सुर्खेतमा गोली चल्यो

   चैत २२, २०८१       admin

सुर्खेत,२३ चैत ।  ‎वीरेन्द्रनगरमा गोली चलेको छ। ‎वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले टोलस्थित युवराज रिजालको घरमा बिहान अज्ञात स्थानबाट गोली चलेको बताइएको छ। ‎

उक्त गोली छाना छेडेर कोठाभित्र खसेको छ। ‎‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले उक्त घटनाबारे अनुसन्धान भइरहेको बताए। ‎‎

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जीप दुर्घटना  ४ जना घाइते

   चैत २२, २०८१       admin

दाङ, २३ चैत ।बैतडीको दशरथचन्द नगरपालिका-११ नानिगाडमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । शुक्रबार राति देहीमाण्डौंबाट गिरेगडातर्फ गइरहेको बि.ए.सी ५६५९ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जीप दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका-६ घर भएका जीप चालक ३५ वर्षीय राकेश कोली, सोही ठाउँका ५२ वर्षीय लालीराम कोली, पञ्चेश्वर-५ का ५४ वर्षीय चन्चले दयाल र दनपा १० की अन्दाजी ३० वर्षीया कविता परियार घाइते भएका छन् ।
घाइतेमध्ये चञ्चले दयालको अवस्था सख्त घाइते रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ ।

जीप सडकबाट करिब ४० मिटर तल खसेको छ । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रवि लामिछाने घरबाटै पक्राउ : बुटवल पठाइँदै

   चैत २१, २०८१       admin

काठमाडौ  , २२ चैत ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो । घर बाटनै उनलाई शुक्रबार राति पक्राउ गरिएको हो ।

संगठित रूपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो ।
लगत्तै उनको निवास बुढानीलकण्ठमा प्रहरीको टोली पुगेको थियो । उनलाई शनिबार बिहान बुटवल  लगिने बुझिएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो । 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रवि लामिछानेलाई थुनामा पठाउन उच्चको आदेश

   चैत २१, २०८१       admin

दाङ , २२ चैत । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ। 

रवि लामिछानेलाई थुनाामा पठाउने उच्च अदालतको आदेश बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति रवि लामिछानेलाई पनि थुनामा पठाउने आदेश भएको छ।

यसअघि जिल्ला अदालतले रविलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश गरेको थियो। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधिश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो। 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

डढेलो निभाउने क्रममा पाल्पामा एक जनाको मृत्यु

   चैत २१, २०८१       admin

पाल्पा , २२ चैत । पाल्पा जिल्लाको  रिप्दीकोट गाउँपालिका– ७ पालुङ कोर्तिुङमा डढेलो निभाउने क्रममा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पालुङ सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा स्थानीय ६१ वर्षीय टेकबहादुर सर्तुङ्गेको ज्यान गएको हो ।  

डढेलो निभाउने क्रममा भिरबाट लडेर आज करिब १५–२० मिटर तल आगोमाथि खसेर उनको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले बताए । घटनास्थल पुगेको प्रहरी टोलीले शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा ल्याइएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हावाको गतिले घटायो काठमाडौको वायु प्रदर्शन

   चैत २१, २०८१       admin

दाङ, २२ चैत । हावाको गति बढेसँगै आज वायु प्रदूषणको मात्रा पनि घटेको छ । केही दिनयता विश्वकै पहिलो प्रदूषित शहरको रूपमा सूचीकृत भएको काठमाडौं उपत्यका आज भने प्रदूषणको मात्रा घटेर सातौँ नम्बरमा सूचीकृत भएको छ । 
‘एयर क्वालिटि इन्डेक्स’ को तथ्याङ्कअनुसार बिहीबार मध्याह्नमा पनि पहिलो प्रदूषित शहरमा सूचीकृत भई वायु प्रदूषण तीन सय ४८ एक्यूआईसम्म पुगेको  थियो । आज भने यो समाचार तयार गर्दासम्म प्रदूषण घटेर एक सय ४७ एक्यूआईमा झरेको छ ।
नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकाङ्कअनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्दछ ।

वन तथा वातावरण मन्त्रालय, वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले आज हावाको गति बढेकाले प्रदूषणको मात्रा घटेर विश्वको पहिलो प्रदूषित शहरबाट सातौँमा पुगेको बताए । ‘काठमाडौँ कचौरा आकारमा पनि छ । पानी परेमा सतहमा रहेको प्रदूषण तल खस्छ र हावा चल्दा उपत्यकामा थुप्रिएर बसेको प्रदूषण उडाएर लैजान्छ’, उनले भने, ‘प्रदूषण न्यूनीकरणका लागि विभागले व्यापक रूपमा जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिएको छ, प्रदूषण गराउनेलाई निर्देशनसहितको सुझाव दिइरहेका छौँ । यसैगरी वातावरण विभाग र अन्य सरोकार भएका निकायबीचको समन्वय जरूरी छ ।’

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तस्कर समूहको नगर प्रहरीमाथि आक्रमण

   चैत २०, २०८१       admin

दाङ, २१ चैत । दाङको तुलसीपुर उपमहानगरपालिकामा कार्यरत नगर प्रहरीमाथि बालुवा तस्करी गर्ने समुहले आक्रमन गरेको छ । 

बुधबार बेलुका ७ बजेतिर तुलसीपुर–१२, एयरपोर्ट नजिकै आक्रमण भएको उपमहानगरपालिकाले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाका अनुसार ग्वारखोलामा अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने प्रयोग गरिएको साधन नियन्त्रणमा लिन गएका नगर प्रहरीमाथी आक्रमण भएको हो ।
आक्रमणबाट नगर प्रहरी असई संजय गिरी र हवल्दार बिनोद रेउले घाइते भएका छन् । नगर प्रहरी असई गिरीको नेतृत्वमा रहेका चार जना नगर प्रहरीले रा.१.त. ४०२३ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिन खोज्दा ट्रयाक्टर चालक तथा सवारीधनी लगायतका व्यक्तिहरुले अवरोध गर्दै घरेलु हतियारसहित आक्रमण गरेको उनीहरूले बताएका छन ।

घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भने  अन्यको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल सिंह ठकुरीले जानकारी दिए ।
आक्रमणमा पर्दा नगर प्रहरीले प्रयोग गरेको सवारी साधन समेत बाटो मै अल्पत्र अबस्थामा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रेडक्रसमा दलीय भागबन्डा गर्ने ५ जनालाई जेनेभाको प्रतिबन्ध

   चैत २०, २०८१       admin

काठमाडौं, १५ चैत । इन्टरनेसनल फेडेरेसन अफ रेड क्रसले नेपाल रेडक्रसका पाँच अनुहारलाई कारबाही गरेको छ ।
बुधवार एक सूचना जारी गरेर कारबाही सार्वजनिक गर भएको हो । फेडेरेसनको कम्प्लाएन्स एण्ड मेडिएसन कमिटीले नेपाल रेड क्रसको ‘निष्ठा’को सवालमा कारबाही गरेको सार्वजनिक गरेको छ ।

कमिटीकी र्यापोर्टर क्रिस्टिना कुम्पालाले सार्वजनिक गरेको सूचना अनुसार कारबाहीमा पर्ने पाँच अनुहारहरूमा सुदर्शन प्रसाद नेपाल, विनोद कुमार बस्नेत, मनोज कुमार थापा, भूपतिलाल श्रेष्ठ र नारायण तिमल्सिना छन् ।
उनीहरू माथि संस्थाको आधारभूत मान्यतालाई कुल्चेको, सामान्य सिद्धान्तहरू परिपालना नगरेको , प्रशासनिक अराजकता निम्त्याएको, राजनीतिक आडमा आर्थिक लाभ लिएको सहित कारण देखाउँदै उनीहरूलाई निलम्बन गरिएको हो ।

इन्टरनेसनल फेडेरेसन अफ रेड क्रसले कारबाही गरेकाहरू मूलतः राजनीतिक भागबन्डा गरेको आधारमा कारबाहीमा परेकाहरू छन् । र्यापोर्टर क्रिस्टिना कुम्पुलाले नेपाल रेड क्रसलाई पठाएको पत्रका अनुसार यसरी कारबाहीमा पर्नेहरू तीन जना नेपाली कांग्रेसका छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एसका एक–एक जना छन् । नेपाली कांग्रेसका भएर रेडक्रसमा छिरेर कारबाहीमा पर्नेहरूमा प्राध्यापक सुदर्शन प्रसाद नेपाल, विनोद कुमार बस्नेत, मनोज कुमार थापा छन्  । उनीहरूलाई तीन कसुरमा सजाय गरिएको छ ।
रेडक्रसले उनीहरूलाई टाइप १, टाइप २ र टाइप ७ को कसुरले कारबाही गरेको छ । टाइप १ भनेको  रेडक्रसको आधारभूत सिद्धान्तको अवहेलना हो, टाइप २ भनेको रेडक्रसमा हुने राजनीतिक हस्तक्षेप हो भने टाइप ७ भनेको रेडक्रसको विधान ८ अनुसारको दायित्व नगरेको कसुर हो । नेपाल प्रेसबाट

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलामा १ लाख ८० हजार नाघ्यो

   चैत २०, २०८१       admin

काठमाडौं , २१ चैत । सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।

बुधबार  एक तोला सुनको मूल्य १ लाख ७९ हजार १०० रुपैयाँ पुगेको थियो।

महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ। बुधबार तोलामा २ हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य घटेर आज तोलाको १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीमा घाटा बजेट आउदैन : मुख्यमन्त्री

   चैत १, २०८१       admin

दाङ, २० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले घाटा बजेट नबनाउने बताएका छन । प्रदेश विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले घाटा बजेट नबनाउने र बजेटको आकार पनि नबढाउने तयारी गरेको जान्कारी दिदै सोही अनुसार तयारी गर्न मातहतका निकायलाई निर्देशन दिए ।

यससँगै मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रम र बजेट बनाउँदा हरेक मन्त्रालयले जनताको मन छुने गरी योजनाहरू समेट्न आग्रह गरे । ‘आउँदो वर्षको बजेट घाटा बजेट हुने छैन । ३२/३३ अर्बको हाराहारीमा बजेट आउँछ,’ उनले भने, ‘वास्तविक धरातलमा उभिएर बजेट बनाउनुपर्छ । प्रदेश सरकारलाई लयमा हिँडाउन जिम्मेवार भएर सरकार अघि बढ्छ ।’
प्रदेश सरकारले जनताको मन छुने योजना बजेटमा समेटिने र त्यसका लागि गृहकार्यमा जुटेको बताए । ‘जनतामा निराशा होइन, आशा जगाउने खालका योजना ल्याउन जरुरी छ । मन छुने योजनाहरू समेट्न आवश्यक छ,’ उनले भने, ‘प्रदेश स्थापना भएपछि अघिको अवस्था कस्तो थियो र अहिलेको अवस्था के छ भन्नेबारेमा समेत तुलना गरेर योजना अघि सार्न जरुरी छ ।’

बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले व्यक्ति योजना माग्न आउने प्रवृत्तिको अन्त्य गर्ने र प्रणालीलाई चुस्त बनाउनुपर्ने बताए । प्रदेश स्थापना भएपछि कार्यान्वयन भएका योजनाहरूको पहिचान गर्न जरुरी रहेको र यसका लागि पनि काम गर्नुपर्ने बताए । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जनताको भावनालाई सम्बोधन गर्नेगरी कामको गतिलाई बढाउन जरुरी रहेको बताए ।

आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, वन तथा वातावरण मन्त्री देवकरण कलवार, प्रमुख सचिव बावुराम अधिकारी लगायत मन्त्रालयका सचिव तथा विभिन्न क्षेत्रका विज्ञहरूले सुझावसहितको धारणा राखेका थिए ।
योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले प्रदेश विकास समस्या समाधान समितिको बैठकमा चालु आर्थिक वर्षको हालसम्मको अवस्था, उपलब्धि र आगामी योजनासहितको विषय प्रस्तुत गरेका थिए ।
बैठकमा आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा साना तथा टुक्रे आयोजनालाई निरुत्साहित गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने, आयोजनाहरूको प्राथमिकीकरण गर्नुपर्ने लगायतका विषयबारे छलफल भएको थियो । चालु आर्थिक वर्षमा पाँच लाखभन्दा कम बजेट विनियोजन भएका ४ हजार ३ सय ९२ आयोजना रहेका छन् भने १० लाखभन्दा कम बजेट भएका ८ हजार २ सय ६ वटा आयोजना रहेका छन् । टुक्रे आयोजना धेरै हुँदा कार्यान्वयनमा समस्या देखिएपछि सरकारले निरुत्साहित गर्ने रणनीति अवलम्बन गर्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology