असार १५ सम्मको प्रतिनिधिसभाको क्यालेन्डर सार्वजनिक

   जेठ १७, २०८२       admin

काठमाडौं,१६ जेठ। संघीय संसद् सचिवालयले असार १५ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक कार्यतालिका (क्यालेन्डर) सार्वजनिक गरेको छ।

शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले उक्त निर्णय गर्दै आगामी बैठकहरूको रूपरेखा तय गरेको हो। सो निर्णयअनुसार प्रतिनिधिसभाको अर्को बैठक जेठ २० गतेदेखि सुरु हुने तय भएको छ।

संसद् सचिवालयका अनुसार सार्वजनिक गरिएको कार्यतालिकामा प्रतिनिधिसभाका विविध विधेयक र एजेन्डाहरू क्रमबद्ध रूपमा समेटिएका छन्। संसद्मा प्रस्तुत गरिने कानुन संशोधन, बजेटसम्बन्धी छलफल तथा अन्य विधेयकहरूलाई प्राथमिकता दिइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

५ लाख भा.रु.सहित दाङकी महिला र भारतीय नागरिक पक्राउ

   जेठ १७, २०८२       admin

दाङ,१६ जेठ । भारतीय रुपैयाँसहित दाङकी एक महिला र भारतका एक नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दाङको साबिक पुरन्धारा गाविस–१ की २६ वर्षीया साईना नेपाली र भारतको लखनउका ४० वर्षीय निरज चौरसिया रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनीहरू रुपैडिया नाकाबाट UP32LV 6389 नम्बरको कारमार्फत शंकास्पद रूपमा नेपाल प्रवेश गर्ने क्रममा पक्राउ परेका हुन्।

प्रहरीले चेकजाँच गर्दा कारबाट ५ सय दरका छसय थान र २ सय दरका १ हजाए थान गरी जम्मा ५ लाख भारतीय रुपैयाँ फेला परेको थियो।

उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दीपक पातलीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मोटरसाइकल र अटो एकआपसमा ठोकिँदा एकजनाको मृत्यु

   जेठ १७, २०८२       admin

सल्यान,१६ जेठ । मोटरसाइकल र अटो एकआपसमा ठोकिँदा सल्यानमा एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।  

जिल्लाको वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ सल्लीबजारबाट बालुवा संग्रहीतर्फ जाँदै गरेको भे १ ह ९९३० नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको भे १० प ८३८३ नम्बरको मोटरसाइकल अम्रा नजिकै एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

बिहीबार राति भएको उक्त दुर्घटनामा परी मोटरसाइकलमा सवार बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ का २१ वर्षका नवीन राणाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार मोटसाइकल चालक बन्गाड कुपिण्डे नगरपालिका–५ का २१ वर्षका सविन राना गम्भिर घाइते भएका छन्।

गम्भिर घाइते भएका दुवैलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि नेपालगन्ज लगिएकोमा नवीनको भेरी अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए । उनका अनुसार घाइते सविनको नेपालगन्जस्थित नेसनल अर्थोपेडिक अस्पतालमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले अटो चालक गुर्वाकोट नगरपालिका–३ सुर्खेतका २८ वर्षका ढाकवीर कामीलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आलमलाइ सफाइ दिने न्यायाधीशविरुद्ध उजुरी

   जेठ १७, २०८२       admin

काठमाडौं, १६ जेठ । रौतहट बम विस्फोट प्रकरणमा कांग्रेसका पूर्वसांसद मोहम्मद आफ्ताब आलमलाई सफाइ दिने न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध छानबिनको माग गर्दै न्यायपरिषद्मा उजुरी परेको छ।

युवराज पौडेलले दिएका उजुरीमा उनीहरूको कार्यक्षमता र विगतका फैसलामाथि प्रश्न उठाउँदै निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग गरिएको छ।

जिल्ला अदालतले दोषी ठहर गरेपनि उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले आलमसहितलाई सफाइ दिएको थियो। मिसिलमा भएका प्रमाणलाई बेवास्ता गर्दै फैसला गरिएको भन्दै न्यायाधीशहरूमाथि कारबाहीको माग गरिएको हो।

न्यायपरिषद् ऐनअनुसार खराब आचरण वा कार्यक्षमताको अभाव देखिएमा न्यायाधीशमाथि छानबिन हुनसक्छ। फैसलापछि न्यायाधीशद्वयको भूमिकामाथि तीव्र आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पत्रकार तथा साहित्यकार चालिसेको निधन

   जेठ १७, २०८२       admin

काठमाडौं,१६जेठ । पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन भएको छ। प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष समेत रहेका चालिसेको शुक्रबार बिहान ७४ वर्षको उमेरमा निधन भएको हो।

उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो भने गोकर्णेश्वर घाटमा आजै अन्त्येष्टि गरिँदैछ ।

उनी गोरखापत्र दैनिकका पूर्वसम्पादक समेत थिए । चालिसे प्रेस स्वतन्त्रताको पक्षमा दृढ रुपमा उभिने एक अग्रणी व्यक्तित्वका रूपमा समेत चिनिन्छन् ।

चालिसे नेपाली साहित्य, पत्रकारिता र सामाजिक चेतनाको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका थिए । चालिसे नेपाली साहित्य र पत्रकारिता क्षेत्र उतिकै सक्रिय थिए

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

संसद अवरोध हटाउन परामर्श समितीको बैठक

   जेठ १७, २०८२       admin

काठमाडौं १६ जेठ । सभामुख देवराज घिमिरेले मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । यो छलफल लगत्तै उनले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

छलफल तथा बैठक संसदको अवरोध हटाउने र बजेट माथिको छलफलको समय निर्धारण गर्ने उद्देश्यले आयोजना गरेको सभामुखको सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुले भिजिट भिसा अनियमितता प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत मुछिएको भन्दै उनको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएका छन् ।

जेठ १५ गते बजेट प्रस्तुत गर्न दिएका विपक्षी दलहरुले आजबाट अवरोधको कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् । त्यसैले संसदको अवरोध हटाउन सभामुख घिमिरे सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बाढीले डाइभर्सन बगाउँदा आवागमन पुर्ण अवरुद्ध

   जेठ १७, २०८२       admin

दाङ ,१६ जेठ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुम्किवास र दाउन्नेमा निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएको छ। विनयी त्रिवेणी गाउँपालिकास्थित दुम्किवासमा रहेको विनयी खोलाको डाइभर्सन बगाएपछि नारायणघाट–बुटवल सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो।

नवलपरासीका जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार बिहीबार रातिको भारी वर्षापछि वैकल्पिक सडक बगाएको हो। अहिले नयाँ डाइभर्सन बनाउन काम थालिएको छ तर सडक खुल्न अझै केही समय लाग्ने उनले बताएका छन्।

त्यसअघि, पाँच दिनअघि मात्रै बर्दघाट बजारबाट करिब ५ किलोमिटर पूर्वतिर खुर्सानी खोलामा बनाइएको अर्को वैकल्पिक सडक पनि बाढीले बगाइसकेको थियो। बाढीले तरकारी बोकेको एउटा पिकअप गाडी बगाएको भए पनि मानवीय क्षति भने हुन पाएन।

सडक अवरुद्ध भएपछि यात्रुहरू बाटोमै अलपत्र परेका छन्।

यसबाहेक, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्रभित्र पर्ने चोरमारा पुल वैशाख २९ गते र दुम्किवास पुल पुस २६ गते भाँचिएका थिए। पुल भाँचिएपछि खोलामै डाइभर्सन बनाएर सवारीसाधन चलाइँदै आएको थियो, जुन अहिलेको बाढीले फेरि बगाइदिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राजसंस्था समर्थकले आज पनि प्रदर्शन गर्ने

   जेठ १७, २०८२       admin

काठमाडौं,१६ जेठ । राजसंस्था समर्थकहरुले आज पनि प्रदर्शन गर्ने भएका छन्। उनीहरूले राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शनको तयारी गरेका हुन्।

राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाको मागसहित राजावादी समूहले बिहीबार शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरूले संघीयता खारेज गर्नुपर्ने माग पनि राखेका छन्। अनिश्चितकालीन आन्दोलनमा रहेका यी समूहमा राप्रपा, राप्रपा नेपाललगायत विभिन्न हिन्दुवादी र राजावादी संघ–संस्थाहरू सक्रिय छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रेस युनियनको स्थापना दिवसमा ७५ जनाको स्वास्थ्य परीक्षण

   जेठ १६, २०८२       admin

दाङ,१५ जेठ। नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा पत्रकारहरुको स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। प्रेस युनियन दाङ शाखाले जिल्लामा कृयाशिल पत्रकारहरु नि:शुल्क स्वास्थ्य परिक्षण गरेर स्थापना दिवस मनाएको हो।

कार्यक्रम नेपाल प्रेस युनियन दाङ शाखाका अध्यक्ष नारायण खड्काको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री माननीय दिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय दाङ, राप्ती प्रादेशिक अस्पताल तथा रक्तसञ्चार केन्द्र तुलसीपुरको प्राविधिक सहयोगमा ७५ जना पत्रकार तथा सञ्चारकर्मीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो भने ८ जनाले रक्तदान गरेका थिए।

पत्रकार बलियो बने लोकतन्त्र र गणतन्त्र बलियो बन्छ: पुर्व मुख्यमन्त्री चौधरी
यसैबीच लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री माननीय डिल्ली बहादुर चौधरीले पत्रकार बलियो भएमात्र लोकतन्त्र र गणतन्त्र बलियो बन्ने बताएका छन् ।

नेपाल प्रेस युनियन दाङ शाखाले आयोजना गरेको पत्रकार स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रममा बोल्दै उनले पत्रकारिता मुलुकको लोकतान्त्रिक यात्रा र गणतन्त्र स्थापनाको मूल आधार भएको भन्दै पत्रकार स्वस्थ्य र निरोगी बन्न जरुरी रहेको बताएका हुन् ।


‘मुलुकमा लोकतन्त्र, प्रजातन्त्र ल्याउने, गणतन्त्र स्थापनामा जनचेतना जगाउने, अनि अहिले पनि लोकतन्त्रको निगरानी गर्ने काम पत्रकारले गरिरहेका छन्। उनले भने त्यसैले पत्रकार बलियो भए मात्र प्रजातन्त्र बलियो हुन्छ।’

कार्यक्रममा प्रमुख अतिथि चौधरीले प्रेस युनियन मुलुकको परिवर्तनको संवाहक भएको बताए। पत्रकारिताको संस्थापक, लोकतन्त्र स्थापनानै प्रेस युनियनले गरेको भन्दै देश जोगाउने संस्थाको रूपमा प्रेस युनियन रहदै आएको उनले बताएका थिए।

कार्यक्रममा राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले जनताको आवाज बोकेर हिँड्ने पत्रकारहरु स्वस्थ स्फुर्त हुनुपर्ने कुरालाई ध्यानमा राख्दै अस्पतालले स्वास्थ्य परीक्षण कार्यक्रममा साझेदारी जनाएको बताए।

उनले आगामी दिनमा पनि पत्रकार र पत्रकारिता क्षेत्रको हक हितका लागि अस्पतालको तर्फबाट निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

त्यसैगरी, जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले ७० प्रतिशत नागरिकमा मुटु, मधुमेह, उच्च रक्तचाप र मृगौलासम्बन्धी समस्या देखिँदै आएको जानकारी दिए।

विशेषगरी मृगौला सम्बन्धी समस्या अत्यन्त जटिल रूपमा रहेको बताउँदै उनले भने- “मृगौलाको लक्षण मृगौलाले काम गरिरहेसम्म देखिँदैन। जब मृगौलाले काम गर्न छाड्छ, तबमात्र समस्या देखिन्छ। त्यसैले समयमै स्वास्थ्य परीक्षण गर्नु आवश्यक हुन्छ।”
उनले पत्रकारहरुको स्वास्थ्य परीक्षण कार्यक्रम गरिनु सकारात्मक पहल भएको उल्लेख गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतम, केन्द्रीय सदस्य नारायणी रजौरे, प्रेस चौतारी दाङ अध्यक्ष सुधासुमन ढकाल, प्रेस सेन्टर लेखा समिति सदस्य राकेश बस्नेत लगायतले नेपाल प्रेस युनियनले लोकतन्त्र र गणतन्त्रको संस्थागत विकासमा खेलेको भूमिकाको चर्चा गरेका थिए।

कार्यक्रमको स्वागत नेपाल प्रेस युनियन दाङ जिल्ला वरिष्ठ उपाध्यक्ष गोपाल शर्मा भट्टराईले गरेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन प्रेस युनियनका केन्द्रीय सदस्य चेतन रेग्मीले गरेका थिए भने कार्यक्रमको सहजीकरण सहसचिव उमा भण्डारीले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा दुई अटो आपसमा ठोक्किँदा ५ जना घाइते

   जेठ १६, २०८२       admin

दाङ, जेठ १५ । दाङको तुलसीपुर उपमहानगरपालिका अटो एकआपसमा ठोक्किदा पाँचजना घाइते भएका छन् ।तुलसीपुर उपमहानगरपालिका –८ भम्केखोलामा दुई अटो आपसमा ठोक्किँदा ५ जना घाइते भएका हुन् ।
आज दिउँसो १२ बजे बालपुरबाट तुलसीपुरतर्फ गइरहेको रा १ ह ३७९३ नम्बरको अटो र विपरीत दिशाबाट आइरहेको लु.प्र.०२–००१ ह ०५४० नम्बरको अटो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

प्रत्यक्षदर्शीका अनुसार, रा १ ह ३७९३ नम्बरको अटोलाई विपरीत दिशाबाट आएको घोडाले झुक्याउन खोज्दा तीव्र गतिमा रहेको उक्त अटो सिधै अर्को अटोमा ठोक्किएको थियो।

दुर्घटनामा परेर घाइते भएका पाँचै जनाको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते हुनेहरूमा दंगिशरण गाउँपालिका–५ का ४५ वर्षीय सुमन चौधरी, अटो चालक, सोही ठाउँका ४२ वर्षीय भदि वली, लु.प्र.०२–००१ ह ०५४० नम्बरको अटो चालक दंगिशरण गाउपालिका–५ का ४२ वर्षीय टोप बहादुर भण्डारी, सोही अटोमा सवार २७ वर्षीय प्रलाद चौधरी र ६० वर्षीय घोडा चालक आइतराम चौधरी रहेका छन्। सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रहरी चौकी भम्केखोलाबाट प्रहरी निरीक्षक दिनेश बि.सी.को नेतृत्वमा खटिएको टोलीले दुवै अटो नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology