एजेन्सी । अमेरिकी टेक अर्बपति तथा टेस्लाका सह-संस्थापक एलन मस्कले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँगको आफ्नो कार्यकाल समाप्त भएको घोषणा गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) मार्फत् यसबारे जानकारी दिएका हुन्।
सन् २०२५ को जनवरीमा डोनाल्ड ट्रम्प फेरि ह्वाइट हाउस फर्किएपछि उनले सरकारी खर्च कटौतीका लागि एलन मस्कलाई विशेष जिम्मेवारी दिएका थिए। मस्कलाई सरकारी दक्षता विभाग (Department of Government Efficiency – DOGE) को नेतृत्व सुम्पिएको थियो।
मस्कले बिहीबार एक्समा लेखेका छन्, “विशेष सरकारी कर्मचारीको रूपमा मेरो कार्यकाल समाप्त हुँदै गर्दा, म राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मलाई अनावश्यक खर्च कम गर्ने अवसर दिएकोमा धन्यवाद दिन चाहन्छु।”
DOGE विभाग मार्फत् मस्कले सरकारी खर्च कटौती, कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन तथा नवीन प्रविधिको प्रयोग गरेर सरकारी प्रणालीमा सुधार ल्याउने प्रयास गरेका थिए।
हाल मस्क आफ्नो निजी व्यवसायहरू—टेस्ला, स्पेस एक्स, न्युरालिंक, र एक्स प्लेटफर्म—प्रति केन्द्रित छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१५ जेठ । नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा दाङ शाखाले बिहीबार दिउँसो तुलसीपुरमा पत्रकारका लागि निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।
तुलसीपुरस्थित ‘ द पार्क क्याफे’मा दिउँसो २ बजेपछि आयोजना गरिने निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम जिल्ला जनश्वास्थ्य कार्यालय दाङ, रक्त सञ्चार केन्द्र तुलसीपुर र राप्ती प्रादेशिक अस्पतालको प्राबिधिक सहयोगमा सञ्चालन हुन थालेको हो ।
त्यसअवशरमा नसर्ने रोगहरुको निशुल्क परीक्षण, मृगौला परीक्षण, रक्तचाप परीक्षण, ब्लड ग्रुपको पहिचानका साथै रक्त दान कार्यक्रम पनि आयोजना गरिएको नेपाल प्रेस युनियन दाङले जानकारी दिएको छ ।
समाजलाई सुशुचित गर्न संधै सूचना सम्प्रेसनमा ब्यस्त रहने पत्रकारहरुको स्वास्थ्य अवस्था बारे थाहाँ होस भनेर बिभिन्न संघ संस्थाको सहयोगमा निशुल्क स्वास्थ्य परीक्षण आयोजना गरिएको नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काले जानकारी दिए ।
अध्यक्ष खड्का जिल्लामा क्रियासिल सम्पूर्ण पत्रकारलाई अवशरको लाभलिन आग्रहपनि गरेका छन् ।
नेपाल प्रेस युनियन दाङ शाखाले साता ब्यापी रुपमा आफ्नो स्थापना दिवस मनाउने क्रममा जेठ १३ गेत बिहान घोराहीमा पत्रकारहरुका बीचमा मैत्रीपूर्ण फूटसल प्रतियोगिता सम्मपन्न गरेको थियो ।
सोही दिन बेलुका तुलसीपुर, घोराही र लमहीमा दीप प्रज्वलन पनि गरेको थियो । जेठ १४ गते लमही अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको थियो ।
नेपाल प्रेस युनियन दाङ शाखाले सोही सिलशिलामा बिहीबार दिउँसो तुलसीपुरमा पत्रकारहरुको निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको हो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १५ जेठ। दाङबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस नागढुंगामा दुर्घटनामा परेको छ। काठमाडौंको नागढुंगा–नौबिसे सडकखण्डअन्तर्गत नागमन्दिर नजिक बस पल्टिँदा तीन जना यात्रु घाइते भएका छन्।
लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस आज बिहान पौने तीन बजे सडकको नालीमा खसेको हो। उकालोमा ब्रेक नलागेपछि बस ब्याक भएर नालीमा खसेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा रोल्पाको परिवर्तन गाउँपालिकाकी २५ वर्षीया रोशनी घर्तीमगर गम्भीर घाइते भएकी छन्। उनको उपचारका लागि कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा लगिएको छ। अन्य दुई जना सामान्य घाइते भएका छन्, जसलाई सिसाले काटेको बताइएको छ।
बस नालीमा खसेपछि नागढुंगा सडकखण्डमा सवारी जाम भएको छ। दुर्घटनाग्रस्त बस हटाउन क्रेन पठाइएको छ, तर सडक सुचारु हुन अझै केही घण्टा लाग्न सक्ने अनुमान गरिएको छ।
यसअघि धादिङको थाक्रेमा पुलमा भ्वाङ परेपछि सडक अवरुद्ध भएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१५ जेठ। देशमा पश्चिमी र स्थानीय वायुको प्रभावसँगै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव सक्रिय रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा आज राति भारी वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायतका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहँदै पहाडी क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
राति गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाले पहाडी तथा हिमाली क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, १५ जेठ । पूर्वमन्त्री तथा नेकपा (एमाले) नेता लालबाबु पण्डितलाई पत्नि शोक परेको छ। पण्डितकी धर्मपत्नी विमला महतको निधनले उनी शोकमा परेका छन् ।
पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै उनकी श्रीमती विमलाको गए राति १२:४५ बजे निधन भएको पुष्टि गरेका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचाररत ६० वर्षीया महतको निधन भएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, १५ जेठ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने भएका छन्।
दिउँसो ३ बजे बस्ने संयुक्त बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री पौडेलले बजेट पेस गर्ने कार्यक्रम तय गरिएको संसद् महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिए। बैठकका लागि संसद् सचिवालयले दुवै सदनका सांसदहरूलाई दिउँसो २:४५ बजेभित्र प्रतिनिधिसभा बैठककक्षमा उपस्थित हुन अनुरोध गरेको छ।
बजेट पेस हुनु अघि दिउँसो १:३० बजे प्रतिनिधिसभाको बैठक बस्नेछ। उक्त बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र वाचन गर्ने र अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।
यसैगरी, राष्ट्रिय सभाको बैठक दिउँसो १:४५ बजे बस्नेछ। सो बैठकमा पनि अर्थमन्त्री पौडेलले ‘आव २०८२/०८३ को आर्थिक सर्वेक्षण’ पेस गर्ने सम्भावित कार्यतालिका सार्वजनिक गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १४ जेठ । दाङको तुलसीपुरमा गलेको अवस्थामा भेटिएको शवको सनाखत भएको छ। तुलसीपुर उपमहानगरपालिका–३ स्थित सिरखोलाको झाडीमा बुधबार बिहान फेला परेको गलेको अवस्थामा रहेको शवको सनाखत गरिएको छ।
शव तुलसीपुर–६ हात्तिखौवाका ४४ वर्षीय हरिश चन्द्र बस्नेतको भएको पुष्टि भएको छ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनिल ठकुरीका अनुसार मृतक बस्नेतको सनाखत उनका छोरा ऋषिकृष्ण बस्नेतले गरेका हुन्।
प्रहरीका अनुसार मृतक बस्नेत जेठ ६ गते बिहान घरबाट कसैलाई केही नबताई निस्किएका थिए। त्यसपछि उनी परिवारको सम्पर्कमा थिएनन्।
शवको अवस्था निकै गलेको रहेकाले पहिचानमा कठिनाइ भएको प्रहरीले जनाएको छ। टाउको र खुट्टा छुट्टिएको अवस्थामा फेला परेको शव डेढ महिना अगाडि नै मृत्यु भएको अनुमान गरिएको थियो।
घटनास्थल नजिकैको बंगुर फार्ममा काम गर्ने व्यक्तिले बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले शवलाई राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको जनाएको छ। मृत्युको कारणबारे हालसम्म स्पष्ट जानकारी नआएको र आवश्यक अनुसन्धान प्रक्रिया जारी रहेको डिएसपी ठकुरीले जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१४ जजेठ । नेपाली चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित भएको छ । भोलि (विहिबार) देखि प्रर्दशनको तयारीमा रहेको चलचित्र तत्कालका लागि रोकिएको हो ।
निर्देशक दिनेश राउतका अनुसार देशको विषम परिस्थितीको कारणले तत्काललाई प्रदर्शन रोकिएको हो । ‘हामीले उपयुक्त समयमा प्रदर्शन गर्ने तयारी गरेका छौं’ राउतले भने ।
यो चलचित्र प्रदर्शन हुने दिन विहिबारदेखि सत्तारुढ र राजावादी समूहले प्रदर्शनको आयोजना गरिरहेका छन् । यो पृष्ठभूमिमा निर्माताले रिलिज रोक्ने निर्णय गरेका हुन् ।

निर्माताले केहीबेरमा प्रदर्शन स्थगित भएको औपचारिक जानकारी दिनेछन् । नयाँ प्रदर्शन मिति भने तय नभैसकेको निर्देशक राउतले जानकारी दिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१४ जेठ। लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङलाई पदमुक्त गर्न जनमत पार्टी संसदीय दलले माग गरेको छ। संसदीय दलका नेता चन्द्रकेश गुप्ताले मंगलबार सभामुख तुलाराम घर्तीलाई पत्र पठाउँदै गुरुङलाई प्रदेशसभा बैठकमा लगातार १० पटक अनुपस्थित रहेकाले पद रिक्त घोषणा गर्न अनुरोध गरेका हुन्।
गुरुङ साढे दुई महिनादेखि बिना सूचना बेलायतमा बस्दै आएकी छिन्। वैशाख ३० गते उनले हस्तलिखित राजीनामा पत्र सार्वजनिक गरेकी थिइन् तर त्यो पत्र विधिवत् रूपमा प्रदेश सभामा पेश गरिएको छैन।
प्रदेश सभा सचिवालयका अनुसार छैठौँ अधिवेशनका ११ वटा बैठकमध्ये कुनैमा पनि गुरुङ सहभागी भएकी छैनन्। नेपालको संविधानको धारा १८० को खण्ड (घ) अनुसार प्रदेशसभालाई जानकारी नदिई लगातार दशवटा बैठकमा अनुपस्थित रहेमा सदस्यको स्थान रिक्त हुने व्यवस्था छ।
यसै आधारमा प्रदेश सभा नियमावली २०७९ को नियम १९० को उपनियम १ अनुसार सभामुखले स्थान रिक्त भएको जानकारी सभामा गराउने तयारी भएको सचिवालयले जनाएको छ। यो जानकारी बुधवारको बैठकमा प्रस्तुत गरिनेछ।
गुरुङ लुम्बिनी प्रदेश सभामा सबैभन्दा कम उपस्थिति हुने सदस्य हुन्। पाचौँ अधिवेशनसम्म सम्पन्न ८३ बैठकमध्ये उनी केवल ३४ बैठकमा मात्र उपस्थित भएकी थिइन्। छैठौँ अधिवेशनका १० बैठकमा निरन्तर अनुपस्थित रहेकाले प्रदेशसभा सचिवालयले उनको पद रिक्त गर्ने प्रक्रिया अघि बढाएको हो। लुम्बिनी प्रदेश सभामा हाल ८७ जना सदस्य रहेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
पचरौता,१४ जेठ । भारतको रक्सौलबाट बालकको उपचार गराएर फर्किंदै गर्दा पचरौता नगरपालिका–१ पिपरपातीका एकै परिवारका तीन जनाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ। दुर्घटनामा पाँच महिनाको बालक, उनकी २० वर्षीया आमा र ५० वर्षीया हजुरआमाको ज्यान गएको हो।
मंगलबार राति भारतको छौडादानो क्षेत्रको बखरी गाउँ नजिक सडकमा निर्माणका लागि खनिएको खाल्डोमा मोटरसाइकल पल्टिएर दुर्घटना भएको हो। दुर्घटनामा परेर बालक दिब्यांश साह, उनकी आमा रेश्मी देवी र हजुरआमा राजकुमारी देवीको घटनास्थलमै मृत्यु भएको पचरौता नगरपालिकाले जनाएको छ।
दुर्घटनाका बेला मोटरसाइकल चलाइरहेका २५ वर्षीय धर्मराज साह गम्भीर घाइते भएका छन्। छोरा दिब्यांशको उपचारका लागि पत्नी र आमा सहित रक्सौल गएका धर्मराज फर्किने क्रममा दुर्घटनामा परेका थिए।
घाइते धर्मराजको हाल भारतको मोतिहारी अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरमा गम्भीर चोट लागेकाले थप उपचारका लागि आर्थिक संकट परेको परिवार स्रोतले जनाएको छ।
साह परिवारको कमजोर आर्थिक अवस्थालाई ध्यानमा राख्दै विभिन्न सामाजिक संघ–संस्थाले सहयोग संकलन सुरु गरेका छन्। पचरौता नगरपालिकाका नगर प्रमुख जलान्धर सिंहले घाइते धर्मराज साहको उपचारमा सहयोगस्वरूप एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस