दाङ, २५ चैत । लुम्बिनी प्रदेशमा सिचाई दिवस मनाइएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय को आयोजनामा सिंचाइ दिवस मनाइएको हो ।
कार्यक्रममा सम्वोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सिंचाइमा उत्पन्न भएको पानीको संकट समाधानका लागि वैकल्पिक उपायहरू अभ्यासमा ल्याउन सकिने बताए ।
मुख्यमन्त्री आचार्यले पोखरी निर्माण गरी वर्षाको पानी संकलन गरेर सिंचाइ तथा खानेपानी दुवैमा उपयोग गर्न सकिने योजना अघि बढाउँदा पानीको समस्या समाधान गर्न सकिने बताए । ‘बाझो जमिनमा सिंचाइ पु¥याउन सकिन्छ भने यसबाट पर्यटक समेत भित्रयाउन सकिन्छ । तराई तथा पहाडमा पानीको जलाशय निर्माण गरेर पानीको समस्या समाधान गर्न सकिन्छ । वर्षाको पानी संकलन गरेर त्यसलाई हिउँदमा सिंचाइमा प्रयोग गर्न सकिन्छ’ उनले भने । मुख्यमन्त्री आचार्यले पानीका स्रोतको संरक्षण र मितव्ययी प्रयोगमा ध्यान दिनुपर्ने उल्लेख गर्दै जमिन मुनि र सतह दुबै तहको पानीको स्रोत क्रमशः घट्दै गएकाले सिंचाइ आयोजनासमेत रुङ्गन अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गरे । ‘ती सिंचाइका आयोजनाहरू संघीय सरकारले प्रदेशलाई हस्तान्तरण गर्न सकेको छैन । यसले गर्दा किसानहरूले सजिलै सिंचाइ गर्न पाउनु भएको छैन । प्रदेश सरकारले यस समस्यालाई गम्भीर रूपमा लिएको छ ।’ उनले समन्वय र सहकार्यका माध्यमबाट सिंचाइ समस्याको समाधान खोजिने र संघीय सरकारले सञ्चालन गरेको भूमिगत पानी सिंचाइ योजनाहरू प्रभावकारी नबन्दा समस्या झन जटिल बनेको बताए ।
स्वदेशमै कच्चा पदार्थ उत्पादनको थालनी गर्नुपर्ने धारणा राखे । मुख्यमन्त्री आचार्यले बाहिरबाट मकै आयात भइरहेको उल्लेख गर्दै प्रदेशभित्रै वर्षको तीन सिजन मकै खेती भइरहेको अवस्थामा ऊर्जा र कृषि मन्त्रालयबीच समन्वय आवश्यक रहेकोमा जोड दिए । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरीको अध्यक्षतामा भएकोे कार्यक्रममा प्रमुख सचिव बाबुराम अधिकारी, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्याल, उपभोक्ता तिलक न्यौपाने लगायतले सम्बोधन गरेका थिए । मन्त्रालयका सचिव बिष्णु भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा महाशाखा प्रमुख महेश पोख्रेलले प्रदेशमा सिंचाईको वर्तमान अवस्था र चुनौतीको बारेमा प्रस्तुती राखेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ, २५ चैत । नेपाल राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी निलम ढुंगानाले पाएकी छिन् ।
वरिष्ठ डेपुटी गभर्नर रहेकी ढुंगानालाई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले कामु गभर्नरको जिम्मेवारी तोकेका हुन् । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उनलाई कामुको जिम्मेवारी दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।
राष्ट्र बैंकका गभर्नर पदबाट महाप्रसाद अधिकारीले गत शुक्रबार नै बिदा लिइसकेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २५ चैत । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जेन चलान गरिएको छ । उनलाई आज जिल्ला कारगार भैरहवा पुर्याइएको हो ।
शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई चैत २३ गते नै विमानमार्फत रुपन्देही ल्याएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।
सरकारी विदाका कराण दुई दिन हिरासतमा बिताएका लामिछानेलाई आज जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिई कारागार ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले बताए । अब अदालतको फैसला नआउन्जेल उनी सोही कारगारमा रहने छन् । गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । उच्चको आदेशसँगै लामिछाने पक्राउ परेका थिए ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।
उच्च अदालतले लामिछानेलाई थुनामा राख्नका लागि दिएको आदेशमा जिल्ला अदालतले धरौटीमा छोड्दा दिइएका आधारलाई खण्डन गरेको छ । धरौटी वा थुनाको विकल्पको चयन मुद्दा तथा आरोपित कसुरको प्रकृति, घटना हुँदाको परिस्थिति, पीडितको अवस्थालगायत विभिन्न सान्दर्भिक पक्षको सापेक्षतामा निर्भर गर्ने उच्च अदालतको व्याख्या छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २४ चैत । थारु सङ्घको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापा दाङ आउने भएका छन्। आज दिउँसो तुल्सीपुरमा हुने कार्यक्रमलाई सम्बोधन गर्न थापा दाङ आउन लागेका हुन् ।
नेपाल थारु सङ्घको क्षेत्रीय सम्मेलन र भेलालाई सम्बोधन गर्न महामन्त्री थापा दाङ आएको थारु संघका अध्यक्ष यादव चौधरीले बताए । थापाले दिउँसो १ बजे सम्मेलनलाई सम्बोधन गर्नेछन्। थापासँगै पूर्व मन्त्री मिनेन्द्र रिजाल दिपक गिरी, पूर्व मुख्यमन्त्री दिल्लीबहादुर चौधरी, केन्द्रीय सदस्य गेहेन्द्र गिरी लगायतका नेता हरुले कार्यक्रममा सम्बोधन गर्ने छ्न ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ २४ चैत्र । तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा रहेका संस्थागत (बोडिङ स्कुल ) विद्यालयहरूमा अध्ययनरत झन्डै ४ सय विद्यार्थीहरू कक्षा आठमा अनुत्तीर्ण (फेल )भएका छ्न । तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाले सार्वजनिक गरेको कक्षा आठको नतिजामा संस्थागत विद्यालयको नतिजा यस्तो आएको हो।
नाम चलेका संस्थागत विद्यालयहरूमा समेत यसपटक विद्यार्थीहरू फेल भएको शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जानकारी दिए। ग्रामीण क्षेत्रका संस्थागत विद्यालयभन्दा सहरी क्षेत्रका संस्थागत विद्यालयहरूको नतिजा कमजोर देखिएको भण्डारीले बताए । नाम चलेका तुलसीपुरका ठूला विद्यालयहरूका समेत विद्यार्थीहरु अहिले फेल भएका छन् । परीक्षा र नतिजालाई यथार्थ परक गराउदा बास्तबिकता प्रस्ट भएको उनले बताए ।
संस्थागत विद्यालयका ३९६ जना विद्यार्थीहरु कक्षा आठमा अनुतीर्ण भएका छन्। अभिभावकहरूको पहिलो रोजाइमा रहने संस्थागत विद्यालयहरू नै शैक्षिक गुणस्तरमा कमजोर देखिएका हुन् । तुलसीपुर उपमहानगरपालिकाले नगरस्तरीय कक्षा ८ को नतिजा सार्वजनिक गर्दै तुलसीपुर क्षेत्रका विद्यालय संस्थागत विद्यालयहरूका ३९६ विद्यार्थी अनुतीर्ण भएको सार्वजनिक गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका भित्र रहेका ५९ संस्थागत विद्यालयका रहेका २३५७ विद्यार्थीहरूमध्ये १९६५ जना विद्यार्थीहरू मात्रै उत्तीर्ण भएका हुन्। सरसर्ती हेर्दा ८३ दशमल २०% संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरू उत्तीर्ण भएका छन्। संस्थागत विद्यालयमा २२% देखि शत प्रतिशतसम्म विद्यार्थीहरू उत्तीर्ण भएको देखिएको छ। तुलसीपुर उपमहानगरपालिकाले चैत ३ गतेदेखि सञ्चालन गरेको कक्षा ८ को नगरस्तरीय परीक्षा चैत ९ गते सम्पन्न भएको थियो।
हेर्नुस् रिजल्टको पूर्णा विवरण



२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २३ चैत। तुलसीपुरका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर कमजोर देखिएको छ । कक्षा आठको नतिजा प्रकाशनले तुलसीपुरको आधारभूत तहको शैक्षिक गुणस्तर निराशाजनक देखिएको हो ।
नतिजा निराशाजनक देखिए पछि सामुदायिक विद्यालय, स्थानीय सरकार तथा शिक्षकको आलोचना तीव्र रुपमा बढेको छ । तुलसीपुरमा उत्तीर्ण प्रतिशत ३३ रहेको छ । दाङको तुलसीपुरमा आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी तीनवटा सामुदायिक विद्यालयको नतिजा उतीर्ण प्रतिसत शून्य देखिएको छ । चार विद्यालयमा भने एक/एक जना मात्र उत्तीर्ण भएका छन् । तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले सार्वजनिक गरेको नतिजा अनुसार, वडा नं ३ मा रहेको मावि प्रतापकोट, वडा नं. १८ मा रहेको माध्यमिक विद्यालय बेल्झुण्डी, र वडा नं. १० को जनजागृति मावि पातुवनगाउँबाट सहभागी सबै विद्यार्थी अनुतीर्ण भएका छन् ।
मावि प्रतापकोटमा१९, मावि बेल्झुण्डीमा १५ र जनजागृति माविमा २७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
चारवटा विद्यालयमा १/१ जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन्। ती विद्यालयहरूमा सृजनशील आधारभूत विद्यालय छोटे, जनता संस्कृत मावि बिजौरी, मावि भित्री संक्राम, र आधारभूत विद्यालय लोहाडबरा खौसापुर रहेका छन् ।
सृजनशील आविबाट ३१, जनता संस्कृत माविबाट ६६, मावि भित्री संक्रामबाट २४ र मावि लोहाडबराबाट १३ जना विद्यार्थीले परीक्षा दिएका थिए। तर, ती सबै विद्यालयबाट एक/एक जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन्। यस्तै सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण हुने पशुपति मावि हरिपौरी रहेको छ । यस वर्ष विद्यालयबाट ७२ जना विद्यार्थी सहभागी भएकोमा ६८(९४.४४%) विद्यार्थी उत्तीर्ण भएका हुन ।
तुलसीपुर उपमहानगरपालिकाले चैत ३ गतेदेखि सञ्चालन गरेको कक्षा ८ को नगरस्तरीय परीक्षा चैत ९ गते सम्पन्न भएको थियो। कक्षा आठको परीक्षाको ननिजा सुधारात्मक रहेको तुल्सीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले बताए। शैक्षिक गुणस्तर सुधारमा स्थानीय सरकारले विभिन्न पहल कदमी गरेको बताए ।
भण्डारीले गत वर्षको भन्दा यस वर्ष नतिजा सुधारोन्मुख रहेको बताए । उनले गत बर्ष १७ प्रतिशत उतीर्ण प्रतिशत रहेको नतिजा यस बर्ष ३३ प्रतिशत पुगेको बताए । यो अबस्थाले पनि सुधार भएको देखिन्छ उनले भने ।
२२ सय व्यक्ति फरार सूचिमा
सुर्खेत,२३ चैत । वीरेन्द्रनगरमा गोली चलेको छ। वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले टोलस्थित युवराज रिजालको घरमा बिहान अज्ञात स्थानबाट गोली चलेको बताइएको छ।
उक्त गोली छाना छेडेर कोठाभित्र खसेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले उक्त घटनाबारे अनुसन्धान भइरहेको बताए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २३ चैत ।बैतडीको दशरथचन्द नगरपालिका-११ नानिगाडमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । शुक्रबार राति देहीमाण्डौंबाट गिरेगडातर्फ गइरहेको बि.ए.सी ५६५९ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जीप दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका-६ घर भएका जीप चालक ३५ वर्षीय राकेश कोली, सोही ठाउँका ५२ वर्षीय लालीराम कोली, पञ्चेश्वर-५ का ५४ वर्षीय चन्चले दयाल र दनपा १० की अन्दाजी ३० वर्षीया कविता परियार घाइते भएका छन् ।
घाइतेमध्ये चञ्चले दयालको अवस्था सख्त घाइते रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको छ ।
जीप सडकबाट करिब ४० मिटर तल खसेको छ । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ , २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो । घर बाटनै उनलाई शुक्रबार राति पक्राउ गरिएको हो ।
संगठित रूपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो ।
लगत्तै उनको निवास बुढानीलकण्ठमा प्रहरीको टोली पुगेको थियो । उनलाई शनिबार बिहान बुटवल लगिने बुझिएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ , २२ चैत । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ।
रवि लामिछानेलाई थुनाामा पठाउने उच्च अदालतको आदेश बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति रवि लामिछानेलाई पनि थुनामा पठाउने आदेश भएको छ।
यसअघि जिल्ला अदालतले रविलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश गरेको थियो। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधिश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस