काठमाडौँ,२२ जेठ । एएफसी एसियन कप छनोट अन्तर्गत लाओसविरुद्ध खेलको तयारीका लागि नेपाली टोली अहिले हङकङमा छ। नेपालले विहीबार साँझ ५ बजेर ४५ मिनेटमा मैत्रीपूर्ण खेलमा हङकङसँग खेल्दैछ ।
विहीबार हुने मैत्रीपूर्ण खेलका लागि टोलीले बुधबार बेलुका अन्तिम अभ्यास गरेको छ। हङकङ फिफा वरियतामा १५३ औं स्थानमा रहेको छ । नेपाल भने १ सय ७५ औं स्थानमा छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२१ जेठ । दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा नजिकै मोटरसाइकलको ठक्करबाट ६ वर्षीय बालक गम्भीर घाइते भएका हुन् ।
बुधबार अपरान्ह साढे ४ बजे रानीजरुवा बाट बसपार्कतर्फ जाँदै गरेको रा ६ प ५४०८ नम्बरको मोटरसाइकलले पैदलयात्री ६ वर्षीय उत्तम पुनलाई ठक्कर दिएको हो। उनी सोही स्थानमा बसोबास गर्ने गोमा पुनका छोरा हुन्।
दुर्घटनामा परि बालकको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले बताएको छ। घाइते बालकको तुलसीपुरस्थित सिटी हस्पिटलमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा रिफर गरिएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक अन्दाजी १८ वर्षीय साजन थापा भने दुर्घटनापछि फरार भएको र उनको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। मोटरसाइकल भने प्रहरीले नियन्त्रणमा लिएको छ।
अस्थायी प्रहरी पोष्ट बसपार्क तुलसीपुरबाट प्रहरी हवल्दार रेशम बहादुर रेउलेको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२१ जेठ। राजतन्त्र फर्काउन भन्दै आन्दोलनमा रहेको ‘संयुक्त जनआन्दोलन समिति’को बैठकमा होहल्ला भएपछि बैठक त्यतिकै सकिएको छ। जेठ १५ देखि मंगलबारसम्म चलेको आन्दोलनको समीक्षा गर्न बसेको बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन नआएपछि सहभागीहरूले होहल्ला सुरु गरेका थिए।
आन्दोलनको समीक्षा र नयाँ आन्दोलन घोषणा गर्ने भन्दै सुवेदी संयोजकत्वको समितिको बैठक बसे पनि नयाँ आन्दोलनको कार्यक्रम घोषणा गर्न भने सकेन। बैठकलाई अगाडि बढाउन राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहभागीहरूलाई पटक(पटक चुप बस्न भने पनि सहभागीले मानेनन्। अनि उनी जे मन लाग्छ गर्नु भन्दै हिँडे।
त्यसपछि आचार्य श्रीनिवासले सहभागीहरूलाई होहल्ला गरेर रमिता नदेखाउन र अनुशासनमा बस्न आग्रह गरे पनि सभा हलमा हल्ला रोकिएन। त्यसपछि समितिका संयोजक नवराज सुवेदीले फेरि समीक्षा बैठक बस्ने भन्दै बुधवारको बैठक समापन गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ २१ जेठ । दाङको तुलसीपुरदेखि सल्यानको कपुरकोट जोड्ने राप्ती लोकमार्गको सडकखण्ड जेठ २३ गतेदेखि असार १ गतेसम्म दिउँसो बन्द हुने भएको छ।
सडकको मर्मत तथा स्तरोन्नतिको काम चलिरहेकाले निर्माण कम्पनीको अनुरोधमा स्थानीय प्रशासनले सडक बन्द गर्न स्वीकृति दिएको हो। दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले सार्वजनिक सूचना जारी गर्दै उक्त सडकखण्ड बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म बन्द रहने जानकारी दिएका हुन्।
सडक बन्द हुँदा यात्रुहरूलाई वैकल्पिक मार्ग पैंयाखोरिया–सातबास–किमुचौर हुँदै कपुरकोट यात्रा गर्न सुझाव दिइएको छ।
राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ राम्रीदेखि सल्यानको कपुरकोट गाउँपालिकाको कपुरकोट बजारभन्दा दक्षिणतर्फको करिब ४ किलोमिटर सडक खण्डमा निर्माण कार्य भइरहेको छ। १३ करोड २३ लाख रुपैयाँमा आरडी, उज्वल, लोकमणि ज्वाइन्ट भेन्चरले जिम्मा लिएको निर्माण कार्यको सम्झौता २०८० माघ २८ गते भएको हो।
निर्माण कार्य आगामी भदौ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ। यसअघि पनि निर्माण कार्यका कारण स्थानीय प्रशासनले यो सडकखण्डमा पटक–पटक यातायात बन्द गर्दै आएको थियो।
निर्माण कम्पनीका अनुसार सवारी साधन सञ्चालन हुँदा काममा अवरोध हुने भएकाले सडक बन्द गर्नुपर्ने अवस्था आएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२१ जेठ । सरकारद्वारा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र राप्रपा नेपालका नेताहरूलाई प्रदान गरिएको व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ)हरू आन्दोलन नरोकिएसम्म फिर्ता नहुने भएका छन् ।
राजावादी दलहरूले संयुक्तरूपमा आन्दोलन सुरु गर्नु अघिल्लो दिन सरकारले उनीहरूलाई दिइएको पीएसओ फिर्ता गरेको थियो। प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले ब्रिफिङ गर्दै राप्रपा, राप्रपा नेपाल लगायतका नेताहरूको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मीहरू फिर्ता गरिएको जानकारी दिएका थिए। तर ब्रिफिङपछि पनि पीएसओहरू पूर्णरूपमा फिर्ता नगरिएको पाइएको छ।
बुधबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा गृहमन्त्री रमेश लेखकले आन्दोलन नरोकिएसम्म सुरक्षाकर्मी पुनः खटाइने अवस्था नरहने स्पष्ट पारे।
उनका अनुसार, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद बुद्धिमान तामाङ, पशुपति शमशेर राणा, दीपक सिंह, विक्रम पाण्डे, ज्ञानेन्द्रबहादुर शाही, ध्रुबबहादुर प्रधान र राप्रपा नेपाल अध्यक्ष कमल थापाको पीएसओ पनि फिर्ता गरिएको छ।
बैठकमा राप्रपाका सांसद बुद्धिमान तामाङले नेताहरूको सुरक्षा किन फिर्ता गरिएको हो भन्ने प्रश्न उठाएका थिए। जवाफमा गृहमन्त्री लेखकले आन्दोलन नियन्त्रणमा प्राथमिकता दिँदै सुरक्षाकर्मीलाई त्यतातर्फ खटाइएको जानकारी दिए। उनले आन्दोलन रोकिएलगत्तै सुरक्षाकर्मीहरू पुनः खटाइने आश्वासन पनि दिए।
गृहमन्त्री लेखकले हालको शासन प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्र रहेको उल्लेख गर्दै राजतन्त्र, संघीयता र समावेशिताविरुद्ध हुने गतिविधिहरू मुलुकलाई पुनः अन्धकारतिर लैजाने चेतावनी दिए।
“यो संविधान धेरै त्याग, तपस्या, बलिदान र शाहदतपछि प्राप्त भएको हो,” मन्त्री लेखकले भने, “गणतन्त्र, संघीयता, लोकतन्त्रबाट पछि फर्किने प्रयत्नहरू निरर्थक छन्। त्यस्ता प्रयासमा नलाग्न मेरो सादर अनुरोध छ।”
उनले सुरक्षाकर्मीको फिर्ता तत्कालीन सुरक्षा आवश्यकताको कारण भएको भन्दै कुनै पनि घटनामा थप सुरक्षा आवश्यक परे तत्काल आवश्यक व्यवस्था गरिने स्पष्ट पारे।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२१ जेठ । भिजिट भिसा प्रकरणमा विवादित गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने अडान दोहोर्याएका छन्। उनले संसदमा उठेका सबै प्रश्नहरूको जवाफ दिन तयार रहेको स्पष्ट पारेका छन्।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री लेखकले भने, “भिजिट भिसा प्रकरणबारे सबैको चासो भएकाले समितिमा होइन, संसदमा विस्तृत रूपमा जवाफ दिन चाहन्छु। त्यसका लागि वातावरण बनाइदिन आग्रह गर्छु।”
भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका छन्। गृहमन्त्री लेखकमाथि पनि प्रत्यक्ष संलग्नताको आशंका गर्दै विपक्षी दलहरूले राजीनामा माग्दै आएका छन्।
समितिमा मन्त्री लेखकले भने, “यदि यो जिज्ञासा समितिका केही सदस्यहरूसम्म सीमित हुन्थ्यो भने म यहीँ जवाफ दिन्थेँ। तर यो विषयमा धेरै सांसदहरूको चासो भएकाले संसदमा बोलेर सबै प्रश्नको उत्तर दिन चाहन्छु।”
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। गृहमन्त्री लेखकले त्यही बैठकमा आफ्नो धारणा राख्ने संकेत दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
विराटनगर २१ जेठ । मोरङमा एक व्यक्तिले बालकको लिंग काटिदिएका छ्न। मोरङको पथरीशनिश्चरे नगरपालिका–६ मा ग्रील पसल सञ्चालक ४८ वर्षीय मही चौधरीले ७ वर्षीय बालकको लिङ्ग काटिदिएका हुन् ।
जिस्किने क्रममा फलाम काट्ने ग्रेन्डरको प्रयोगले सात वर्षीय बालकको लिङ्गको टुप्पोको केही भाग काटिदिएका छन् ।
पीडित बालक स्थानीय किरण चौधरीका छोरा हुन् । घटना ग्रील पसलमै भएको हो, जहाँ बच्चा खेल्न गएका बेला मही चौधरीले जिस्किने क्रममा ग्रेन्डर चलाउँदा घाइते भएको प्रहरीले जनाएको छ ।
गम्भीर चोट लागेपछि बालकलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ भने आरोपित मही चौधरीले नै बालकलाई अस्पताल पुर्याएको बताइएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२० जेठ । गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेसँगै यातायात व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले आन्दोलन हाललाई स्थगित गरिएको जानकारी दिए। गण्डकी प्रदेशले ल्याएको उक्त नियमावलीविरुद्ध सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए।
देशभर सडक बन्दजस्ता कार्यक्रम गर्दै आएका व्यवसायीहरू र सरकारबीच संघीय तहको उपस्थितिमा वार्ता भएको थियो।
गएराति भएको सहमतिको ड्राफ्ट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत आज साँझ गण्डकी प्रदेश सरकारलाई पठाइएको थियो। सोही आधारमा प्रदेश सरकारले नियमावली एक महिनाका लागि स्थगित गरेको हो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २० जेठ । टिप्परको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ। पूर्व- पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका- ५ फूलजोर चोकमा मंगलबार टिपरको ठक्करबाट घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाजुराको बडीमालिका नगरपालिका(६ का ३० वर्षीय मीन बहादुर दानी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मंगलबार दिउँसो १ बजेतिर बयलवासबाट फूलजोरतर्फ जादै गरेका प्रहरी जवान दानी सवार बीआर ०१ एफ जे ६९६१ नम्बरको मोटरसाइकललाई रानिगन्जबाट फूलजोरतर्फ गइरहेको ना १ क ८५२० नम्बरको टिपरले फूलजोर चोकमा ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका प्रहरी जवान दानीलाई सर्लाहीको लालबन्दीस्थित मोडेल अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि एलएस न्युरो अस्पताल बारा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिएका छन्।
दानी मलङ्गवा नगरपालिका(३ निवासी मुस्लिम आयोगका सदस्य मोहम्मद सम्सुल हकको पिएसओ रहेको प्रहरीले जनाएको छ। मृतक प्रहरी जवान दानी नेपाल प्रहरीको सशस्त्र प्रहरी गण नं। १ गुल्म नं। २ नक्साल काठमाडौंमा दरबन्दी रहेर मुस्लिम आयोगका सदस्य हकको पिएसओको रूपमा कार्यरत थिए।
ठक्कर दिने टिपर प्रहरी चौकी फूलजोर र चालक इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासको नियन्त्रणमा रहेका छन्। सर्लाहीमा केही दिनअघि मात्रै पूर्व पश्चिम राजमार्गस्थित बागमती नगरपालिका(१ मिलनचोकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको मृत्यु भएको थियो भने पछाडि सवार व्यक्ति घाइते भएका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२० जेठ । सरकारले यातायात व्यवसायीहरूसंग गरेको सहमति फिर्ता नभए आन्दोलन थप सशक्त बनाइने बताएका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा देशभर सार्वजनिक सवारी साधन ग्यारेजमै थन्क्याएर यातायात व्यवसायी, स्वरोजगार तथा मजदुरहरूले आन्दोलन जारी राखेका छन्। जेठ १९ गतेदेखि चरणबद्ध रूपमा सञ्चालन भइरहेको समितिले जनाएको छ।
संघीय सरकारसँग केही सहमति भएको भए पनि गण्डकी प्रदेश सरकारले उक्त सहमति अनुसार कार्यान्वयन नगरेको भन्दै आन्दोलन अझ सशक्त रूपमा अगाडि बढाइने चेतावनी समितिले दिएको छ।
समितिको संयुक्त बैठकको निर्णय अनुसार सुरु गरिएको आन्दोलनको क्रममा विभिन्न सञ्चारमाध्यमहरूबाट भ्रमपूर्ण समाचार सम्प्रेषण गरिएको भन्दै आन्दोलन कमजोर भएको भन्ने भ्रममा नपर्न समितिले आग्रह समेत गरेको छ।
समितिका अध्यक्ष विजय बहादुर स्वारद्वारा जारी विज्ञप्तिमा संघीय सरकारसँग हाल वार्ता र संवाद जारी रहेको र आन्दोलन यथावत् रहेको उल्लेख गरिएको छ।
“हामीले जारी गरेको आन्दोलन निरन्तर रहेकोले कुनै भ्रममा नपरी आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाउन देशभरका यातायात व्यवसायी, स्वरोजगार, मजदुर, कर्मचारीहरूमा आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।

साथै समितिले आन्दोलनका कार्यक्रम र नेपाल सरकारसँग भएको सम्भावित सहमति बारे संयुक्त पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जानकारी पनि दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस