प्रधानमन्त्रीको भूमिका प्रभावकारी भएन: काग्रेस प्रवक्ता महत 

   बैशाख १४, २०८२       admin

दाङ । नेपाली काग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले प्रधानमन्त्रीको भुमिका प्रभावकारी नभएको बताएका छन । देशका  दुई ठुला राजनीतिक शक्तिहरु मिलेर बनेको सरकारले जनताका गुनासालाई अपेक्षाकृत रुपमा सम्बोधन गर्न नसकेको भन्दै सरकार प्रति आलोचना गरे । काग्रेस नेता महतले प्रधानमन्त्रीले समन्वय , सन्तुलन मिलाउन नसकेको भन्दै आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु पर्ने बताए ।

प्रेस युनियन दाङले आइतवार घोराहीमा आयोजना गरेको पत्रकार भेटभाट कार्यक्रममा  नेता महतले सडकमा चलिरहेको शिक्षक आन्दोलन, गर्भनर नियुक्ति सुशासन कायम लगायतका विषयमा प्रधानमन्त्रीले सन्तुलन मिलाउन नसकेको, समन्वय र सहकार्य नगरेको आरोप छ ।काग्रेस नेता महतले संक्षम योग्य र अर्थतन्त्रलाई मार्गनिर्देश गर्ने गर्भनर नियुक्त हुनु पर्ने पक्षमा नेपाली काग्रेस रहेको भन्दै प्रधानमन्त्रीकै कारण गर्भनर नियुक्तीमा विलम्ब भएको बताए ।  सरकारले चाहे अनुसार काम गर्न नसक्दा जनतामा निरासा बढेको भन्दै नेता महतले राजनीतिक नेतृत्वले अनावश्यक आस्वासन बाँढदै हिड्न हनुने पनि बताए  । एक अर्को प्रसंगमा बोल्दै नेता महतले सहकारीमा साना बचतकर्ताको रकम अपचलन भएको भन्दै सम्वन्धीत व्यक्तिबाटै अशुलउपर गरी वचतकर्तालाई बचत फिर्ता गर्ने काममा सरकार लाग्नुपर्ने बताए  । पुर्वराजाले शक्ति आफ्नो हातमा लिने र मनोमानी गर्न खोजेकै कारण गणतन्त्र आएको स्मरण गर्दै नेता महतले पुनः राजा फर्काउने सम्भव नभएको जिकिर गरे ।

प्रेस युनियन दाङका उपाध्यक्ष गोपाल शर्मा भट्टराईको अध्यक्षता तथा उपाध्यक्ष पार्वती वस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रेस युनियन दाङका सचिव अमर क्षितिज भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सर्वोच्चले भन्यो : नतिजा ढिलाइ नगर्नू,१२को परीक्षा नसार्नू,३ दिन भित्र शिक्षकलाई विद्यालय फर्काउनु 

   बैशाख ११, २०८२       admin

काठमाडौं ।  सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकका जायज माग पूरा गरी ३ दिनभित्र स्कुल फर्काउने वातावरण सुनिश्चित गर्न सरकारको नाममा आदेश दिएको छ।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले शिक्षकका जायज माग सम्बोधन गर्न र आन्दोलनरत शिक्षकलाई ३ दिन दिनभित्र विद्यालय फर्किने वातावरण सुनिश्चित गर्न आदेश जारी भएको सर्वोच्च अदालतका प्रवक्ता एवं सह-रजिस्ट्रार अच्युत कुईंकेल बताए।  ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरु तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएको मितिले ३ दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको छ।

त्यस्तै देशभरका बालबालिकालाई नियमित रूपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगराउन आदेशमा भनिएको छ। त्यस्तै तत्काल आवश्यक र उपयुक्त प्रबन्ध गरी आन्दोलनरत शिक्षकका कारण एसईईको परीक्षाफल समयमा प्रकाशन हुन नसक्ने अवस्था सिर्जना हुन नदिन र कक्षा १२ को परीक्षा समयमा गर्न आदेश दिइएको छ। 
‘शिक्षक आन्दोलनका कारण कक्षा १२ को बोर्डको परीक्षा समयमा नभई लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको देखिँदा उक्त परीक्षा तोकिएको समयमा नै गर्ने, परीक्षा नसार्ने सार्न नलगाउने,’ आदेशमा भनिएको छ।
अधिवक्ता श्रवण कुमार चौधरीले बुधबार मन्त्रिपरिषद् कार्यालय, शिक्षा मन्त्रालय, संघीय संसद, शिक्षा विभाग र राष्ट्रिय परीक्षा बोर्डलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सेन्टर माविले सुरु गर्यो विद्यार्थी भर्ना

   बैशाख ११, २०८२       admin

दाङ । दाङको तुल्सीपुर उपमहानगरपालिका ६ मा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले विद्यार्थी भर्ना अभियान सुरु गरेको छ।  बुधबार देखि विद्यालयमा भर्ना सुरु गरिएको हो ।
भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम रोकेर शिक्षक महासंघको आयोजनामा काठमाडौ केन्द्रित भएर  शिक्षकहरू आन्दोलनमा रहेका छन । शिक्षकहरु आन्दोलनमै रहेको समयमा विद्यार्थीहरूको अधिकार र भविष्यलाई वञ्चित नगर्ने भन्दै  अभिभावक र विद्यालय ब्यबस्थापन समितिको दबाबमा सेन्टर स्कुलले भर्ना अभियान सुरु गरेको विद्यालय प्रसाशनले जनाएको छ । नेपालकै उत्कृष्ट स्कुलको रूपमा रहेको तुलसीपुर सेन्टरले ९ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गरेको विद्यालय प्रशासनले जनाएको छ। अभिभावकको आग्रह , विद्यालय व्यवस्थापन समितिको निर्णय र विद्यालय प्रशासनको सहजीकरणमा विद्यार्थी भर्ना अभियान सुरु भएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलले बताए ।

शिक्षकहरूको मागलाई ऐक्यबद्धता जनाउँदै र विद्यार्थीहरूको भविष्यलाई पनि वञ्चित बनाउन नहुने भन्दै भर्ना अभियान सुरु गरिएको पौडेलको भनाइ छ । अहिले विद्यार्थी भर्ना नगर्दा त्यसको असर विद्यालय, शिक्षक तथा अभिभावकलाई समेत समस्या हुने देखेर भर्ना सुरुगरिएको बताए।
विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले विद्यालय विद्यार्थीहरूको भविष्य र अधिकारलाई सुनिश्चित गर्नलाई  शिक्षक आन्दोलनको मोडालिटि फेर्नु पर्न्व बताए । शैक्षिक हड्ताल  हटाउनु पर्ने र भर्ना अभियान सुरु हुनु पर्ने बताए ।
शिक्षक आन्दोलनमा ऎक्बद्द्ता, सहभागिता पूर्ण रुपमा रहे भे पनि विद्यार्थी हरुको अधिकार सुनिश्चितताको लागि भर्ना अभियानलाई निरन्तरता  दिनु पर्ने बताए ।  उनले सरकारले शिक्षकका जायज माग तत्काल सम्बोधन गर्न माग समेत गरे ।  सरकारी विद्यालयमा ताला लाग्ने र बोडिङमा विद्यार्थी पठाउने अबस्ता बनाउन नहुने प्रधानाध्यापक पौडेलको भनाइ छ ।
देशकै उत्कृष्ट तथा मेघा विद्यालयको रूपमा आफूलाई चिनाएको सेन्टर मावि तुलसीपुरमा झण्डै तीन हजार विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् भने ६  वटा संकायमा प्राविधिक धारका विद्यार्थीहरू पनि  विद्यालयमा रहेका छन्।  झन्डै १ सय  शिक्षक शिक्षिकाहरुले अध्यापन गराइरहेका छन् ।
विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर प्रभावकारी रूपमा रहँदै आएको हुँदा यस वर्ष पनि विद्यार्थीहरूलाई पनि विद्यालयभन्दा बाहिर नजाऊन् भन्ने उद्देश्यले नियमित रुपमा भर्ना प्रक्रिया सुरु गरिएको विद्यालयले जनाएको छ । नयाँ विद्यार्थीहरूलाई प्रवेश परीक्षा लिएर मात्रै भर्ना गर्ने गरिएको छ भने विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई नियमित भर्नामा राखिएको विद्यालय प्रशासनको भनाइ छ ।

विद्यालयको भर्ना अभियान सुरु भएदेखि केही शिक्षक नेताहरू समेत विद्यालयमा आएर भर्ना अभियान अवरोध गर्न खोजेका थिए। तर विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनका कारण उनीहरु त्यो अभियान रोक्न नसकेर फर्किएका छन ।
शैक्षिक सुधार र विद्यार्थीहरूको भविष्य सुनिश्चिताका लागि पनि विद्यालय भर्न अभियान नरोकेरै विद्यालय सञ्चालनको प्रक्रियामा लगिएको विद्यालयले जनाएको छ। 
जिल्लाका अन्य सामुदायिक विद्यालयहरूले भने भर्न अभियान सुरु गरेको सार्वजनिक गरेका छैनन्। निजी विद्यालयहरूमा भने विद्यार्थीहरूको चाप अत्यधिक बढेको निजी विद्यालयहरूले बताएका छन्। सामुदायिक विद्यालयमा भर्ना अवरोध भएपछि केही विद्यार्थीहरु निजी विद्यालयमा अध्यायका लागि भर्ना भएका छन ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आज १९औँ लोकतन्त्र दिवस

   बैशाख ११, २०८२       admin

दाङ । आज देशभर १९ औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ ।
त्यस दिन पूर्वराजा शाहको घोषणामा भनिएको थियो, ‘राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको छ ।’ 

जनआन्दोलनको बलमा उक्त घोषणामार्फत वि.सं २०६३ वैशाख १५ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो । जनआन्दोलनका बलमा स्थापना भएको लोकतन्त्रपछि भएका दुईवटा संविधानसभाको निर्वाचनद्वारा गठित संविधानसभाबाट वि.सं. २०७२ साल असोज ३ गते जारी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपाललाई सङ्घीयतामा प्रवेश गराएको हो । सोहीबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको दुईपटक निर्वाचन भई अहिले मुलुक सङ्घीयताको अभ्यासमा छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

शिक्षामन्त्री बने रघुजी पन्त

   बैशाख १०, २०८२       admin

काठमाडौं  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन्। संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीले गरेको सिफारिस बमोजिम राष्ट्रपति पौडेलले पन्तलाई नियुक्त गरेका हुन्।

स्वास्थ्यको कारण देखाउँदै विद्या भट्टराईले सोमबार मन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले पन्तलाई उक्त जिम्मेवारी दिने तयारी गरेका थिए। 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विमानस्थल सञ्चालन हुनुपर्छ : मुख्यमन्त्री आचार्य

   बैशाख १०, २०८२       admin

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे दिगाे सञ्चालनका लागि प्रदेश सरकारले संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराएको बताएका छन ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको विमानस्थलको दीगो सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको आर्थिक तथा पर्यटन विकासका लागि यो विमानस्थल मेरुदण्ड भएको उल्लेख गरे । उनले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान भर्न आवश्यक सेवा विस्तारका लागि प्रदेश सरकार साझेदारी गर्न तयार रहेको स्पष्ट गरे । संघीय सरकारले प्रदेश सरकारलाई स्वास्थ्य परीक्षणको जिम्मेवारी दिएमा त्यसलाई पूरा गर्ने प्रतिबद्धता जनाउँदै उहाँले स्वास्थ्य परीक्षण, श्रम स्वीकृति र भिसा सेवाहरू तत्काल विस्तार गर्न बारम्बार ध्यानाकर्षण गराइएको बताउनुभयो ।

भिम अस्पताललाई स्वास्थ्य परीक्षणको जिम्मेवारी दिन सकिने उनको भनाइ थियो । हामीले स्वास्थ्य परीक्षण निःशुल्क गरिदिन सक्छौं भनेर भनेका छौं,´ उनले भयो, श्रम स्वीकृतिका लागि छुट्टै कार्यालय खोल्न पनि पर्दैन । यहीँबाट सेवा दिन सकिन्छ । संवादको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै उनले भने,सडक तताएर होइन, संवादलाई नै अघि बढाएर जानुपर्छ । विमानस्थल जसरी, जुनसुकै हालतमा पनि सञ्चालन हुनुपर्छ । अहिले पनि म ढुक्क छु, यसलाई सञ्चालन गराउँछौं । सरकार निराश छैन ।´

उनले व्यवसायीहरूको साथमा प्रदेश सरकार रहेको र विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहलको नेतृत्व प्रदेश सरकारले लिने स्पष्ट पारे । कति छिटो नतिजा निकाल्न सक्छौं, हामी त्यसमा लाग्छौं,उनले भने,धमिलो पानीमा माछा मार्न सक्छौं कि भनेर कसैले नसोचे हुन्छ । सहकार्य गरेर उद्योग वाणिज्य संघले योजना बनाओस्, म नेतृत्व गरेर जान तयार छु । प्रदेश सरकार तयार छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि

   बैशाख ०, २०८२       admin

काठमाडौं । कक्षा १२ को परीक्षा सरेको छ। शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ देखि तय गरिएको परीक्षा सारेको हो।

बोर्डले वैशाख २१ गतेका लागि परीक्षाको नयाँ मिति तोकेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले वैशाख २१ गतेदेखि परीक्षा गर्ने गरी निर्णय गरिने बताए। 

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डका अध्यक्ष शर्मालाई परीक्षा सार्न निर्देशन दिएका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका क्रममा प्रधानमन्त्री ओलीले अध्यक्ष शर्मालाई परीक्षा सार्न निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बजेट जनमुखी बनाउन मुख्यमन्त्रीको निर्देशन

   बैशाख ०, २०८२       admin

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष २०८२/८३ को बजेट जनमुखी बजेट बनाउन निर्देशन दिएका छन । जनसन्देश दिनेगरी बजेट तर्जुमा गर्न सोहि अनुसार नीति ल्याउन मातहतका निकायलाई निर्देशन दिएका हुन  ।

आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा  आयोजित बजेट तर्जुमा सम्बन्धी छलफल कार्यक्रममा मुख्यमन्त्रीले सीमित स्रोतसाधनलाई ध्यानमा राखी सुधारमुखी तथा कार्यान्वयन योग्य योजना सहितको बजेट तयारि गर्नु पर्ने बताए ।   `हामी घाटा बजेट ल्याउने पक्षमा छैनौँ , मुख्यमन्त्री आचार्यले भने ,जति बजेटको सिलिङ्ग बनाइएको छ, त्यसैको आधारमा जनसन्देश सहितका कार्यक्रम समेटेर बजेट आउछ । कम बजेटमै सम्पन्न गर्न सकिने, जनताको अनुभूति हुने कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।  चालू आर्थिक वर्षमा झण्डै ४० अर्बको बजेट ल्याइएको भए पनि आगामी वर्षमा ३२ अर्बभन्दा बढी बजेट बनाउने अवस्था नरहेको स्पष्ट पारे  । `यसपटक घाटाको बजेट ल्याएर अघि बढ्न सकिँदैन । त्यसैले बजेटको सीमा निर्धारण गरिएको हो ।

´बजेट निर्माणका लागि प्राप्त सुझावलाई परिमार्जन गरी लैजाने र विगतका कमजोरी दोहोर्याइने पक्षमा नरहेको पनि मुख्यमन्त्री आचार्यले बताए  । समानिकरण अनुदान प्राप्त नहुँदा दायित्व थपिएको अवस्था रहे पनि अब त्यसबाट मुक्त भइसकेको प्रदेश सरकारले अब ऋण बोक्ने, भार थोपर्ने काम नगर्ने बताए ।
लुम्बिनी प्रदेश सरकारले आगामी वर्षको बजेट निर्माणलाई यथार्थपरक, परिणाममुखी र जनउत्तरदायी बनाउने गरी छलफल प्रक्रिया अघि बढाएको हो । बजेटले दायित्व व्यवस्थापन, स्रोतको उचित परिचालन, सेवा प्रवाह सुधार तथा समृद्धिको दिशा देखाउने अपेक्षा गरिएको छ । कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले आयोजनाको अवस्था हेरेर बजेटको मापदण्ड निर्माण गरिनुपर्ने बताए । विगतमा धेरै टुक्रे आयोजना क्षेत्र विकास कोषबाट आएका थिए । अब बजेट बनाउँदा यसबारेमा थप छलफल गर्नुपर्ने धारणा राखे । उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले कार्यान्वयन हुनेगरी बजेट निर्माण गरिनुपर्ने बताए  । प्रदेश सरकारलाई सवारीचालक अनुमति पत्र छपाईको जिम्मेवारी आगामी वर्षबाट प्राप्त हुँदैछ । त्यसलाई बजेटमा समेट्नुपर्ने बताउँदै उनले उत्पादन बढाउने, रोजगार सिर्जना गर्ने र समृद्ध प्रदेश निर्माणसँग जोडिएका विषयहरूलाई प्राथमिकता दिनुपर्ने बताए  । स्वास्थ्य मन्त्री खेमबहादुर सारुले मातृ मृत्यु दर, बाल मृत्यु दर, कुपोषणजस्ता समस्यालाई समाधान गर्ने गरी बजेटले प्राथमिकता दिनुपर्ने बताए  । स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार सुधार मात्र नभई सेवा प्रवाहलाई चुस्त बनाउनेगरी प्राथमिकिकरण गरिनुपर्ने उनको भनाइ थियो । सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई लक्षित गरेर कार्यक्रम समावेश गर्नुपर्ने बताए  । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरीले बजेट तर्जुमा छलफल गर्दा आयोजनाको क्षेत्र हेरेर सीमा तोक्नुपर्ने बताइन ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डिलाराम पन्थीले सेवा प्रवाह चुस्त बनाउने, नागरिकको विश्वास जगाउने कार्यक्रमलाई बजेटमा समावेश गर्ने तयारी भइरहेको बताए  । प्रदेशमा रहेका समस्याका सूचकहरूका आधारमा गरिबी निवारण, शिक्षा, स्वास्थ्य र जीवनस्तर सुधारका क्षेत्रलाई प्राथमिकता दिने बताए ।
छलफलमा दोस्रो आवधिक योजनाको प्राथमिकतालाई बजेट तर्जुमाको मुख्य आधार बनाउनु पर्ने, प्रदेश गौरवका आयोजनालाई प्राथमिकतामा राखेर बजेट प्रस्ताव गर्नु पर्ने, मर्मत–सम्भारको अभावमा सञ्चालनमा आउन नसकेका आयोजनालाई पुनः सञ्चालनमा ल्याउने गरी बजेट छुट्याउनु पर्ने, आयोजनाको संख्या घटाउने, प्राथमिकिकरण गर्ने, बहुवर्षीय दायित्व घटाउने गरी बजेट निर्माण गर्नु पर्ने लगायतका विषय प्राथमिकताका साथ उठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

युवतीमाथि गोली प्रहार

   बैशाख ०६, २०८२       admin

दाङ। बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–११ बुद्धनगर बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ ।

रैनादेवी छहरा घर भई हाल बुटवल ११ बुद्धनगर बस्ने विष्टमाथि गोली प्रहार भएको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए । विष्टमाथि कसले के कारणले गोली प्रहार गरेको हो भन्ने अझै नखुलेको डीएसपी रानाले बताए ।

स्थानीयका अनुसार विष्टको केही दिनअघि एकजना भारतीयसँग विवाद भएकाले घटनामा उनको संलग्नताको आशंका गरिएको छ ।

घटनास्थलमा पुगेर गोली प्रहारमा संलग्नको खोजी र अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा ६ घन्टामा ५६ मिलिमिटर पानी पर्यो

   बैशाख ०६, २०८२       admin

दाङ । पश्चिम नेपालमा निरन्तर बर्षा भइरहेको छ ।  सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ ।

पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पानी दाङमा परेको छ । दाङमा पछिल्लो ६ घन्टामा ५६ मिलिमिटर पानी परेको छ । अछाम र दैलेखमा ४१ मिलिमिटर पानी परेको छ ।पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बागमती र गण्डकी प्रदेशका केही ठाउँमा पनि पानी पर्न थालेको छ ।

आज  कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँहरुमा हिमपातको समेत सम्भावना छ । 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology