माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता

   जेठ १३, २०८२       admin

काठमाडौँ, १२ जेठ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (गंगानारायण श्रेष्ठ समूह) बीच पार्टी एकता भएको छ।

सोमबार आयोजित विशेष कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु र नेसपा समूहका नेता गंगानारायण श्रेष्ठले एकता तथा समायोजन सम्बन्धी सहमतिमा हस्ताक्षर गरेका छन्।

एकता घोषणासभामा माओवादी महासचिव देव गुरुङले दुवै पक्षबीच पाँच बुँदे सहमति भएको जानकारी दिए। सहमतिअनुसार एकीकृत पार्टीमा गंगानारायण श्रेष्ठलाई सचिवको जिम्मेवारी दिइएको छ।

श्रेष्ठ झण्डै एक दशकअघि डा। बाबुराम भट्टराईसँगै तत्कालीन माओवादी पार्टी त्यागेर नयाँ शक्ति नेपालमा प्रवेश गरेका थिए। त्यसपछि संघीय समाजवादी फोरम, जनता समाजवादी पार्टी हुँदै नेपाल समाजवादी पार्टीसम्म पुगेका श्रेष्ठसहित १७ जना केन्द्रीय कार्यकारिणी सदस्य र करिब १०० जना केन्द्रीय सदस्य पुनः माओवादी केन्द्रमा फर्किएका हुन्।

२०७२ सालमा माओवादी पार्टी त्यागेका डा। भट्टराई नेतृत्वको समूहले २०८० चैत ३ गते माओवादी केन्द्रसँग एकता गर्ने तीन बुँदे सहमति गरेको थियो।

तर अध्यक्ष महिन्द्र राय यादवको रुचि नदेखिएपछि गंगानारायण श्रेष्ठ नेतृत्वको समूह मात्र माओवादीमा समाहित भएको हो। संसदमा भने यादव माओवादी सांसदकै रूपमा चिनिन्छन्, किनभने उनले माओवादीको चुनाव चिन्हबाटै निर्वाचन जितेका थिए। यसैबीच, माओवादी केन्द्रले विजय सैजु नेतृत्वको नेवा राष्ट्रिय पार्टीसँग पनि आजै पार्टी एकता गर्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सशस्त्र प्रहरीले दुःख दिएको भन्दै कृष्णनगर बजार बन्द

   जेठ १३, २०८२       admin

काठमाडौँ,१२ फागुन। नेपाल–भारत सीमावर्ती बजार कृष्णनगर सोमबार भन्द भएको छ । कृष्णनगर उद्योग वाणिज्य संघको आह्वानमा कृष्णनगर बजार बन्द भएको हो । सशस्त्र प्रहरीले कृष्णनगर आसपासका सर्वसाधारण, साना व्यवसायी र व्यापारीलाई अनावश्यक दुःख दिएर ज्यादती गरेको आरोप लगाउँदै सोमबार बजार बन्द गरेको संघका अध्यक्ष रितेश शर्माले बताए ।

बजार पूर्ण रुपमा बन्द छ । निजी र भाडाका सवारी चलेका छैन । बजार बन्द हुँदा सीमावर्ती बजार कृष्णनगर सुनसान छ ।

केही दिनदेखि कृषकले मलखाद, बिहेबारीका सामान र खुद्रे व्यवसायीले मालसामान ल्याउँदा सशस्त्र प्रहरीले जाँचका बहानामा पक्राउ गर्दै भन्सार बुझाएर अनावश्यक कष्ट दिँदै आएकाले बाध्य भएर विरोधमा उत्रनुपरेको अध्यक्ष शर्माले बताए ।

सशस्त्र प्रहरीको कार्यशैलीको विरोधमा व्यवसायीले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएको जनता समाजवादी पार्टी कृष्णनगर नगर कमिटीका अध्यक्ष जगदीश चौधरीले बताए ।

गत जेठ ९ गते बहादुरगंजमा तस्करीको आशंकामा ३२ बोरा युरिया मल सशस्त्र प्रहरीले बरामद गरेपछि अहिले विरोध भइरहेको सशस्त्र प्रहरी बल २८ नम्बर गणका गणपति सशस्त्र उपरीक्षक नेत्र केसीले बताए । उक्त युरिया मल सशस्त्रकै गाडीबाट स्थानीयले झिकेर बाटोमा छरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

माओवादी केन्द्र र नेसपा बीच पार्टी एकता घोषणा आज

   जेठ १३, २०८२       admin

काठमाडौं, १२ जेठ। नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच आज पार्टी एकता घोषणा हुँदैछ। पार्टी एकता घोषणा कार्यक्रम ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११:३० बजे सुरु हुने छ।

अध्यक्ष महेन्द्र राय यादव एकताको प्रक्रियाबाट पछि हटेपछि श्रेष्ठले प्रक्रिया अघि बढाएका हुन्। श्रेष्ठले २९ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा १७ जना र १६० सदस्यीय केन्द्रीय समितिमा ९९ जना आफ्नो पक्षमा रहेको दाबी गरेका छन्।

गत निर्वाचनमा यादव नेतृत्वको नेसपाका उम्मेदवारहरूले माओवादी केन्द्रको चुनाव चिन्ह प्रयोग गरेर चुनाव लडेका थिए। त्यतिबेलै दुवै पार्टीबीच एकताको प्रारम्भिक सहमति भएको थियो। तर, यादव पछि हटेको भन्दै श्रेष्ठले एकताको प्रक्रिया अगाडि बढाएका हुन्।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरूले सम्बोधन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

चीन पुगेकी पुर्व राष्ट्रपति भण्डारीले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने

   जेठ १३, २०८२       admin

काठमाडौं,१२ जेठ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज चीनको राजधानी बेइजिङमा आयोजित अन्तर्राष्ट्रिय संवाद कार्यक्रममा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दैछिन।

गत शनिबार राति प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेकी भण्डारीको आइतबार बिहान बेइजिङमा सरकार प्रमुख सरह भव्य स्वागत गरिएको थियो।

१० दिने भ्रमणका क्रममा उनले सोमबार र शुक्रबार दुई वटा महत्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। आजको कार्यक्रम चीनका विभिन्न छिमेकी राष्ट्रहरूबाट आएका राजनीतिक दलका प्रतिनिधिहरूबीच संवादका लागि आयोजना गरिएको हो।

सो कार्यक्रममा भण्डारीले प्रमुख अतिथि भएर बेइजिङको स्थानीय समयअनुसार सोमबार बिहान मन्तव्य दिनेछिन ।

यस्तै, आउँदो शुक्रबार नागरिकस्तरको अनुभव आदानप्रदान र पारस्परिक सिकाइसम्बन्धी चौथो संवाद कार्यक्रममा समेत उनले प्रमुख अतिथिका रूपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय भएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मृत भेटिइन् रोशनी शाही

   जेठ १२, २०८२       admin

काठमाडौँ, ११ जेठ। भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छन्। बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरी बस्दै आएकी शाही आइतबार दिउँसो १स्५० बजे कोठाभित्रै मृत फेला परेको प्रहरी जनाएको छ।

शाही बलात्कार आरोपमा मुछिएका पूर्वसभामुख कृष्णबहादुर महरा प्रकरणकी पीडित हुन्। सो मुद्दामा पछि महरा अदालतबाट सफाइ पाएका थिए।

भक्तपुरका प्रहरी प्रमुख ९एसपी० माधव बुढाथोकीका अनुसार, कोठाको ढोका भित्रबाट चुकुल लगाइएको अवस्थामा थियो र शव कोठाभित्रै भेटिएको हो। घटनास्थलबाट सुसाइड नोट पनि बरामद गरिएको छ। यद्यपि, शवमा कुनै बाह्य चोटपटक देखिएको छैन।

शाहीको स्थायी घर जाजरकोट रहेको छ। उनका छोराछोरी विदेशमा छन् भने श्रीमान् भने कामको सिलसिलामा उपत्यका बाहिर रहेको प्रहरीले जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सर्वोच्च अदालतद्वारा रवि लामिछानेको आदेशमा ‘टाइप’ त्रुटि सच्याइयो

   जेठ १२, २०८२       admin

काठमाडौं, ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसम्बन्धी बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले अघिल्लो आदेशमा भएको टाइप त्रुटि सच्याएको छ।

न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसम्बन्धी बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै ‘थुनामै पठाउने’ आदेश जारी गरेको थियो। तर उक्त आदेशको चौथो हरफमा ‘आदेश’ भन्नुपर्ने ठाउँमा ‘फैसला’ उल्लेख गरिएको थियो।

यो टाइप त्रुटिका कारण लामिछानेको तर्फबाट आदेश सच्याइदिन सर्वोच्चमा निवेदन पेश गरिएको थियो। न्याय प्रशासन ऐन, २०७३ को दफा १८ (३) अनुसार सो निवेदनमा सर्वोच्चले सुनुवाइ गर्दै ‘फैसला’ शब्दलाई संशोधन गरी ‘आदेश’ कायम गरेको हो।

सर्वोच्चले भनेको छ, “शुक्रबार भएको आदेशको शिरखण्डको चौथो हरफमा ‘आदेश’ हुनुपर्नेमा टाइप गर्दा भुलवस ‘फैसला’ हुन गएकोले सो त्रुटिलाई सच्याइएको हो।”

लामिछाने बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा संलग्न रहेको अभियोगमा हाल भैरहवा कारागारमा थुनामा छन्।

जिल्ला अदालत रूपन्देहीले उनलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर सरकारी वकिल कार्यालयले उक्त आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता गरेको थियो। उच्च अदालतले धरौटी आदेश उल्टाउँदै लामिछानेलाई थुनामै राख्न निर्देशन दिएको थियो। सो आदेशलाई सर्वोच्चले समेत सदर गरेपछि अब मुद्दाको अन्तिम किनारा नलागेसम्म लामिछाने कारागारमै रहनेछन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विपद्बाट यसवर्ष २० लाख नागरिक प्रभावित हुने

   जेठ १२, २०८२       admin

काठमाडौँ, जेठ ११। यसवर्षको प्रि–मनसुन सुरु भएसंगै राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रस्तावित मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ तयार पारेको छ । उक्त कार्ययोजना तयार पार्दै प्राधिकरणले यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरेको छ ।

प्रभावितमध्ये १० प्रतिशत मानिसलाई उद्धार र राहत गर्नुपर्ने अवस्था आउनसक्ने आँकलनसहितको कार्ययोजना निर्माण गरिएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए।

“हामीले अबको मनसुनमा २० लाख मानिस प्रभावित हुने आँकलन गरेका छौँ, देशका सबै प्रदेश प्रभावित हुने छन्, त्यही अनुसारका तयारी गर्न क्षेत्रगत रूपमा जिम्मेवारी समेत तोकिएको छ”, उनले भने– “मौज्दात सामग्री के छ ? कति थप आवश्यक पर्दछ ? भन्ने सबै विषय आँकलन गरेर कार्ययोजना तयार पारेका हौँ ।”

यही जेठ १४ गते बस्ने गृहमन्त्री अध्यक्ष रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उक्त राष्ट्रिय कार्ययोजना पेस हुने जनाउँदै प्रवक्ता केसीले सोही बैठकबाट पारित भएपछि कार्यान्वयनमा जाने उल्लेख गर्नुभयो । उहाँका अनुसार केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म कार्य जिम्मेवारी तोकिएको छ ।

यसपाली प्रस्तावित कार्ययोजनामा हरेक एक÷एक महिनामा विपद्को अवस्थाका विषयमा अनुगमन, मूल्याङ्कन तथा समीक्षासमेत गर्ने योजना अघि सारिएको केसीले बताए ।

यही जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहनुका साथै अधिकतम तापक्रम र न्यूनतम तापक्रमसमेत देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिए।

उनका अनुसार यस मनसुन ऋतुमा कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।

सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभाग, लुम्बिनीको पश्चिमी भूभाग, गण्डकीको उत्तरपूर्वी भूभाग, बागमती र कोशी प्रदेशको उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।

साथै मधेसका पूर्वी तथा दक्षिणी भूभागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत र देशका बाँकी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कार्यकर्तालाई ओलीको निर्देशन: जेठ १५ मा काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ

   जेठ १२, २०८२       admin

काठमाडौं,११ जेठ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते राजावादीहरूले काठमाडौंमा गर्ने भनिएको आन्दोलनलाई पार्टीले सफल हुन नदिने चेतावनी दिएका छन्। आइतबार ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय वडाध्यक्षहरूको भेलामा बोल्दै उनले उक्त चेतावनी दिएका हुन्।

ओलीले राजावादीहरू देशमा आतंक फैलाउने प्रयासमा रहेको आरोप लगाउँदै भने, “यी तथाकथित राजावादीहरू केही पनि होइनन्, खाओवादी हुन्। सरकार र जनता अलिकति मौन बसेको मौका देखेर अनावश्यक फुर्तिफार्ती देखाएका छन्। एमाले मैदानमा उत्रिएपछि यिनीहरू कता जान्छन्, हेर्नुस्।”

उनले ‘हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो’ भन्ने नारा लगाउनेहरूलाई समेत कटाक्ष गरे। “वीरेन्द्र मरेको बेला तिनीहरू कहाँ थिए? प्राणभन्दा प्यारो हो भने त्यति ठूलो हत्या हुँदा किन बाँचिरहे? किन मरेनन्?” भन्दै ओलीले राजावादीहरुलाइ ढोंगीको संज्ञा दिए।

ओलीले आन्दोलनको नाममा साना स्वार्थ लिई राजनीतिक अस्थिरता सिर्जना गर्ने प्रयास भइरहेको उल्लेख गर्दै भने, “यीहरू कुनै उद्देश्यका लागि होइन, व्यक्तिगत स्वार्थका लागि सडकमा छन्। अब एमाले चुप लाग्दैन।”

प्रधानमन्त्री ओलीले एमाले नेता–कार्यकर्ताहरूलाई १५ गतेको लागि उच्च सतर्कतासाथ तयार रहन निर्देशनसमेत दिए। उनले भने, “भोलि वडाध्यक्षहरूको प्रशिक्षण सकिनेबित्तिकै तयारी थाल्नुस्। १५ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ।”

उनले थपे, “पार्टीले निर्देशन दिन्छ, त्यसपछि के गर्ने भन्ने ठ्याक्कै थाहा हुन्छ। आन्दोलनमा प्रोटोकल हुँदैन, सबै समान हुन्छन्। अगाडि बढ्नुस्, कुनै संस्था अगाडि, कुनै पछि भन्ने छैन। काठमाडौं हाम्रो नियन्त्रणमा हुनु आवश्यक छ।”

ओलीले पार्टी पंक्तिलाई संगठित र अनुशासित तरिकाले अगाडि बढ्न आह्वान गर्दै अन्त्यमा भने, “१५ गते कसले थाम्छ? कसले रोक्छ? त्यो हेर्न बाँकी छ। हामी तयार भएर अगाडि बढौं।”

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जिप दुर्घटना अपडेटःघाइतेहरुको विवरणसहित

   जेठ १२, २०८२       admin

दाङ,११ जेठ । सल्यानको कपुरकोटमा भएको जिप दुर्घटनाका घाइतेको परिचय खुलेको छ । राप्ती राजमार्ग अन्र्तगत कपुरकोट गाउँपालिका–३ लामीडाँडामा आइतबार दिउँसो साढे १ बजे उक्त दुर्घटना भएको थियो । दुर्घटना हुँदा लु१ ज१६३७ नम्बरको जिप सडकबाट करिब ४ मिटर तल खसेको हो।

सल्यान रिमबाट तुलसीपुरतर्फ गइरहेको जिप अनियन्त्रित भएर खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। दुर्घटनापछि सवारी साधन घटनास्थलमै रहेको र चालक प्रहरी नियन्त्रणमा रहेको छ। जिप चालक ३७ वर्षीय ज्ञानबहादुर महतारा कपुरकोट गाउँपालिका–५, रिमका बासिन्दा हुन्।

जिपमा चालकसहित १२ जना सवार थिए। तीमध्ये ९ जना घाइते भएका छन्। घाइतेहरूलाई राप्ती प्रादेशिक अस्पताल तुल्सिपुरमा उपचारका लागि पठाइएको थियो। अस्पतालमा भर्ना गरिएका ६ जनालाई थप उपचारका लागि दिउँसो ३ बजे नेपालगञ्ज रिफर गरिएको छ।

घाइते व्यक्तिहरूमा ६२ वर्षीया भीमा बुढा, ६७ वर्षीया मञ्जिता बोहरा, ३८ वर्षीय विजय बुढाथोकी, ४६ वर्षीया सिता बुढा, १५ वर्षीया सपना बुढाथोकी, ५५ वर्षीय गोरेलाल बोहरा, ४५ वर्षीया चन्द्रकला महतारा, १८ वर्षीया पुष्पा महतरा, र ८ वर्षीया रोशनी महतरा रहेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कपुरकोटमा जीप दुर्घटना : १३ जना घाइते

   जेठ १२, २०८२       admin

दाङ,११ जेठ । सल्यानमा जीप दुर्घटना भएको छ। दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । सल्यानको रिमबाट तुलसीपुर जाँदै गरेको लु १ ज १६३७ नम्बरको जिप कपुरकोट गाउँपालिका–३, सातबासमा दुर्घटना हुँदा १३ जना घाइते भएका हुन्।

दुर्घटनामा परेर ९ जना गम्भीर घाइते भएका छन् भने ४ जना सामान्य घाइते छन्। जिप सडकबाट करिब ५० मिटर तल खसेको बताइएको छ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुरमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology