम्बन

   जेठ २३, २०८२       admin

काठमाडौं, २२ जेठ।। नेकपा (एस) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ। पतञ्जलीको नाममा गरिएको जग्गा सट्टापट्टा प्रकरणमा उनको विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको सांसद पद निलम्बनमा परेको हो।

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गा अपचलन गरेको अभियोगमा आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार सार्वजनिक पदमा रहेका व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछिको अवधिमा मुद्दाको किनारा नलागेसम्म ती पदाधिकारीको पद स्वतः निलम्बन हुने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा करेन्ट लाग्दा एक जना गम्भीर घाइते

   जेठ २३, २०८२       admin

दाङ२२ जेठ। तुलसीपुरमा करेन्ट लागेर एकजना गम्भीर घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–६ हात्तिखौवा नजिकै रहेको हिरो सोरुमको ग्यारेज निर्माण गर्ने क्रममा करेन्ट लाग्दा एक जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सूर्यबहादुर रानाले जानकारी दिए।

घाइते हुनेमा सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–१ घर भई हाल तुलसीपुर–६ गुम्राहचोक नजिकै रहेको जय श्री मनकामना ग्रिल उद्योगमा कार्यरत ३६ वर्षीय गोविन्द वली रहेका छन्। ग्रिल मेसिन प्रयोग गर्ने क्रममा उनको दायाँ हातमा करेन्ट लागेको बताइएको छ।

गम्भीर घाइते वलीलाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि राप्ती लाइफ केयर अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कोभिड परिक्षणको कीट अभाव

   जेठ २३, २०८२       admin

कैलाली, २२जेठ। सुदूरपश्चिम प्रदेशमा कोभिड परीक्षण किटको अभावका कारण भारतसँग जोडिएका सीमा नाकाहरूमा कोभिड परीक्षण प्रभावित भएको छ। गौरीफन्टा र गड्डाचौकी नाकाबाट नेपाल फर्किने यात्रुहरूमध्ये केहीमा संक्रमण देखिए पनि किट अभावका कारण थप परीक्षण हुन नसकेको हो।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार बुधबार कैलालीस्थित गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गरेका ३६ यात्रुमध्ये ३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ। “थप परीक्षण गर्न सकिएको छैन, किटको अभाव छ,” जोशीले बताए, “हामीले संघ र प्रदेश सरकारसँग परीक्षण किटको माग गरेका छौं।”

कोभिड पुष्टि भएकाहरूमा कञ्चनपुरको पुनर्वास नगरपालिकाका २० वर्षीय युवक, अछामको ढकारी गाउँपालिकाका ३२ वर्षीय युवक र कैलालीको धनगढी उपमहानगरपालिकाकी २४ वर्षीया युवती रहेका छन्।

जोशीका अनुसार पुष्टि भएका सबैको नमूना केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौं पठाइएको छ। “पीसीआर परीक्षणपछि कुन भेरियन्ट हो भन्ने पत्ता लाग्नेछ,” उनले भने, “छिमेकी भारतमा संक्रमण बढ्दै गएको र खुला सिमानाका कारण सुदूरपश्चिममा समेत संक्रमणको जोखिम बढेको छ।”

यता, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले संभावित महामारीको जोखिमलाई ध्यानमा राख्दै मातहतका कार्यालय, अस्पताल र प्रयोगशालालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। तर, सीमा नाकाहरूमा परीक्षण किटको अभावले परीक्षण नै प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सिनेमा संवादका लागि अभिनेता रमित ढुंगाना गणेशपुर पार्क आउँदै

   जेठ २३, २०८२       admin

दाङ,२२ जेठ । चर्चित अभिनेता रमित ढुंगाना दाङको तुलसीपुर स्थित गणेशपुर पार्क आउदै छन् । ढुंगाना ‘सिनेमा पर्यटन विशेष संवाद’ कार्यक्रममा सहभागी हुन तुलसीपुर–७ स्थित गणेशपुर पार्क (राप्ती शान्ति उद्यान) आउन लागेका हुन् । शनिबार हुने उक्त कार्यक्रमले चलचित्र, पर्यटन र संस्कृतिको अन्तरसम्बन्धबारे विशेष बहस र छलफल गर्ने उद्देश्य राखेको छ।

चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखा, तुलसीपुर उपमहानगरपालिका वडा नं ७ को कार्यालय र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा हुने कार्यक्रममा ढुंगाना प्रमुख वक्ताको रूपमा सहभागी हुनेछन्।

कार्यक्रममा निर्देशक तथा निर्माता मुनाल घिमिरेसहित कलाकार, रंग पत्रकार, संस्कृतिविद्, पर्यटनविद् र जनप्रतिनिधिहरूको उपस्थिति रहनेछ। आयोजकले विशेष बहस र अन्तर्क्रियामार्फत चलचित्रमार्फत स्थानीय संस्कृति र पर्यटन प्रवर्द्धनको सम्भावनामाथि ध्यान केन्द्रित गरिने जनाएको छ।

वडा नं ७ का वडाध्यक्ष रामबहादुर जिसीले दाङका धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूलाई चलचित्रको माध्यमबाट प्रचारप्रसार गर्न सकिने बताए।

चलचित्र क्षेत्रको विकासका साथै स्थानीयस्तरमा रोजगारी, संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा र उदेश्य रहेकोे संघका अध्यक्ष सन्तोष केसीले बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आफ्नै साथीको कुटाईबाट १४ वर्षीय विशालको मृत्यु

   जेठ २३, २०८२       admin

दाङ, २२ जेठ । तुलसीपुरमा आफ्नै साथीको कुटपिटबाट घाइते भएका १४ वर्षीय किशोरको मृत्यु भएको छ । रुकुमको बाफिकोट घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ दुधेना बस्ने विशाल गिरीको साथीको कुटपिटबाट मृत्यु भएको हो ।

गिरीलाई जेठ १९ गते बेलुकी तुलसीपुर ९ बेलुवामा उनकै साथी १५ वर्षीय यज्ञ वलीले कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते भएका विशाललाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा पठाइएको थियो । कुटपिटबाट टाउकोमा चोट लागेको थियो । घाइते गिरीको उपचारका क्रममा गएराति मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सुर्य रानाले जानकारी दिए ।

कुटपिटमा संलग्न वलीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । विशाल र यज्ञ साथी भएको र सामान्य विवादमा कुटपिट हुँदा विशालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

१२ देशका नागरिकलाई अमेरिकामा पुर्ण प्रतिबन्ध

   जेठ २३, २०८२       admin

काठमाडौं,२२ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

उनले सुरक्षा जोखिमको कारण देखाउँदै अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरूको अमेरिका यात्रा पूर्ण रूपमा निषेध गरेका हुन्।

त्यसैगरी, बुरुन्डी, क्युबा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूलाई आंशिक प्रतिबन्ध लागु गरिने घोषणा गरिएको छ।

फक्स न्युजका अनुसार उक्त प्रतिबन्ध ९ जुनदेखि लागू हुनेछ। तर, अमेरिकी ग्रिनकार्ड भएका व्यक्ति, ९ जुनभन्दा अगाडि भिसा प्राप्त गरेका, निश्चित भिसा श्रेणीअन्तर्गत पर्ने तथा अमेरिकी राष्ट्रिय हितमा सेवा गर्ने व्यक्तिहरूलाई भने यसबाट छुट दिइनेछ।

ह्वाइट हाउसका अधिकारीहरूले ट्रम्पको यो निर्णयलाई “अमेरिकालाई खतरनाक विदेशी तत्वहरूबाट जोगाउने” उनको चुनावी प्रतिबद्धता अनुरूपको कदम भनेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हङकङसंग भिड्दै नेपाल

   जेठ २३, २०८२       admin

काठमाडौँ,२२ जेठ । एएफसी एसियन कप छनोट अन्तर्गत लाओसविरुद्ध खेलको तयारीका लागि नेपाली टोली अहिले हङकङमा छ। नेपालले विहीबार साँझ ५ बजेर ४५ मिनेटमा मैत्रीपूर्ण खेलमा हङकङसँग खेल्दैछ ।

विहीबार हुने मैत्रीपूर्ण खेलका लागि टोलीले बुधबार बेलुका अन्तिम अभ्यास गरेको छ। हङकङ फिफा वरियतामा १५३ औं स्थानमा रहेको छ । नेपाल भने १ सय ७५ औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology